अखिल (क्रान्तिकारी)द्वारा संयुक्त रुपमा ‘कम्युनिस्ट बिद्यार्थी अभियान –२’


बुटवल : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले लुम्बिनी व्युरो अन्तरगत रुपन्देही जिल्लामा प्रतिबन्धित अवस्थामा पनि आफ्नो संगठन विस्तार कार्यलाई तिव्रतापुर्वक अगाडि बढाइरहेको छ । यसैबीच अखिल (क्रान्तिकारी) रुपन्देहीले ‘कम्युनिस्ट बिद्यार्थी अभियान –२’ संयुक्त रुपमा सञ्चालन गरेको बताएको छ ।

कालिका मानवज्ञान मावि बुटवलमा सोमबार अभियानको उद्घाटन अखिल (क्रान्तिकारी) लुम्बिनी संयोजक बिरेन्द्र विक र अखिल (क्रान्तिकारी) रूपन्देही जिल्ला अध्यक्ष रमेश गैरेले संयुक्त रुपमा गरेका थिए । अभियानकै क्रममा एकलको अध्यक्षतामा १९ सदस्यीय इकाइ कमिटीसमेत गठन गरेका छन् ।

पछिल्लो समसामयिक राजनीतिक अवस्था, एकीकृत जनक्रान्ति र शैक्षिक आन्दोलन, वैज्ञानिक समाजवादी शिक्षा प्रणाली, नेकपामाथिको राजनीतिक प्रतिबन्ध, शिक्षा क्षेत्रमा देखिएको बेथितिहरू, अनियमितता, माफीयागिरी, दलालीकरण लगायत विविध बिषयमा बिद्यार्थीहरूसँग छलफलसमेत गरेका छन् । ‘कम्युनिस्ट बिद्यार्थी अभियान–२’ असारदेखि असोजसम्म जिल्ला भरी चलाइरहने अभियान टोलीले बताएको छ ।

२०७६ असार ३० गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :