अखिल (क्रान्तिकारी)को बझाङ जिल्ला अध्यक्षमा विनोद थापा


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को बझाङ जिल्लाले कथित कम्युनिस्टहरुद्वारा सञ्चालित दलाल सरकारले लगाएको प्रतिबन्धलाई खारेज गर्दै शैक्षिक विकृति विसङ्गतीका विरुद्धमा हाम्रो आन्दोलन ! वैज्ञानिक समाजवादी शिक्षाका लागि ८औं जिल्ला सम्मेलन !! भन्ने मुल नारा सहित बझाङ जिल्लाको ८औं जिल्ला सम्मेलन भव्यतापुर्वक सम्पन्न गरेको छ । नवनिर्वाचित बझाङ जिल्ला अध्यक्ष विनोद थापाले आइतबार विज्ञप्ति निकाली ८औं जिल्ला सम्मेलनले आफ्नो नेतृत्वमा १७ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको जानकारी गराएका छन् ।

अध्यक्ष विनोद थापाले विज्ञप्तिमा भनेका छन्, ‘कथित कम्युनिस्टहरुद्वारा सञ्चालित दलाल सरकारले लगाएको प्रतिबन्धलाई खारेज गर्दै शैक्षिक विकृति विसङ्गतीका विरुद्धमा हाम्रो आन्दोलन ! वैज्ञानिक समाजवादी शिक्षाका लागि ८औं जिल्ला सम्मेलन !! भन्ने मुल नारासहित अखिल (क्रान्तिकारी) बझाङको ८औं जिल्ला सम्मेलन भव्यतापुर्वक सम्पन्न गरेका छौ । जिल्ला सम्मेलनले शिक्षा क्षेत्रमा हुने भ्रष्टाचार र शैक्षिक विकृतिका विरुद्धमा निरन्तर संघर्ष गर्ने निर्णयसहित विनोद थापाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरिएको जानकारी यसै प्रेस विज्ञप्ति मार्फत सम्प्रेषण गर्दछौं । साथै सम्मेलन सफल पार्न सहयोग गर्नुहुने सबैमा हृदयदेखि हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ असोज १२ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :