अखिल क्रान्तिकारीका कोषाध्यक्ष नरेन्द्र गिरफ्तार

काठमाण्डौं : अखिल (क्रान्तिकारी)का केन्द्रिय कोषाध्यक्ष नरेन्द्र विकलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका विकलाई साेमबार दिउसो मध्य बानेश्वरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनलाई अहिले टेकु प्रहरी वृतमा राखिएको जनाईएको छ । यस अघि फागुण १ गते सो संगठनका अध्यक्ष चीरन्जीवी ढकाल सहितलाई पनि प्रहरीले गिरफ्तार गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :