अखिल (क्रान्तिकारी) गुल्मीद्वारा चरणबद्ध संघर्षको कार्यक्रम घोषणा

सात दिनभित्र रिहा नगरे भदौ १ गतेदेखि अनिश्चितकालिन शैक्षिक हड्ताल


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)का गुल्मी जिल्ला अध्यक्ष विकल्पले शुक्रबार विज्ञप्ति निकाली कम्युनिस्ट विद्यार्थी अभियान–२ २०७६ उद्घाटन गर्ने शिलशिलामा तम्घासबाट संगठनका जिल्ला सचिव विष्णु विक र जिल्ला सदस्य राज खड्कालाई बिहीबार साँझ जिल्ला प्रशासन गुल्मी तम्घासबाट रिहा लगत्तै पुनः गिरफ्तार गरेकोप्रति घोर भत्र्सना गर्दै सात दिनभित्र रिहाइ नगरे भदौ १ गतेदेखि अनिश्चितकालिन शैक्षिक हड्तालसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् ।

अध्यक्ष विकल्पले विज्ञप्तिमा भनेका छन्, ‘संघर्ष, बलिदान र विजयको रक्तरञ्जित इतिहास निर्माण गर्दै सडक बाघको रुपमा स्थापित हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी) सदैव विद्यार्थीको हकहितकोलागि लड्दै आएको कुरा आम जनसमुदायमा सर्वविदितै छ । यसै क्रममा ‘कम्युनिस्ट विद्यार्थी अभियान–२, २०७६’ उद्घाटन गर्ने शिलशिलामा तम्घासबाट पक्राउ पर्नु भएका हाम्रो संगठनका जिल्ला सचिव कमरेड विष्णु विक र जिल्ला सदस्य कमरेड राज खड्कालाई बिहीबार साँझ जिल्ला प्रशासन कार्यालय गुल्मी तम्घासबाट रिहा लगत्तै पुनः पक्राउ गरी अर्घखाँची लैजानुले दलाल सत्ताले कायरतालाई क्रुरतामा बदलेको कुरा प्रष्ट झल्किएको छ । दलाल सत्ताको यस्तो रवैयाले जनताले नचाहँदा नचाहँदै पनि देशलाई जबरजस्ति युद्धतिर धकेल्न खोजेको कुरा प्रष्ट देखिएको छ । हाम्रो संगठन यस्तो घटनाको घोर भत्र्सना गर्नुका साथै गिरफ्तार कमरेडहरुलाई तुरुन्त रिहाइको माग गर्दछ । गिरफ्तार कमरेडहरुलाई ७ दिनभित्र रिहा नगरे निम्नानुसार: साउन ३१ गते विरोधसभा, साउन ३२ गते मशाल जुलुस र भदौ १ गतेदेखि अनिश्चितकालिन शैक्षिक हड्तालसहित चरणबद्ध आन्दोलनको घोषणा गर्दछौं ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ साउन २४ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :