सामाजिक दलाल पुँजीवादबारे

विषय प्रवेश

सर्वहारा वर्गको भीषण हमलाबाट पराजयको डिलमा पुगेपछि सामन्ती वर्ग र दलाल पुँजीवादी वर्गले आपसमा केही असन्तोष, केही आरोप–प्रत्यारोप र केही हानथाप गर्दै सत्तामा सौदाबाजी गरे । प्रचण्डहरूको आत्मसुरक्षा, आत्मसमर्पण तथा सामन्तवादी तइभ्वहरूसँग पुँजीवादी तइभ्वहरूले सौदाबाजी गरेपछि आफ्नो हात माथि पार्दै दलाल पुँजीपति वर्गले असफल क्रान्तिको अनुदानस्वरूप सत्ता हातपार्न सफल भयो । सत्तासीन बनेपछि दलाल पुँजीवादी वर्गले प्रचण्डहरूलाई त्यतिसम्म मात्र छूट दियो जति दिँदा उसको सत्तामा कुनै हानि हुँदैनथ्यो । प्रचण्डहरूका सामु कि पुरानो सत्तालाई बदल्ने मोर्चा समाल्नुपर्ने कि त आफ्नो रङ पुरानो सत्ताअनुरूप ढाल्नुपर्ने सङ्कट आइलाग्यो । ठीक त्यही बिन्दुमा प्रतिक्रियावादी सत्ताको खम्बा हल्लाउन नसकेपछि प्रचण्डहरूले आफ्नो गुण—रङलाई नै दलाल पुँजीवादी सत्ताअनुरूप बदल्न पुगे । तर वैज्ञानिक समाजवादी सत्ताका लागि चर्को मूल्य असुलेका प्रचण्डहरूलाई आफ्नो अनुहार छोप्न महामारी प¥यो । उनीहरूले मालिकहरूसँग अनुनयविनय गरेर जर्मनी हुँदै भारतसम्मका संशोधनवादीहरूले फटालिसकेको थोत्रो ‘समाजवाद’ को मुकुन्डो जडौरी पाए । खुइलिएको त्यही जडौरी अनुहारमा झुन्ड्याएर प्रचण्डहरूले हल्ला गरिरहेका छन् ‘राजनीतिक क्रान्ति सकियो, लड्नुपर्ने विरोधी कोही छैन ।’ अब आर्थिक क्रान्ति गर्दै संसद्बाटै शान्तिपूर्ण तरिकाले समाजवाद !’ एकथरी बुर्जुवा एवम् निम्नपुँजीवादी अवसरवादीहरू, क्रान्तिकारी आन्दोलनबाट थाकेर पाखा लागेका दक्षिणपन्थीहरू, एकाधिकार पुँजीपतिको पुँजीमा दलाली गरिरहेका दलाल पँुजीपतिवर्ग, जनयुद्ध र माओवादीको नाम भँजाएर कालो धन थुपारेका भ्रष्ट नवधनाढ्यहरू, कमिसनखोरहरू, पश्चिमाहरूका गैरसरकारी संस्था चलाएर मोटाएका दलालहरू सारा सकिनसकी सही थाप्दै हिँडिरहेका छन् । यी तइभ्वहरूको प्रचार र जीवनव्यवहार देखेर कम्युनिस्ट र श्रमिक जनतामा अनौठो खालको मजाक र घृणाभाव पैदा भएको पाइन्छ । के अब दलाल पुँजीवादी दानव संसदीय व्यवस्थासँगको सहबासबाट संशोधनवादी ‘गणिका’ हरूले वैज्ञानिक समाजवाद जन्माउने भए त !?

‘सौभाग्यवश’ केपी—प्रचण्डहरूले भनेको जस्तो समाजवाद माक्र्सले परिकल्पना गरेको समाजवाद हुन्थ्यो र केपी—प्रचण्डले भनेजसरी पुँजीवादीहरूको खोरबाट समाजवाद आउँथ्यो भने निश्चित छ– माक्र्सले जर्मनी, फ्रान्स, बेल्जियमका पुँजीवादी शासकहरू (नेपालका भन्दा कैयौँ प्रगतिशील थिए) बाट भयानक दुस्मनको कोटीमा राख्दै देशनिकालाको सजाय भोग्नुपर्ने थिएन ! उहाँले घोर विपत्तिको जीवन झेल्नुपर्ने थिएन ! जेनी माक्र्सले आफ्ना सन्तान बित्दा उनीहरूलाई लपेटेर फाल्ने कपडा पनि नपाउने बिपत् भोग्नुपर्ने थिएन ! विश्व श्रमिक वर्गको अपार प्रेम र सद्भाव हुँदाहुँदै अभावग्रस्त समय बिताउनुपर्ने थिएन ! विज्ञ पाठकहरू, नक्कली समाजवाद र वैज्ञानिक समाजवादको कहानी यहीँबाट सुरु हुँदैन त ! अवश्य नै ।

केपी—प्रचण्डले भनेजसरी पुँजीवादी संसद्बाट समाजवाद झुल्किने भइदिएको भए त लेनिनले भयानक विपत् झेल्दै क्रान्तिको आँधीबेहरीमा कुद्नु पर्ने थिएन ! रुसी—जार र पुँजीवादीहरूको ज्यानी हमला छेल्न रातारात भाइचारा पार्टीका कमरेडहरूको सहाराले विदेशका गल्लीमा पुग्नुपर्ने थिएन । सारा सहर र बौद्धिक साथीहरूको महल छोडेर फलाम पिट्दापिट्दा स्पात भएका मजदुरका झुपडीमा सुत्नुपर्ने थिएन ! कमरेड माओ—चाओहरूले अकथनीय कठिनाइ र अतुलनीय बलिदानले भरिभराउ २७ बर्से दीर्घकालीन जनयुद्ध चलाउनुपर्ने थिएन । दक्षिणका फाँटबाट चियाङ काङ पहाड चढेर, चियाङ काङ पहाडबाट भागेर अग्ला हिमशिखर र ज्यानी दलदलेहरू काट्नुपर्ने थिएन । जङ्गली रूखका पात र बोक्राले नपुगेर लगाउने छालाका बुट पकाएर खानुपर्ने थिएन ! दोस्रो विश्वयुद्धपछि अमेरिकाले मात्र होइन, स्टालिनले समेत च्याङ काई सेकसँग मिल्न आग्रह गर्दाको सुविधा त्यागेर भीषण मोर्चाबन्दी युद्ध छिचोल्नुपर्ने थिएन ! महान् भियतनामी जनताले सात ताल बमको चाङभित्रबाट विद्रोहको ज्वाला दन्काउनुपर्ने थिएन ! चे र फिडेलहरूले तुफानी समुद्री यात्रा गरेर बारुद भर्नुपर्ने थिएन । रोजाले जर्मनीको विद्रोहमा, चेले बोलिभियाको गाउँमा र चारुले कलकत्ताको गल्लीमा जीवन बलिदान गर्नुपर्ने थिएन । न त कमरेड गोन्जालोले मिन्डानाओ टापुमा एकान्तबास बस्नुपर्ने थियो न त भाकपा (माओवादी) ले भारतका आधारक्षेत्रमा बसेर युद्ध चलाउनुपर्ने थियो !

