अखिल (क्रान्तिकारी)का राप्ती संयोजक पोख्रेल  गिरफ्तार

प्युठान ः अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम् राप्ती क्षेत्रीय समन्वय समितका संयोजक पदम पोख्रेललाई गएराती प्युठानबाट अपहरण शैलीमा प्रहरीले बिनाकारण गिरफ्तार गरेको छ ।

हिजोराती ८ बजेतिर प्युठान पोख्रेलकै डेराबाट अपहरण शैलीमा बिनाकारण गिरफ्तार गरेको अखिल (क्रान्तकारी)ले जनाएको छ ।

पोख्रेललाई अहिले जिल्ला प्रहरी कार्यालय प्युठानमा राखिएको छ । र सामाजिक अपराध सम्बन्धि जबरजस्त झुठ्ठा मुद्दा लगाउन खोजिएको बुझिएको छ ।

बिनाकारण झुट्टा मुद्दा लगाउन खोजिएको भन्दै पदम पोख्रेलले हिरासतभित्रै भोक हडताल गरेको बताएका छन् । हिजो साझदेखि अहिलेसम्म केही पनि नखाएको र विनाकारण झुठ्ठा मुद्दा लगाएर हिरासतमै राख्दासम्म भोक हडताल गरिरहने पोख्रेलले बताए ।

यसअघि पनि प्यठानबाट एक जना शिक्षिकासहित २ जनालाई अस्ति नै आफ्नै काममा व्यस्त भइरहेको बेला विनाकारण गिरफ्तार गरिएको थियो ।

शिक्षिका भगवता ठेडि मगरसहित २ जनालाई अस्ति नै आफ्नै काममा व्यस्त भइरहेको बेला बिनाकारण गिरफ्तार गरेको थियो ।

पोख्रेललाई अपहरण शैलीमा प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकालले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै तत्काल रिहाइको माग गरेका छन् ।

२०७५ चैत ३ गते  आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :