अखिल (क्रान्तिकारी)द्वारा चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा

काठमाडौँ : अखिल (क्रान्तिकारी)ले सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकाल गिरफ्तारीको विषयलाई लिएर चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले जेठ ५ गते आम शैक्षिक हड्तालको घोषणा गरेको छ । सङ्गठनका उपाध्यक्ष रुद्र भट्टराईले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर अध्यक्ष ढकालको रिहाइको लागि सङ्घर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् ।

भट्टले बैशाख २९ गते देशभर विरोधसभा, जेठ १ गते विरोध प्रदर्शन, जेठ ४ गते मशाल जुलुस र ५ गते आम शैक्षिक हड्तालको घोषणा गरेका छन् ।

यसअघि ११ विद्यार्थी सङ्गठनहरुले पनि ढकालको रिहाइको लागि २४ घण्टे अल्टिमेटम दिएको थियो । रिहाइ नगरे देशव्यपी सङ्घर्षका कार्यक्रम घोषणा गर्ने ११ विद्यार्थी नेताहरुले संयुक्त विज्ञप्तिमार्फत बताएका छन् ।

शुक्रबार प्रहरीले पत्रकार सम्मेलनबाटै सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकाललाई गिरफ्तार गरेको थियो ।

२०७६ वैशाख २८ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :