सङ्कटग्रस्त व्यवस्था, एकीकृत जनक्रान्ति, पलायनवाद र आत्मसङ्घर्ष–२

- धर्मेन्द्र बास्तोला ‘कञ्चन’

कुनै पनि देशमा जनता बेरोजगार हुने अवस्था आयो भने त्यहाँ अस्थिरता पैदा हुन्छ । बेरोजगारी भनेको सुकुमबासी होइन । बसोबासकोे सुनिश्चितता भएको तर रोजगारी नभएको अवस्था बेरोजगारी हो । नेपालको यो बेरोजगारीको कुरा परै छ । यहाँ कुल जनसङ्ख्याको करिब २१ प्रतिशत सुकुमबासी अवस्थामा छन् । आफू जन्मेको देशमा बस्ने घरको व्यवस्था हुन नसक्नु र त्यसका लागि दासत्वपूर्ण श्रम लगानी गर्न विवश हुने यो दलाल पुँजीवादी सत्ताको बल्झिएको क्रोनिक समस्या हो । जब देशको जनसङ्ख्याको ठूलो हिस्सा सुकुमबासीको अवस्थामा छ, जब उसले गर्ने आर्थिक क्रियाकलापहरू राष्ट्रिय उत्पादनभन्दा आफ्नो जीविकामा सीमित हुन पुग्छ, त्यो देशमा राष्ट्रिय सम्पत्तिको निक्षेप हुन सक्दैन । त्यसले देशलाई हरेक क्षेत्रमा पराश्रित बनाइरहेको हुन्छ । यही अवस्थाबाट नेपाल गुज्रिरहेको छ । यो देशको गम्भीर सङ्कट हो ।

त्यसो त, पर्याप्त खाना, आवश्यकताअनुसारको स्वस्थप्रणाली, रुचिअनुसारको शिक्षा, दक्षताअनुसारको काम र उत्कृष्ट जीवनका लागि बसोबासले मात्र समाजवादको आवश्यकता पूरा गर्दैन र समाजवाद भनेको त्यस्तो उत्रत समाज हो, जहाँ मानिसले सम्पूर्ण सीप, कला, ज्ञान, वैज्ञानिक अन्वेषण बृहत् मानिसको हितमा प्रयोग गर्ने प्रणाली रहेको हुन्छ । मानिसका सम्पूर्ण अधिकारहरू मानवतामा आधारित रहेका हुन्छन् । तर हामी त्यसप्रकारको समाज निर्माण गर्ने क्रान्तिको प्रक्रियामा रहेको अवस्थामा जनताका आधारभूत प्रश्नमा अल्झिन पुग्छौँ र त्यसैको वरिपरि वैचारिक क्षेत्रमा पनि घुमिरहेका हुन्छाैँ । यसरी हेर्दा नेपाली जनताको ठूलो हिस्साले अहिले रोजगारी, उचित प्रकारको आवास, उचित प्रकारको शिक्षा र स्वास्थ्य प्राप्त गर्न सकेको छैन । शिक्षा र स्वास्थ्यमा भैरहेको व्यापारीकरण सिङ्गो देशलाई अपाङ्ग बनाएको छ । हुनत नेपालको शिक्षाप्रणाली नेपालका दलाल पुँजीवादीहरूका लागि अत्यन्त सुहाउँदो प्रकारको छ किनभने यो शिक्षाले नेपाली युवाहरूलाई कस्तो बनाउँछ भने नेपालको दुर्दशा भनेको उसको भग्यमा प्राप्त गरेको अभिशाप हो, पूर्वजन्मको पाप हो । स्कुल र कलेजमा अध्ययन गर्ने थोरै सचेतहरूबाहेक अत्यधिक युवकयुवतीहरूले समृद्धि, शान्ति र प्रगतिका लागि आधारभूत रूपमा आवश्यक पर्ने देशमा निरन्तर राजनीतिक परिवर्तन, समाजको निरन्तर रूपान्तरणप्रति सचेत भएको र सङ्घर्ष गर्न प्रोत्साहित भएको पाइँदैन र देशका शासकहरूको आत्मसमर्पणवादी नीति बुझ्ने र त्यसका विरुद्ध सङ्घर्ष गर्दै वैज्ञानिक समाज निर्माण गर्ने विषयमा किञ्चित चिन्तन गरेको पाइँदैन जुन कुरा युरोप र अमेरिकी तत्कालीन र अहिलेका युवाहरूको भन्दा तुलनात्मक रूपमा फरक देखापर्छ । त्यस क्षेत्रका युवकयुवतीहरू दासयुग र सामन्तवादी कालदेखि नै सामाजिक क्रान्ति र समाज परिवर्तनको बाटोमा लाग्ने गरेको पाइन्छ । अध्ययन–अनुसन्धानको बाटोमा, उद्यम र सिर्जनशीलताको बाटोमा लाग्ने गरेको पाइन्छ र त्यो प्रचलन अहिले पनि छ । त्यही कारण त्यहाँ धेरै पहिले ठूलाठूला सामाजिक क्रान्तिहरू भए । अन्याय र अत्याचारका विरुद्ध ठूलाठूला युद्धहरू भए । तर नेपालको शिक्षाप्रणालीले युवाहरूलाई मानसिक रूपमा बेकम्मा बनाएको छ । देशमा बढ्दो गरिबी, बेरोजगारी, दिन–प्रतिदिन सम्पत्तिमा हुने क्षयीकरण, सामाजिक सुरक्षामा देखिने अनिश्चितताले मानिसलाई स्वार्थी, बेकम्मा, पराधीन, लोभी, दलाल, चोर, षड्यन्त्रकारी र ठग बनाएको छ । मानिस आफ्नो सीप, कला र दक्षताअनुसार यसप्रकारको पेसामा विकास गर्छ र यसप्रकारका मानिसहरू त्यस क्षेत्रबाट बढी विकसित हुन्छन् जो शिक्षित छन्, सम्पत्तिवान् छन् र सुखसयलका साथ जीविका गरेका हुन्छन् । यो अवस्था भनेको देश एकप्रकारको अपाङ्ग हुनु हो । यही कारण अहिले स्वास्थ्य र रोजगारीका विषयमा व्यापारीकरण हुने गरेको छ । सत्ताधारीहरूले जनताको समस्या समाधान गर्नेभन्दा आफ्ना मानिसहरूको समस्या समाधान गर्ने कुरालाई प्राथमिकता बनाएको पाइन्छ ।

जुन देशले यसप्रकारको निकम्मा जनशक्ति पैदा गर्छ त्यो देश भिखारी हुनु अनिवार्य बन्छ । एकदुई परिवार र केही व्यक्ति छाडेर स्कुल र विश्वविद्यालयबाट निस्केका अत्यधिक युवाहरूलाई विदेशका श्रमबजारमा श्रम बिक्री गर्न बाध्य बनाइएको छ । देश भिखारी हुनुको परिणाम हो यो र यो सङ्कटग्रस्त अवस्था हो । देशको औद्योगिकीकरणको समस्या हे¥यो भने त्यही प्रकारको छ । कृषिमा औद्योगिकीकरण, उद्योगहरूको स्थापना देशमा केही पनि छैन । सरकारको प्राथमिकता देशभित्र राज्यले उद्योगहरू खोल्ने होइन, देशका प्राकृतिक स्रोतहरू बिक्री गर्न विदेशी लूट भित्र्याउन उद्यत देखिन्छ । दलाल पुँजीवादी सत्ताले देशमा विदेशी लगानीको हल्ला मच्चाइरहेको हुन्छ परन्तु लगानी भित्र्याउनका लागि आवश्यक आधार तयार गर्ने प्रश्नमा सरकार कहिल्यै सरिक हुँदैन । विदेशी लगानी देशमा त्यतिबेला भित्रिन सक्छ जब देशले आफ्नो आर्थिक आधार तयार गरेको हुन्छ । विदेशी लगानीको संरक्षण गर्ने आर्थिक आधार र राजनीतिक, कानुनी, सामाजिक, सांस्कृतिक उपरिसंरचना निर्माण गरेको हुन्छ र जनताले विदेशी लगानीबाट फाइदा प्राप्त गर्ने अवसरको उपयोग गर्ने हुन्छ । देशभित्रको उत्पादन शून्य बनाएर विदेशीको भरमा देश चलाउने नीति सरकारको पराश्रित नीति हो । यसप्रकारको नीतिले देशलाई अत्यन्त ठूलो सङ्कटमा धकेल्दै लगेको छ ।

नेपालको बजेट हे¥यो भने अध्यधिक ठूलो राशि वैदेशिक ऋणमा भर परेको देखिन्छ । विकास खर्चको शतप्रतिशत वैदेशिक ऋणमा आधारित रहेको हुन्छ । चालू खर्चसमेत केही हिस्सा वैदेशिक ऋणमा आधारित रहेको छ । ऋण तिर्नका लागि देशको उत्पादनमा होइन, विप्रेषणमा आधारित पुँजी र जनताको वैदेशिक रोजगारिमा आधारित पुँजी प्रयोग हुँदै आइरहेको छ । यसले राष्ट्रिय पुँजीमा निक्षेप गर्न सक्दैन । विकासमा वैदेशिक ऋण शतप्रतिशत हुनु देश भिखारी अवस्थाबाट गुज्रनु हो । यो देशका निम्ति ठूलो सङ्कट हो । यसप्रकारको सङ्कटको सामना दलाल पुँजीवादले गर्न सक्दैन, बरु त्यसमा अरू सङ्कटहरू थुप्रँदै जाने अवस्था उत्पन्न हुँदै जान्छ । त्यसकारण यो सत्ता पतनशील सत्ता हो । यो सड्दै गैरहेको छ । यो गल्दै गैरहेको छ । यो केराको थामजस्तो जराभित्रबाट जतिसुकै ऊर्जा प्राप्त गर्ने कोसिस गरे पनि एकपटक पसाइसकेपछि जसरी दिन–प्रतिदिन गल्दै गइरहेको हुन्छ त्यसैगरी यो गल्दै गएको छ, सड्दै गएको छ ।

यो तथ्यलाई कतिपय हाम्रा कमरेडहरूले मनन गर्न नसकेको देखा पर्छ । जब साथीहरूले यो तथ्यलाई देख्न सक्नुहुत्र, जब आफूलाई सुदृढ गर्ने प्रयत्न गरेको र भैरहेको दलाल पुँजीवादी सत्ताको एक पक्षलाई मात्र देख्नुहुन्छ, जब यसको पतनशील पक्षलाई बुझ्न सक्नुहुत्र तब त्यसले वास्तविक जीवन र बुझाइमा अन्तरविरोध पैदा गर्छ । जब हरेक मानिसको व्यवहारमा उसको भित्री बुझाइले निर्देशित गरिरहेको हुन्छ तब एकपटक ऊ वास्तविक बुझाइअनुुसार व्यवहार गर्न बाध्य हुन पुग्छ । कम्युनिस्ट पार्टीबाट तमाम साथीहरूको पलायनको परिणाम पनि त्यही अवस्थाबाट उत्पन्न भएको हुनसक्छ ।

सत्ताको सङ्कट, कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध र गिरफ्तारी

दलाल पुँजीवादी सत्तामा पैदा भइरहने यसप्रकारको सङ्कटको उजागर गर्नु, जनतालाई यसबारे प्रष्ट गर्नु, सङ्कटको सहि प्रकारको विश्लेण गर्नु, सहि प्रकारको रणनीति र कार्यनीति अपनाउनु र जनतालाई वैज्ञानिक समाजवादको विकल्प दिनुको कारण हाम्रो पार्टीमाथि सामाजिक दलाल पुँजीवादी सत्ताले प्रतिबन्ध लगाएको छ, नेता र कार्यकर्ताहरूमाथिको गिरफ्तारी व्यापक बनाएको छ । हामी सबैलाई थाहा छ, दलाल पुँजीवादी व्यवस्थाभित्र (नेकपा) को विकल्प नेपाली काङ्ग्रेस वा कुनै मधेसवादी वा कुनै राजावादी दलहरू हुनसक्छन् तर दलाल पुँजीवादी व्यवस्थाको विकल्प अर्को दलाल पुँजीवादी व्यवस्था हुन सक्दैन जस्तो संसद्वादीहरूले दलाल पुँजीवादलाई लोकतन्त्र भत्रे गरेका छन् र बारम्बार भत्रे गरेका छन्, ‘लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुनसक्छ’ अथवा उनीहरूका निम्ति दलाल पुँजीवादको विकल्प दलाल पुँजीवाद मात्र हुनसक्छ । संसद्वादीहरूको यसप्रकारको वैचारिक, राजनीतिक दिवालियापन र पूरै झूटको उजागर हाम्रो पार्टीले ग¥यो र हाम्रो पार्टीले स्पष्ट गर्यो– दलाल पुँजीवादको विकल्प दलाल पुँजीवाद होइन, दलाल पुँजीवादको विकल्प वैज्ञानिक समाजवाद मात्र हुनसक्छ । यो तथ्य हामी सबैलाई थाहा छ । यो तथ्य सम्पूर्ण नेपाली जनतालाई थाहा छ, अहिले यसप्रकारको विचार र अडानमा हाम्रो पार्टी र हामीसँग अधिक मात्रामा राजनीतिक, वैचारिक र वर्गसङ्घर्षको सिद्धान्तमा सहमत हुने केही कम्युनिस्ट पार्टीहरू मात्र छन् ।

हामीले राजनीतिक आन्दोलनको अभियानमा संसद्वादीहरूले देश र जनताप्रति गरेको षड्यन्त्र, महान् जनयुद्ध र समाजको आमूल परिवर्तनका विरुद्ध गरेको बेइमानी र उनीहरूको साम्राज्यवादप्रतिको गुुलामीको सैद्धान्तिक विरोध मात्र गरेनौँ, यसलाई कार्यान्वयन गर्नका लागि ठूलो सङ्घर्ष पनि गर्यौँ । एनसेल कम्पनीसँग गरिएको राष्ट्रघात, माथिल्लो कर्णाली, अरुण तीन, कोसी उच्चबाँध, माथिल्लो मस्र्याङ्दी २ लगायत तमाम प्राकृतिक स्रोतमा भएका राष्ट्रघात सच्याउन दबाब दिँदै सशक्त प्रकारका वर्गसङ्घर्षका कामहरू गर्याैँ। जनताको परिवर्तनका विरुद्ध गद्दारी गरिने संविधान र त्यसले पुनस्र्थापित गरेको संसदीय व्यवस्थाको चुनाव बहिष्कार गर्यौँ । यसले नेपाली सत्ताको प्रतिगामी चरित्र बुझ्न जनतालाई ठूलो मद्दत गर्यो जसका कारण यो दलाल पुँजीवादका मसिहा, सामाजिक दलाल पुँजीवादका ठेकेदारहरूले हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाउन पुगे ।

कानुनी राज्य स्थापना भएको वकालत गर्ने सरकारको जङ्गली हविगत प्रतिबन्धका बीचमा देखापरे र कतिसम्म रोचक प्रसङ्गहरू देखापरे भने सरकार हाम्रा नेता र कार्यकर्ता गिरफ्तार गर्छ, अदालत रिहा गर्छ । सरकार अदालतको फैसला लत्याउँदै पुनः गिरफ्तार गर्छ । सरकार वार्ताको डङ्का पिट्छ तर एजेन्डा राजनीतिक समाधान गर्ने होइन, संसद्वादअघि आत्मसमर्पण गराउन खोज्छ । सरकारको दमनको कार्यसूची हुन्छ, शान्ति, परिवर्तन, समृद्धि समाजमा स्थापना गर्ने कुनै एजेन्डा हुँदैन । सरकार आफैँ हतियार उठाउँछ, नेता र कार्यकताको हत्या गर्छ । अहिले नै हतियार नउठाएको हाम्रो पार्टीसँग हतियार बिसाउन माग गर्छ । गिरफ्तार परेका कार्यकर्ताको व्यक्तिगत स्वतन्त्रताको हनन गर्दै कहीँ आत्मसमर्पण गराउँछ, कहीँ कागज गराउँछ, कहीँ आर्थिक प्रलोभन गराउँछ र आफू जसरी नीति र सिद्धान्तबाट च्यूत भएको छ सबै क्रान्तिकारीहरूलाई त्यसैगरी च्यूत बनाउन खोज्छ । सरकारबाट मानिसका बुर्जुवा प्रजातन्त्रमा हुने सामान्य प्रकारको व्यक्तिगत स्वतन्त्रता, कानुनको राज्य, मानवअधिकार सबै ध्वस्त पारिन्छ । नागरिकलाई संसद्वादी दासता स्वीकार गर्न विवश पारिन्छ । यो के हो ? यो हो संसद्वादी सत्ताको पतनशील पक्ष । मैले अर्को लेखमा लेखेको थिएँ, यो सत्ताको कामलाई ‘सङ्क्षेपमा भत्रे हो भने सामाजिक दलाल पुँजीवादी सरकारका विशेषता नेपालका सन्दर्भमा निम्नअनुसार देखापर्छन् : कुरा एउटा गर्ने काम अर्को गर्ने, भ्रम एउटा छर्ने, एक्सन अर्को गर्ने, बोली एउटा गर्ने व्यवहार अर्को गर्ने यसका प्रमुख विशेषताहरू हुन् । माके–एमाले मिलेर बनेको सरकारी नेकपाका अहिलेका मूल विशेषताहरू निम्न देखा पर्छन् :

प्रथम, आफूलाई कम्युनिस्ट भत्रे, व्यवहारमा कम्युनिस्टमाथि दमन गर्ने, द्वितीय, पार्टीको नीति समाजवाद भत्रे, व्यवहारमा एकाधिकार पुँजीवादको सेवा गर्ने, तेस्रो, भनाइमा सर्वहारा वर्ग तथा उत्पीडित जनताका पक्षमा भएको दाबी गर्ने, व्यवहारमा दलाल पुँजीवादको सेवामा उभ्याउने, चौथो, आफ्ले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने भाषण गरिरहने, व्यवहारमा सम्पूर्ण संयन्त्रलाई भ्रष्टाचारका अखडामा बदल्ने, पाँचौँ, देशमा सुशासन ल्याउने कुराको वकालत गर्ने तर व्यवहारमा नातावाद, कृपावाद, अन्याय, अत्याचार, तस्करी, घुसखोरी गर्ने, छैटौँ, स्वाधीनताको नारा दिने तर व्यवहारमा राष्ट्रिय आत्मसमर्पण गर्ने, सातौँ, देशमा औद्योगिकीकरणको नारा दिने तर व्यवहारमा देशका सम्पूर्ण उद्योगहरूको अन्त्य गर्ने, आठाैँ, आर्थिक समृद्धिको कुरा गर्ने, व्यवहारमा मिटर ब्याजको प्रयोग गरी जनताको उठीबास लगाउने, नवौँ, राष्ट्रिय सम्मानको कुरा गर्ने, व्यवहारमा साम्राज्यवादीका अगाडि लम्पसार पर्ने र देशको बेइज्जती गर्ने, दसौँ, उच्च प्रकारको संस्कृतिको कुरा गर्ने तर व्यवहारमा देशभित्र बेस्यालय खोल्नका लागि वकालत गर्ने र अर्काकी श्रीमतीसँग गुपचुप रमाउने, एघारौँ, नाममा लोकतनत्र, व्यवहारमा फासिवाद लागू गर्ने उनीहरूको चरित्र बनेको छ । यी तथ्यहरूको विश्लेषण, भन्डाफोर, जनतालाई आन्दोलित र सङ्घर्ष गरेकै कारण हामीमाथि प्रतिबन्ध लगाइएको छ ।

तर हाम्रो कार्यकर्ताहरू जसले आत्मसमर्पण गरेका छन् तिनीहरूले यो तथ्यलाई बुझेका छैनन्, यो सङ्घर्षको उचाइ कति माथि छ, यो सङ्घर्षको भविष्य कति उज्ज्वल छ किनभने प्रतिबन्ध, दमन र हत्यासम्म सरकारले यसकारणले गरेको छ, हाम्रो पार्टीको वर्गसङ्घर्ष र त्यसको निर्देशन गर्ने एकीकृत जनक्रान्ति नै यो सत्ताको चिहान खत्रे मलामी बन्दैछ । ओज र गरिमा पार्टीको नीतिमा अडिग रहने योद्धाहरूको नैतिक तागतमा प्रज्वलित हुन्छ जसले सत्ताका जेल र हिरासतका अनेक प्रताडनाका विरुद्ध सशक्त सङ्घर्ष गर्नुभएको छ । यही नैतिक तागतको त्रास सामाजिक दलाल पुँजीवादीहरूमा छ र त्यही अन्तिम दिन आउने खतरा रोक्नका लागि यी हर्कतहरू भइरहेको छ । हाम्रा कार्यकर्ताहरूले यो तथ्यलाई राम्रो गरी बुझ्नु आवश्यक छ । कम्युनिस्टहरूको बाटो धेरै लामो छ, कम्युनिस्टको प्रतिबद्धता धेरै ठूलो छ, विश्व बदल्ने कम्युनिस्टको बाटो निकै अप्ठ्यारो छ, यतिबेला हामीले माओको त्यो भनाइलाई आत्मसात गर्नुपर्छ ‘बाटो कठिन छ तर भविस्य उज्ज्वल छ ।’

समाज परिवर्तनका लागि गिरफ्तार हुनु अपराध होइन

गिरफ्तार पर्नेबित्तिकै आत्मसमर्पण गर्नु, पलायन हुन खोज्नु, निरास हुन खोज्ने प्रवृत्तिले एउटा अनौठो सन्देश दिन खोजेको देखिन्छ । त्यसले जेल र हिरासतलाई बुझ्ने प्रश्नमा कहीँ कतिपय नेता र कार्यकर्ताको दृष्टिकोण नपुगेको त होइन ? भत्रे प्रश्न जन्माइदिएको छ । के समाज परिवर्तनका लागि गिरफ्तार हुनु, जेल बस्नु, अझ जीवन बलिदान दिनु प्रतिक्रियावादीले लुटेराहरूले भनेजस्तो अपराध हो ? के त्यसप्रकारको राजनीतिक सङ्घर्ष गर्नु प्रतिक्रियावादीहरूले भनेजस्तो आतङ्कवाद हो ? बिल्कुल होइन । यसप्रकारको अपराधको भागीदार त ती मानिसहरू हुनसक्छन् जसले समाज परिवर्तनको बाधक हुने भूमिका निर्वाह गरेका छन् जसले हरेक समयमा परिवर्तनको गला रेट्नेहरू हुने गरेका छन् । केपी वली होइनन् ‘नेपालमा गणतन्त्र आउनु र नेपालबाट बयलगाडा चढेर अमेरिका पुग्नु उस्तै हो’ भत्रे मान्छे ? अहिले प्रधानमन्त्री भइरहँदा उनले त्यो पाखण्डी प्रवचनप्रति कुनै दिन प्रायश्चित गरेका छन् ? अहिले पनि परिवर्तनका विरुद्ध सबैभन्दा बढी आतङ्क मच्चाउने उनी र उनको साम्राज्यवादका दलाल झुुण्ड हुने गरेको छ ।

यो कुरा निश्चित हो– जनताका बीचमा काम गर्ने समय, नयाँ सत्ता, नयाँ जीवन र नयाँ प्रगतिका लागि जनतालाई प्रशिक्षण गर्ने समय हिरासत वा जेलमा बसेर व्यतित गर्नु सुखद होइन तर यो कुरा पनि त्यत्तिकै निश्चित हो– कोही न कोहीले समाज परिवर्तनको बलिवेदीमा जीवन नहालीकन आमूल परिवर्तन हुनै सक्दैन । नेपालकै इतिहासमा पनि सहिदहरू गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दहरू जीवन दिने अवस्थासम्म तयार हुँदैनथे भने राणा शासनको अन्त्य त्यति छिट्टै सायदै हुन सक्थ्यो । मोहनविक्रम सिंह, मोहनचन्द्र अधिकारी, विश्वेश्वरप्रसाद कोइराला, राधाकृष्ण मैनाली, मोदनाथ प्रश्रितलगायत सयौँ कम्युनिस्ट र काङ्ग्रेसका योद्धाहरूले लामो समय जेल जीवन नबिताएको हुन्थ्यो भने निश्चित रूपले त्यति नै बेला बहुदलीय पञ्चायत आउँदैनथ्यो । यसमा विश्वेश्वरप्रसाद कोइराला, मोहनचन्द्र अधिकारी र मोहनविक्रम सिंहहरूले आफू कोइलाझैँ जलेर आफ्नो व्यक्तिगत जीवनका सम्पूर्ण सुविधालाई खरानीमा परिणत गराउँदै समाजलाई सिद्धान्त र वर्गसङ्घर्षको ताप नदिएको हुन्थ्यो भने सरकारमा पुग्ने गरी न काङ्ग्रेस पार्टीको विकास हुन सक्थ्यो न कम्युनिस्टको । त्यस्तै महान् जनयुद्धको अभियानमा ९ हजारभन्दा बढी महान् योद्धहरू रगत बगाउन तयार हुँदैनथे, हजाराैँ सपूतहरू जेल र हिरासत बस्न तयार हुँदैनथे र लाखौँ जनता सत्ताबाट हुने उत्पीडनको प्रतिरोध गर्न हिच्किचाउँथे भने सामान्यतया ४,००० वर्ष पुरानो नेपालको राजतन्त्र र विशेषतः २५० वर्ष पुरानो शाहीतन्त्र समाप्त हुने थिएन र नेपालमा गणतन्त्र पनि यति छिट्टै आउने थिएन । हामी अन्तर्राष्ट्रिय आन्दोलनहरूमा पनि देख्छौँ, नेल्सन मन्डेला जीवनको आदि भाग जेल नबसेका हुन्थे भने दक्षिणअफ्रिका मुक्त हुने थिएन । पेरू कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड डा. अविमेल गुज्मान ‘गोन्जालो’ करिब २५ वर्षदेखि अहिले पनि बन्दी जीवनमा छन् । त्यस्तै संसारभरि जेल, हिरासत, बलिदानीका अनुपम उदाहरण छन् । यसरी हेर्दा हामी देख्छौँ– हिरासत र जेलहरू नयाँ सत्ता पैदा गर्ने गर्भाशयहरू हुन् । कोही न कोही, कसैले न कसैले त्यहाँ बस्नु त पर्ने नै छ । जो हिरासत र जेलमा पुग्छ त्यो संयोगको कुरा मात्र हो । क्रान्तिकारीको पेसा भनेको मानव जातिको मुक्तिका लागि, देशको स्वाधीनता र स्वतन्त्रताका लागि दुस्मनका हरेक मोर्चामा लड्नु हो, जेलमा बस्नु हो, हिरासतमा बस्नु हो, आवश्यक पर्दा जीवनको बलिदान दिनु पनि हो ।

पलायनको बाटो समात्ने ती नेता र कार्यकर्ताहरूले यो तथ्यलाई राम्रोसँग बुझ्न सकेको देखिँदैन । राजनीतिक मुद्दामा जेलमा बस्नु चोरीको मुद्दामा बस्नुजस्तो होइन, कुनै डकैती, आतङ्कवाद वा शासकहरूले गरेजस्तो भ्रष्टाचार र लूटको मुद्दामा बस्नुजस्तो होइन । बेइमान सत्ताले अनेक प्रकारका झूट्टा मुद्दाहरू लगाउने गरेको छ । अहिलेसम्म हाम्रा नेता र कार्यकर्ता गरी करिब एक हजारलाई गिरफ्तार गरिएको छ र केहीलाई रिहा गरिएको पनि छ । तर कुनै पनि नेता र कार्यकर्तामाथि यो सत्ताको परिवर्तनका लागि लडेको, जनताको सत्ता माग गरेको, भ्रष्टाचारको अन्त्यको माग गरेको, तस्करी, मिटर ब्याजका विरुद्ध सङ्घर्ष गरेको, देशका चेली विदेशमा बेच्ने नीति र अवस्थाको अन्त्य गर्ने व्यवस्थाको माग गर्दै लडेका कारण मुद्दा लगाइएको उदाहरण छैन । हरेकजस्तो नेता र कार्यकर्ताहरूलाई आतङ्कवाद, बमबारुद, हतियार–खरखजानाजस्ता प्रायोजित मुद्दा लगाइएको छ र कमभन्दा कम अभियोगमा शान्तिशुरक्षाजस्ता मुद्दा लगाइएको छ । पक्राउ गरेपछि झोलामा बम राखिदिने, हतियारसँग फोटो खिच्ने र हतियारको प्रमाण बनाउने, प्रायोजित कागजमा सही गराउने काम गरेको छ जुन काम यो सत्ताको नैतिक पतनका चरित्र हुन् । यो तथ्यलाई हाम्रा नेता र कार्यकर्ताहरूले राम्रो गरी बुझ्न आवश्यक छ । एउटा नैतिक पतन भएको दलाल पुँजीवादी सत्ताले कुनै पनि हालतमा क्रान्तिकारीसँग नैतिकताका साथ सङ्घर्ष गर्न सक्दैन । यही कुरा इतिहासदेखि अहिलेसम्म हाम्रा तमाम नेता र कार्यकर्ताहरूको सत्तासँगको सङ्घर्षमा प्रमाणित भएको छ ।

यसबाट हामी यही तथ्यमा पुग्छौँ– गिरफ्तार हुनु, जेलमा बस्नु, सङ्घर्ष गर्नु क्रान्तिकारीहरूको धर्म हो । जेलमा बस्न तयार हुनु प्रतिक्रियावादका विरुद्ध नैतिकताको हतियार उठाउनु हो, वैचारिक, राजनीतिक र सांस्कृतिक हतियार उठाउनु हो । लेनिनले भत्रुभएको छ, जो उत्पीडित मानिस उत्पीडनका विरुद्ध हतियार उठाउन तयार हुँदैन, हतियार सिक्न तयार हुँदैन, हतियार खेलाउन तयार हुँदैन त्यो निश्चित रूपमा दास हुन लायक हुन्छ । हाम्रो हतियार भनेको वैज्ञानिक विचार हो । माक्र्सवाद–लेनिनवाद–माओवाद हो । हाम्रो लडाइँ भनेको देशमा शान्ति, समृद्धि र प्रगति ल्याउनु हो । हाम्रा दुस्मनहरू भनेका दलाल पुँजीवादीहरू हुन् जसले शान्ति, समृद्धि र प्रगतिको बन्ध्याकरण गर्न प्रयत्न गर्छन् । हाम्रा लडाइँका मोर्चाहरू भनेका राजनीतिक, वैचारिक, सांस्कृतिक, जेल, हिरासत र आवश्यक पर्दा रक्तपातपूर्ण युद्धहरू हुन् । पलायनको बाटो समातेका साथीहरूले आफ्नै कमरेडहरूको वीरतापूर्वक सङ्घर्ष त हेर्नुपर्छ जसले सबै समस्याको मुकाबिला गरेका छन् ।

युद्ध र राजनीतिको सम्बन्ध एकअर्कासँग अन्योन्याश्रित छन् । युद्ध र राजनीतिको द्वन्द्वात्मक सम्बन्धबारे माक्र्सवादी दृष्टिकोण जर्मन सैन्यविद् क्लाउजविजको प्रख्यात भनाइलाई लिइन्छ जहाँ उनले भनेका थिए, युद्ध राजनीतिको अर्को रूप हो । राजनीति रक्तपातविहीन युद्ध हो र युद्ध रक्तपातपूर्ण राजनीति हो । यही हो युद्ध र राजनीतिसम्बन्धी माक्र्सवादी दृष्टिकोण, यही हो द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण । यही हो सही विश्लेषण । यही हो मानिसका बीच मानवता र पशुत्वको अन्तर छुट्ट्याउने वैज्ञानिक कडी । त्यसकारण हाम्रा नेता र कार्यकर्ताहरूले बुझ्नुपर्छ दुस्मनका हिरासत र जेल रक्तपातपूर्ण राजनीतिको पहिलो खुड्किला हुन् । यो माक्र्सवादी दर्शन पकड्न नसक्नेले समाजलाई परिवर्तन गर्न सम्भव छैन । समाजको आमूल परिवर्तनका लागि शान्तिपूर्ण राजनीति नसुत्रे, बरु हतियार उठाउनका लागि उत्तेजित गर्ने नेपालको दलाल पुँजीवादी दुस्मनका विरुद्ध सङ्घर्ष गर्नु भनेको निश्चित रूपमा सजिलो छैन । त्यही कारण त लडाइँ पर्छ । अनि यो लडाइँको महान् बाटो रोजेको कार्यकर्ताले आत्मसमर्पण गर्नु निश्चित रूपमा देश र जनताप्रति धोखा दिनु हो, करोडौँ नेपाली जनता र अर्बौं मुक्तिकामी विश्वका जनताको क्रान्तिकारी भावनामा कुठाराघात गर्नु हो र आफ्नो भविष्यप्रति पक्षघात गर्नु हो । वीरतापूर्वक सङ्घर्ष गरेका आफ्ना कमरेडहरूप्रति विश्वासघात गर्नु हो ।

यसकारण हाम्रा नेता र कार्यकर्ताले पलायनवादी प्रवृत्ति, आत्मसमर्पणवादी प्रवृत्ति, आत्मसुरक्षावादी प्रवृत्तिका विरुद्ध आत्मसङ्घर्ष गर्नुपर्छ । आफूलाई वैचारिक, राजनीतिक, सांस्कृतिक रूपले स्वस्थ र सबल राख्नुपर्छ, विश्वका मुक्तिकामी जनताको भवनालाई उच्चा राख्न कोसिस गर्नुपर्छ ।

कम्युनिस्ट सदस्यहरू र क्रान्तिकारी जनवर्गीय सङ्गठनहरूमा पलायनको समस्या

हामीले केहीयता धेरै कमरेडहरूले पलायनको बाटो समातेको देख्यौँ । केहीले कागज गरेको, केहीले ठूलो मात्रामा जरिबाना अथवा धरौटी तिरेको, केहीले भनसुन गरेको, केहीले मन्त्रीहरू, माननीयहरूसँग भलाकुसारी गरेको, केहीले मानवअधिकारवादीहरू र तथा स्वतन्त्र बुद्धिजीवीहरूसँग हारगुहार गरेको र अनेक प्रकारले छुट्ने प्रयत्न गरेको देख्यौँ । केही साथीहरूले जेलको मोर्चा कठोर हुने भएकाले बाहिर बसेर लड्नु नै राम्रो हो भत्रे तर्क दिँदै दलाल पुँजीवादी सत्ताका नोकरहरूसँग भनसुन गरेरै भए पनि निस्कनु बेस भनेको पनि सुन्यौँ ।

संसारका कुनै पनि कम्युनिस्टले प्रतिक्रियावादी सत्ताको कानुन मान्दैन किनकि त्यो अन्यायपूर्ण छ तर जस्तोसुकै फासिस्ट सत्ता र आततायी कानुन भए पनि वैज्ञानिक कानुन नबनाइँदासम्म त्यही कानुन मात्र विवशता हुन पुग्छ । यो स्थितिमा कानुनी लडाइँको प्रक्रियाबाट वा वर्गसङ्घर्षको प्रक्रियाबाट जेलबाट निस्कनु निश्चित रूपमा सही हुन्छ तर भलाकुसारी, आशीर्वाद र भित्री सम्झौता गरी निस्कनु निश्चित रूपमा आत्मसमर्पण हुन्छ ।

त्यसकारण हाम्रो पार्टीले जेल बसेर आत्मसमर्पण गर्ने नेता र कार्यकर्ताको आत्मसमर्पणको प्रकृति हेरी अनिश्चित समयका लागि अनुशासनको कारबाही गर्ने निक्र्योल गरेको हो । यो निर्णयले अहिले पार्टीको विभित्र तहमा एउटा तरङ्ग ल्याएको छ । सम्पूर्ण कार्यकर्तामा यस निर्णयले ल्याएको उत्साहसँगै केही कमरेडहरूले असन्तुष्टि पनि देखाएका छन् र तरङ्गले पैदा गरेको प्रतिक्रियालाई पार्टीमा दबाब दिने स्तरसम्म उठाउन खोजिँदैछ । यसप्रकारको दबाबलाई पार्टीले प्रश्रय दिनेछैन र दिन पनि मिल्दैन ।

एकीकृत जनक्रान्ति, वैज्ञानिक समाजवादका लागि दर्जन हाराहारी क्रान्तिकारी कार्यकर्ताहरूको रगत बगिसकेको छ । यस्तो अवस्थामा कम्युनिस्टहरूले, क्रान्तिकारी जनवर्गीय सङ्गठनका सदस्यहरूले गम्भीर प्रकारले ध्यान दिनुपर्छ । पार्टीबाट पलायन हुने कतिपय साथीहरूले स्वतन्त्र भएको घोषणा गर्न थालेका छन् । हुनत मानिसलाई कुनै पनि तरिकाले बस्ने प्राकृतिक स्वतन्त्रता हुन्छ तर सामाजिक जीवनमा मानिस सम्पूर्ण रूपले स्वतन्त्र हुन सक्दैन, न त मानिसका रूपमा जङ्गली युगमा पनि स्वतन्त्र हुनसक्थ्यो । वैज्ञानिक अनुसन्धानले पुष्टि गरेको तथ्य त के हो भने मानिस सम्पूर्ण रूपले स्वतन्त्र हुन्थ्यो भने मानिसले जनावरबाट मानव जातिमा विकास गर्न सक्तैनथ्यो । जङ्गली मानिस हावा, पानी, भोक, तिर्खा, चीसो, तातो, प्राकृतिक विपत्ति, खुसी, दुःखीजस्ता तमाम सामाजिक बन्धनले बाँधिएको हुन्थ्यो । त्यही कारण हो– मानिसले सामाजिक प्राणीमा विकास गर्यो । तसर्थ तमाम क्रान्तिकारी साथीहरूले स्वतन्त्र हुने जुन तर्क गरेका छन् त्यो पूरै गलत हो, गैरजिम्मेवार हो, अज्ञानताको अभिव्यक्ति हो ।

बुर्जुवा समाजमा मानिसलाई स्वतन्त्रताको प्रलोभन दिएर उत्पीडनको जन्जिरभित्र बाँध्ने गरिन्छ । बुर्जुवा समाजभित्र प्राप्त हुने स्वतन्त्रता वर्गीय छ । एउटा वर्गको स्वतन्त्रता लुट्ने र अर्को वर्गको स्वतन्त्रता लुटिने । तर त्यहाँ स्वतन्त्रताको प्रलोभन हुन्छ । त्यही प्रलोभनका कारण मानिसले बुर्जुवा समाजमा स्वतन्त्र भएर बाँच्ने अभिलाशा राख्छ तर के ऊ नेपालको दलाल पुँजीवादी सत्ताको भ्रष्टाचार, महँगी, तस्करी, गरिबी, चेलीहरूको बेचबिखन, अशिक्षा, रोग, भोक, नाङ्गो शरीर, सामाजिक हेपचेप, केही मानिसको लुटखसोटको कारण बत्रे अर्बपति र केही मानिस बस्ने ठाउँ नपाएर हुने कङ्गाल, सुकुमबासीजस्ता सामाजिक घटनाक्रमहरूबाट स्वतन्त्र हुनसक्छ ? बिल्कुल असम्भव छ । के विकसित देशहरूमा ९९ प्रतिशत जनताको भन्दा १ प्रतिशत धनाढ्यको सम्पत्ति हुने गरी आर्थिक ध्रुवीकरणको दुर्दशा झेलिरहँदा मानिस स्वतन्त्र भएर बस्न सक्छ ? जब हामी समाजका परिधिबाट प्राकृतिक रूपमा नै बाँधिएका छौँ भने हामी निश्चित सामाजिक मूल्य र मान्यतामा बाँधिनैपर्छ । जसरी हामी बुर्जुवा सत्ताका कुकर्म र विकृतिबाट स्वतन्त्र हुन सक्दैनाैँ त्यसैगरी ती विकृतिका विरुद्ध सङ्घर्ष गर्ने र स्वाधीनता प्राप्त गर्ने ऐतिहासिक जिम्मेवारीबाट पनि मुक्त हुन सक्दैनौँ । त्यसकारण कसैले निरपेक्ष स्वतन्त्रताको कुरा गर्छ भने त्यो कोरा कल्पना, अवैज्ञानिक सोचाइ र मानवीय गुणको बोधभन्दा बाहिरको विषय बत्र पुग्छ । कम्युनिस्ट र क्रान्तिकारी जनवर्गीय सङ्गठनका सदस्यहरूले यो प्राकृतिक नियमलाई गम्भीरतापूर्वक लिन आवश्यक छ ।

कुनै पनि माक्र्सवादी–लेनिवादी–माओवादीले जब स्वतन्त्रताको कुरा गर्छौं त्यसको तात्पर्य पुँजीवादी उत्पीडनको जन्जिरबाट मुक्त हुने स्वतन्त्रता हो । त्यसको तात्पर्य के होइन भने सम्पूर्ण मानिस सामाजिक जिम्मेवारीबाट स्वतन्त्र होस् । यथार्थमा प्राकृतिक बन्धनबाट बाहिर सापेक्षित स्वतन्त्रता निर्जीव वस्तुमा मात्र मात्र सकिन्छ । त्यसरी हेर्दा मानिस सम्पूर्ण रूपले स्वतन्त्र त्यही बेला हुन्छ जब उसको मृत्यु हुन पुग्छ ।