माओवाद जिन्दावाद !

सन्दर्भ : १२७ औँ माओ दिवस

- सन्तोष बुढामगर

फिलिपिन्स, इन्डोनेसिया, बब्गलादेश, भारत, पेरू, इरान, कोलम्बिया, नेपाललगायत कयौँ देशहरूमा क्रान्तिहरू सफलताका नजिक पुगे तर ती देशहरूमा पछिल्लो समयमा विचार र सिद्धान्तमा गर्नुपर्ने विकासमा कमी र ह्रास आउनु र त्यसलाई विकास र अपडेट गर्न नसक्दा कयौँ क्रान्तिहरू सफलताका नजिक पुगेर पनि प्रतिधक्का बेहोर्नु पर्ने स्थिति आयो भने कयौँ देशहरूमा क्रान्ति निरन्तर जारी छ ।

२६ डिसेम्बर कमरेड माओ त्सेतुङको जन्मदिवस । उहाँलाई सम्झिने दिन । एक नेता वा दार्शनिक र चिन्तकका रूपमा । चिनियाँ जनताको, कम्युनिस्टहरूको, सर्वहारा वर्ग र सिङ्गो मानव जातिको नेता । आफ्नो जीवनको सम्पूर्ण समय क्रान्ति र मानव जातिको मुक्तिको कठिन कार्यमा खर्चिने नेता । उहाँले जीवनको अन्तिम घडीमा पनि मानव जातिकै निम्ति सङ्घर्ष गरिरहनु भयो । यसकारण उहाँ महान् हुनुहुन्छ ।

पहिलो, उहाँको ब्यक्तित्वको चर्चा गर्दा एकपटक उहाँ आफैँले भन्नुभएको थियो, ‘महान् मान्छे त्यो मात्रै हुन्छ जसले जीवनभरि राम्रो काम गर्छ । एक क्षणलाई, एकपटकलाई, एक दिन, एक वर्ष वा केही वर्ष राम्रो भाषण, राम्रो काम र राम्रो कुरा जसले पनि गर्न सक्छ तर जीवनभरि राम्रो गर्ने मान्छे नै वास्तवमा महान् मान्छे हो ।’ क. माओले भन्नुभएझैँ एक क्षणका लागि र केही समयका लागि त राजा–महाराजाहरूले रामै्र भाषण र कुरा गर्छन् । केही मान्छेहरूले एक क्षणलाई चकाचौँध पनि पार्छन् । एकदुईवटा राम्रा काम पनि गर्छन् । तर जीवनभरि गरेनन् वा आफ्नो स्वार्थ पूर्तिको खातिर मात्र गर्छन् । निश्चय नै जीवनभरि राम्रो काम गर्ने कुरा गाह्रो काम हो । त्यसमा पनि कम्युनिस्ट भएर गर्न झन् गाह्रो । एक त कम्युनिस्ट बन्नु नै गाह्रो झन् जीवनभरि कम्युनिस्ट नेता बनेर सर्वहारा वर्ग र मानव जातिका लागि काम गर्न महाकठिन । यसरी कम्युुनिस्ट नेता बनेर विश्व क्रान्ति हाँक्ने काम त असाधारण ब्यक्तित्व र प्रतिभा भएकाले मात्र गर्न सक्छ । क. माओ माक्र्स–एङ्गेल्स, लेनिन–स्टालिनपछिको त्यो महान् प्रतिभाशाली र असाधारण व्यक्तित्व हुन् जसले माथिका सबै गाह्रो अवस्थाहरू पार गर्दै मावन जातिको मुक्ति र स्वतन्त्रताका लागि जीवनको अमूल्य समय खर्चिनुभयो र जीवनभरि मानव मुक्तिका लागि लडिरहनुभयो र लड्दालड्दै जीवन वरण गर्नुभयो । उहाँ एक महान् कम्युुनिस्ट नेता हुनुुहुन्छ । यसरी मानव समाजलाई अमूल्य योगदान दिएर जानुभएको छ । आज उहाँ हाम्रामाझ हुनुहुन्न तर उहाँलाई सम्पूर्ण मानव जाति र मानव समाजले यो पृथ्वीमा मानवअस्तित्व रहँदासम्म सम्झिरहनेछन् । यस अर्थमा उहाँ अजर–अमर हुनुहुन्छ ।

दोस्रो, विचार, सिद्धान्तको दृष्टिले बाँदरबाट विकसित भएको मानव जातिको भिन्न पहिचान मान्छे हुनुमा छ । यो पहिचानको श्रेय मान्छेको आफ्नै चेतना हो । उसको चेतनाको विकास उसले गरेको ‘उत्पादन सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोग’ ले मात्र सम्भव भएको हो । यही मानव जातिमा पनि विकसित, अर्धविकसित र अविकसित तीनखाले चेतना छ । त्यो चेतनालाई पनि युगानुकूल निर्देशित गर्ने ऊसँग वैज्ञानिक विचार छ । यसमा पनि तीन प्रकारको विचारका तहहरू छन् । अग्रगामी, यथास्थितिवादी र पश्चगामी । अग्रगामी विचारको पनि नेतृत्व गर्ने विचार क्रान्तिकारी विचार हो । क्रान्तिकारी विचार माक्र्सवादी दर्शनको उपज हो । त्यो वैज्ञानिक विचारका प्रवर्तकहरू माक्र्स, एङ्गेल्स हुनुहुन्थ्यो । यसमा विकास गर्नेमा लेनिन र स्टालिन हुनुहुन्थ्यो । यसपछि समय, परिस्थिति र विकासक्रमका दृष्टिले पाँचौँ श्रेणीमा पर्ने एक महान् व्यक्तित्व हुनुहुन्छ कमरेड माओ त्सेतुङ । माक्र्सवाद–लेनिनवादमा अर्को पाइला थप्ने र मानव समाजलाई अर्को वैज्ञानिक विचार दिएर माओवादको विकास गर्ने व्यक्ति कमरेड माओ नै हुनुहुन्थ्यो । उहाँले केवल चीन र चिनियाँ जनताका लागि मात्र योगदान गर्नुभएन, केवल सर्वहारा वर्ग र गरिब, उत्पीडित जनताका लागि मात्र पनि होइन, बरु सिङ्गो मानव जातिका लागि, मुक्तिका लागि एक अचुक हतियार माओवादी विचार र सिद्धान्त माक्र्सवादमा थपेर जानुभएको छ । यस अर्थमा उहाँ एक महान् लिडर हुनुका साथै विचारक (चिन्तक) र सिद्धान्तकार पनि हुनुहुन्थ्यो । उहाँले हामीलाई माओवाद दिएर जानुभएको छ । यस अर्थमा माओवादी क्रान्तिकारीहरूले उहाँलाई सधैँभरि सम्झिरहनेछन् ।

तेस्रो, दर्शन र माक्र्सवादका तीनवटै सङ्घटक अङ्ग दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा पनि उहाँले थप विकास गर्नुभयो । उहाँले दर्शनमा विपरीतहरूको एकत्वको नियम, अन्तरविरोधको नियमलाई नयाँ ढङ्गले व्याख्या गर्नुभयो । उहाँले क. स्टालिनसम्म आउँदा दर्शनका ४ नियमहरूलाई संश्लेषण गर्दै मुख्यतः ‘एकता सङ्घर्ष र रूपान्तरण’ हो भन्नुभयो । वैज्ञानिक समाजवादका क्षेत्रमा चीनजस्तो अर्धसामन्ती र अर्धऔपनिवेशिक देशमा समाजवादमा जाने ‘नयाँ जनवाद’ को बाटो पत्ता लगाउनुभयो । उहाँले अधिकतम कार्यक्रम समाजवाद र न्यूनतम् कार्यक्रम ‘नयाँ जनवाद’ भनेर राज्यसत्तासम्बन्धी नयाँ अवधारणा अगाडि सार्नुभयो । राजनीतिक अर्थशास्त्रका क्षेत्रमा उहाँले चिनियाँ समाजको सूक्ष्म रूपले वर्ग विश्लेषण गर्नुभयो र जनताका शत्रु र मित्रशक्ति, अन्तरविरोधहरूको परिचालन, प्रधान र सहायक दुस्मनहरूको वर्गीकरण र परिचालन, संयुक्त मोर्चा आदिबारेको दृष्टिकोण प्रस्तुत गर्नुभयो । सोहीअनुसार कार्यदिशामा नयाँ र मौलिक कार्यदिशा ‘दीर्घकालीन जनयुद्ध’ को विकास गर्नुभयो । नोकरशाह पुँजीपति वर्ग, दलाल पुँजीपति वर्ग, राष्ट्रिय पँुजीपति वर्ग, निम्नपुँजीपति पेटी बुर्जुवा वर्ग, जमिनदार तथा धनी किसान, निम्नमध्यम, गरिब किसान वर्ग आदिको वर्गीकरण गरी त्यसमुताबिकको सङ्घर्षको परिचालन, मुख्यतः नोकरशाही पँुजीपति वर्गको विश्लेषण कमरेड माओ त्सेतुङको माक्र्सवादी राजनीतिक अर्थशास्त्रका क्षेत्रमा गर्नुभएको नयाँ आयाम हो । यी सबैको समग्र संश्लेषणमा उहाँले चीनजस्तो मुलुकमा गरिने क्रान्तिको कार्यदिशा नयाँ हुने विश्लेषण गर्दै गाउँबाट सहर घेर्ने रणनीतिमा आधारित हुने निष्कर्षका साथ दीर्घकालीन जनयुद्धको कार्यदिशाको नयाँ युद्धरणनीति अर्थात् जनयुद्धको सिद्धान्त पत्ता लगाउनुभयो । यो कमरेड माओको माक्र्सवादमा गर्नुभएको महान् योगदान थियो । यस अर्थमा उहाँ विचारक मात्र होइन, उहाँ एक दार्शनिक पनि हुनुहुन्थ्यो ।

चौथो, माओवाद आजको माक्र्सवाद हो । यही माक्र्सवादलाई अङ्गीकार गर्दै आज संसारभरि क्रान्तिको पहलहरू भइरहेको छ । यस सिद्धान्तलाई अङ्गीकार गर्दै चीन, कोरिया, भियतनाम, लाओस, कम्बोडिया, क्युबालगायत देशहरूमा नयाँ जनवादी क्रान्तिहरू सम्पन्न भए । फिलिपिन्स, इन्डोनेसिया, बङ्गलादेश, भारत, पेरू, इरान, कोलम्बिया, नेपाललगायत कयौँ देशहरूमा क्रान्तिहरू सफलताका नजिक पुगे तर ती देशहरूमा पछिल्लो समयमा विचार र सिद्धान्तमा गर्नुपर्ने विकासमा कमी र ह्रास आउनु र त्यसलाई विकास र अपडेट गर्न नसक्दा कयौँ क्रान्तिहरू सफलताका नजिक पुगेर पनि प्रतिधक्का बेहोर्नु पर्ने स्थिति आयो भने कयौँ देशहरूमा क्रान्ति निरन्तर जारी छ । नेपाल, पेरू, कोलम्बिया, भारतलगायत देशहरूमा युद्ध नयाँ ढङ्गले अगाडि बढेको छ । नेपालमा दस वर्षकोे सफलता यसैको परिणाम थियो । यसरी आज पनि विश्वभरि माओवादी आन्दोलनहरू अगाडि बढिरहेका छन् । नेपालमा दस वर्षको जनयुद्ध पनि यसैको आलोकमा भएको थियो । तर यसले प्रतिधक्का बेहोरेपछि नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन भयो । यसले समग्र कम्युुनिस्ट आन्दोलन मुुख्यतः नेपाल कम्युनिस्ट पार्टी र नेपाली कम्युनिस्ट आन्दोलनको गम्भीर समीक्षा गर्नुका साथै केही नयाँ संश्लेषणसहित अगाडि बढेको छ । सुनिन्छ, पेरू कम्युनिस्ट पार्टी र कोलम्बियाका फार्क विद्रोहीहरू र भारतमा लामो समयदेखि लडिरहेका युद्धरत भाकपा माओवादीले पनि नयाँ ढङ्गबाट क्रान्ति अगाडि बढाइरहेका छन् । यी नयाँ क्रान्तिहरूमा क. माओको सिद्धान्त माओवादको महत्वपूर्ण प्रेरणा र योगदान छ । आज नयाँ ढङ्गले अगाडि बढिरहेका कम्युनिस्ट पार्टीहरूले यही माओवादबाट महत्वपूर्ण शिक्षा लिएर अगाडि बढेका छन् ।

पाँचौँ, हामीले कमरेड माओबाट सिक्नैपर्ने कुरा के छ भने उहाँले हामीलाई प्रतिक्रान्ति रोक्ने सिद्धान्त ‘महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सिद्धान्त’ र सर्वहारा वर्गको मुक्तिको सिद्धान्त ‘जनयुद्धको सिद्धान्त (त्जभयचथ या एभयउभिक धबच)’ (जसलाई उहाँले समग्र युद्ध (त्यतब िधबच) पनि भन्नुभएको छ) र ‘संयुक्त मोर्चा’ सम्बन्धी सिद्धान्त दिएर जानुभएको छ । प्रतिक्रान्ति रोक्नका लागि ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति’,.चीनजस्तो अर्धसामन्ती र अर्धऔपनिवेशिक देशमा गरिने क्रान्तिको मोडल ‘दीर्घकालीन जनयुद्धको सिद्धान्त’ र मुख्य दुस्मनका बिरुद्ध लड्न ‘संयुक्त मोर्चाको सिद्धान्त’ हाम्रा लागि महत्वपूर्ण निर्देशक सिद्धान्त हुन् ।

सिद्धान्तको प्रयोग गर्दा कतिपयले सीधै सिद्धान्तको विरोध गर्छन् । कतिपयले सिद्धान्तको प्रयोग गर्ने नाममा जडसूत्रवाद लागू गर्छन् । कतिपयले सिर्जनशीलताका नममा यसको आधारभूत पक्षलाई समेत छाडेर भ्रष्ट गर्छन् । त्यो माक्र्सवाद होइन । त्यो माओवादविरोधी छ । जनयुद्ध, महान् सांस्कृतिक क्रान्ति र संयुक्त मोर्चासम्बन्धी माओका विचारहरू आफैँमा जड्सूत्र थिएनन् । यी कसैका अन्ध नक्कल थिएनन् । सोभियत सङ्घको अन्ध नक्कल गर्नेहरूसँग क. माओले यसैबारे चिनियाँ कम्युनिस्ट आन्दोलनमा लामो दुई लाइन सङ्घर्ष चलाउनुभयो ।

पाँचौँ, उहाँले एकैचोटि विदेशी साम्राज्यवादको हस्तक्षेपका विरुद्ध राष्ट्रिय मुक्तियुद्ध, घरेलु दलाल प्रतिक्रियावादी च्याङकाइसेकको दमन र घेराबन्दीका विरुद्ध चौतर्फी प्रतिरोध सङ्घर्ष र पार्टीभित्र रसियनपन्थी जडसूत्रवादीहरूसँग कठिन सङ्घर्ष लड्नुभयो । एकैचोटि बाहिरी र भित्री सङ्घर्षहरूको संश्लेषण, रणनीति र कार्यनीतिहरूको समग्र सिद्धान्त नै चीनका सन्दर्भमा दीर्घकालीन जनयुद्ध बन्न पुग्यो । नेपालमा पनि यति बेला हाम्रो पार्टीले एकैपटक विदेशी साम्राज्यवादी हस्तक्षेप, सरकारी दमन र आन्दोलनभित्रका संशोधनवादी र अवसरवादीहरूसँग लड्नु परिरहेको छ । यसका साथै पार्टीभित्रै घुसपैठ र अदृश्य रूपमा देखापरिरहेको आत्मसुरक्षावाद, आत्मसमर्पणवाद, पलायनवादसँग लड्नु परिरहेको छ । यसलाई एकैचोटि राष्ट्रिय मुक्ति आन्दोलन, वर्गीय मुक्ति सङ्घर्ष र तिनको पार्टी र आन्दोलनमा देखापरेको आत्मसमर्पण र पलायनवाद यी एक–अर्कामा अलगअलग गरेर पृथक्पृथक् युद्ध र सङ्घर्ष गर्नुपर्ने स्थिति छैन । यसैलाई एउटै युद्ध सिद्धान्तको मातहतमा लिएर एकैचोटि सबैसँग लड्ने युद्ध सिद्धान्त नै एकीकृत जनक्रान्तिको सिद्धान्त हो । आज साम्राज्यवाद सीधै र सत्ता, पार्टी तथा सबै क्षेत्रमा दलाल घुसाएर विभिन्न रूपमा क्रान्तिका विरुद्ध आइरहेको परिप्रेक्षमा एकीकृत जनक्रान्ति नै उपयुक्त सिद्धान्त हो भन्ने निष्कर्ष कमरेड माओको सिर्जनात्मक सिद्धान्तको शिक्षा हो । ‘कुनै पनि देशको क्रान्ति अर्को देशको क्रान्तिको नक्कल गरेर सफल हुँदैन’ भन्ने कुरालाई आत्मसाथ गर्दै हामीले एकीकृत जनक्रान्तिको कार्यदिशा तय गरेका हौँ । यो माओवादबाट लिने गम्भीर शिक्षा हो । तर चीनमा जेजे गरियो त्यो गर्नु जडसूत्रवाद हो । सिर्जनात्मक प्रयोगका नाममा संशोधनवाद लागू गर्नु संशोधनवाद हो । नेपालमा सामाजिक दलाल पुँजीवादीहरूले यही गर्दै आएका छन् । यी दुई गलत बाटोबाट सतर्क रहँदै मालेमावादको सही ढङ्गले प्रयोग गर्नु नै आजको माक्र्सवाद–लेनिनवाद–माओवाद मुख्यतः माओवादको आत्मसातीकरण हो ।

छैटौँ, कमरेड माओले चीनमा गर्नुभएको दुई नयाँ प्रयोगमध्ये दीर्घकालीन जनयुद्धको प्रयोग पूर्ण रूपमा सफल भयो भने दोस्रो प्रतिक्रान्ति रोक्न महान् सर्वहारा सांस्कृतिक क्रान्तिको प्रयोगलाई पूर्णता दिन पाउनुभएन । तर यो सिद्धान्त निरन्तर क्रान्तिका रूपमा सिद्ध भइसकेको छ । पार्टीभित्र विविध रूपमा चल्ने शुद्धीकरणहरू पनि यसैका रूप हुन् । आज संसारभरिका ‘संशोधनवादी र पँुजीवादीहरू’ यो वा त्यो रूपमा ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ को विरोध गर्दछन् तर कम्युनिस्ट क्रान्तिकारीहरू यसको रक्षा, विकास र पक्षधरतामा उभिन्छन् । यसरी आज ‘सांस्कृतिक क्रान्ति’ क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी– माओवादी र पुँजीवादी–अवसरवादी–संशोधनवादीबीचको अन्तर छुट्ट्याउने कसी पनि बनेको छ ।

सातौँ, कमरेड माओले व्यवहारबाट सिद्धान्तको तहमा र विचारलाई सिद्धान्त र दर्शनको तहमा संश्लेषण र विकास गर्नुभयो । सत्ता बन्दुकको नालबाट निस्कन्छ, सत्ता भनेको राज्यसत्ताको प्रश्नलाई हल गर्ने प्रश्न हो । सानो सलाईको काँटीले डढेलो लगाउन सक्छ । रक्षा, सन्तुलन र प्रत्याक्रमणको फौजी रणनीति, कार्यदिशा सही वा गलत हुनुले सबै कुराको छिनोफानो गर्छ । राजनीति अहिंसात्मक युद्ध हो र युद्ध हिंसात्मक राजनीति हो । जब दुस्मन बलियो हुन्छ हामी फर्कन्छौँ, जब दुस्मन आराम गर्छ हामी उसलाई सताउँछौँ, जब दुस्मन युद्धमैदान छाड्छ हामी उसलाई आक्रमण गर्छौं, जब दुस्मन भाग्छ हामी लखेट्छौँ । एक दुईमा विभाजन हुन्छ । हजारौँ पूmलहरूलाई फुल्न देऊ । विषालु झारपातहरूलाई उखेली फाल । अनुशासनका ४ नियम र ध्यान दिनुपर्ने ८ कुराहरू । तीन गर र तीन नगर । अन्न भएको बेला एक सिता पनि खेर नफाल । नभएको बेला कोही पनि भोकै नबस । विद्रोह गर्नु जनताको अधिकार हो । साँच्चैको बाघभन्दा भेडाको छाला ओडेर आएको ब्वाँसो १० गुणा खतरनाक हुन्छ । चिनीले बेरिएको विष साँच्चैको गोलीभन्दा खतरनाक हुन्छ । यस्तै कम्युन, सहकारी, संयुक्त मोर्चा, चिनियाँ समाजको वर्गविश्लेषण, व्यवहारबारे, अन्तरविरोधबारे, उत्तराधिकारी टिमको निर्माण, साम्राज्यवाद कागजी बाघ होलगायत कयौँ महत्वपूर्ण विचारहरूको संश्लेषण गर्र्र्नुभएको छ ।

यसरी क. माओले माक्र्सवाद–लेनिनवादमा थप विकास गर्नुभयो । हाम्रो सन्दर्भमा पार्टीभित्र आत्मसुरक्षावाद, आत्मसमर्पणवाद, विचलनवाद र पलायनवादका विरुद्ध सङ्घर्ष गर्नु र बाहिर सामाजिक दलाल पुँजीवादको कथित समाजवाद, कम्युनिस्ट भ्रम र क्रान्तिकारीहरूमाथिको फासिवादी दमनको कडा प्रतिरोध गर्नु, आजको सन्दर्भमा माओवादको आत्मसातीकरण गर्नु हो । माओलाई सम्झेजस्तै गर्नु तर साम्राज्यवादको दलाली गर्नु, सत्तामा पुग्ने भ¥याङ बनाएर माओवादको खिल्ली उडाउनु, कम्युनिस्टको झन्डामुनि बसेर कम्युनिस्टहरूको बदनाम गर्नु, क्रान्तिको जरा काट्नु, क्रान्तिकारीहरूमाथि क्रूर दमन गर्नु, हत्या, हिंसा, राष्ट्रघात, जनघात गर्नु, माक्र्सवाद–लेनिनवाद–माओवाद मुख्यतः माओवादमाथि लुकेर कोखामा छुरी धस्नु हो । अहिले यो देशका कथित कम्युनिस्टहरू ठीक यही गरिरहेका छन् । यसको डटेर सामना गर्नु र तिनको लुकेको संशोधनवादलाई नाङ्गेझार पार्दै सामाजिक दलाल फासिवादको चौतर्फी प्रतिरोध गर्दै ‘एकीकृत जनक्रान्ति’ सफल पार्नु नै सही अर्थमा क. माओ त्सेतुङको सम्मान र माओवादलाई आत्मसात गरेको ठहर्नेछ । क. माओ स्वयम्ले भन्नुभएझैँ यसबाहेक ‘सबै भ्रम’ हो । कमरेड माओ त्सेतुङ जिन्दावाद । माक्र्सवाद–लेनिनवाद–माओवाद जिन्दावाद !!!