अनुसन्धानका लागि भन्दै सुदर्शनलाई १५ दिनको म्याद थप

काठमाडाैँ : हाल ललितपुरको जाउलाखेल हिरासतमा राखिएका नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि १५ दिनको म्याद थप गरिएको छ । सोमबार ललितपुरको लगनखेलस्थित जिल्ला अदालतले सुदर्शनलाई १५ दिनको म्याद थप गरेको हो । 

यसअघि उनलाई दुईपटक म्याद थप भैसकेको छ । गत चैत ९ गते काभ्रेको खानीखोलाबाट काठमाडौँ आउँदै गरेको बेला नेता सुदर्शनलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरेको भोलिपल्टै चैत १० गते प्रहरीले जिल्ला अदालत ललितपुरमा पेस गरेको थियो भने पहिलोपटक एक साताको म्याद थप गरिएको थियो । त्यसपछि चैत १९ गते १५ दिनको म्याद थप गरिएको थियो भने वैशाख २ गते सोमबार तेस्रोपटक म्याद थप गरिएको हो ।

 

२०७६ वैशाख ४ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :