अदालतको आदेशमा रिहा भएका भुजेल र पौडेल पुनः गिरफ्तार


काठमाडौं : २०५७ साल चैत १७ गते गोरखा जेल ब्रेक गर्ने महिला समूहको प्रमुख सदस्य तथा पूर्वसांसदसमेत रहेकी नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा मेची–कोशी व्युरो इन्चार्ज उमा भुजेल र कार्यलय सचिव सुमनसिंह पौडेललाई प्रहरीले रिहा भए लगत्तै पुनः गिरफ्तार गरेको छ । शुक्रबार जिल्ला अदालत सुनसरीले भुजेल र पौडेललाई जनही १०/१०हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उनिहरुलाई प्रहरीले गत पुस १२ गते शनिबार बिहान सुनसरीको चक्रघट्टीबाट गिरफ्तार गरेको थियो ।

सुनसरी जिल्ला अदालतमा जिल्ला न्यायधिस धर्मराज पौडेलको एकल इजलासले थुनछेक बहसपछि नेतृ शिलु र पौडेललाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटी रकम बुझाएलगत्तै अदालत परिसरबाटै उनीहरुलाई प्रहरीले पुनः गिरफ्तार गरेको थियो ।

प्रहरीले दुबैजनालाई झापा लिएर अर्को मुद्दाको तयारी गरिरहेको छ । उनीहरुविरुद्ध यसअघि पुस १२ गते प्रदेश १ प्रहरी र विशेष ब्यूरो संयुक्त टोलीले विस्फोटक सम्बन्धी मुद्दा चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :