मुद्राका पाँचवटा कार्य

- अनुवादक : भेषराज भुसाल

मुद्राका पाँचवटा कार्य एकएक गरेर विकसित भए ।

मुद्राको गुण यसका कार्यहरूद्वारा व्यक्त हुने गर्दछ । मुद्राका पाँचवटा कार्य हुन्छन् जुन माल विनिमयको क्रममा विकसित भएका हुन् । ती कार्य हुन् :

(१) मूल्यको एकाइ (२) विनिमयको माध्यम (३) भुक्तानको मानव (४) मूल्यको भण्डार तथा (५) सार्वभौमिक मुद्राका रूपमा काम गर्नु । यीमध्ये मूल्यको एकाइ र विनिमय माध्यमको रूपका कार्य आधारभूत कार्य हुन् । यद्यपि यी सबै मुद्राको आविभोवसँगै विकसित भएका हुन् ।

मुद्राको पहिलो कार्य मूल्यको एकाइको रूपमा हो । जुनप्रकार वस्तुहरूको लम्बाइ नाप्नका निम्ति पटरीको प्रयोग गरिन्छ त्यसैप्रकार मालहरूको मूल्य नाप्नका लागि मुद्राको प्रयोग गरिन्छ । मूल्यको मापनका रूपमा कार्य गरिरहेको मुद्रा अवधारणात्मक मुद्रा हुन सक्छ । अर्थात् जब मानिसहरू मालहरूको मूल्य मापन गर्नका लागि मुद्राको प्रयोग गर्छन् तव उनीहरूका हातमा मुद्रा हुनु आवश्यक छैन । उदाहरणका निम्ति कुनै कुर्सी दस युआन चीनको मुद्राको छ तर यो बनाउनका लागि कुर्सीमाथि दस युआन राख्न आवश्यक छैन । जब मालहरूको मूल्य मुद्राका रूपमा अभिव्यक्त हुन पुग्छ तब ती मालहरूका दाम हुन्छन् । मालहरूको दाम दुईवटा कारकबाट निर्धारित हुन्छन्, पहिलो हो स्वयम् मालको मूल्य र दोस्रो हो मुद्रा (सुनचाँदी) को मूल्य । मालहरूका दामहरूको मालको आफ्नो मूल्यबाट विलोमानुपातिक सम्बन्ध हुने गर्दछ । उदाहरणका निम्ति एउटा भैँसीको मूल्य पाँच सय घन्टाको सामाजिक श्रम हो र एक औँस सुनको मूल्य पनि पाँच सय घन्टाको सामाजिक श्रम हो । तब एउटा भैँसीको दाम एक औँस सुन भयो । सुनखानीका मजदुरहरूको श्रम उत्पादकता दुई गुणा हुन भयो र एक औँस सुनको मूल्य दुई सय पचास घन्टाको सामाजिक श्रम रहन गयो भने यद्यपि भैँसीको दाम बदलिएकै छैन परन्तु भैँसीको दाम दुई गुणा हुन गयो ।

मुद्राको दोस्रो कार्य विनिमयको माध्यमका रूपमा हो अर्थात् मालहरूको परिचालन (सर्कुलेसन) को माध्यमको काम गर्दछ । मुद्राको माध्यमबाट माल विनिमयलाई परिचालन भन्छन् । मुद्राको आविभोवभदा पहिले मालहरूको सीधै आपसमा अदलाबदली गरिन्थ्यो । सूत्रका रूपमा हेर्दा त एउटा माल अर्को मालसँग बराबर हुने गर्दथ्यो । मुद्रा अस्तित्वमा आएपछि सम्पूर्ण मालहरूको बदलामा विनिमय हुने गर्दथ्यो । सूत्रका रूपमा यसप्रकारले अभिव्यक्त हुने गर्दछ माल । मुद्रा मालामाल परिचलनको माध्यमका रूपमा मुद्राको यो भूमिका नै विनिमयको साधनका रूपमा मुद्राको कार्य हो ।

विनिमयका साधनका रूपमा प्रयोग मुद्रा सुरुमा विभिन्न आकार र वजनका सुनचाँदीका टुक्रा हुने गर्दथे । पछि यिनको ठाउँ सिक्काले लिए । ती सिक्काहरू एउटै आकार, शुद्धता र तौलका ढलान गरिएका धातुका टुक्रा हुन्थे जसलाई राज्यद्वारा प्रमाणित गरिएको हुन्थ्यो । अलगअलग देशहरूका सिक्का अलगअलग प्रकारका थिए ।

चीनमा उत्तर साङ कालमा तामाका सिक्का ढाल्न थालिएको थियो । सबभन्दा पुराना सिक्का तामाका थिए र खेतीका औजारहरूका सक्कलका थिए । तिनलाई यु चियेन भनिन्थ्यो । चाउ शासनकालमा यु चिएनका अतिरिक्त ताओ चिएन र युआन चिएन पनि थिए । यी युआन (चाँदीका डलर) सबभन्दा पहिले चेङकालको क्वाङ सु अवधिमा ढालिएका थिए । प्रत्येक यी युआनमा ०.७२ औँस चाँदी हुन्थ्यो ।

परिचालनका क्रममा सिक्का घिसिन्थे र तिनको मूल्यको केही अंश मेटिन जान्थ्यो यद्यपि त्यस्ता सिक्काहरूलाई पनि तिनको पूरै मूल्यमा स्वीकार गरिन्थ्यो । यस्तो यसकारणबाट थियो किनकि विनिमयको माध्यमका रूपमा मुद्राको कार्य एकै क्षणमा हुने गर्दथ्यो । मानिसहरूले आफ्ना मालहरूलाई मुद्रासँग विनिमय के कारण गर्दथे भने त्यसबाट आफ्ना आवश्यकताका वस्तुहरू खरिद गर्न सकियोस् । माल बेच्नेहरूको पहिलो चिन्ता हुन्थ्यो– मुद्रा विनिमयको माध्यमका रूपमा प्रयोग गर्न सकिन्छ कि सकिँदैन । त्यो आफ्नो पुूरै मूल्य बराबर छ कि छैन, यो उनको मूल्य चिन्ता थिएन । त्यसकारण न केवल घिसिएका धातु मुद्रा विनिमयको माध्यमका रूपमा प्रयोग गर्न सकिन्थ्यो । यसका अतिरिक्त कागजका नोटले पनि यसको ठाउँ लिन सक्थ्यो जुन शुद्ध रूपमा मूल्यका प्रतीक थिए ।

कागजी मुद्रा धातु मुद्राको स्थानमा माल परिचलनमा विनिमयको माध्यमको काम गर्दछ । यसकारण जारी गरिएको कागजी मुद्राको मात्रा माल परिचालनका निम्ति आवश्यक धातु मुद्राको मात्रासम्म सीमित हुने गर्दछ । माक्र्स भन्नुहुन्छ, ‘जारी गरिएको कागजी मुद्राको मात्रा जुन कि वास्तविक मुद्राको प्रतीक हुने गर्दछ सदैव माल परिचलनका निम्ति आवश्यक सुन वा चाँदीको मूल्यबराबर हुने गर्दछ ।’३ जारी गरिएको कागजी मुद्रा माल परिचलनको निम्ति आवश्यक धातु मुद्राको परिणामको बराबर हुन्छ भने त कागजी मुद्राको क्रयशक्ति धातु मुद्राबराबर हुन्छ । जारी गरिएको कागजी मुद्रा माल परिचालनका निम्ति आवश्यक धातु मुद्राको परिमाणभन्दा धेरै हुन्छ भने तब पनि कुल कागजी मुद्राको मूल्य माल परिचालनका निम्ति आवश्यक धातु मुद्राकै बराबर नै हुने गर्दछ तर धातु मुद्राको तुलनामा कागजी मुद्राको मूल्य घट्छ र मालहरूको दाम बढ्छ । उदाहरणका निम्ति खास समयमा परिचलनका निम्ति आवश्यक धातु मुद्राको मात्रा दस करोड छ र कागजी मुद्राको परिमाण बीस करोड छ भने कागजी मुद्राको मूल्य आधा हुन पुग्छ । कागजी मुद्राको एक युआनको क्रयशक्ति धातु मुद्राको केवल आधा युआनबराबर हुन्छ ।

परिचालनका निम्ति आवश्यक धातु मुद्राको परिमाणभन्दा धेरै कागजी मुद्रा जारी भएबाट कागजी मुद्राको मूल्यमा हुने गिरावटलाई मुद्रास्फीति भनिन्छ । पुँजीवादी समाजमा मुद्रास्फीति बुर्जुवा राज्यद्वारा जनतालाई लुट्ने एउटा महत्वपूर्ण साधन हो । मुद्र स्फीतिको परिणामस्वरूप कागजी मुद्राको मूल्य घट्छ र दाम उकालो लाग्छ । अर्कोतर्फ मजदुरहरूको मुद्राका रूपमा मजदुरीमा वृद्धि दामहरूमा भएको वृद्धिभन्दा धेरै पछाडि रहन्छ र उनीहरूको वास्तविक मजदुरी तथा जीवनस्तरमा गिरावट आउँछ । यसैका साथ बुर्जुवा वर्गलाई शोषणबाट हुने आय तीव्र रूपमा बढ्न पुग्छ । क्रान्तिपूर्व चीनमा बेहिसाब सङ्ख्यामा नोट जारी गरिए जसबाट मुद्रास्फीति धेरै तीव्रतासँग बढ्यो र वस्तुहरूको दाम छलाङ लगाएर बढ्न थाले । केही मानिसहरूले एकपटक गणना गरेका थिए– १९३७ मा १०० युआनका नोटको क्रयशक्ति दुईवटा भैँसीबराबर थियो । १९३८ मा एउटा भैँसी, १९४१ मा एउटा सुँगुर र १९४२ मा एक तिहाइ सलाईका डिब्बाको बराबर हुन पुग्यो । १९४८ मा त्यो रकम एक तिहाइ सलाइका काँटी खरिद गर्न लायक पनि थिएन ।

मुद्राको तेस्रो कार्य हो जम्माखोरी (अवैध धन सञ्चय) को साधनका रूपमा । मालहरूको मुद्रा सम्बन्धको विकाससँगै मुद्रा सामाजिक सम्पत्तिको प्रतीक बन्दै गयो । जबसम्म प्राकृतिक अर्थव्यवस्था प्रभावी थियो तबसम्म सम्पत्ति जम्मा गर्ने माध्यम अनाज, कपडाहरू र रेसमका वस्तुहरू हुन्थे । मालहरूको मुद्रा सम्बन्धको विकासपछि यद्यपि मुद्राबाट कुनै पनि माल खरिद गर्न सकिन्थ्यो त्यसकारण सम्पत्ति जम्मा गर्नुको अर्थ उत्तरोत्तर मुद्रा (सुन वा चाँदी) जम्मा गर्नु हुन गयो । मालिकद्वारा माल परिचालनबाट अस्थायी रूपमा हटाएर जम्मा गरिएको मुद्रा जम्माखोरी गरिएको मुद्रा बन्न पुग्छ । यसले जम्माखोरीको साधनका रूपमा कार्य गर्दछ ।

मुद्राको चौथो कार्य भुक्तानको साधनका रूपमा हो ।

माल उत्पादन र विनिमयको विकाससँगै उधारो कारोबार तीव्रतासँग बढ्यो । जब ऋण चुकाउनु पथ्र्यो तब भुक्तानी मुद्राद्वारा नै हुने गथ्र्यो । तर मालको विनिमय त्यसभन्दा पहिले नै पूरा भैसकेको हुन्थ्यो । यहाँ मुद्रा विनिमयको माध्यमका रूपमा होइन, बरु भुक्तानको साधनका रूपमा कार्य गथ्र्यो । भुक्तानको साधनका रूपमा मुद्राको प्रयोग सबभन्दा पहिले माल उत्पादनहरूका बीचमा ऋण चुकाउनका निम्ति गरियो । त्यसपछि यसको प्रयोग माल परिचालनको दायराभन्दा बाहिर पनि हुन थाल्यो लगानी, ब्याज र करहरूको भुक्तान पनि मुद्राको यसै कार्यबाट नै हुन थाल्यो ।

मुद्राको पाँचौँ कार्य वैश्विक मुद्रा (वल्र्ड करेन्सी) का रूपमा हो । माल विनिमय राष्ट्र राज्यको सीमाबाट बाहिर निक्लनुका साथै अन्तर्राष्ट्रिय व्यापार विकसित भयो र मुद्राको एउटा नयाँ कार्य अस्तित्वमा आयो । यो वैश्विक मुद्राका रूपमा कार्य थियो । केवल सुन र चाँदी वैश्विक मुद्राका रूपमा कार्य गर्न सक्थे ।

विश्वबजारमा सुनले पहिलो अन्तर्राष्ट्रिय हिसाबकिताबमा भुक्तानको माध्यमको काम गर्यो । यो वैश्विक मुद्राको महत्वपूर्ण कार्य थियो । दोस्रो विश्वबजारमा विभिन्न मालहरू खरिद गर्नका लागि पनि भुक्तानको माध्यमका रूपमा सुनको प्रयोग गर्ने गरिन्थ्यो । यसका अतिरिक्त सामाजिक सम्पदाको एउटा प्रतिका रूपमा एउटा देशबाट अर्को देशमा लैजाने गरिन्थ्यो । उदाहरणका निम्ति युद्धको क्षतिपूर्ति, पुँजीगत निर्यात र अन्य रूपहरूमा एउटा देशबाट अर्को देशमा सुन वा चाँदी लैजानुले यस कार्यलाई पूरा गर्दथे ।

मुद्राका उपरोक्त पाँचवटा कार्य अवयवी रूपमा जोडिएका छन् र मुद्राको प्रकृतिका भिन्नभिन्न अभिव्यक्तिहरू हुन् । ती मुद्रा परिचालनको विकासमा एक सार्वभौमिक समतुल्यद्वारा अपनाइएका विभिन्न भूमिकाहरूका अभिव्यक्तिहरू हुन् ।