भुपु कमरेडको नाममा

कविता

- हिमशिखर

पृय
भुपु कमरेड !
कुन रंगीन शब्दले संबोधन गरुँ यस घडी
माक्र्सवाद र शंशोधनवादको
बिभाजन रेखामा
बर्ग दुस्मनसँग प्रीत लायर
संतान राख्न भित्रीएकी कान्छी दुलहिले
तिनबिसे प्रेमीको माया पाएझैं
लहसिएर उसकै डोलिमा
सयर गरेको यो क्षण
स्यालुट भनुँ या अभिबादन
सलाम भनुँ या लालसलाम
सम्मान,आत्मीयता र कमरेडेली भाव बोकेका
यी पृय बिम्बहरु
कुनै मेल खान्छन् जस्तो लागेकोछैन बर्तमान! अलिखित संस्मरणका पाना पल्टाउँदा
खर्सुको बोटमुनि बैठक बसेर
वीर सहिदको रगतको टीका लाउदै
महान सपनाहरु र अधुरा कार्यहरू
पूरा गरि छोड्ने खाएका कसमहरु
ती महान योद्धाका दाजु र दिदिसँग
सहिद पत्नी र छोरिसँग
सहिदका आमा र बाबासँग
हाम्रो आस्थाको साम्यवाद नझुल्किदासम्म
नहार्ने,नझुक्ने र नथाक्ने
भनि गरेका बाचाहरु
आजजस्तै लागिरहेछ्नरअहिलेजस्तै लागेरहेछन्!
कैयौं रातका जंगलि बासहरुमा
अग्निरापको साहारामा
एकअर्काको अंगालोमा लुटपुटिएर
नीशाचार रात काटेका ती नभुलिने क्षणहरु
एक मुठी सातु र एक टुक्रा सुकुटी
अनि भटमासका दानाहरु टुक्राएर
छाक टारेका ऐतिहासिक पलहरु
अहिलेजस्तै लागिरहेछन्रआजजस्तै लागिरहेछन्
पृय सखा!
यस घडी तिमी छेपारो नै छ्क्कपर्ने गरि
युटर्न भएर बदलिदाँ
निस्पष्ट र काला भए जुनेली ति रातहरु
कति छिट्टै धुमलिए पृय हाम्रा साथहरु
कहाँ हराए,कहाँ बिलाए अमर ती गाथहरु !
पहेँलपुर लहलाउदो धानको बालिमा
मैमत्त दौडिरहेको छाडा साँडेजस्तो
बेलगाम तिम्रो’उन्मुख समाजवाद’
तिमी वर्नस्टेनको भाषामा भाषा मिलाउदै
घोक्रो दुख्नेगरि कराईरहेछौ
र भनिरहेछौ यहि त हो हाम्रो
सपनाको साम्यवाद !
तर म विनम्र बोलिरहेछु
कागजको पाना रङ्ग्याएर हुने भएत
राजा महेन्द्रले उहिल्यै ल्याइ सक्थे साम्यवाद !
न्याय कस्तो थियो भनेर बुझ्नलाई
निर्मलाका बाबालाई सोध
आफ्नै मुटु टुक्रिदा कति दुख्छ भनेर !
अनि भट्टामा गएर ईट्टालाई सोध
तिमी केको रापले पोलियौ भनेर
स्वाधिनता कस्तो छ भनी बुझ्नलाई
खाडीका सयतले बिल्डिङ्गको शिरबाट झरेका
हड्डी र गिदीका टुक्रालाई सोध
रेमिटेन्स कसरी उत्पादन हुन्छ भनेर
सुस्ता,पुनर्वास र कालापानीमा गएर सोध
दुखिरहेको छातीको पीडा कस्तो छ भनेर
सम्मान र समानता के हो भनी जान्न
जवानिको कलकलाउदो ऐतिहासिक तस्वीर र बर्तमानको ह्विलचियरको घाइते जीवन नियालिरहेका ज्यँदो शहिद प्रेम बयक बनि हेर
थाहा हुनेछ ज्युन कति गाह्रो छ भनेर !
अनि २१औं शदिमा पनि कथित छुतहरुबाट अछुतको अपमान भोगीरहेका काले कामी,ददिराम दमाई र वालिसरा वादीलाई सोध।
समानता र मानवता कस्तो हुन्छ भनेर!!
सुत्केरी हुन नसकेर लीला त्याग गरेकी
मनकुमारिकी आमालाई सोध
प्रसवपिडा कस्तो थियो भनेर!
तिम्रो र तिम्राहरुको जिन्दगीमा
दिपावली आउदैमा र बहार छाउदैमा
पूरा भएको होइन युग परिवर्तनको
युगान्तकारी यात्रा!
कठिन मोडमा हाडछालाको भिखमाग्दै
तिमीले साथ छोडेपनि यात्रा जारी छ
जारी रहिरहनेछ!!
अस्तु!!

२०७६कार्तिक १८

२०७६ कार्तिक २५ गते सोमबार प्रकाशित