राष्ट्रिय आत्मसमर्पणवादीहरुसँग वार्ताको औचित्य छैन : हेमन्तप्रकाश ओली ‘सुदर्शन’

 »» नेपाल कम्युनिस्ट पार्टी अहिले के गरिरहेको छ ?

अहिले नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिको प्रक्रियालाई अगाडि बढाउनका लागि त्यसअनुरूपका ठोस कार्यक्रमहरू अघि बढाइरहेको छ । एकीकृत जनक्रान्तिलाई अघि बढाउने कार्यक्रमहरू कार्यान्वयनको प्रक्रिया अघि बढाइरहेको छ । तपाईंहरूलाई थाहा छ– केही समयपहिले हामीले सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान चलायौँ, पहिलो फेजमै यसलाई अवरोध खडा गर्न सरकार लागिप¥यो, हाम्रा नेता कार्यकर्ताहरूलाई पक्राउ गर्ने काम ग¥यो । त्यति हुँदाहँुदै पनि हामीले यो अभियान देशव्यापी चलायौँ । सरकारी दमनको विरोधमा पनि कार्यक्रमहरू गरिए । त्यसको उत्कर्षमा जाँदा पार्टी पुनस्र्थापना दिवसको अवसर पारेर हामीले काठमाडौँमा मङ्सिर ८ गते एउटा कार्यक्रम पनि सम्पन्न ग¥यौँ । अब हामी त्यसको समीक्षाका आधारमा अघि बढ्ने कार्यक्रम बनाएका छौँ । अब हामीले सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान दोस्रो चलाउने कार्यक्रम बनाएका छौँ ।

»» अहिले देशमा राष्ट्रियता, जनतन्त्र, जनजीविका, सुरक्षालगायत कार्यक्रमहरू पनि लथालिङ्ग भएका छन् । निर्मला हत्याकाण्डका दोषीहरू पनि सार्वजनिक हुनसकेका छैनन् । पछिल्लो चरणमा वैदेशिक हस्तक्षेप पनि भइरहेको छ । पहिले भारतको मात्र देखिन्थ्यो अहिले पश्चिमाहरूको पनि हस्तक्षेप भैरहेको छ । चाहे त्यो प्यासिफिक समिट होस् वा नेपालका परराष्ट्रमन्त्री अमेरिका गएर गरेको सम्झौता होस् । यो नेपालमा वैदेशिक हस्तक्षेप अत्यधिक बढिरहेको यो समग्र परिस्थितिलाई नेकपाले कसरी हेरिरहेको छ ?

पहिलो कुरा त राष्ट्रिय राजनीतिलाई हेर्दाखेरि नेपालमा जुन सत्ताका विरुद्ध सङ्घर्ष गरेका थियौँ त्यही सत्तामा नै फर्केर प्रचण्ड–बाबुरामहरूले गद्दारी गरे त्यसका विरुद्ध र विकल्पमा हामीले अर्को पार्टी पुनर्गठन ग¥यौँ । अर्को कुरा सत्तामा कम्युनिस्टको खोल ओढेर जनतालाई भ्रमित पार्दै जुन व्यक्तिहरू सत्तामा गए–पुगे उनीहरूले देशका कुनै पनि समस्याहरू हल गर्न सक्दैनन् । तपाईंले भनेजस्तै राष्ट्रियता, जनजीविका र जनतन्त्रका विषयहरू अथवा हत्या–बलात्कारका विषयहरू हल गर्न सक्दैनन् भन्ने कुराको पर्दाफास भएको छ र अर्कोतिर उनीहरू आफूलाई कम्युनिस्ट भनेर जनतामा भ्रम छर्न खोजिरहेका छन् तर यिनी कम्युनिस्ट होइनन् भन्ने कुरा यिनीहरूका सबै गतिविधिहरूले दुनियाँलाई थाहा हँुदै गएको छ । उदाहरणका लागि पछिल्लो समयमा भएको एउटा काण्डका बारेमा कुरा गरौँ । कम्युनिस्टहरू नास्तिक हुन्छन् भन्ने कुरा दुनियाँलाई थाहा छ तर नेपालमा क्रिस्चियनहरूको सम्मेलन एसिया प्यासिफिक समिटका रूपमा भयो । त्यसले के पर्दाफास ग¥यो भने नेपालमा कम्युनिस्ट भन्नेहरू प्रतिक्रान्तिकारी तत्वका रूपमा परिणत भएको प्रमाण हो । माधव नेपाल त २०–३० वर्षदेखि नै यसका मुख्य एजेन्ट रहेछन् भन्ने कुरा प्रमाणित भयो । त्यस्तै एकनाथ ढकालजस्ता मानिसहरूले उनीहरूलाई पतन बनाउन मद्दत गरिरहेका रहेछन् । त्यहाँ प्रचण्ड पनि प्रत्यक्ष वा परोक्ष रूपमा क्रिस्चियन धर्ममा कुनै न कुनै रूपले नजिक वा संलग्न छन् भन्ने कुरा पनि पर्दाफास हुँदै गएको छ । उनले भैँसीपूजा गर्नुको कारण पनि स्पष्ट हुँदै गएको छ । कम्युनिस्ट दोसल्ला ओढेर, कम्युनिस्ट पार्टीको रातो झन्डा ओढेर रातो झन्डा बोक्नेहरूलाई नै दमन गर्नेहरूको अनुहार उदाङ्गो भएको छ यो राम्रो पक्ष हो तर अर्को नराम्रो पक्ष र भन्डाफोर गर्नुपर्ने विषय के छ भने आखिर कम्युनिस्ट भनेका यस्तै त रहेछन् नि भन्ने भ्रम जुन जनतालाई परेको छ यहाँ वास्तविक कम्युनिस्ट यस्ता हँुदैनन् र भन्ने कुरा जनतालाई स्पष्ट रूपमा देखाउनुपरेको छ । त्यही भएर पनि हामीले नयाँ कार्यक्रम लिएर, नयाँ अभियान लिएर जनतामा जाँदैछौँ ।

»» तपाईंले भन्न्भयो– कम्युनिस्टका विरुद्ध कम्युनिस्ट नै दमनमा आइरहेका छन् । जनतामा अहिले काङ्ग्रेस–कम्युनिस्ट सबै यस्तै रहेछन् भन्ने परेको छ । यो फोहोरी प्रक्रिया देखेपछि बरु राजा नै ठीक छन् कि भन्ने भ्रम पनि कतिपयलाई पर्न गएको अवस्थामा तपाईंहरूले जनताका माझ जुन कार्यक्रम लिएर जानुपथ्र्यो त्यसो त भएन नि ?

हामीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरू पार्टी पुनर्गठनको प्रक्रियादेखि नै उठाइरहेका छौँ । जस्तो लिपुलेकलाई चीन र भारतले सुटुक्क छलफल गरेर मार्ग बनाउने कुरा होस् वा सीमा अतिक्रमणको कुरा होस् वा त भारतले विभिन्न समयमा गरेका हस्तक्षेपका विषय होस्, सबै विषयमा हामीले विरोध जनाइरहेका छाँै । त्यसैले पनि हामी र हाम्रो पार्टी एउटा विकल्पका रूपमा स्थापित छौँ । तपाईंहरूले सङ्केत गरेजस्तै जो सरकारमा गए पनि आखिर एउटै रहेछन्, सबै बेठीक रहेछन् भन्ने जनतालाई पर्नु र बरु कतै राजा नै ठीक थिए कि त भन्ने र राजतन्त्र नै पुनर्उत्थान हुन्छ कि भन्ने जुन कुरा छ अहिले त्यो अवस्था त छैन । किनभने हामी विकल्पका रूपमा नउदाएको भए र प्रचण्ड–बाबुरामहरूसँगै सती गएको भए त्यो स्थिति हुन्थ्यो होला तर हामी विकल्पको रूपमा उदाइसकेपछि त्यस्तो कुनै सम्भावना छैन । त्यो राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पनि सम्भावना रहँदैन । त्यसैले जनता के स्पष्ट हुनुपर्छ भने हामी विकल्प दिन तयार छौँ । हामी विकल्प दिन तयार भैरहेको विप्लवको नेतृत्वमा नेपाली क्रान्तिको मोडेल एकीकृत जनक्रान्तिको कार्यदिशासहित अघि बढिरहेका छौँ । यो पद्धति बदल्नुपर्छ भन्ने नेपाली जनताको माग उठिरहेको बेलामा र दलाल संसदीय व्यवस्थाका विकल्पमा वैज्ञानिक समाजवाद स्थापनाको विकल्प प्रस्तुत गरेका छौँ । यो बाटोमा जनतालाई अब कुनै पनि प्रकारको भ्रम रहनेछैन भन्ने मलाई लाग्छ । मलाई के विश्वास छ भने इतिहासमा नेपाली जनता जहिले पनि प्रगति, न्याय र परिवर्तनकै पक्षमा रहेकाले पनि जनता यसको पक्षमा रहनेछन् भन्ने मलाई लाग्छ । अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषणले पनि यो देखाउँछ ।

»» यहाँले अन्तर्राष्ट्रिय परिस्थितिको कुरा गर्नुभयो । अन्तर्राष्ट्रिय परिस्थिति र हिजोको जस्तो एकल ध्रुवीय साम्राज्यवाद त छैन । तर पछिल्लो समयमा नेपालमा पश्चिमा र केही शक्तिराष्ट्रहरूको ध्यान नेपालतिर छ । अमेरिका, चीन र भारत तीनवटै शक्तिको आँखा लागिरहेको बेलामा क्रान्तिको कुरा यहाँहरूले गर्दै गर्दा नेपालको सुरक्षा क्षेत्रमा तीनवटै शक्तिकेन्द्रले खुला लगानी गरिरहेको अवस्था छ । यो अवस्थामा यहाँहरू क्रान्तिको कुरा गर्नुहुन्छ । त्यो कस्तो खालको क्रान्ति हुनेछ ?

अहिले भर्खरै बाहिर मिडियामा आएका कुराहरू र परराष्ट्रमन्त्री अमेरिका पुग्दासम्मका कुरा गर्दा उनीहरूले इन्डो प्यासिफिक स्टाटेजी जुन बनाएका छन् मलाई के लाग्छ भने हिजो पनि यसको कोसिस गरिरहेका थिए । अहिले सजिलो बनाउन कोसिस गरिरहेका छन्जस्तो लाग्छ । अब चीनमा समाजवाद नभए पनि समाजवादको तत्व त त्यहाँ छ । हिङ नभए पनि हिङ बाँधेको टालो भनेजस्तै चीनमा समाजवादका केही तत्व छन् भन्ने ठानेपछि जसरी साम्राज्यवादीहरूले सोभियत सङ्घलाई विघटन गराएजस्तै आज चीनलाई पनि टुक्राटुक्रा बनाउन कोसिस गरिरहेका छन् । साङ्घाई, तिब्बत, ताइवान, हङकङ, सिङ्गापुर मिलेर चीन बनेको हुनाले त्यसलाई टुक्राटुक्रामा विभक्त गर्नु इन्डो प्यासेफिक स्टाटेजीको महत्वपूर्ण कुरा त्यो हुन सक्छ । किनभने अहिले जो टे«ड वार जो भैरहेको छ त्यसको उद्देश्य के हो भने अमेरिकीहरूले चिनियाँहरूलाई कसरी ‘डाउन’ गर्ने भन्नेमा लागेका छन् तर स्थिति कस्तो छ भने चिनियाँहरू पनि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्न सक्ने अवस्थामा छन् । चीन एउटा विशाल देश भएको जनसङ्ख्या र विचारधाराको हिसाबले पनि (माओलाई सम्झने र जो अहिले नयाँ विचारको कुरा गरिरहेका छन् त्यो रहेसम्म) हार्नसक्ने अवस्था हुँदैन । अर्को कुरा जहाँ गरिबी छ त्यहाँ पस्न सक्ने स्थिति बन्ने भएको हँुदा पनि नेपाललाई सबैले खेलमैदान बनाउने सम्भावना भने हुनसक्छ । त्यसो हुँदा यहाँ अन्तरविरोधहरू आउँछन् । क्रान्तिकारी शक्तिले ती अन्तरविरोधहरूको परिचालन ठीक ढङ्गले गर्न सक्नुपर्छ अथवा उपयोग गर्न सक्नुपर्छ । ती अन्तरविरोधहरू नेपालका पक्षमा र साम्राज्यवादका विरुद्ध प्रयोग गर्न सकेमा आज संसारभरि नै अमेरिकीहरू सैन्य हिसाबले समेत प्रभुत्व जमाइरहेका छन् । जस्तै अफगानिस्तान, इराक, इरान र सिरियामा साम्राज्यवादीहरूले पुरानो तरिका अपनाइरहेका छन् । त्यो तरिका पनि विफल भएर जान्छ भन्ने लाग्छ ।

»» अब नेपालमा पश्चिमा र दक्षिणको बढी हस्तक्षेप भइसकेपछि नेकपाले वर्गीय मुक्ति र राष्ट्रिय मुक्तिको कुरा गरिरहेको छ । त्यो वर्गीय र राष्ट्रिय मुक्ति आन्दोलनलाई त एउटा मोर्चाको आवश्यकता पर्ला तर मोर्चा त बनेको छैन नि ?

यस्तो हुन्छ अब हामी सचेत रूपले किसान, मजदुर, सिपाही, मध्यम वर्ग, देशभक्त, राष्ट्रिय पुँजीपति सबैलाई सङ्गठित गरेर राष्ट्रिय मोर्चा बनाउने हो त्यो प्रक्रियामा हामी अघि बढिरहेका छौँ । त्यतातिरको प्रयत्न भैरहेको छ । हामीले क्रान्तिकारीहरूको संयुक्त मोर्चा र देशभक्तहरूको मोर्चाको कुरा पनि गरिरहेका छौँ । तपाईंहरूले हेर्नुभयो भने २८ पछि चीनमा माओको पालामा साम्राज्यवादविरोधी मोर्चा पनि बनेको छ । त्यो जापानी साम्राज्यवादविरोधी मोर्चा थियो । अर्को फेरि ३६ पछि बनेको छ । जापानले हमला गरिसकेपछि त्यसका विरुद्ध लड्नका लागि ४५ सम्म जाँदाखेरि चिनियाँहरूलाई जापानलाई लखेटेका छन् त्यो बेला नै त्यसले मूर्त रूप लिएको थियो । मोर्चा कसैले चाहेर वा नचाहेर पनि हुँदैन । त्यो आवश्यकताले हुन्छ । फेरि आत्मगत रूपमा तयारी गरिरहेको हुनुपर्छ । त्यो भनेको हमला हुनेबेला होइन कि अहिलेदेखि आत्मगत तयारी हुुनुपर्छ । राष्ट्रियताको सवालमा त्यस्तो मोर्चाका लागि वस्तुगत स्थिति आवश्यक हुन्छ जस्तो कि उदाहरणका लागि चीनमा ३६ मा च्याङ्काइसेकले माओसँग वार्ता गर्न मानेन र पछि सेनाकै २ जना जनरलले च्याङकाइसेकलाई पक्राउ गरेर बुझाएपछि वार्ता भएको थियो । अनि जापानका विरुद्ध जमेर लडाइँ भयो र सफल पनि भयो । माओ र कोमिन्ताङ मिलेर नै जापानविरोधी लडाइँ सफल भएको थियो तर पछि फेरि च्याङ्काइसेकले सफलताको जस आफूले लिने कोसिस ग¥यो । त्यसपछि माओले ४५ पछि च्याङकाइसेकका विरुद्ध गृहयुद्ध सुरु गर्नुभयो । यसरी वर्गसङ्घर्ष र राष्ट्रिय सङ्घर्षको समायोजनका कारण देश मुक्त भयो । त्यही किसिमले यहाँ पनि वर्गसङ्घर्ष प्रमुख हुन्छ । साम्राज्यवादी आक्रमण पनि वर्गको कुरा हुन्छ । अन्तर्राष्ट्रिय रूपमा हामीमाथि हुने हमलामाथि पनि नेपाली सजग हुन र सचेतन प्रयत्न गर्न जरुरी छ । त्यसका लागि हामी गर्छौं, गरिरहेका छौँ । अमेरिकीहरूले त इन्डो प्यासेफिक स्टाटेजी बनाए । भारतका त ‘र’ का मान्छे दिनदिनै घुमिरहेका हुन्छन् । १९७५ आरएन काओले इन्दिरा गान्धीको निर्देशनमा बनाएको स्टाटेजी नै छँदैछ । सायद १९७७ मा इन्दिरा गान्धीले नहारेको भए नेपालको तराई भूभाग गैसक्थ्यो । त्यसप्रति पनि सचेत हुँदै हामीले सबै प्रकारका देशभक्तहरूलाई जुटाएर हामीले एउटा मोर्चा बनाउन आवश्यक छ ।

»» साम्राज्यवाद हिजोको तरिकाले आउँदैन । जापानी साम्राज्यवाद चीनमा फरक तरिकाले आएको थियो । जर्मनी साम्राज्यवाद रुसमा फरक तरिकाले आएको थियो । अहिले पनि फरक रूपमा आउँछ । यो सन्दर्भमा मोर्चा त अहिले नै बनाउन आवश्यक छैन र ?

हो साम्राज्यवाद हिजोकै तरिकाले पक्कै आउँदैन । मैले क्लासिकल तरिकाले व्यक्त गरेँ । आज कस्तो देखापरेको छ भने पहिलो कुरा त प्रत्यक्ष रूपमा आफ्नाविरुद्ध हुनेलाई हत्या गरेर आउने कोसिस गर्दछ । जस्तो सद्दाम हुसेनलाई मारेर आफ्नो ‘पपेट’ लिएर आयो । दोस्रो कुरा आर्थिक–धार्मिक रूपमा आउने गरेको छ । जस्तो कि नेपालमा आइरहेको छ । जस्तो अस्तिको एसिया प्यासिफिक समिट साम्राज्यवादको नयाँ खालको चाल हो । दक्षिणकोरियामा अमेरिकाद्वारा सुसूचित मुन जसरी नेपाल आइन् र होली वाइन ख्वाइन् त्यसको सार के हो भने यहाँ कसरी कम्युनिस्टहरूलाई सिध्याउने र ‘डाइमन्ड कट डाइमन्ड’ भनेजस्तै कम्युनिस्ट भनिएकाहरूद्वारा कम्युनिस्टहरूलाई नै कसरी सिध्याउने भन्ने योजना छ । अर्को कुरा कस्तो छ भने कम्युनिस्ट पार्टीहरूभित्र फुट पारेर पनि जाने, खासगरी विभिन्न खालका धार्मिक गतिविधिहरूबाट आउने गर्दछन् । अर्को कुरा आर्थिक रूपमा भने आर्थिक लगानी गर्दै जाने, विभिन्न प्रोजेक्टहरू कब्जा गर्दै जाने र नदीनालाहरू कब्जा गर्दै जाने । सबै रित्याइसकेपछि अन्तिममा सेनाभित्र, कर्मचारीतन्त्रभित्र घुसाउने, पार्टीहरूमा सरकारका विभिन्न निकायमा घुसाउने र पछि सजिलो तरिकाले भोलि सजिलोसँग उनीहरूको ‘पपेट’ बन्ने र त्यही किसिमको अवस्था सिर्जना गर्ने जस्तो सिरिया र इराकमा गरिरहेको छ । यस्तै अरू ठाउँमा गरिरहेको छ । यसका विरुद्ध पनि संयुक्त मोर्चा बनाउन जरुरी छ । नेपालको सन्दर्भमा अब सचेत हुन र तीव्र तरिकाले अघि बढ्न जरुरी छ ।

»» केपी ओलीको सरकारको गठन २०७४ साल फागुन ३ गते भएको थियो । यो सरकारले तपाईंलाई फागुन ६ गते गिरफ्तार ग¥यो । त्यसपछि लगातार गिरफ्तार अभियान चलायो । पछिल्लो चरणमा छोडे पनि बीचमा वार्ताटोली पनि बनायो । वार्ताटोलीले सरकारलाई रिपोर्ट पनि बुझाइसकेको छ । उक्त टोलीका संयोजकले के भन्दै हिँडेका छन् भने हामीसँग वार्ता गर्छन् भन्ने सर्तमा हामीले नेता छोड्यौँ तर उहाँहरू वार्तामै आउनुभएन । यथार्थ के हो बताइदिनुस् न ?

पहिलो कुरा जुन गिरफ्तारीको प्रक्रिया सरकारले चाल्यो र त्यो अहिले पनि चलिरहेको छ । अहिले भर्खरै पनि साथीहरू गिरफ्तार भएका छन् । देशभरि मजदुर, विद्यार्थी र युवा साथीहरू गिरफ्तार भइरहेका छन् । योभित्र पनि दुईवटा तरिका अपनाइराखेका छन् ः पहिलो कुरा गिरफ्तार गरी भित्र लिएर कसरी गलाउने र आत्मसमर्पण गराउने भन्ने कोसिस गरिराखेका छन् । अर्को अलि बढी दबाब दिएर त्यताबाट हँुदैन भनेर वार्ताको कुरा गरेर त्यतातिर ध्यान मोड्ने कोसिस गरिरहेका छन् । वार्ताको जुन सन्दर्भमा प्रश्न उठाउनुभएको छ जसबेला हाम्रा कमरेडहरूलाई गिरफ्तार ग¥यो । गिरफ्तार गरेको सन्दर्भमा उनीहरूले सीके राउतलगायत मानिसहरूले सञ्चालन गरिरहेको समूहसँग वार्ता गर्र्न प्रक्रियाका टोलीले हामीसँग पनि वार्ता गर्ने जुन प्रचार भयो अथवा त्यो प्रयत्न उनीहरूले गरे त्यसले के देखाउँछ भने हामीलाई फेरि फसाउने षड्यन्त्र भएको छ । हामीले देखिरहेका छौँ करिब ११ वर्षदेखि वार्ताकै लामो प्रक्रियाबाट आजित भएर आएका छौँ । वार्तामा उनीहरूले के गरे भन्ने कुरा पनि हामीले बुझेका छौँ । अर्को कुरा अहिले गर्न के खोजेको थियो भने हामीलाई पहिल्यै १२ बुँदेभन्दा पहिला भएको सम्झौता केके गर्ने, कहाँकहाँ समर्पण गराउने भन्ने भावका साथ उनीहरूले वार्ता गराउन खोजेका थिए । त्यसमा हामी सतर्क रह्यौँ । अर्को कुरा हामीलाई उनीहरूले औपचारिक रूपमा चिठी पठाउलान् भन्ने हामीले सोचेका थियौँ । त्यस किसिमले नेपाल कम्युनिस्ट पार्टीलाई सम्बोधन गरेर कुनै पनि औपचारिक रूपमा नआउनुको कारण पनि के हो भने उनीहरूले पूर्वसर्त बनाउन खोजेका थिए । त्यो सर्त हामीले नमान्ने हुनाले त्यतापट्टि नचाहेको हुनाले यो वार्ता एउटा षड्यन्त्र हो भन्ने कुरा हामीले बुझ्यौँ किनभने आज त्यस्ता मान्छेहरू त्यहाँ छन् जो सामाजिक फासिवादमा पतन भएका छन् । जसको नेतेृत्वमा हामीले ८० प्रतिशत भूभाग कब्जा गरेका थियौँ । त्यो उनीहरूको गद्दारीका कारण ८० प्रतिशत भूभाग गुमाएका छन् । ४० हजार जनमुक्ति सेना गुमेको छ । मिलिसिया गुमेका छन् । त्यसैगरी हामीले बनाएको जनसत्ता गुमेको छ । हामीले जित्नै लागेको सत्ता उनीहरूले गद्दारी गरेर आत्मसमर्पण गरेका छन् । तिनले भारतसँग पनि आत्मसमर्पण गरेका छन् । तिनले वर्गीय रूपमा पनि आत्मसमर्पण गरेका छन् । हाम्रो के निष्कर्ष छ भने उनीहरू राष्ट्रिय आत्मसमर्पणवादी हुन् । उनीहरुले बुर्जुवा संसद्वादमा आत्मसमर्पण गरेका छन् । त्यसकारणले उनीहरूसँग वार्ताको औचित्य छैन । त्यसमा पनि राजनीतिक र सैद्धान्तिक रुपमा वार्ताको विरोध गर्दैनौँ । वार्ताका बारेमा हामी जबाफ दिन्थ्यौँ । हाम्रो जबाफ आफ्नै खालको थियो तर उनीहरूले बीचमा सबै कुरा के बुझे भने अहिलेको नेपाल कम्युनिस्ट पार्टीको समग्र नेतृत्वले त्यस किसिमको वार्ता आत्मसमर्पण गराएर गर्न चाहँदैन । यो राजनीतिक पार्टी भएकाले त्यसो गर्न सक्दैन । यो माक्र्सवादी लेनिनवादी माओवादी पार्टी भएको हुनाले त्यसो गर्न सक्दैन भन्ने कुरा प्रस्ट भएपछि उनीहरू पछि हटेका हुन् ।

»» सरकारी वार्ताटोलीले नेपाल कम्युनिस्ट पार्टी राजनीतिक शक्ति हो तर उसले गर्ने गैरसंवैधानिक क्रियाकलाप रोक्नुपर्छ भन्ने सुझाव दिएको छ । टोलीले पुस १० गते रिपोर्ट बुझाउनासाथ १३ गतेदेखि फेरि पहिला अदालतहरूले खारेज गरेका मुद्दा सुरु गरिएको छ । यसमा पार्टीको धारणा के छ ?

हाम्रो धारणा के छ भन्दा हामी केमा स्पष्ट छौँ भने गैरसंवैधानिक क्रियाकलाप भनेका के हुन् ? निर्मला पन्तलाई बलात्कार गर्ने र हत्या गर्ने गैरसंवैधानिक काम हो कि होइन ? त्यो मुद्दा उठाएका छौँ । थुप्रै ठेकेदारको नाम उनीहरूले लिएका छन् । वाइडबडीकाण्ड चलिरहेको छ । ६ अर्बभन्दा बढी घोटाला गरिरहेका छन् । त्यो संवैधानिक हो कि गैरसंवैधानिक हो ? यो कुरा हामी उठाउन चाहन्छौँ । त्यस्तै किसिमको सुन तस्करी भइराखेका छन् । ती अपराधीहरू सीधै छुटिरहेका छन् । अथवा तिनका बारेमा कुनै मुद्दामामिला छैन । तिनीहरूलाई छूट दिने कुरा के हो ? त्यसकारण हामीले सरकारको नालायक कामहरूको विरोध गर्दछौँ सरकारले पुरानै सत्ताको टालटुल गरेर चलाइरहेको छ त्यसका विरुद्ध विद्रोह गर्छौँ हामी के भन्न चाहन्छौँ भने यो सत्ताले के गर्छ भन्ने कुरा मुख्य होइन । हामी सत्य के हो त्यो उठाउँछौँ । सत्यले विद्रोह आवश्यक ठान्छ भने हामी विद्रोह गर्न तयार छौँ । त्यसैले गर्दा यहाँ संवैधानिक र गैरसंवैधानिक भन्ने कुरा के हुन्छ भने जनहितमा के कुरा हुन्छ र जनहितविपरीत के कुरा हुन्छ भन्ने कुरा छुट्ट्याउन जरुरी छ ।

त्यसैले हामी जनहितमा जनताका पक्षमा जनजीविकाका पक्षमा, राष्ट्रियताका पक्षमा र जनताको अधिकारका पक्षमा आन्दोलन उठाउँछौँ । त्यो आन्दोलन उठाएबापत जुनसुकै खतरा मोल्न पनि हामी तयार छौँ । त्यो किसिमले हामी जान जरुरी छ । त्यसरी नजाने हो भने हामीले जुन प्रकारले विद्रोह ग¥यौँ, संसद्वादको विरुद्ध विद्रोह ग¥यौँ, प्रतिक्रियावाद, साम्राज्यवाद विरुद्ध विद्रोह ग¥यौँ यसको खालि इशुहरू उठाउने फेरि पछि फर्केर सिद्धिने कुरा होइन बरु हामी आन्दोलनको प्रक्रियामा जनताको हितका पक्षमा लडेर सिद्धिन तयार छौँ तर हाम्रो इमान, विचारधारा, उद्देश्यहरू र जीजनलाई यत्तिकै खेर जान दिँदैनौँ र सहिदको रगतलाई पनि खेर जान दिँदैनौँ ।

यस प्रक्रियामा हामी अघि बढ्न चाहन्छौँ । उनीहरूले बरु जसरी गैरसंवैधानिक तरिकाले गिरफ्तार गर्ने प्रक्रिया चलाएका छन्, उनीहरू हत्या, बलात्कार गैरसंवैधानिक तरिकाले गरिराखेका छन् । सत्ता संलग्न भएर यसमा प्रशासन, पुलिस, सेना सबै क्षेत्र संलग्न बनाएर गैरसंवैधानिक काम उनीहरूले गरिराखेका छन् । हामीले त यो संविधान नै अन्यायपूर्ण र बेठीक छ भनेका छौँ । हाम्रा लागि गैरसंवैधानिक भएन कि संवैधानिक व्यवस्था ल्याउनका लागि हामी लडिरहेका छौँ । संवैधानिक जनगणतान्त्रिक नेपाल हामीलाई चाहिन्छ । संवैधानिक वैज्ञानिक समाजवाद हामीलाई चाहिन्छ भनेर हामी लडिरहेका छौँ ।

»» केपी वली सरकार पनि समाजवादको हल्ला गरिरहेको छ । नेपाल कम्युनिस्ट पार्टीले पनि वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्छ भनिरहेको छ । तपाईंहरुको पार्टीले यो त दलाल संसदीय, सामाजिक फासिवादी व्यवस्था भन्दै आइरहेको छ । यसको भिन्नता के हो त ?

हाम्रो र उनीहरूको समाजवादमा फरक के छ भने उनीहरु पुँजीवादी समाजवादीहरू हुन् । उनीहरू बेइमान पुँजीवादी हुन् । रबोर्ट अबेनहरू त इमानदार समाजवादीहरू थिए । काल्पनिक समाजवादी थिए । उनको कुरा के थियो भने राज्यसत्ता ढाल्ने होइन, राज्यसत्तामा रहेका मान्छेहको मन पगालेर समाजवाद ल्याउनुपर्छ भनेर कारखानामा रबोर्ट अबेनहरूले काल्पनिक समाजवादको कुरा गरेका थिए । यद्यपि उनले आफ्नो कारखानामा कम्युन नै गठन गरे । स्कुलै गठन गरे । त्यसअन्तर्गत नाफा आयो ८ घन्टा काम गराउँदा पनि । अहिले त यिनीहरू त्यस्तो कदम पनि चाल्दैनन् ।

संविधानमा उसको समाजवाद छ ल मानौँ तर अर्बौंअर्ब निजी सम्पत्ति जम्मा गरेर राजस्व जम्मा भएको ढुकुटीबाट भ्रष्टाचार गरेर समाजवाद आउँछ ? हाम्रो समाजवाद भ्रष्टाचार गरेर व्यक्ति मोटाउने समाजवाद होइन । समाजको समाजवाद आउँछ, जनताको समाजवाद हुन्छ । त्यसैले वैज्ञानिक समाजवाद भनेको अर्को कुरा हो । उनीहरू उही पुरानै राज्यसत्ता, पुरानै मेसिनरीमा पुगिसकेपछि समाजवाद लागू गर्ने त कुरै छैन । अब त्यहाँ समाजवाद कसरी आउँछ ? क्रिस्चियनलाई समर्थन गरेर धर्मको आड लिन थाले । हिन्दु धर्मको आड लिन थाले । विभिन्न धर्मको आड लिएर पुँजीवाद बाच्न खोजिराखेका छन् । उनीहरूले त्यहाँ पुजीवाद ल्याउन खोजिरहेका छन् । समाजवाद भन्ने त यिनीहरूको जनतालाई झुक्याउने कुरा मात्र हो । अमूर्त समाजवादको महत्व छैन । किनभने नेहरुको पनि समाजवाद छ । बीपीको पनि छ । उनले कम्तीमा पनि प्रजातान्त्रिक समाजवाद भनेका थिए । त्यो मूर्त थियो । यिनीहरूले भनेको समाजवाद झुक्याउने खेल मात्र हो, समाजवाद होइन ।

हामीले भनेको वैज्ञानिक समाजवाद हो । यसले के गर्छ भने गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सञ्चार यी सात चीजको हल गर्नुपर्छ । वैज्ञानिक समाजवादअन्तर्गत यिनीहरूले विदेशी ऋण रोक्का गर्नुपथ्र्यो । दलाल पुँजीपति वर्गलाई राष्ट्रियकरण गर्नुपर्छ । अर्को उद्योगहरूको, राष्ट्रिय पुँजीको विकास गर्नुपर्छ । खै त राष्ट्रिय पुँजीको विकास गरेको ? उनीहरूको सबै केमा अर्थतन्त्र टिकेको छ भने विप्रेषणमा टिकेको छ । अनि यसरी कहाँ समाजवाद आउँछ । हाम्रो समाजवाद भनेको के हो भने राज्यसत्तामा आमूल परिवर्तन गरेर अर्को राज्यसत्ता वैज्ञानिक समाजवाद बनाउने प्रणाली वा व्यवस्था परिवर्तनको कुरा हो । उनीहरू व्यवस्थाको कुरा होइन, सिस्टम यही राखेर, जग यही राखेर, भित्ता यिनै राखेर, रङरोगन गरेर गर्ने भन्ने कुरा गछृन् । भएको रङरोगन पनि सबै उडाए । त्यसैले नाङ्गा, बेइमान, दलाल पुँजीपतिहरू हुन् यिनीहरू । दलाल पुँजीवादले हातखुट्टा बाँधेकोलाई समाजवाद भनेको छ । त्यो समाजवाद हुन सक्दैन । हाम्रो समाजवाद भनेको गतिशील समाजवाद हो । साम्यवादतिर जाने समाजवाद हो । उनीहरूले जे समाजवाद भनेका छन् त्यो दलाल पुँजीवाद हुँदै एउटा मरणासन्न साम्राज्यवादको चाकर हुने पुँजीवादी समाजवाद हो । त्यसकारण धेरै आकाशपातालको भिन्नता छ ।

»» अन्त्यमा जनतालाई थप केही भन्न चाहनुहुन्छ कि ?

यस स्थितिमा के भन्न चाहन्छु भने नेपाली जनता बारम्बार धोकाधडीबाट प्रताडित हुँदै आएका छन् । उनीहरूले धेरै सङ्घर्ष गरे । धेरै आन्दोलन गरे तर पनि हामीले त्यसमा प्रगति पनि गर्दै गएका छौँ । उपलब्धि पनि प्राप्त गर्दै गएका छौँ । यो सबै सङ्घर्षको परिणाम एक दिन वैज्ञानिक समाजवाद आउँछ र यो वैज्ञानिक समाजवादका लागि सबै नक्कली समाजवादहरूलाई, सबै दलाल पुँजीवादीहरूलाई नाङ्गेझार पार्दै देश निर्माणको प्रक्रियालाई अगाडि बढाउँदै हामी अगाडि बढ्नुपर्छ । जनताले नेपाल क्युनिस्ट पार्टीले अगाडि बढाएको एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादलाई अगाडि बढाएर जाने अठोट कस्नुपर्छ । काँधमा काँध मिलाएर हामी जनताका पक्षमा बोल्दैछौँ । हामी जनताका पक्षमा लड्दैछौँ र एकीकृत जनक्रान्ति गर्दैछौँ । यो प्रक्रियामा कतै पनि कसैले पनि हार नखाई एकदम साहसका साथ, उत्साहका साथ सङ्घर्ष नै आफ्नो जीवन ठानेर अघि बढ्नुपर्छ । यस प्रक्रियामा नेपाल कम्युनिस्ट पार्टी तयार छ । नेपाली जनता पनि तयार छन् । तयार हुनुपर्छ भन्ने हामीलाई विश्वास छ ।

२०७५ पुस २८ गते शनिबार प्रकाशित