अखिल (क्रान्तिकारी)द्वारा सहिद प्रज्वल शाहीको स्मृतिमा वृक्षारोपण

‘कम्युनिस्ट विद्यार्थी अभियान –२’


पोखरा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले पोखरामा निजी शिक्षालाई राष्ट्रियकरण गरौं ! सरकारी शिक्षाको गुणस्तर बढाऔं !! भन्ने मुल नाराकासाथ अखिल (क्रान्तिकारी) गण्डक क्षेत्रीय समन्वय समितिद्वारा मंगलबार ‘कम्युनिस्ट विद्यार्थी अभियान –२’ को उद्घाटन र एकीकृत जनक्रान्तिका महान् सहिद प्रज्वल शाहीको स्मृतिमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन् ।

गण्डक क्षेत्रीय समन्वय समितिका संयोजक बद्री अधिकारीले नेतृत्व गरेको टोलीले पृथ्वीनारायण क्याम्पस पोखरामा वृक्षारोपण कार्यक्रम गरेको हो । वृक्षारोपण कार्यक्रममा तनहुँ, स्याङ्जा, पृथ्वीनारायण क्याम्पस लगायतका विभिन्न क्याम्पसका विद्यार्थी तथा शिक्षकहरु सहभागी भएका थिए । सरकारले नेकपालाई प्रतिबन्ध लगाएपछि अखिल (क्रान्तिकारी)का नेता कार्यकर्ताहरुसमेत पटकपटक पक्राउ परिरहेको अवस्थामा पनि उक्त संगठनले आफ्नो सक्रियता कायम राखेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै व्युरो संयोजक बद्री अधिकारीले राष्ट्र र राष्ट्रियताको निमित्त, गणतन्त्र नेपाल निर्माणको निमित्त बलिदानीपूर्ण योगदान गरेको अखिल (क्रान्तिकारी)को इतिहास सम्झन सरकारलाई आग्रह गर्दै दलालहरुको सामु कहिल्यै नझुक्ने बरु बलिदान गर्न तयार रहेको बताएका छन् ।

२०७६ साउन ७ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :