अखिल (क्रान्तिकारी) को सम्मेलन र एनसेलविरुद्ध आन्दोलन सँगसँगै

 
पर्सा : अखिल (क्रान्तिकारी) पर्साको छैटौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले राधेश्याम शाहको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । कार्यक्रम राधेश्याम शाहको अध्यक्षता र सङ्गठनका महासचिव प्रकाश शाहीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
सम्मेलनमा नेकपा मकवानपुर जिल्ला इन्चार्ज ज्वाला, रौतहट जिल्ला इन्चार्ज शङ्कर अधिकारी, पर्सा जिल्ला सेक्रेटरी बुच्ची, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा नारायणी क्षेत्रीय समन्वय समिति संयोजक मदन केसी, क्रान्तिकारी पत्रकार सङ्गठनका केन्द्रीय सदस्य सुदर्शनराज पाण्डे, मधेसी मुक्ति मोर्चाका केन्द्रीय सदस्य पारस ठाकुरलगायत नेता उपस्थित थिए ।
सम्मेलनसँगै विद्यार्थीले एनसेलको ७२ अर्ब करछलीविरुद्ध प्रदर्शन कार्यक्रम पनि सम्पन्न गरेका छन् । कोणसभालाई सङ्गठनका महासचिव प्रकाश शाही र युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य दिनेश शाहले सम्बोधन गरेका थिए भने सञ्चालन मदन केसीले गरेका थिए ।

२०७५ माघ २३ गते  बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :