अखिल (क्रान्तिकारी)को काठमाडौं जिल्ला सम्मेलन सम्पन्न : अध्यक्षमा विष्ट चयन


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)काे काठमाडौं जिल्लाले वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि हाम्रो आन्दोलन ! शिक्षामा माफियाकरण, दलालीकरण र भ्रष्टिकरणको अन्त्यका लागि २५औं काठमाडौं जिल्ला सम्मेलन !! भन्ने मुल नाराका साथ काठमाडौँमा जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न गरेको छ । २५औं काठमाडौं जिल्ला सम्मेलनले गोविन्द विष्टको अध्यक्षतामा पाँच पदाधिकारीसहित ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

सम्मेलनमा प्रमुख अतिथि अखिल (क्रान्तिकारी)का उपाध्यक्ष रुद्र भट्टराई रहेका थिए भने अतिथिहरु उपत्यका क्षेत्रीय समन्वय समिति संयोजक हर्कबहादुर बिक, नेकपा काठमाडौं जिल्ला सेक्रेटरी पवन, लेना र अविरललगायतको उपस्थिति रहेका थियो ।

सम्मेलनको प्रमुख अतिथिसमेत रहेका भट्टराईले शुभकामना दिँदै विद्यार्थीहरुको हक अधिकारकोलागि लड्ने संगठन भएकोले शैक्षिक क्षेत्रका विकृति विसंगतिविरुद्धको लडाइँमा काठमाडौँले नेतृत्व गर्नुपर्ने बताए ।

त्यसैगरी उपत्यका क्षेत्रीय समन्वय समिति संयोजक बिकले संगठनले शैक्षिक क्षेत्रका दलाल र माफियाका कारण शिक्षालाई गरिबका छोराछोरीको पहुँचमा पुग्न नसकेको बताए । उनले शैक्षिक माफियाहरुलाई राज्यले नै संरक्षण गरेको बताउँदै वैज्ञानिक समाजवादमा मात्रै शिक्षा जनताका छोराछोरीको पहुँच पुग्ने बताए । अहिलेको सरकार दलाल, ठेकेदार, माफियाहरुको पक्षमा लागेको भन्दै वैज्ञानिक समाजवादका लागि संघर्ष गर्नुपर्ने उनले बताए ।

नवनिर्वाचित कार्यसमितिलाई नेपाल कम्युनिस्ट पार्टीका काठमाडौँ जिल्ला सेक्रेटरी पवनले शुभकामना दिँदै दलाल व्यवस्थाका कारण शैक्षिक क्षेत्र दलालीकरण र माफियाकरण भएको बताउँदै त्यसविरुद्ध संघर्ष थाल्न शुझाव दिए । उनले अखिल (क्रान्तिकारी)लाई इतिहासले सुम्पेको कार्यभार पूरा गर्न अपीलसमेत गरे ।

२०७६ असोज ६ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :