अखिल (क्रान्तिकारी)ले चितवनका शैक्षिक संस्थाहरूमा राख्यो कालो ब्यानर

 

चितवन  : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) चितवनले चितवनका निजी शैक्षिक संस्थाहरूमा विरोध स्वरूप कालो ब्यानर राखेको छ । 

सङ्गठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल गिरफ्तारीको विषय र शुल्क वृद्धिको पनि खारेजी माग गर्दै उक्त संगठनले चरणबद्ध सङ्घर्षका कार्यक्रम अन्तर्गत चितवनमा ब्यानर राखेको हो । अखिल (क्रान्तिकारी)ले जेठ ५ गते आम शैक्षिक हड्तालको घोषणा गरेको छ । सङ्गठनका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर अध्यक्ष ढकालको रिहाइको लागि सङ्घर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् । भट्टले बैशाख २९ गते देशभर विरोधसभा, जेठ १ गते विरोध प्रदर्शन, जेठ ४ गते मशाल जुलुस र ५ गते आम शैक्षिक हड्तालको घोषणा गरेका छन् ।

यसै कार्यक्रमसँगसँगै चितवनका शैक्षिक संस्थामा भएको शुल्क वृद्धिको पनि खारेजीको माग गर्दै चितवनमा चरण बद्ध संघर्षको कार्यक्रमहरू शुरू गरिएको अखिल (क्रान्तिकारी) चितवन जिल्ला समितिका अध्यक्ष रमेश लामिछानेले बताएका छन । चितवनका शैक्षिक संस्थाले शुल्क वृद्धि खारेज नगरे जस्तो सुकै संघर्षको कार्यक्रम गर्न तयार रहेको लामिछानेले चेतावनी दिएका छन् ।

२०७६ वैशाख ३१ गते मङ्गलबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :