अखिल (क्रान्तिकारी) कपिलबस्तुको २०औँ जिल्ला सम्मेलन सम्पन्न : अध्यक्षमा क्षत्री


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी ) कपिलवस्तु जिल्ला को २० औं जिल्ला सम्मेलन एक कार्यक्रमका बीचमा सम्पन्न भएको छ । सम्मेलन संगठनका केन्द्रीय महासचिव तथा मध्यपश्चिम कमान्ड इन्चार्ज प्रकाश शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सम्मेलनको उद्घाटन गर्दै नेता शाहीले शैक्षिक विकृति र विसङ्गतीका विरुद्धमा लद्नुको विकल्प नरहेको बताउदै राज्यले शिक्षा क्षेत्रको आन्दोलन दवाउनको लागि विभिन्न कदम चालेको भएता पनि असफल भएको बताउदै राज्यको दमनकारी फासिवादी चरित्रको विरुद्धमा लद्नुको विकल्प नरहेको बताएका थिए ।

सम्मेलनले बिज्ञान क्षत्रीको नेतृत्वमा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ । कार्यक्रममा नेकपा कपिलवस्तुका जिल्ला सेक्रेटरी सेरमानको बिशिष्ट आतिथ्यता, थारु मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष सुनिल संगठनका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी व्युरो संयोजक बिरेन्द्र र निवर्तमान अध्यक्ष रुपाबुढा मगरले कार्यक्रम सफलताको शुभकामना मन्तब्य राखेका थिए ।

नबनिर्वाचित अध्यक्ष क्षेत्रीले शिक्षा क्षेत्रको आन्दोलनलाई नयाँ उचाईमा पु¥याउनको लागि कुनै कदम बाँकी नराख्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :