नेकपाका महासचिव विप्लवसँग लिएको विशेष अन्तरवार्ताको पूर्णपाठ

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई यहाँले कसरी हेरिरहनुभएको छ ?

यो विषय निकै महत्वपूर्ण छ । राज्य र जनताका बीचको सङ्घर्ष र सम्बन्ध, राजनीतिक शक्तिहरूबीचको आपसी सम्बन्ध र सङ्घर्ष इतिहासको एउटा नयाँ चरणमा प्रवेश गरेको जस्तो र नयाँ परिस्थिति नेपालमा सिर्जना भएको हामी देखिरहेका छौँ । अग्रगमन र पश्चगमन, परिवर्तन र यथास्थिति, प्रगति र अवनति, स्वाधीनता र पराधीनताका बीचमा विभिन्न खालका टक्कर र सङ्घर्षहरू देखापरिरहेका छन् । हामीले यसरी हेरेका छौँ ।

पछिल्लो क्रममा निर्माण भएको राजनीतिक परिस्थिति र मिडियाहरूमा आएका विषयका बारेमा नेपाल कम्युनिस्ट पार्टीले के सोचिरहेको छ ?

सबैलाई राम्रोसँग थाहा छ, देशमा विदेशी हस्तक्षेप जसरी बढ्यो र त्यो बढाउने काममा नेपालकै एउटा दलाल प्रवृत्तिको जुन भूमिका रह्यो, नेपालको जनअधिकारको कुरा, जनजीवनको कुरा, जनजीविका सङ्कटमा पुग्यो, ती कुराको प्रतिरोधका निम्ति नै हाम्रो पार्टीले सङ्घर्ष ग¥यो । देश र जनताको नेतृत्व गर्न एउटा पहल ग¥यो । त्यसमा सबैको सहानुभूति, सहयोग र समर्थन पनि भयो । त्यसैको परिणाम नै आज हामीले प्रतिबन्धको अवस्था भोग्नुपरेको छ । यो प्रतिबन्ध के हो भने हाम्रो पार्टीले दलाल पुँजीपति वर्गको साम्राज्यवादपरस्त नीति, पुँजीवादी विश्वव्यवस्थासँग गरिएको आत्मसमर्पण, जनता र जनतामा आएका ठूलाठूला घात–प्रतिघातहरूका विरुद्धमा हाम्रो पार्टीले नेतृत्व गरेको छ भन्ने कुराको प्रमाण हो यो ।

नेकपामाथि सरकारले प्रतिबन्ध लगाउनुकाे कारण के हो ?

यसलाई हामीले दुईतीनवटा कोणबाट हेर्नुपर्छ । पहिलो कुरा, यसलाई सैद्धान्तिक दृष्टिबाट हेर्दा प्रतिबन्ध भनेको एउटा वर्गहितमा खडा गरिएको राज्यभित्र, वर्गसङ्घर्ष चलिरहेको समाजभित्र र वर्गको नेतृत्व गरिरहने प्रवृत्तिहरूका बीचमा यो निरन्तर चलिरहने प्रक्रिया हो । नेपालको हकमा वा विश्वकै हकमा त्यही कुरा हो । यो हाम्रो हकमा मात्र लागू भएको नयाँ परिघटना होइन । प्रतिबन्धलाई हामीले कसरी हेरेका छौँ भने एउटा वर्गस्वार्थ, वर्गहित र वर्गप्रवृत्तिका बीचको एउटा टक्करको परिणाम हो भन्ने हामीले बुझेका छौँ । किनभने यो प्रतिबन्ध कसरी लाग्यो त ? कतिबेला लाग्यो ? कसरी लाग्यो ? भनेर हेर्दा जतिबेला हामीले हाम्रो देशमाथि लादिएका असमान सन्धिसम्झौताहरूको प्रतिरोध ग¥यौा, राष्ट्रघाती सन्धिसम्झौताहरूको प्रतिवाद ग¥यौँ, त्यतिबेला हामीलाई प्रतिबन्ध लगाइयो । हामीले यो कुरा आज भने होइन नि जुन दिन गण्डक सम्झौता भयो, जुन दिन कोसी सम्झौता भयो, जुन दिन माथिल्लो कर्णालीको सम्झौता भयो, जुन दिन सुस्त र महेशपुरहरू मिचिए, जुन दिन अरुण ३ माथि घात भयो, त्यस दिनदेखि नै हामीले भनेका थियौँ– यो हामीमाथि साम्राज्यवादी शक्तिहरूले लादेको राष्ट्रविरोधी, जनविरोधी सम्झौताहरू हुन्, यो खारेज हुनुपर्छ भनेर हामीले सङ्घर्ष ग¥यौँ । त्योबेला हामीमाथि प्रतिबन्ध लाग्यो । अर्को, जब जनयुद्धका उपलब्धिहरूलाई, यहाँका मजदुरहरूले पाएको अधिकारलाई, किसानहरूले पाएका अधिकार हरूलाई, महिलाहरूले पाएका अधिकारहरूलाई कुण्ठित गर्ने र उत्पीडितहरूले दलितहरूले पाएको अधिकारलाई खोस्ने जुन खेल चल्यो त्यसको प्रतिवाद हामीले गरेपछि हामीमाथि प्रतिबन्ध लाग्यो । त्यसैले हामी के देख्छौँ भने प्रतिबन्ध भनेको वर्गस्वार्थसँग जोडिएको विषय हो । वर्गहित र वर्गस्वार्थ पूर्ति गर्ने राज्यसँग जोडिएको कुरा हो । त्यसकारण वर्गसङ्घर्ष चलिरहेको समाजमा वर्गहितको नेतृत्व गरिरहेको राज्यभित्र राज्यले गर्ने प्रतिबन्ध र जनताले गर्ने विद्रोह वा राज्यले गर्ने दमन र जनताले गर्ने विद्रोह, राज्यले लगाउने प्रतिबन्ध र जनताले गर्ने प्रतिरोध यो निरन्तर प्रक्रिया हो । योचाहिँ वर्गसत्ताको अन्त्य नभएसम्म चलिरहने कुरा हो भन्ने हामीलाई लाग्छ । एउटा सैद्धान्तिक कुरा यो हो ।

दोस्रो कुरा, व्यावहारिक कुरा आउँछ । व्यावहारिक ढङ्गले ठ्याक्कै एकदम प्रयोगमा हेर्दा कतिबेला हामीमाथि प्रतिबन्ध लाग्यो भने जब हामीले एक खर्बवरिपरि राज्यको सम्पत्ति अपचलन गर्ने वा ठग्ने एनसेलमाथि कारबाही ग¥यौँ त्यसपछि हामीमाथि प्रतिबन्ध लाग्यो । जतिबेला हामीले मानवतस्करी गर्ने विभिन्न सङ्घसंस्थालाई चेतावनी दिनका लागि कारबाही ग¥यौँ, त्यसपछि हामीमाथि प्रतिबन्ध लाग्यो । जब यहाँ किसान र सुकुमबासीहरूलाई उठीबास गर्ने खेलहरू चले, त्यसो नगर भन्दा हामीमाथि प्रतिबन्ध लाग्यो । बिनाकारण दर्जनौँ मजदुर लाई निष्कासन गर्दा त्यसो गर्नु हुँदैन भन्दा हामीमाथि प्रतिबन्ध लाग्यो । भनेपछि यो राज्यले केको प्रतिनिधित्व गर्छ त ? व्यावहारिक ढङ्गले भन्दा आजको दिनमा नेपालको यो राज्यसत्ताले मजदुर, किसान, महिला, दलित, जनजाति र उत्पीडित समुदायको प्रतिनिधित्व गर्दैन । यो सरकारले दमन गर्ने, उनीहरूमाथि शोषण गर्ने, जनतामाथि शोषण गर्ने वर्गको हितरक्षा गर्छ भन्ने साबित हुन्छ । त्यसैले प्रतिबन्धलाई हामीले कुनै ठूलो आकस्मिक घटना ठानेका छैनौँ । यो भइराख्ने कुरा हो ।
नेपालको हकमा हेर्ने हो भने यो हामीमाथि यो पहिलो प्रतिबन्ध होइन, यो पाँचौँ प्रतिबन्ध हो । राणाहरूले पनि प्रजातान्त्रिक आन्दोलनमा प्रतिबन्ध लगाएका थिए । फाँसी नै दिएका थिए । त्यसपछि पञ्चायत व्यवस्थाले सबै कम्युनिस्ट र काङ्ग्रेसमाथि प्रतिबन्ध लगाएको थियो । त्यो पनि हामीले भोगेकै हो । त्यसपछि २००८ सालमा काङ्ग्रेस र राजतन्त्र मिलेर, खासगरी काङ्ग्रेसले कम्युनिस्टमाथि प्रतिबन्ध लगाएकै हुन् । त्यो तेस्रो प्रतिबन्ध हो । ०५२ सालपछि पनि हामीमाथि प्रतिबन्ध लाग्यो । चौथो प्रतिबन्ध भयो जनयुद्ध गरेको आरोपमा । आज फेरि हामीमाथि प्रतिबन्ध लागेको छ राष्ट्र र जनताको प्रतिनिधित्व गरेको कारणले । यसलाई हामीले वर्गसँग जोडेर, वर्गस्वार्थ, वर्गहित र जनताको हितसँग जोडेर हेरेका छौँ ।

यसको प्रतिवाद कसरी गरिरहनुभएको छ ?

पहिलो कुरा त हामीले के भनेका छौँ भने यो प्रतिबन्ध भनेको आजको २१ औँ शताब्दीमा आइपुग्दा राजनीतिक स्वतन्त्रता, राजनीतिक अधिकार र नागरिकहरूको एउटा प्रजातान्त्रिक र लोकतान्त्रिक अधिकारको ठाडो हनन हो । यो प्रवृत्ति निरङ्कुशतावादी र फासिवादी प्रवृत्ति हो । आफ्नो विचार राखेबापत, न्याय माग्दा, त्यसको नेतृत्व गरेबापत, देशलाई दमन र हस्तक्षेपबाट मुक्त गर्नुपर्छ भनेबापत प्रतिबन्ध लाग्नु भनेको सीधै जनताको जनमत, अभिमत, स्वतन्त्रता र अधिकारको हनन गर्दै देशलाई जबर्जस्ती दलाल पुँजीपति वर्गको दमनमा राख्ने, उनीहरूको अधीनमा राख्ने, प्रभुत्वमा राख्ने फासिवादी कदम हो भनेर हामीले बुझेका छौँ ।

प्रतिबन्धपछि पार्टीका जिम्मेवार नेताहरू सुदर्शनदेखि रणवीरसम्म गिरफ्तारीमा पर्नुभयो । दिनदिनै गिरफ्तारीको मात्रा बढिरहेको छ नि ?

यो न्यूनतम् राजनीतिक स्वतन्त्रता र अधिकारको पनि ठाडो हनन हो । यो सरकारको फासिवादी कदम हो । जनतालाई दमन गर्ने कदम हो । आफ्नो कुरा सही हो भनेर साबित गर्ने, जनतालाई आफ्नो पक्षमा सन्तुष्ट पार्ने, जनतालाई आफ्नो पक्षमा तानेर अगाडि बढ्ने भन्दा पनि जनताका प्रतिनिधिमाथि बल प्रयोग गरेर, जबर्जस्ती शक्ति प्रयोग गरेर आफ्नो सत्ता कायम गर्ने कदम हो भन्ने देखिन्छ । देशका विभिन्न क्षेत्रमा गोली नै हानिएको छ । अप्रेसन दैनिक चलिराखेकै छ । त्यसपछि कुनै ठूलो घटना भएको पनि छैन र कमरेडहरू सङ्गठनात्मक कामहरूमा लागिराख्नुभएको छ । राजनीतिक कामहरू गरिराख्नुभएको छ । जनताको बीचमा बसेर जनताको विषयलाई छलफल गरेर उठाउने गरिरहनुभएको छ ।

जनताको काम गर्ने क्रममा स्थायी समिति सदस्य कमरेड सुदर्शनदेखि लिएर भरत बम ‘रणवीर’ सम्म आइपुग्दा केन्द्रीय समितिका सातजना कमरेडसहित लगभग तीन सयवरिपरि अरू हाम्रा कार्यकर्ता घर बसिरहेका, काम गरिराखेका, विभिन्न व्यवसायमा लागेका शिक्षक, कर्मचारी, मजदुर, किसान, महिला सबैलाई उनीहरूले नियन्त्रणमा लिइराखेको देखिन्छ । सरकारको त्यो कदम गलत हो भन्ने त प्रस्टै छ र रोकिने कुरा पनि भएन । यी घटनाबाट सरकार आफैँले नाङ्गियो किनकि केपीजीले दिनदिनै लोकतन्त्रको व्याख्या गरिरहेको देखिन्छ । प्रजातन्त्रको व्याख्या गरिरहेको देखिन्छ । जनता र राष्ट्रको कुरा गरिरहेको देखिन्छ नारामा । उता प्रचण्डजीले पनि त्यही कुरा गरेको देखिन्छ तर व्यवहारमा के देखियो त भने वास्ताविक जनताको आवाजको नेतृत्व गर्नेमाथि यस किसिमको दमन देखिन्छ । त्यसैले हामी के बुझ्छौँ भने यो सीधै राजनीतिक रूपमा गलत कार्य त हो न,ै सँगसँगै यो कम्युनिस्टको नामबाट कम्युनिस्टको बदनाम गर्ने अनैतिक प्रवृत्ति नै हो भनेर हामीले बुझेका छौँ ।

प्रतिबन्ध लगाइएपछि लगभग सबै क्षेत्रबाट विरोध भयो । बुद्धिजीवीहरू लेखिरहेका छन् । प्रतिबन्ध लगाउने पार्टीभित्रबाटै पनि विरोध भइरहेको छ नि ?

हामी जुन परिस्थितिमा बसेर हेरिरहेका छौँ, हामीलाई असाध्यै खुसी लागेको र एकदमै उत्साहित भएको कुरा के हो भने नेपालको राजनीतिक क्षेत्र, बौद्धिक जगत्, विभिन्न व्यवसायहरूमा संलग्न अगुवाहरू, साहित्यकार, कलाकारहरू, सबैको ठूलो शक्तिले नेकपामाथिको प्रतिबन्ध एकदमै पूर्वाग्रहपूर्ण रहेको भनिरहेको छ । हाम्रो पार्टी एकदम लोकप्रिय हुँदै गएको छ । प्रतिबन्ध लगाउनु गलत कदम हो भनेर जो विरोध गर्नुभएको छ र यो हटाउनुपर्छ भनेर आवाज उठाउनु भएको छ, यो धेरै नै राम्रो कुरा हो । त्यसैले हामी सबै जो राजनीतिक पार्टीका नेताहरू हुनुहुन्छ, बुद्धिजीवी हुनुहुन्छ, विभिन्न क्षेत्रमा काम गर्ने विश्लेषकहरूदेखि लिएर साहित्यकारहरू, कलाकारहरू हुनुहुन्छ उहाँहरूलाई हामी धेरैधेरै धन्यवाद दिन्छौँ ।

यसको सिलसिलामा हामी के देख्छौँ भने ऐतिहासिक पृष्ठभूमिसँग जोडेर हेर्दा केपी र प्रचण्डहरू असाध्यै ठूलो भ्रममा छन् । त्यो हुने नै हुन्न । टिक्ने नै सम्भावना छैन । यो कुरा हैन । सम्पूर्ण रूपले असफल हुँदै गएको यो सत्ता र यो सरकारले यो कदमबाट सफल हुने वा यो क्रान्तिको प्रक्रियालाई रोकौँला भन्ने कल्पनै नगरे हुन्छ । त्यो सम्भवै छैन । किनकि हामीले नेपालका प्रवृत्तिहरू, धाराहरु हेर्दा राणाहरूले फाँसी दिँदाखेरि पनि प्रजातान्त्रिक आन्दोलनको धारा दबेन नि, झन् विस्फोट भएर, ज्वालामुखी भएर बाहिर आयो । अन्ततः राणाहरू नै सिद्धिने स्थिति बन्यो । पञ्चायतले त्यस्तै ग¥यो । त्यो पनि सम्भव भएन । काङ्ग्रेस र एमालेहरू मिलेर हाम्राविरुद्ध, जनयुद्धविरुद्ध त्यही कदम चाले, त्यो पनि सफल भएन भने आज त झन् अगाडि बढेको समाज छ । नेपालीको चेतना त्योभन्दा धेरै माथि उठेको छ । त्यसपछि धेरै ज्ञान हासिल गरेको, स्वतन्त्रताको अधिकारलाई बुझेको समाज छ यहाँ । जबर्जस्ती तानाशाही कदम चालेर, फासिवादी कदम चालेर वलीले अहिले दमन गरेर हुन्छ भन्ने कुरा अहिले सोच्दै नसोचे हुन्छ । यो अगाडि बढिरहन्छ । यसको प्रमाण के हो भने अहिले प्रतिबन्धका विरुद्ध पाका नेताहरूदेखि लिएर, क्रान्तिकारी नेताहरूदेखि लिएर, स्वच्छ छवि भएका नेताहरूदेखि लिएर साहित्यकार र कलाकारसम्मले जुन आवाज उठान गर्नुभएको छ, यो प्रमाण हो । खतरा त छ तर उहाँहरूले त्यो खतरा मोलेर पनि आवाज उठाइरहनुभएको छ, यो स्वागतयोग्य कुरा हो । अब त्यो मात्रै होइन, अर्को एउटा सकारात्मक कुरा के हो भने स्वयम् सरकारी कम्युनिस्ट पार्टीभित्रकै धेरै नेताहरू, अधिकांश नेताहरू यो प्रतिबन्धको विपक्षमा हुनुन्छ । यो ठीक हो भन्ने पक्षमा हुनुहुन्न । यो पनि एकदमै राम्रो कुरा हो । उहाँहरूलाई हामीले एकदमै धन्यवाद दिनुपर्छ । किनकि यो हाम्रो मामिला होइन । आज हाम्रो नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइयो । मान्छेले हेर्दा हुन् यो पार्टीमा । यो पार्टीको मामिलै होइन नि । यो त नेपालको, जनताको राजनीतिक आन्दोलन, त्योसँगै अधिकारको मामिला हो । त्यसलाई दमन गर्ने कुरा हामीसँग सम्बन्धित छैन । यो सम्पूर्ण नेपाली समाज, नागरिक, राज्य, यहाँका राजनीतिक शक्तिसँग सम्बन्धित कुरा हो । त्यसैले यो कुरा बुझेर प्रतिबन्धको विरोध भएको छ भन्ने हामी देख्छौँ । यो राम्रो कुरा हो । उहाँहरूले सायद राम्रो गर्नु पनि हुन्छ । हामीले भनेका पनि छौँ यो प्रतिबन्ध कानुनी दृष्टिले हेर्दा त अन्यायपूर्ण छँदैछ, राजनीतिक दृष्टिले पनि यो जनताको अधिकारको ठाडो हनन हो भन्ने कुरा हामीले भनेकै छौँ । त्यसपछि नैतिक ढङ्गले पनि आफूलाई कम्युनिस्ट हुँ भन्ने सरकारले प्रतिबन्ध लगाउने कुराले त ऊ पूरै बदनाम भयो नि । बरु काङ्ग्रेसले राजनीतिक स्वतन्त्रताको वकालत गर्ने, केपी र प्रचण्डहरूले प्रतिबन्धका पक्षमा वकालत गर्दै हिँड्ने, यो ठीक हो भन्दै हिँड्ने ! यो त हददर्जाको बेइमानी र अनैतिक कुरा भयो नि । त्यसैले मलाई के लाग्छ भने त्यहाँ पनि यो विरोध भइरहेको छ । त्यो पनि राम्रो कुरा हो । त्यही पार्टीभित्रका वरिष्ठ नेताहरूले, हिजो हामीसँगै सहकार्य गरेका थुप्रै हाम्रा साथीहरूले पनि त्यसको प्रतिरोध गरिरहनुभएको छ । त्यो राम्रो कुरा हो ।

पछिल्लो क्रममा नेपालमा अन्तर्राष्ट्रिय चलखेल खुला रुपमा भएको छ । एउटा चाइनाको बीआरआई र अमेरिकाले पछिल्लो क्रममा ल्याएको इन्डो–प्यासिफिक स्टाटेजीले नेपाल झन् विस्फोटक होलाजस्तो देखिन्छ । नेकपाले यसको विश्लेषण कसरी गरिरहेको छ ?

यो कुरा हामीले बाहिर पनि गरेका छौँ । केही बुद्धिजीवीहरूले पनि लेख्नुभएको छ पत्रपत्रिकामा । चैतन्य मिश्रले एउटा लेख लेखेको मैले हेरेँ । विनोद सिँजापतिले लेखेको, एकजना तराईका बुद्धिजीवीले लेखेका थुप्रै लेखेको मैले हेरँे । अब त्यहाँ उहाँहरूको जेहोस् गाली गर्न र विरोध गर्नकै लागि भए पनि हाम्रा संश्लेषणहरू, हाम्रा धारणाहरू अलिअलि परेको हामीले थाहा पायौँ । यो राम्रै कुरा हो । हामीले महाधिवेशनबाट के भनेका छौँ भने पछिल्लो समयमा विश्व नयाँ ठाउँमा पुगेको छ । यो दोस्रो विश्वयुद्ध अगाडिसम्म वा त्यसको वरिपरिसम्म कायम रहेको साम्राज्यवादी चरित्रमा मात्रै छैन । त्योभन्दा अगाडि बढेको छ । त्यतिबेला हामीले पोस्ट इम्प्यारालिजम (उत्तरसाम्राज्यवाद) पनि भन्यौँ । उत्तरसाम्राज्यवाद वा साम्राज्यवादपछिको पुँजीवाद गइरहेको छ त्यता । त्यसलाई अझ हाम्रो अध्ययनले के भन्दैछ भने विश्व वास्तवमा दुईटा धारामा चलिरहेको छ । विश्वको ध्रुवीकरण बहुध्रुवमा भइरहेको छ । यो कस्तो गइरहेको छ भने एउटा पुँजीवादी विश्व व्यवस्थाको धारा अगाडि बढिरहेको छ । साम्राज्यवाद मात्रै होइन, विश्वव्यापी रूपमा पुँजीवादी विश्वव्यवस्था चलाउने । संसदीय व्यवस्था नै अन्तिम व्यवस्था हो भनेझैँ एउटा बहस छ । त्यसको प्रतिनिधित्व अमेरिकाले गर्छु भन्न खोजिरहेछ । त्यही झलक यहाँ चैतन्य मिश्रले लेख्नुभयो । अब क्रान्ति गर्ने, समाजवाद ल्याउने, साम्यवाद ल्याउने भन्ने कुराचाहिँ पुरानो भइसक्यो, सम्भव छैन भनेजसरी व्याख्या गर्नुभएको छ । केशव दाहालजी र पुरुषोत्तम दाहालजीले पनि लेख्नुभएको छ । धेरैले विश्लेषण गरेको देखियो । त्यो कुरा होइन । संसदीय व्यवस्था, पुँजीवादी व्यवस्था नै श्रेष्ठ र अन्तिम व्यवस्था हो भन्ने तरिकाले विश्वभरि ‘रुल’ (शासन) गर्ने एउटा प्रयत्न हुँदैछ । त्यसखालको एउटा प्रवृत्ति भइराखेको छ । ती साम्राज्यवादको मात्रै सीमित घेराभित्र छन् । साम्राज्यवाद कस्तो थियो भने स्धिै अतिक्रमण गर्ने, त्यसलाई उपयोग गर्ने, मिच्ने, खाने । आफ्नै सरकार बनाउने । आफ्नै सेना राख्ने । आफ्नै कानुन बनाउने । यस्तो शैलीको थियो । अहिले त्यसबाट भन्दा माथिबाट गयो । विश्वव्यापी रूपबाट आफ्नो पुँजीवादी विश्वव्यवस्था चलाउने, त्यो अनुशासन चलाउने, त्यसलाई अन्तिम रूप दिने, त्यसको कानुन विश्वव्यापी रूपबाट बनाउने । यसरी जो जान खोज्दैछ एउटा यो धारा देखिँदैछ । योसँग अर्को धारा टक्काइरहेछ । फेरि अमेरिकाले यसरी विश्वव्यवस्थाको धारको नेतृत्व गर्न खोजिरहेको देखिन्छ । त्यो अहिले इन्डो– प्यासिफिक स्टाटेजी अथवा रणनीति आयो नि हिन्द–प्रशान्तीय रणनीति, यो यसकै अङ्ग हो । अब अमेरिका के चाहन्छ भने अन्यत्र धेरै क्षेत्रमा आफ्नो उपस्थिति एक ढङ्गले बनायो । दक्षिणएसियामा त्यसको उपस्थिति एक ढङ्गबाट छ । मान्छेहरूले अब यसको अप्रत्यक्ष ढङ्गले विभिन्न व्याख्या गरेका छन् । सीधा रुपमा हाम्रो विश्लेषण के छ भने कुनै तरिकाले नेपालमा अमेरिका खुलमखुला आफ्नो सैन्य उपस्थिति गराउन चाहन्छ । ताकि त्यसको नारा हिन्द–प्रशान्तीय सुरक्षा रणनीति भन्ने बनाएर त्यसमा आफ्नो सैन्य उपस्थिति बनाउन चाहन्छ भन्ने देखिन्छ ।

अब अर्को काउन्टर गर्नका लागि एउटा समाजवाद तबवहसको कुरा हो तर चीनले अलि फरक धारको नेतृत्व गरिराखेको छ । चीनले बीआरआई भन्ने लिएर आएको छ, क्षेत्र र एउटा बाटोसम्बन्धी परियोजना पहल भनेर, यसको सम्बन्ध पनि मान्छेहरूले कसरी हेरेछन् भने विश्वव्यापी एउटा धारको विस्तार गर्नेसँग सम्बन्धित छ भनेर हेरेको देखियो । यस्तो टक्करको बीचमा हामीले के देखेका छौँ भने क्रान्ति अगाडि आउन अनिवार्य छ किनकि जति नै तर्क गरे पनि, जति नै प्रयत्न गरे पनि पुँजीवादी विश्व जनताका लागि, मानव जातिका लागि पछि परिसकेको छ । यसले त्यसको नेतृत्व गर्न सक्दैन । अहिले १ प्रतिशतको हातमा ३ अर्ब जनसङ्ख्याबराबरको सम्पत्ति केन्द्रित भएर थुप्रिन जाने अनि अर्बौं मान्छेहरू भोकभोकै मर्ने, न्यूनतम् स्वास्थ्य उपचार पनि नपाउने, शिक्षा पनि नपाउने र खाना पनि नपाउने भन्ने ठाउँमा पुगेको छ । यो त पुँजीवादी व्यवस्थाको चरम सङ्कट हो नि ! त्यसैले यो चल्ने देखिँदैन । बरु क्रान्तिको चरित्र विश्वव्यापी कसरी आउँछ, विश्वव्यापी रूपमै सोच्नुपर्ने भएको छ । यो ठूलो बहसको विषय छ । चैतन्यजीहरूले जति नै टाउको फोरे पनि, जति नै तर्क गरे पनि पुँजीवादी विश्वव्यवस्था वा पुँजीवादी व्यवस्था मानव जातिका लागि बोझ साबित भइसकेको, पछि परिसकेको, अर्थहीन भइसकेको, अलोकप्रिय भइसकेको र असफल भइसकेको व्यवस्था हो । यसको समाधान नयाँ ढङ्गबाट खोज्नुपर्छ । विश्वक्रान्ति, वैज्ञानिक समाजवादी क्रान्ति र साम्यवादी क्रान्ति अगाडि आउँछ भन्ने हामीलाई लाग्छ ।

नेपालको दुईतिहाइ बहुमतको सरकारल े केही पनि गर्न सकेको छैन । अलोकप्रिय बन्दै गएको छ । यसप्रति जनताको दिनदिनै आक्रोश बढिरहेको देखिन्छ नि ?

हामी जतिबेला शान्तिवार्तामा आयौँ, त्यतिबेला हामीले के भन्यौँ भने माओवादीले केही पाउँछ कि पाउँदैन ? हामीले त्यसको हिसाब नगरौँ । गर्न चाहन्नौँ भनेर हामीले भनेका थियौँ । प्रचण्डजीलाई हामीले भनेको कुरा के थियो भने आफ्नो हिसाब नगरौँ अहिले । नेताको स्थानको हिसाब नगर, पद र सुविधाको हिसाब नगर । यत्रो बलिदान र लडाइँबाट नेपाली समाजले खोजेको सामाजिक रूपान्तरण र परिवर्तन हो । राज्यको परिवर्तन हो । जनताको अधिकारको सुनिश्चितता हो । देशको स्वाधीनता हो । यो गरौँ भन्ने हाम्रो भनाइ थियो । हामीले यसमा ठूलाठूला बहस नै चलायौँ । तर त्यसलाई काङ्ग्रेसले पनि सुनेन । एमालेले पनि सुनेन । प्रचण्डजीले पनि सुनेनन् वा सुनेर पनि उनीहरू जनताको आकाङ्क्षालाई, आवश्यकतालाई, प्रस्तावलाई स्वीकार गर्न तयार भएनन् । उनीहरू फर्केपछि नै हामीले काङ्ग्रेस र एमालेसित पनि सीधै भनेका थियौँ– शेरबहादुरजी, रामचन्द्रजीहरू, त्यसपछि काङ्ग्रेसका वरिष्ठ नेताहरू र एमालेका केपी–माधवजी सबैसँग म आफैँले पनि भनेको छु– त्यतिबेला तपाईंहरूले केही मान्छेलाई व्यवस्थित गर्न खोज्नुभयो । तपाईंहरूले पार्टीलाई व्यवस्थापन गर्न खोज्नुभयो । नेताहरूलाई व्यक्तिगत ढङ्गले ऐसअराम र सुविधामा डुबाएर व्यवस्थापन गर्न खोज्नुभयो तर समाजलाई, देशलाई पुरानै ठाउँमा छोड्न खोज्नुभयो । त्यसरी शान्ति हुँदैन । त्यसरी समाधान हुँदैन भनेर हामीले त्यतिबेलै भनेका थियौँ । त्यो कुरा सुनिएन । हामीले यो पनि भनेका थियौँ प्रचण्डजीलाई पनि, तपाईंले त्यो बाटो समात्नुभयो भने हामी जाँदैनौँ है । हामीले काङ्ग्रेस र एमालेका साथीहरूलाई बाहिर खुला अपिल गरेर भनेका थियौँ– प्रचण्डजी र बाबुरामजीहरूलाई समातेको भरमा जनताका प्रस्तावहरू छोडेर पनि शान्ति भइहाल्छ भन्ने तपार्इंहरूलाई भ्रम छ भने हामी त्यो मान्दैनौँ । हामी क्रान्तिमा फर्किन्छौँ । हामी आजसम्म आयौँ । ठूलो भ्रम के थियो भने सरकारको हेरफेर गरिदिएपछि जनता सन्तुष्ट भइहाल्छन् । मिलिहाल्छन् तर त्यो होइन । जनता त आधारभूत रूपले, कति सैद्धान्तिक ज्ञान हुन्छ, कति वैचारिक ज्ञान हुन्छ, त्यो छुट्टै कुरा हो । तर व्यावहारिक ढङ्गले जनता आफ्नको आवश्यकता पूरा भएन भने असन्तुष्ट भइहाल्छ । सङ्घर्षमा उत्रिहाल्छ । त्यो नियमै हो नि । त्यही भयो । कम्युनिस्टको सरकार वा केपीजीको सरकारसँग जनतालाई केको सरोकार ? शेरबहादुरजीको सरकार वा काङ्ग्रेसको सरकारको जनतालाई केको सरोकार ? जनतालाई त के सरोकार छ भने आफ्नो जीवनमा आउने नयाँ परिवर्तन ल्यायो कि ल्याएन ? हाम्रो देशले पुरानो चङ्गुलबाट, पूरै बन्धनबाट मुक्ति पायो कि पाएन ? जनताले त्यो हेर्छ । हाम्रा दिदीबहिनीहरूले, महिलाले सामान अधिकार पाए कि पाएनन् त्यो हेर्छ नि । जब त्यो प्राप्त हुँदैन भने उनीहरू सङ्घर्षमा आउने त अनिवार्य नै हुन्छ । अहिले केपीजीको अलोकप्रियता भनेको केपी व्यक्तिप्रतिको कुरा मात्र होइन, यो एमालेप्रति वा पूर्वमाकेप्रतिको कुरा मात्र होइन, प्रचण्डजीको कुरा होइन यो । पुँजीवादले गर्ने यही हो त । पुँजीवादले त शोषण नगरेसम्म फाइदा पाउँदैन । जनतालाई नलुटेसम्म त पुँजी प्राप्त हुँदैन । मजदुरहरूलाई नलुटेसम्म मालिकहरू मोटाउँदैनन् । देशलाई नबेचेसम्म दलालहरू मोटाउँदैनन् । त्यसपछि भ्रष्टाचार नगरेसम्म सुदखोर र कमिसनखोरहरू मोटाउँदैनन् । तस्करी नगरेसम्म तस्करहरू मोटाउँदैनन् । यो नियमै हो नि । यो त गर्नैपर्छ नि । हुँदहुँदा अब प्रधानमन्त्री निवासकै जमिन बेचर खाइदिएको कुरा आयो । यो त यही व्यवस्थाको परिणाम हो । त्यसैले अहिले केपीप्रतिको जनताको आक्रोश जो छ सिद्धान्तमा यो व्यवस्थाले ल्याएको सङ्कट हो भने व्यवहारमा जनताले केही नपाउनुको अभिव्यक्ति हो । त्यही भएर यो त हुन्छ नै । यो हुन्छ मात्रै होइन, यो अगाडि बढ्छ । त्यसैले यो त विद्रोहसम्म पुग्छ र हामी त्यो विद्रोहको नेतृत्व गर्न चाहन्छौँ । हाम्रो अरू केही पनि स्वार्थ छैन । यो हामीले लगातार जनतालाई भनेका छौँ । सायद जनताले बुझ्दै पनि जानुभएको छ । हामीलाई केपीका डर, धम्कीको कुनै चासो छैन । त्यो उहाँले बुझे हुन्छ । हामी यसरी हल गर्छौं, गिरफ्तार गर्छौं, अप्ठ्यारो स्थिति खडा गर्दिन्छौँ, इन्काउन्टर गर्छौं भन्ने पनि छ अहिले । त्यसमा हामीलाई कुनै सरोकार छैन । हाम्रो ड्युटी र दायित्व के हो भने देशमाथि र जनतामाथि उत्पीडन छ, दमन छ, शोषण छ, अत्याचार छ, महँगी छ, भ्रष्टाचार छ । यसका विरुद्ध विद्रोह गर्नु हाम्रो अधिकार हो । अथवा हाम्रो दायित्व हो । हामी कतिजना हुन्छौँ, छोडिदिनुस् त्यो कुरा, एक्लैले पनि विद्रोह गर्ने हो । सबैले सत्य बुझेपछि मात्रै विद्रोह गर्ने समय आउँछ । सचेततापूर्वक हामीले ०६५÷०६६ सालमा प्रचण्डसित विद्रोह ग¥यौँ । किन ग¥यौँ विद्रोह ? हामीलाई थाहा थियो– एकचोटि त्यतिबेलाको चकचकी थियो । जता गयो पूरा मान्छेदेखि ढुङ्गामाटो पनि माओवादी हुन्छ भन्नेजस्तो थियो नि उहाँलाई भ्रम प¥यो । प्रचण्ड भनेको माओवादी, माओवादी भनेको प्रचण्ड । त्यतिबेला केही मान्छे भनेका माओवादी आन्दोलनझँै लाग्थे तर त्यो सत्य थिएन नि । त्यो त वर्गको, जनताको, राष्ट्रको प्रस्तावसँग जोडिएको विषय थियो नि । हेर्दाहेर्दै कस्तो भयो स्थिति ! रुँदै एमालेसँग पार्टीएकताको प्रस्ताव गर्नुपर्ने ठाउँमा पुग्नु भो नि । तर त्यो ठाउँमा पु¥याउनका लागि दस हजार मान्छेको बलिदान छ । आज हामी यहाँ जहाँ उभिएका छौँ यी धम्की, डर, त्रास यो कल्पना पनि नगरे हुन्छ, एकरत्ति पनि नसोचे हुन्छ । यसलाई हामीले यसरी हेरेका छौँ । यो अलोकप्रियता भनेको पनि यहीसँग सम्बन्धित कुरा हो । केपीजीलाई त अरूले सहयोग गरेर पनि हुँदैन । किन हुँदैन भने व्यवस्था त शोषकहरूको छ, भ्रष्टाचारीहरूको छ, दलालहरूको छ अनि कसरी सम्भव हुन्छ त्यो ? त्यसैले सत्ता नै परिवर्तन आजको आवश्यकता हो ।

यसबीचमा सरकारसँग यसो छलफल हुने सम्भावना छ कि छैन ? तपाईंहरुसँग सरकार वार्ता गर्ने भनिरहेको छ । गृहमन्त्रीले पनि भने नेकपालाई मूलधारमा ल्याउँदैछौँ भनेर । कुरा के हो ?

वार्ताका बारेमा हामीले सुस्पष्ट दृष्टिकोण के राखेका छौँ भने यो जनता र राज्य, विद्रोही र सत्तापक्ष होइन अनि एउटा राज्य र अर्को राज्य हैन, सङ्घर्षशील शक्ति र दमन गरिरहेको शक्तिका बीचमा वार्ता हुने र भइराखेका विषयहरू छन् । यो भइराखेको विषय हो । यसमा हामी निरपेक्ष विरोध गर्ने, हुँदै हुँदैन भन्ने कुरा पनि गलत हो र सजिलै भइहाल्छ र त्यहीँबाट गइहाल्छ भन्ने कुरा पनि गलत हो । प्रयोगले के साबित गरेको छ भने समस्याहरू आएपछि, सङ्घर्षहरू भएपछि, विद्रोहहरू भएपछि, युद्धहरू भएपछि वार्ता पनि राजनीतिकै एउटा धार हो । त्यो राजनीतिभित्रै आउँछ, आउँदाखेरि त्यसको प्रयोग पनि हुन्छ भन्नेमा हामी स्पष्ट छौँ । त्यसमा हाम्रो कुनै द्विविधा छैन । अब दोस्रो कुरा के छ भने वार्ताको सीमा देखियो नि । वार्ताको सीमा विश्वव्यापी रूपमा पनि देखियो हैन, हाम्रै देशमा पनि देखियो । अमेरिका र सोभियत सङ्घले पनि वार्ता गरे तर अहिले सबै वार्ताबाट फर्केर गए । कहिले अमेरिकाले उता वार्ता भङ्ग गर्छ, कहिले हिजोको सोभियत सङ्घ, अहिलेको रुसले भङ्ग गर्छ । टुटे नि त सबै । अहिले चीन र अमेरिकाको बीचमा एउटा व्यापार युद्ध भन्नेछ, ट्रेड वार भन्ने चलिरहे छ । चलिराखेकै छ । अब समस्या फेरि बढिराखेको छ । त्यो त भइराखेकै छ । वार्ताको एउटा के सीमा देखियो भने यही पनि भो । यहीँ पनि राणा र काङ्ग्रेसबीच वार्ता भयो । त्यसपछि पञ्चायत र बहुदलहरूका बीच वार्ता भए । हाम्रो जनयुद्धमा पनि वार्ता भए तर एउटा सीमा के देखियो भने वार्तालाई ठीक ढङ्गले ग्रहण गर्न सकिएन, त्यसलाई प्रयोग गर्न सकिएन भने परिणामहरू जनताले अपेक्षा गरेअनुसार नआउने, राज्यको आवश्यकताअनुसार नआउने पनि देखियो । यसका सीमाहरू देखिए । राम्रो पनि भयो । कैयौँ ठाउँमा यसले शान्ति ल्याएको छ । परिवर्तन पनि गरेको छ । त्यो राम्रो पनि छ तर सीमा पनि छन् । हामीले के भन्यौँ भने सार्थक वार्ता ठीक छ गर्ने । सार्थक वार्ता, औचित्यपूर्ण वार्ता, परिणाममुखी वार्ता, एउटा निष्कर्षमा लैजाने वार्ता आवश्यक हुन्छ । त्यसका लागि हामी पूरै वार्ताविरुद्ध छौँ भन्ने कुरा मात्रै होइन । आजकै सन्दर्भबाट हेर्नुभने भने पनि उहाँहरूले त सर्त राख्नुभएको छ अहिले । हामी सुन्छौँ, हतियार बुझाउनुपर्छ । यहाँ ३५ दिने अल्टिमेटम पनि दिनुभयो केपीजीले । एउटा त हतियारको कुरा ठूलो वहसको कुरा छ । हामीसँग हतियार छ कि छैन भन्ने कुरा छुट्टै कुरा हो तर उहाँले छ भनेर पहिले नै तोकेर त्यो हतियार ल्याएर दिनुपर्छ हामीलाई अनि वार्ता भनेर भन्नुभएछ । अर्कोचाहिँ संसदीय व्यवस्था मान्नुपर्ने भनेजस्तो सुन्छु म । अर्को केके–केके, अब सङ्घर्ष हुँदैन, त्याग्नुपर्छ । यसरी पहिला सर्तहरू तेस्र्याएर वार्ताको भ्रममा जनतालाई भ्रमित पारेर दमन गर्छु भन्ने जो सरकारले सोचिरहेको छ त्यस्तो शैलीको वार्ताको औचित्य छैन । सम्भावना छैन । नेपालमा मजदुरहरूको अधिकार छैन । नेपाल त अहिले मजदुरको देश भइसक्यो भने पनि हुन्छ । कहाँ काम गर्छन्, नेपालबाहिर कति छन्, त्यो कुरा छोडदिऊँ । समग्रमा सायद सबभन्दा बढी मजदुरहरूले भाग लिने देश भनेको, श्रमिक जन्माउने देश सायद हाम्रै भइसक्यो । ५०÷६० लाख त बाहिर गएका छन् । मजदुरको मान्यता नपाउने, एकदम तल्लो तहको के, सामान्य, घरमा बसेको दासजस्तो बनाएर राख्ने श्रमिकहरू हामीले भोगेका छौँ । मजदुरको अधिकारको कुरा खै ? अहिले नेपालका मजदुरको कुरा मात्रै अब गर्नु हुँदैन हामीले । जहाँ गए पनि पुँजीवादी व्यवस्थाकै मजदुर त हुन् नि । अमेरिकाले हाम्रा दाजुभाइहरूलाई बनाउने मजदुरै हो् । भारतले बनाए पनि मजदुरै हुन् । चीनले बनाए पनि मजदुरै हुन् । मलेसिया र कतार जसले बनाए पनि हाम्रा नेपाली त मजदुरै त हुन् । विश्वभरिका पुँजीपतिले जहाँ शोषण गरे पनि, जहाँ चलाए पनि यी मजदुर हुन्, नेपालकै मजदुर । नेपालदेखि लिएर कतारसम्म फैलिएर छन् ती मजदुर । मजदुरहरूको अधिकारको कुरा यहाँ हुनुपर्छ । किसानको अधिकारको कुरा खै ? त्यो हुनुपर्छ । महिलाहरूको, नारीहरूको अधिकारको कुरा के हो ? आज चलिरहेको छ नि बहस, घुमाइफिराइ महिलालाई फेरि सम्पत्तिबाट वञ्चित गर्ने ? जुन दिनदेखि, हजारौँ वर्षदेखि महिलाहरूलाई सम्पत्तिबाट विहीन बनाएर पुरुषले जसरी दासत्व लाद्यो, महिलामाथि हाम्रा नारीमाथि अमानवीय दासत्व लाद्यो, त्यसको विद्रोह त पूरा भएकै छैन त । कानुनमा दुईचारवटा खेस्रा लेखेर केही महिलाहरूलाई माथिमाथि पु¥याएर हुन्छ ? जन्मिने बित्तिकैबाट नारीलाई समान अधिकार स्थापित गर्ने कुरा छ । त्यसपछि आउँछ दलितहरूको अधिकारको कुरा, नेपालका उत्पीडित जाति–जनजातिहरूको कुरा । यो सबैलाई हल गर्न तयार छ त सरकार ? राज्य ? वार्ताले त्यसलाई गम्भीर रूपमा केन्द्रित गर्दै आएको छ त ? ठीक छ । हामी छलफल गर्न तयारै छौँ । हामीले यसरी हेरेका छौँ वार्तालाई । जहाँसम्म अनौपचारिक ढरूगले हाम्रा विभिन्न शुभचिन्तक मित्रहरूले कोसिस गरिरहनुभएको छ, त्यसलाई त हामी स्वागत गर्छौं ।

प्रचण्डजीको पार्टीका मुख्य नेताहरू नै अहिले सरकारमा छन् । उनीहरूकै पालामा नेकपामाथि यत्रो प्रतिबन्ध लगाइएको छ नि ?