हाम्रै कुरा गर्दा पनि कृष्ण कुइँकेल, नेत्र घिमिरेहरूले सुखानीको जङ्गलमा गोली पिउनुपर्ने थिएन भने महान् जनयुद्धमा नौ हजार होनहार योद्धाहरूले आफ्नो उत्कष्ट जीवनलाई झुन्ड्याइएर, खुकुरी– सङ्गीनले रेटिएर, घोचिएर, हिउँले पुरिएर, गोलीले उडाइएर हाँसीहाँसी बलिदान गर्नुपर्ने थिएन ! हजारौँले घाइते र अपाङ्ग हुनुपर्ने थिएन भने लाखौँ नेपाली जनताले बिछोडको अपूरणीय पीडा खप्नुपर्ने थिएन !

माक्र्सवादको क, ख जान्ने कुनचाहिँ मूर्ख— पटमूर्ख होला केपी—प्रचण्डहरूले बनाएको सरकार कम्युनिस्ट समाजवादी सरकार हो र उनीहरूले चलाएको सरकारबाट समाजवाद आउँछ भनेर विश्वास गर्ने ! यसो त पुँजीवाद र दलाल पुँजीवादी वर्ग र उनीहरूका मालिकहरूलाई पनि कुनै विश्वास छैन– यिनीहरूले समाजवादका पक्षमा काम गर्नेछन् र दलाल पुँजीपतिवर्गलाई सत्ताच्यूत गर्दै वैज्ञानिक समाजवादतिरको यात्रा गर्नेछन् भन्ने । यी सारा विषय बुझेपछि नै हाम्रो पार्टीले केपी—प्रचण्डको सरकारलाई ‘सामाजिक दलाल पुँजीवादी सरकार’ र उनीहरूको प्रवृत्तिलाई ‘समाजिक दलाल पुँजीवादी’ भन्ने संश्लेषण गरेको छ । यसै विषयमा यो आलेखमा केही विश्लेषण गरिएको छ ।

१) वैज्ञानिक समाजवाद—साम्यवाद र समा¬जवादी धाराहरू

हुनत समाजवाद भन्नेवित्तीकै माक्र्स— एङ्गेल्स—लेनिन—माओहरूले परिकल्पना गरेको वैज्ञानिक समाजवाद नै हुन्छ भन्ने केही छैन । शब्दमा समाजवाद, व्यवहारमा सामन्तवाद, निम्नपुँजीवाद, पुँजीवाद, काल्पनिक समाजवाद माक्र्सकै समयदेखि थिए । माक्र्सले अनुसन्धान गर्नुभएको वैज्ञानिक समाजवाद—साम्यवाद वास्तवमा ती सबै अधकचल्टा, अर्थहीन, वर्गहीन (रूपमा), सारहीन, काल्पनिक समाजवादविरुद्ध सङ्घर्षको परिणाम पनि थियो भने हुन्छ । वास्तवमा वैज्ञानिक समाजवाद—साम्यवाद पुँजीवादविरुद्धको अनुसन्धान र विद्रोह मात्र थिएन, विभिन्न रङका गलत समाजवादी धाराविरुद्धको अनुसन्धान पनि थियो भन्नुपर्छ । माक्र्स—एङ्गेल्सको निधनपछि लेनिनले माक्र्स—एङ्गेल्सको नामसमेत मिसिएर देखापरेका सामाजिक साम्राज्यवाद, सामाजिक अन्धराष्ट्रवाद, संशोधनवादी समाजवादविरुद्ध सङ्घर्ष गर्नुप¥यो । लेनिनको निधनपछि स्टालिनले झन् खराब समाजवादी धारा, शब्दमा समाजवाद व्यवहारमा साम्राज्यवाद, फासिवादविरुद्ध लड्नुप¥यो । माओको समयमा पुग्दा वैज्ञानिक समाजवाद—साम्यवादलाई उल्ट्याउने, वैज्ञानिक समाजवादमा प्रतिक्रान्ति गर्ने र पुँजीवाद पुनस्र्थापना गर्नेसम्मको सामाजिक साम्राज्यवाद, संशोधनवादी समाजवाद देखाप¥यो र ती समाजवादसँग भीषण सङ्घर्ष गर्नुप¥यो । माओको निधनपछि चीनले समेत आफ्नो वैज्ञानिक समाजवादी—साम्यवादी मार्ग परित्याग गरेर ‘चिनियाँ विशेषताको समाजवाद’ सञ्चालन गरिरहेको छ । हिजोआज विश्वभरि विभिन्नखाले ‘समाजवाद’ प्रयोगमा चलिरहेका छन् । कम्युनिस्ट नामबाट मात्र पनि नेपालमा ‘जनताको बहुदलीय जनवाद’ उता उत्तरकोरियाले ‘कोरियन विशेषताको समाजवाद’, ल्याटिन अमेरिकातिर ‘बोलिभियन समाजवाद’, युरोपतिर ‘युरो समाजवाद’ आदि प्रयोग गरिरहेका छन् । यसबाहेक संसद्वादी—पुँजीवादी पार्टीहरूले पनि ‘सङ्घीय समाजवाद’, ‘लोकतान्त्रिक समाजवाद’, ‘नेपाली विशेषताको समाजवाद’, ‘राष्ट्रिय समाजवाद’ प्रयोग गरिरहेका छन् ।

राजनीतिक आन्दोलनमा समाजवाद शब्दको प्रयोग यतिविधि व्यापकतामा किन हुन पुग्यो भन्ने चर्चा माक्र्सकै समयदेखि हुँदै आएको छ । पुँजी बजारमा एउटा खराब तर व्यापक प्रचलनमा रहेको विशेषता छ । जब कुनै मालले बजारमा उपभोक्ताहरूको रुचि व्यापक रूपमा आकर्षित गर्छ र बजारमा लोकप्रियता बटुल्छ तब तत् मालको लोकप्रियताबाट मुनाफा सोहोर्न रातारात सयौँथरी नक्कली बजारियाहरू झुम्मिन पुग्छन् र रातारात नै लोकप्रिय मालको लोगो कवाडी मालमा पनि प्रयोग हुन थाल्छ । पैसावालदेखि मालप्रति रुचि राख्ने तर थोरै पैसा बोकेका ग्राहकको मन शान्त पार्न ती नक्कली मालहरू ढोकाढोकासम्म पुग्छन् । माल जस्तोसुकै होस्, लोकप्रिय मालको चिह्न झुन्ड्याएर समाजमा प्रतिष्ठा उचो देखाउन उपभोगवादी ग्राहकहरू सन्तुष्ट देखिन्छन् । यसलाई जनलोकप्रियताबाट जनतालाई नै लुट्ने सिद्धान्त भन्न सकिन्छ । ठीक यस्तै प्रवृत्ति इतिहासदेखि राजनीतिक आन्दोलनमा पनि प्रचलित हुँदै आएको खासगरी ‘ प्रजातन्त्र’ र ‘समाजवाद’ मा यो ज्यादै चर्को रूपमा प्रयोग हुँदै आएको छ ।

माक्र्स—एङ्गेल्सले जतिबेला वैज्ञानिक समाजवाद—साम्यवादको अनुसन्धान र संश्लेषण गर्दै हुनुहुन्थ्यो त्यही सेरोफेरो (केही अगाडिदेखि केही पछाडि) मै पाँचखालका समाजवादी मतहरू अस्तिइभ्वमा देखापरेका थिए । ती समाजवादी मतहरूलाई उहाँहरूले कम्युनिस्ट घोषणापत्रमा ‘सामन्ती समाजवाद, निम्नपुँजीवादी समाजवाद, जर्मन समाजवाद, पुँजीवादी समाजवाद, काल्पनिक समाजवाद’ का नाममा संश्लेसित गर्नुभयो । उहाँहरूले ती समाजवाद कुन अर्थराजनीतिक आधारमा देखापरे भन्ने सारलाई पनि खुलस्त गर्नुभयो ।

माक्र्स—एङ्गेल्सले कम्युनिस्ट घोषणापत्रको भाग ३ को ‘समाजवादी र कम्युनिस्ट साहित्य’ को ‘क’ उपशीर्षकमा सामन्ती समाजवादको चर्चा गर्नुभएको छ । उहाँहरूले सामन्तवाद पुँजीवादसँगको अन्तिम सङ्घर्षमा परास्त भएपछि कसरी सामन्ती वर्ग नै समाजवादको ब्यानर बोकेर सडकमा निस्कियो भन्ने विश्लेषण गर्दै लेख्नुभयो, ‘सन् १८३० को जुलाईको फ्रान्सेली क्रान्तिमा र इङ्ल्यान्डको सुधार आन्दोलनमा यी अभिजात (सामन्त) हरू नवोदित पुँजीपति वर्गद्वारा फेरि पराजित हुनुप¥यो जसलाई घृणा गरिन्थ्यो । त्यसपछि सामन्त वर्गद्वारा पुँजीपतिवर्गका विरुद्ध गम्भीर राजनीतिक सङ्घर्षबारे त कुरा हुन पनि असम्भव थियो । अब केवल साहित्यिक सङ्घर्षको सम्भावना मात्र बाँकी रहन गयो तर साहित्यिक क्षेत्रमा पनि पुनरुत्थान कालको पुरानो नारा प्रयोग गर्नु असम्भव भइसकेको थियो । सहानुभूति पाउनका लागि कुलीन वर्गले यस्तो बहाना गर्नुपरेको थियो– मानौँ उसले अब आफ्ना हितहरूका लागि चिन्ता गर्दैन र केवल शोषित मजदुरवर्गका हितहरूका लागि मात्र पुँजीपतिवर्गका विरुद्ध आफ्नो अभियोगपत्र तयार पारेको छ । यसप्रकार कुलीनवर्गले आफ्नो नयाँ मालिकको विरोधमा व्यङ्ग्य र काव्य रचेर तथा उसको कानमा थरीथरीका भयानक भविष्यवाणीहरू सुनाएर आत्मसन्तोष गर्नुपरेको थियो । सामन्ती समाजवादको उत्पत्ति यसप्रकारले भयो । केही विलापको गीत त केही हास्य—व्यङ्ग्य, केही अतीतको संस्मरण त केही भविष्यको सङ्कटप्रति सङ्केत— यही त्यसको तत्व थियो ।’
(माक्र्स—एङ्गेल्स, कम्युनिस्ट पार्टीको घोषणापत्र, भाग ३, समाजवादी र कम्युनिस्ट साहित्य, प्रतिक्रियावादी समाजवाद (क) सामन्ती समाजवाद, पष्ृठ १०५) ।

त्यसैगरी उहाँहरूले ‘(ख)’ उपशीर्षकमा निम्नपुँजीवादी समाजवादको विश्लेषण गर्दै भन्नुभयो, ‘ती देशहरूमा जहाँ आधुनिक सभ्यताको पूरा विकास भएको छ, एक नयाँ निम्नपुँजीपतिवर्ग उत्पन्न भएको छ । जुन सर्वहारावर्गको र पुँजीपतिवर्गको बीच झुलिरहेको छ र पुँजीजीवी समाजको एक अनुपूरक अङ्गका रूपमा निरन्तर पुनर्निर्मित भइरहेको छ । प्रतिस्पर्धाले गर्दा यस वर्गका केही सदस्य निरन्तर रूपले सर्वहारावर्गको पङ्क्तिमा धकेलिन्छन् । फेरि उनीहरूले के पनि देख्न थालिसकेका छन् भने आधुनिक उद्योगको विकासका साथसाथै त्यो क्षण पनि नजिक आउँदैछ जुन बेला उनीहरू आधुनिक समाजको स्वतन्त्र अङ्गका रूपमा बिल्कुलै बिलाउनेछन् र व्यापार, उद्योग तथा कृषिका क्षेत्रमा निरीक्षक तथा वेतनभोगी कर्मचारीहरूद्वारा विस्थापित गरिनेछन् । फ्रान्सजस्तो देश जहाँ आधाभन्दा बढी जनसङ्ख्या किसानहरूको छ यस्ता लेखकहरू देखापर्नु स्वाभाविकै थियो जो पुँजीजीवीवर्गका विरुद्ध सर्वहारावर्गको साथ दिएर पुँजीवादी व्यवस्थाको आफ्नो आलोचनामा सानातिना किसान र निम्नपुँजीपति वर्गको मापदण्ड प्रयोग गर्दथे । निम्नपुँजीवादी समाजवादको विकास यसरी भयो ।’
माक्र्स—एङ्गेल्स, कम्युनिस्ट पार्टीको घोषणापत्र, भाग ३, समाजवादी र कम्युनिस्ट साहित्य, प्रतिक्रियावादी समाजवाद (ख) निम्नपुँजीवादी समाजवाद, पृष्ठ १०८ ।

माक्र्स—एङ्गेल्सले त्यसैको (ग) उपशीर्षकमा जर्मनीमा फैलिएको ‘जर्मनी अथवा ‘सत्य’ समाजवादबारे’ चर्चा गर्दै लेख्नुभयो, ‘फ्रान्सको समाजवादी र साम्यवादी साहित्य जुन सत्ताधारी पुँजीपतिवर्गको दबाबमा उत्पन्न भएको थियो र जुन उसको विरोध नहुने सङ्घर्षको साहित्यिक अभिव्यक्ति थियो, जर्मनीमा यस्तो समयमा ल्याइएको थियो जुनबेला यस देशमा सामन्ती निरङ्कुशतावादको विरोधमा पुँजीपति वर्गले भर्खरै मात्र आफ्नो सङ्घर्ष सुरु गरेको थियो । ….विदितै छ, भिक्षु गणहरू प्राचीन मूर्तिपूजकहरूका शास्त्रीय ग्रन्थहरू लेखिएका पाण्डुलिपिहरूको पाठमाथि क्याथोलिक सन्तहरूका उट्पट्याङ जीवनचरित्रहरू लेख्ने गर्दथे । जर्मनी साहित्यकारहरूले दोषपूर्ण फ्रान्सेली साहित्यको सम्बन्धमा यसको ठीक उल्टो काम गरे । फ्रान्सेली मूल ग्रन्थहरूमा उनीहरूले आफ्नो दार्शनिक बकबास लेखे । उदाहरणस्वरूप, उनीहरूले मुद्रा सम्बन्धबारे फ्रान्सेली आलोचनाको मुन्तिर ‘मानवीय सारको विच्छेद’ र पुँजीवादी राज्यको फ्रान्सेली आलोचनाको मुन्तिर ‘सामान्य प्रवर्गको सत्ताच्यूत’ इत्यादी लेखे । फ्रान्सेली सिद्धान्तहरूको मुन्तिर आफ्ना दार्शनिक उक्तिहरू घुसाएर उनीहरूले ‘कर्म—दर्शन’, ‘सत्य समाजवाद’, ‘समाजवादको जर्मनी विज्ञान’, ‘समाजवादको दार्शनिक आधार’ आदि नाम दिए ।’
माक्र्स—एङ्गेल्स, कम्युनिस्ट पार्टीको घोषणापत्र, भाग ३, समाजवादी र कम्युनिस्ट साहित्य, प्रतिक्रियावादी समाजवाद (ग) जर्मनी अथवा ‘सत्य समाजवाद’, पृष्ठ ११० ।

उहाँहरूले अगाडि बढेर (२) उपशीर्षकमा पुँजीवादी समाजवादबारे उल्लेख गर्दै लेख्नुभयो, ‘पुँजीपतिवर्गको एक हिस्साले पुँजीवादी समाजको अस्तिइभ्व सुदृढ पार्नका लागि सामाजिक कुरीतिहरूलाई खतम गर्न चाहन्छ । अर्थशास्त्री, परोपकारी, मानवतावादी, श्रमजीवीवर्गहरूको सुखसमृद्धिका समर्थक, दानदातव्यका प्रबन्धकर्ता, पशुरक्षा समितिहरूका सदस्य, मदिरा निषेध संस्थाहरूका संस्थापक, विभिन्न प्रकारका सानातिना सुधारकहरू सबै यस श्रेणीमा पर्न आउँछन् । यो पुँजीवादी समाजवादले पूरै प्रणालीहरूसम्म पनि विकास गरेको थियो ।..कुनै राजनीतिक सुधारद्वारा होइन, बरु जीवनका भौतिक अवस्थाहरू र आर्थिक सम्बन्धहरूमा परिवर्तनद्वारा मात्र केही लाभ हुन सक्दछ भन्ने प्रमाणित गर्न खोज्दै यस समाजवादको अर्को कम व्यवस्थित तर बढी व्याववहारिक रूपले हरप्रकारको क्रान्तिकारी आन्दोलनप्रति मजदुरवर्गको नकारात्मक दृष्टिकोण पैदा गर्ने प्रयास गरेको छ । किन्तु यस समाजवादले जीवनका भौतिक अवस्थाहरूमा परिवर्तन भनेको पुँजीवादी उत्पादन सम्बन्धहरूको उन्मूलन हो भन्ने अर्थ कदापि लगाउँदैन । यो क्रान्तिकारी मार्गबाट मात्र सम्भव हुन्छ तर उसको तात्पर्य चाही उत्पादन— सम्बन्धहरूको आधारमा कार्यान्वित गरिने प्रशासनिक सुधारसँग छ अर्थात् यसले पुँजी र ज्यालादारी श्रमका बीचको सम्बन्धमा केही पनि हेरफेर ल्याउँदैन । यसबाट हुनसक्ने सबभन्दा बढी कुरा यत्तिकै मात्र हो, यसले पुँजीपतिवर्गका निम्ति उसको प्रभुत्वको प्रशासन खर्च कम गर्दछ र उसको शासनव्यवस्थालाई सरल पार्दछ ।
माक्र्स—एङ्गेल्स, कम्युनिस्ट पार्टीको घोषणापत्र, भाग ३, समाजवादी र कम्युनिस्ट साहित्य, प्रतिक्रियावादी समाजवाद (२) रूढिवादी अथवा पुँजीवादी समाजवाद, पृष्ठ ११४ ।

माक्र्स—एङ्गेल्सले सोही भागको उपशीर्षक (३) मा काल्पनिक समाजवादीहरूले प्रयोग गरेको समाजवादबारे पनि प्रस्ट चर्चा गर्नुभयो र लेख्नुभयो ‘सन्तसाइमन्ड, फुरिए, ओवेन आदि अर्थशास्त्रीद्वारा प्रतिपादित पद्धतिहरू जसलाई वास्तवमा नै समाजवादी र साम्यवादी पद्धति भन्न सकिन्छ, सर्वहारावर्ग र पुँजीपतिवर्गका बीच सङ्घर्षको प्रारम्भिक अविकसित समयावधिमा देखापरेका थिए । यसको चर्चा हामीले माथि गरिसकेका छौँ ।

निःसन्देह, यी पद्धतिका प्रवर्तकहरूले तत्कालीन समाजभित्र वर्गहरूको प्रतिपक्षताका साथसाथै विघटनशील तइभ्वहरूको प्रक्रिया पनि देखेका थिए । किन्तु उनीहरूले सर्वहारावर्गका पक्षमा कुनै ऐतिहासिक आत्मनिर्भरता र उसका निम्ति स्वाभाविक कुनै स्वतन्त्र राजनीतिक आन्दोलन देखेका थिएनन् । …यसै उसले उनीहरू जुनसुकै राजनीतिक र मुख्यतः जुनसुकै क्रान्तिकारी क्रियाकलापलाई अस्वीकार गर्दछन् । उनीहरू शान्तिपूर्ण तरिकाले आफ्नो उद्देश्य प्राप्त गर्न चाहन्छन् । अनि सानातिना तथा अवश्यमेव असफल प्रयोगहरूको माध्यमद्वारा दृष्टान्तको जोडले उनीहरू आफ्नो नवीन सामाजिक दिव्यसन्देशका निम्ति बाटो प्रसस्त पार्ने कोसिस गर्दछन् ।

..यसैकारणबाट वर्गसङ्घर्षलाई निरन्तर चेतनाशून्य पार्न र परस्परविरोधी वर्गहरूमा मेलमिलाप ल्याउन प्रयत्नशील छन् । उनीहरू अझै पनि आफ्ना सामाजिक स्वप्नलोकहरूलाई प्रयोगात्मक रूपमा चरितार्थ गर्ने, केही कल्पनानगरीहरूको स्थापना गर्ने, आवासीय बस्तीहरू खडा गर्ने नयाँ जेरुसेलमको सानो संस्करण अर्थात् सानो इकारिया कायम गर्ने सपना देख्छन् ।’
माक्र्स—एङ्गेल्स, कम्युनिस्ट पार्टीको घोषणापत्र, भाग ३, (३) आलोचनात्मक—काल्पनिक समाजवाद र साम्यवाद, पृष्ठ ११६ ।

माक्र्स—एङ्गेल्सले आफ्नो समयका यी समाजवादी धारामा बास्तविक वैज्ञानिक दृष्टिकोण, सिद्धान्त, नीति र कार्यक्रमहरू भेटनु भएन जसको अभावमा समाजवाद समाजवादका रूपमा अगाडि आउन सम्भव हुँदैनथ्यो । यी कि जनता झुक्याउने मन्त्र हुन्थे कि त काल्पनिक उडान मात्र । त्यसैले यी समाजवादभित्रका त्रुटिहरू सच्याउँदै वैज्ञानिक समाजवाद—साम्यवादको दृष्टिकोण, सिद्धान्त र कार्यक्रमहरू प्रस्तुत गर्नुभयो ।

माक्र्स—एङ्गेल्सको सङ्घर्षपछि तत्बेलाका समाजवादी मतहरूको त्यति प्रभाव रहन पाएन तर उहाँहरूको निधनपछि वैज्ञानिक समाजवाद— साम्यवाद सर्वहारावर्गको बीचमा कति लोकप्रिय भयो भने उहाँहरूकै नाम टाँसेर अरू खतरनाक समाजवादी प्रवृत्तिहरू पैदा हुन पुगे । उदाहरणका लागि माक्र्स—एङ्गेल्सको उल्लेख गर्दै वर्नस्टिनले सन् १९९६ देखि ‘संसद्बाट समाजवाद’ सन् १९०५ पछि कार्ल काउत्स्कीले ‘राजनीतिक आन्दोलनबाट आमसुधारको सिद्धान्त‘ प्रस्तुत गरे । यसलाई लेनिनले बर्नस्टिनको ‘संशोधनवाद’, कार्ल काउत्स्कीको विचारलाई ‘अन्धराष्ट्रवादी समाजवाद’, ‘सामाजिक अन्धराष्ट्रवाद’ र रुसी मेन्सेभिकहरूको विचारलाई ‘सामाजिक जनवाद’ मा संश्लेषण गरेर भण्डाफोर गर्नुभयो । साथै लेनिनसँगै विश्वका अन्य माक्र्सवादीहरूले पनि यी विचलनविरुद्ध जोडदार सङ्घर्ष सञ्चालन गरे । लेनिनको नेतृत्वमा सन् १९१७ मा अक्टोबर क्रान्ति सम्पन्न गरेपछि सच्चा वैज्ञानिक समाजवादी धारा व्यवहारतः पनि स्थापित बन्न पुग्यो । लेनिनले विचलनकारी समाजवादी धारहरू माक्र्स—एङ्गेल्सकै नाममा किन देखापर्नुप¥यो भन्ने चर्चा गर्दै लेख्नुभयो, ‘इतिहासको द्वन्द्वात्मक विकास यस्तो छ कि माक्र्सवादको सैद्धान्तिक विजय उसका शत्रुहरूलाई माक्र्सवादी नकाब लगाउनका लागि बाध्य गरिदिन्छ । भित्रबाट कुहेको उदारतावाद समाजवादका रूपमा आफूलाई पुनर्जीवित गर्ने प्रयास गर्दछ ।’
लेनिन, हिन्दी खण्ड ४, कार्ल माक्र्सको शिक्षाको ऐतिहासिक नियति, पृष्ठ १८६ ।

लेनिनको यो विश्लेषण यति वस्तुवादी देखिन्छ कि आजसम्म आउँदा पनि व्यवहारमा सही साबित भइरहेको छ । कैयौँ अवसरवादीहरूले समाजवादको लोकप्रियतामा आफूलाई झुन्ड्याउन त पुग्छन्, लालायित भएको पनि देखाउँछन् तर त्यसको भीषणतामा टिकाउन सक्दैनन् । परिणामतः लोकप्रियताकै टोपी लगाएर अवसरवादी बाटो पकड्न पुग्छन् । तर मालेमावाद यस्तो खरो छ कि कुनै पनि अवसरवादलाई छिपेर सधैँभरि सर्वहारा श्रमिक जनतालाई भ्रमित पार्न दिँदैन । लेनिनको निधनपछि समाजवादी शब्दको प्रयोग कम्युनिस्ट आन्दोलनमा मात्र होइन, त्यसभन्दा बाहिर पुँजीवादी तानाशाहहरूले पनि व्यापक रूपमा गर्न खोजे । कतिसम्म भने हिटलरको नाजीवाद र मुसोलिनीको फासिवादले पनि समाजवादकै टोपी लगाएर मानवजातिमाथि अकल्पनीय नरसंहार गर्न आइपुगे । स्टालिनको समयमा प्रायः पुँजीवादी प्रजातन्त्रवादीहरूले पनि श्रमिक जनताको मन जित्न वा सन्तुलित पार्न विश्वभरि कुनै न कुनै रूपमा समाजवाद झुन्ड्याउनुपर्ने बाध्यता देखाप¥यो । स्टालिनले ती सारा गलत समाजवादी धाराविरुद्ध निर्मम सङ्घर्ष छेड्नुभयो । दोस्रो विश्वयुद्धमा युरोपभरि वास्तवमा विकृत समाजवादी धाराविरुद्ध वैज्ञानिक समाजवादी धाराको विजय भयो । कमरेड स्टालिनको निधनपछि कम्युनिस्ट आन्दोलनमा पुनः एकदमै नयाँ रूपमा बर्नस्टिनवादी समाजवाद देखाप¥यो । युगोस्लाभियाको टिटो, रुसको खु्रस्चोभ र अमेरिकाको ब्राउडरले यस्तो समाजवादी धाराको वकालत गरे । उनीहरूले विश्वमा समाजवाद अपराजित शक्ति बनिसकेकाले अब सशस्त्र सङ्घर्षको आवश्यकता नरहेको, संसद्बाटै शान्तिपूर्ण तरिकाले वैज्ञानिक समाजवादमा पुग्न सकिनेजस्तो प्रतिक्रान्तिकारी विचार प्रस्तुत गरे । सुरुमा टिटोले त्यसको पहल गरे पनि खासमा रुसमा ख्रुस्चोभ सत्तामा पुगेपछि यो धारको नेतृत्व गर्न पुग्यो । उसले पुँजीवादबाट समाजवादमा प्रवेश गर्ने र सञ्चालन गर्ने भन्दै ‘तीन स’ को घोर संशोधनवादी, संसद्वादी, प्रतिक्रान्तिकारी विचार अगाडि सा¥यो । कमरेड माओको नेतृत्वमा यी विचलनकारी समाजवादका विरुद्ध सङ्घर्ष छेडियो । माओले ‘टिटो समाजवाद’ र खु्रस्चोभी समाजवादलाई ‘सामाजिक साम्राज्यवाद’ भनेर संश्लेषण गर्नुभयो । उहाँले विश्वभरिका क्रान्तिकारीहरूलाई एकताबद्ध गरेर यी ‘समाजवादी धार’ विरुद्ध सङ्घर्ष गर्नुभयो । सिङ्गै समाजवादी देशहरूलाई समाप्त पार्न खोजेको यो विचारविरुद्ध उहाँले एक हदसम्म सफलता पनि प्राप्त गर्नुभयो । दुःखको कुरा माओको मृत्युपछि चीनले पनि मालेमावादी वैज्ञानिक समाजवादी मार्ग त्यागेर देङवादी बाटो ‘चिनियाँ चरित्रको समाजवाद’ अपनाउन पुगेको छ । विश्वमा वैज्ञानिक समाजवादले धक्का खान पुगेको छ ।

यतिबेला नेपालमा वैज्ञानिक समाजवादबाहेक अन्य समाजवादको प्रयोग व्यापक रूपमा भइरहेका छन् । उदाहरणका लागि ‘प्रजातान्त्रिक समाजवाद’ ‘समृद्ध समाजवाद’ ‘सङ्घीय समाजवाद’ ‘ उदारवादी समाजवाद’ हरूलाई लिन सकिन्छ । केपी—प्रचण्डहरूले प्रयोग गरिरहेको ‘लोकतान्त्रिक समाजवाद’ (विभिन्न सन्दर्भमा उच्चारण गरेअनुसार) पनि यसैवरिपरि झुन्डिएको समाजवाद हो ।

नेपालमा पुँजीवादी प्रजातन्त्रको प्रतिनिधि पार्टी भनेर चिनिने र चिनाउन चाहने नेपाली काङ्ग्रेसका नेता बीपीले आफ्नो सिद्धान्तलाई ‘प्रजातान्त्रिक समाजवाद’ भनेर घोषणा गरे । बीपी पुँजीवादी समाजका सामाजिक कुरीतिहरूलाई खतम गर्न, सुधार गर्न त चाहन्छन् तर पुँजीवादी व्यवस्थालाई नै सुदृढ गरेर ! राजनीतिक व्यवस्थामा पुँजीवादी संसदीय व्यवस्थामा मान्नु र आर्थिकमा केही जनपक्षीय सुधार गर्न चाहनुमा उनको प्रजातान्त्रिक समाजवादको विशेषता हो । उनले बाँच्दासम्म राजनीतिमा प्रजातन्त्रको वकालत गरे भने जनताका लागि ‘बस्ने घर, दुहुनो गाई, एक हल गोरु र खेतबारी’ जस्ता समाज सुधारका कुरा गरे । तर उनको निधनपछि काङ्ग्रेस निद्राबाट अजाकिएको हाउभाउमा ‘ प्रजातान्त्रिक समाजवाद’ को कुरा गर्छ । त्यो पनि केही अध्ययनशील नेताहरूले मात्र ! बीपीले भन्ने गरेको समाजवाद माक्र्सले कम्युनिस्ट घोषणापत्रमा उल्लेख गरेको ‘पुँजीवादी समाजवाद’ सँग मिल्दो छ । जे भए पनि काङ्ग्रेसको ‘समाजवाद’ पुँजीवादी संसदीय व्यवस्थालाई सुदृढ गर्नका लागि अगाडि सारिएको समाजवाद हो । यस अर्थमा ‘प्रजातान्त्रिक समाजवाद’ सँग आजका उत्पीडित श्रमिक वर्ग, जाति, समुदायको नयाँ भविष्य छैन । प्रजातान्त्रिक समाजवाद श्रमिक वर्गलाई पुँजीवादी भट्टीमा शीतल हावा दिएर सेक्ने समाजवाद मात्र हो ।

पुँजीवादी संसदीय व्यवस्थाभित्रैको एउटा सुधारवादी हाँगोले ‘सङ्घीय समाजवाद’ प्रयोग गरिरहेको छ । खासगरी कम्युनिस्ट आन्दोलनबाट पछि फर्किएका, वैज्ञानिक समाजवादी सत्ताको पतनको धक्कालाई धान्न नसकेर आफूलाई पुँजीवादीकरण गरेका, संसदीय व्यवस्थाभित्रैबाट जनताका पक्षमा केही आर्थिक र कानुनी सुधार गर्न चाहने र उत्पीडित जाति र क्षेत्रलाई आफ्नो प्रभावमा लिन चाहने निम्न पुँजीवादी, सुधारवादी शक्तिहरू यसभित्र रहेका छन् । सङ्घीय समाजवादको प्रतिनिधित्व उपेन्द्र यादव, अशोक राईहरूले गरिरहेका छन् । अर्थराजनीतिक सम्बन्धमा पुँजीवादी व्यवस्थालाई स्वीकार गर्ने तर आर्थिक, कानुनी, प्रशासनिक क्षेत्रमा केही जनपक्षीय सुधार गर्न चाहने यो समाजवादी धाराले वास्तविक श्रमिक वर्गीय राज्यसत्ता र राज्यव्यवस्थाको प्रतिनिधित्व गर्न सक्दैन । यो समाजवादले पनि सुधारका गुलिया पर्चा छर्दै उत्पीडित जाति र क्षेत्रलाई व्यवहारतः पुँजीवादी संसदीय व्यवस्थाकै विभेदकारी जुवाभित्र जोताउन पु¥याउँछ ।

नेपालमा अर्को ‘लोकतान्त्रिक, समृद्ध समाजवाद’ को प्रयोग पनि भएको छ । यसको प्रयोग मूल रूपले माओवादी आन्दोलनको नेतृत्व तहमा पुगेर पलायन भएका बाबुराम भट्टराईले गरिरहेका छन् । उनले पुँजीवादको निजी स्वामित्ववाला बजार मुखी अर्थराजनीति र राज्यनियन्त्रित कम्युनिस्टहरूको अर्थराजनीति पुरानो र अपूर्ण भएकाले आफूले वर्तमान युगअनुरूप दुवैलाई पकडेको अर्थराजनीति अङ्गालेको तर्क गरिरहेका छन् । त्यसको ठोस रूप के हुनेछ नभने पनि त्यसको मूल सार चलिरहेको पुँजीवादी राजनीतिकै परिधिभन्दा बाहिर नजाने स्पष्ट हुन्छ । उनले हालै अमेरिका भ्रमणमा त्यहाँका बुद्धिजीवी र वैज्ञानिकहरूसँग अन्तरक्रिया गर्दा आफूलाई आफ्नो विचारप्रति अझ विश्वास बढेको तर्क गरेका छन् । बाबुरामले पँुजीवाद र साम्यवादलाई मिलाएर नयाँ सिद्धान्त बनाउने तर्कलाई आफ्नो र नयाँ भने पनि उनको यो सिद्धान्त र तर्क कुनै नयाँ होइन । यस सिद्धान्तले पनि राज्यसत्ता र व्यवस्थामा पुँजीवादी प्रजातन्त्रकै सार बोकेको छ भने आर्थिक सम्बन्धमा केही जनपक्षीय सुधार र संरक्षणको रूप लिएको छ । निजी स्वामित्व प्रधान भएको अर्थसम्बन्धले अन्ततः घुमाइफिराइ पँुजीवादी राज्यव्यवस्थामै पु¥याउँछ । माक्र्सको समयमा देखापरेको पुँजीवादी समाजवाद, काल्पनिक समाजवाद, लेनिनको समयमा देखिएको बर्नस्टिनको समाजवाद, माओको समयमा देखिएको खु्रस्चोभी समाजवादका विशेषताकै वरिपरि यो घुम्न पुगेको छ । अझ पछि देङले चीनमा प्रयोग गरेको ‘बजारमुखी अर्थनीतिको सिद्धान्त’ यही होइन र ? नेपालमै एमालेले २०४७ पछि अघि सारेको ‘ बहुदलीय जनवादको सिद्धान्त’ को सार पनि त यही हो । अनि कसरी भयो बाबुरामको यो नयाँ अनुसन्धान ! आर्थिक सुधार र संरक्षणवादको सिद्धान्तको तर्क गर्ने हो भने युरोपेली पुँजीवादीहरू विशेषतः उत्तरी युरोपका (स्कान्डिनभियन) देशहरूले पछिल्लो समयमा प्रयोग गरिरहेको प्रजातन्त्रको रूप यही होइन र !? यसरी हेर्दा ‘लोकतान्त्रिक समाजवाद’ भनेको केही पुँजीवादको मनोआतङ्क केही समाजवादको लोभलालच, केही पुँजीवादी वैभवको मोह, केही असफलताको पछुतो मात्र हो भन्ने साबित हुन्छ । अतः ‘लोकतान्त्रिक समाजवाद’ ले पनि अर्थराजनीतिक सङ्घर्षमा उत्पीडित जनतालाई मनोगत कल्पनाको आकाशबाट शोषणपूर्ण एवम् विभेदपूर्ण पुँजीवादी धर्तीमा पछार्नेबाहेक केही गर्दैन ।

नेपाली राजनीतिमा अन्य ‘राष्ट्रिय समाजवाद’, ‘नेपाली विशेषताको समाजवाद’ जस्ता सोचाइहरू पनि उदाउने र अस्ताउने गरिरहेका छन् । तिनको प्रयोग पनि प्रायः कि सामन्ती सत्ताको पराजयपछि जनताका बीचमा जनआकर्षित शब्दलाई ब्यानर बनाएर आफ्नो अस्तिइभ्व प्रदर्शन गर्न चाहने सत्ताच्यूत वर्गबाट गरिएको छ कि त कम्युनिस्ट आन्दोलनबाट आफ्नो औचित्य लगभग गुमाइसकेपछि सहानुभूति पाउने आशा बोकेका व्यक्तिहरूबाट गरिएको छ । ती सोचाइहरूको पनि कुनै छुट्टै गन्तव्य नभएर अन्ततः संसदीय राजनीतिको परिधिभित्र केही असन्तुष्टि र विरोधसहित चक्कर मार्नेभन्दा कुनै नयाँ परिवर्तन दिने हैसियत राख्दैनन् । आफ्नो अस्तिइभ्व सङ्कटका कारण खास अवस्थामा क्रान्तिकारी सर्वहारावर्गीय आन्दोलनमा खिचिने सम्भावना पनि रहन्छ ।

अन्तिममा रह्यो सन् २००६ पछि क्रान्ति र प्रतिक्रान्तिका बीचमा सम्पन्न धोकापूर्ण सम्झौतापछि पैदा भएको ‘सामाजिक दलाल पुँजीपति वर्ग’ ले भन्ने गरेको ‘समाजवाद ।’ नयाँ जनवादी क्रान्तिका कारण सामन्ती वर्गले सत्ताको नेतृत्व गुमाउन पुग्यो तर सर्वहारावर्गले पनि जित्न सकेन । दुवै वर्ग परास्त भएपछि सत्ताको नियन्त्रण दलाल पुँजीपति वर्गको हातमा पुग्यो । दलाल पुँजीपति वर्ग र साम्राज्यवादी तइभ्वहरूको साँठगाँठ देखेपछि पराजयको आतङ्कले वर्गसघर्षको मोर्चा नै नखोलेर प्रचण्डहरूले आत्मसमर्पण गर्न पुगे । उनीहरूको आत्मसमर्पणले माओवादी आन्दोलनको एउटा हिस्सा मुखले कम्युनिस्ट भन्ने तर अरू सबै दृष्टिले पुँजीवादमा पतन हुन पुग्यो । सत्ताका सुविधाहरूमा बस्दाबस्दा र पछि पहिले नै पुँजीपतिवर्गमा पतन भइसकेको एमालेमा विलय हुन पुग्यो । सोही प्रवृत्ति नै हाल ‘सामाजिक दलाल पुँजीपति वर्ग’ मा उभिन पुगेको छ । यो वर्गले नाममा कम्युनिस्ट, राजनीतिमा समाजवाद र व्यवहारमा पुँजीवादको मिश्रण गरिरहेको छ । यसको नेतृत्व केपी—प्रचण्डहरूले गरिरहेका छन् ।

क्रान्तिकारी झापा विद्रोहका बन्दुक कोसीमा मिल्काएर पुँजीवादी सत्ताका पाउमा लम्पसार पर्न पुगेका केपी—माधव—झलनाथहरू र महान् जनयुद्धका उपलब्धिहरू मुख्यतः जनसत्ता, जनसेना, जनअदालत, जनप्रशासन आदिलाई दलाल पुँजीवादी सत्ताका पाउमा भेटी चढाएर घोप्टोचेप्टो पर्न पुगेका प्रचण्डहरूले भन्ने गरेको समाजवाद प्रस्ट व्याख्या नगरे पनि सारमा ‘बहुदलीय जनवादी समाजवाद’ नै हो । यसको अस्तिइभ्व दलाल पुँजीवादी सत्ताभन्दा बाहिर देखिएको छैन र देखिने सम्भावना पनि छैन । तर यसको बहुरङ्गी विश्लेषण गरेर विशेषतः प्रचण्डले वितण्डा नै मच्चाएका छन् । उनी कतिखेर ‘नेपालमा राजनीतिक क्रान्ति सकिएको, आर्थिक क्रान्ति मात्र बाँकी रहेको’ भाषण गर्छन्, कतिखेर जनताले लड्नुपर्ने शक्ति नै बाँकी नरहेको, काङ्ग्रेससहित मिलेर समाजवाद ल्याउनुपर्ने तर्क गर्छन्, कतिखेर समाजवादका लागि दलाल पुँजीवादी सत्ता बाधक रहेको, कर्मचारीतन्त्र अवरोधक रहेको बोलिरहेका छन् भने कतिखेर अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा क्रान्ति सम्भव नरहेको प्रचार गर्छन् । उनीहरूको राजनीतिक सोचाइ र प्रयोग गरिरहेको ढाँचा हेर्दा जनतालाई झुक्याउन समाजवादको नारा दिने तर दलाल पुँजीवादी संसदीय व्यवस्थामा बसेर मोजमस्ती गर्ने प्रवृत्ति प्रस्ट देखिन्छ । कुनै सिद्धान्तको अभावले होइन, केपी— प्रचण्डले प्रचार गरेको समाजवाद श्रमिक जनताको समाजवाद होइन भन्ने प्रस्टता त अत्यधिक बहुमतको सरकार हुँदा पेस गरेका नीति, कार्यक्रम र बजेटले दिन्छ । त्यसमा समाजवादको कुरै नगरौँ, एउटा समाजसुधारक पार्टीले दिने जनपक्षीय कार्यक्रमसमेत देखिँदैन । नेपालजस्तो देशमा दशकौँदेखि विवादमा रहेको भूस्वामित्वसम्बन्धी समस्यालाई जस्ताको तस्तै छोडिदिएको छ । जमिनको अवस्था अस्तव्यस्त छ । कृषि उत्पादनका क्षेत्रमा कुनै नयाँ कार्यक्रम छैन । दलाल पुँजीलाई राष्ट्रियकरण गर्नुको सट्टा उद्योगका क्षेत्रमा भारतसँग बिप्पा भएपछि अर्थतन्त्रमा दलाल पँुजीवादको दबदबा मौलाएको छ । निजीकरणको बाढी चारैतिर उर्लिरहेको छ । देशका नदीनाला थप बेचविखनमा परेका छन् (कर्णाली, अरुण, मस्र्याङ्दी आदि) । भ्रष्टाचार र तस्करी असीमित प्रकारले फैलिएको छ । देश नै माफियाहरूको हातमा पुगेको छ । राज्यमा मजदुर—किसान वर्गको प्रतिनिधित्व नै शून्य छ । उत्पीडित जाति, समुदाय, महिलालाई मूलप्रवाहबाट विभिन्न बहानामा तीर लगाइँदैछ । सांस्कृतिक क्षेत्र पूरै छाडा, अराजक, अश्लील बन्दै गएको छ । पुँजीवादमा समेत अस्वाभाविक बन्दै गएको वेश्यालय खोल्ने प्रस्ताव केपी—प्रचण्डका मान्छेहरू खुलेआम गर्दै हिँडेका छन् । सामाजिक असुरक्षा र अराजकता चरमचुलीमा पुगेको छ । महिलामाथि बलात्कार, बोक्सी, कुटपिट अकथनीय प्रकारले बढेको छ । गोर्खा भर्तीलाई नयाँ विस्तार गरेर महिलासम्म पु¥याइँदैछ । शिक्षा–स्वास्थ्यमा निजीकरण र व्यापारीकरण उनीहरूकै नेतृत्वमा मौलाएको छ । यी विषय नै वास्तवमा ‘सामाजिक दलाल पुँजीवाद’ का सक्कली रूप हुन् ।

के निश्चित हो भने नेपाली क्रान्ति र क्रान्तिकारीहरूसामु ‘ सामाजिक दलाल पुँजीवाद’ को चुनौती थपिएको छ । कम्युनिस्ट आन्दोलनका कैयौँ अनुभवहरूलाई प्रतिक्रियावादी सत्ताका रैथानेहरूसँग मिसाएर अपराधका हथकण्डाहरू मच्चाउने सम्भावना रहन्छ । नेपाली समाजको निम्नपुँजीवादी बाहुल्य र दलाल मनोवृत्तिमाथि भ्रम खडा गर्ने, जनतालाई अन्योलमा पार्ने, दमनका अनेकौँ तानाबाना तयार गर्ने र क्रान्तिमाथि दमन गर्ने सम्भावना हुन्छ तर यो सबै षड्यन्त्र असाध्य भने रहनेछैन । यो प्रचण्डहरूको नयाँ अनुहारमा प्रकट भए पनि यो इतिहासमा सडिसकेको र आफ्नो स्थान समाप्त पारिसकेको दलाल पुँजीवाद र वैचारिक—राजनीतिक प्रतिस्पर्दामा औचित्य गुमाइसकेको बर्नस्टिन—ख्रुस्चोभी संशोधनवादकै नयाँ र नेपाली संस्करण मात्र भएकाले जनताले निकै हदसम्म बुझिसकेका छन् भने हाम्रो सचेत पहलमा छिटै शक्तिहीन भएर जाने अवस्था छ ।

वैज्ञानिक समाजवादले जस्तो सामाजिक व्यवस्था र मानवसभ्यताको परिकल्पना गरेको छ त्यसलाई खण्डन गर्ने अर्को उत्तम सिद्धान्त र विचार नै उपलब्ध हुनसकेको छैन । आमजनतामा नै वैज्ञानिक समाजवादी राज्यव्यवस्था लोकप्रिय छ । उनीहरूको चाहना समाजवाद आइदिए हुन्थ्यो भन्ने छ । यी तथ्यहरूले स्पष्ट गर्दछन् ‘सामाजिक दलाल पुँजीवादी समाजवाद’ को न लामो प्रभाव रहनेछ, न त स्वतन्त्र भविष्य नै बाँकी रहनेछ ।

२०७६ जेठ ६ गते सोमबार प्रकाशित