यो महत्वपूर्ण कुरा हो । मैले त्यसबारे लेखेको पनि थिएँ । अनन्तजीले भनेको पनि सुनेँ । नारायणकाजीलगायत अरूअरूले भनेको थुप्रै सुनेँ । केही विश्लेषण पनि सुनेँ–हेरेँ– आफ्नै सहपाठी नेताहरू त्यहाँ छन् । कसरी विद्रोह गर्न सक्छन् ? उनीहरू सबैलाई थाहा छ भन्ने कुरा भयो । यो प्रतिकूलता हो भन्ने पनि छ । यसलाई दुई कोणबाट राखौँ भन्ने लागेको छ ः पहिलो कुरा भावनात्मक कुरा हेरौँ । यो पक्ष कस्तो छ भने बडो संवेदनशील, भावपूर्ण र तरङ्गमय विषय छ । साँचो पनि हो । हिजो सँगै लडेका, अझ त लडाइँको डिजाइन गर्ने, योजना बनाउने नेताहरूसँग आज हाम्रो कुरा टकराएको छ । उनीहरू त्यहाँ छन्, हामी विद्रोहमा छौँ । क्रान्तिमा छौँ । यो हेर्दाखेरि कहिलेकहीँ मान्छेहरूको दिमागमा त पर्दो हो भन्ने लाग्छ, के भो त यो ? कसरी आइयो त यहाँ ? अब होला के ? विभिन्न तरङ्गहरू जानु स्वाभाविक हो । पूर्वमाओवादी र सबैलाई त्यसो हुन्छ । हामीलाई पनि हुन्छ । अरूलाई पनि हुन्छ होला । जनतालाई पनि हुन्छ होला । पार्टीहरूलाई पनि हुन्छ होला । यसरी हेर्दा कस्तो अनभूति हुन्छ भने हाम्रो के थियो त हिजो ? त्यसलाई हेर्नुप¥यो नि ! तर्क गर्नुभयो अनन्तजीले– अब कसका विरुद्ध लड्ने ? कोसँग लड्ने ? भनेर । मलाई कस्तो लाग्छ भने जनतालाई एउटा भ्रमित पार्ने, मूर्ख बनाउने र ठग्ने पनि एउटा सीमा हुन्छ । भित्र मनले के भन्छ उनीहरूको ? अनन्तको मनले के भन्छ ? प्रचण्डजीको मनले के भन्छ ? यही व्यवस्थाका लागि जनयुद्ध गरेको हो भन्छ ? यही सरकारका लागि जनयुद्ध गरेको हो भन्छ ? यस्तै पार्टी चलाउने, यस्तै पैसा कमाएर खानका लागि जनयुद्ध गरेको हो भन्छ ? भित्री मनले के भन्छ, त्यो भन्नु प¥यो नि । एकछिन जनतालाई भ्रमित पार्नलाई भन्ने हो ? हामीले भन्यौँ– हामीले लडेको भनेको, युद्ध गरेको भनेको त जमिनको मालिक किसानलाई बनाउने भनेर लडेको हो नि ! हामी लडेको त नेपालको अर्थतन्त्रको मालिक मजदुरलाई बनाउने भनेर हो नि ! नेपालमा महिला र पुरुष बराबर हुने भनेर लडेको हो नि ! नेपालका दलित, जनजाति सबै बराबर सत्तामा हुनेछन् भनेर लडेको हो नि ! नेपालको सिङ्गै देश एउटा समाजवादमा लैजाने भनेर लडेको हो नि ! त्यसो गर्दा सामन्तवादको अन्त्य, दलाल पुँजीवादको अन्त्य, नोकरशाही व्यवस्थाको अन्त्य अनि यो सबै पुँजीको अन्त्य गरी एउटा नयाँ समाज बनाउने भनेर लडेका थियौँ नि । त्यो भयो त यहाँ ? यहाँ त रातारात दलाल पुँजीपति वर्गले सत्ता कब्जा ग¥यो अनि जनता त अधिकारविहीन भएर छट्पटाएर मर्ने स्थिति आएको छ । अनि कसका विरुद्ध लड्ने भनेर भन्न मिल्छ ? हिजो कम्तीमा असमान सन्धिसम्झौताहरू पनि थोरै थिए हामीले जनयुद्ध लड्दा, अहिले त झन् थपिए नि । पाँचसातवटा असमान सन्धिसम्झौता झन् हामी शान्तिवार्तामा आएपछि नै थपिए नि ! त्यसमा त प्रचण्डजीहरूले पनि भाग लिनुभयो त ! माथिल्लो कर्णाली नगरौँ भनेर त त्यतिबेलै पार्टीमा बहस भएको हो नि, किन गरे ? पैसा खाएर गरे भन्ने कुरा बाहिर आएको हैन बजारमा ? देव गुरुङजीहरूले प्रतिवेदन पेस गरेको हैन पार्टीमा ? महराजीहरूले पैसा खाएर अपर कर्णाली पास गरेको भनेर पार्टीमा बहस भएको हैन ? प्रचण्डजीहरूले आरोप लगाएको हैन अरुण ३ मा त्यही भयो भनेर ? अरुण ३ त एमालेले खान खोजेको प्रोजेक्ट हो । फेरि किन फर्काएर ल्याएको त्यो ? नेपालमा बिजुली निकाल्ने, सबै भारत लैजाने गरी यो किन दिएको यो ? यो त सङ्क्रमणकालको फाइदा उठाएर, नेताहरूको घाँटी अँठ्याएर लादेको असमान सन्धि हो नि । नागरिकताको कुरा आएको छ । नागरिकता पाउनुपर्छ । हामी विश्वव्यापी रूपबाट लड्ने मान्छेहरूको हकमा तर नेपालमा त फिजी बनाउने षड्यन्त्र छ नि । मान्छेहरूले भन्छन्– नेपालका नागरिकलाई भन्दा विदेशी नागरिकहरूलाई बढी बनाएर नेपाललाई कब्जा गर्ने खेल छ भन्ने कुरा त सबै बुद्धिजीवीहरूले, यो पार्टी त्यो पार्टी भन्ने कुरै छैन, यो ठाउँका त्यो ठाउँका, यो क्षेत्रका त्यो क्षेत्रका भन्ने कुरै छैन, सबै नेपाली नागरिक जो वास्तविक हुन्, उनीहरू सबै त्यही भन्छन् नि ? चाहे मधेसका हुन् चाहे पहाडका हुन् । चाहे काङ्ग्रेस हुन् चाहे कम्युनिस्ट हुन्, सबैले त्यही भनिरहेका छन् नि । यसका विरुद्ध लड्ने भनेको हो नि हामीले । त्यो लडाइँ नसिद्धिँदै अब लडाइँ सकियो भनेर घोषणा गर्न मिल्छ ? त्यो मिल्दैन–मिल्दैन । त्यो अनैतिक कुरा हुन्छ । जबसम्म उहाँहरू त्यहाँ बस्नुभएको छ तर फेरि सँगै लडेका साथीहरू हुन् भन्ने कुरा गर्दा यो प्रतिकूलता त हो तर फेरि हामी सोच्छौँ, यो अनुकूलता पनि हो त । के हाम्रा साथीहरू, ल एकछिन मानौँ गइहाले, प्रचण्डजीहरूले बाटो नबिराएको भए हामी, पासाङजी उपराष्ट्रपति हुनुन्छ अहिले, त्यतिबेला त हामी सँगै हिँडेको साथी हो नि । म कमिसार, उहाँ कमान्डर भएर लडाइँ लडिएको हो नि, हैन ? सँगसँगै पनि लडेको हो । सँगैका लँगौटिया साथीजस्तो पनि हो । पासाङ उपराष्ट्रपति हुँदैनथे, कमान्डर हुन्थे जनमुक्ति सेनाको । सायद मथ्र्यौं, बलिदान पनि गथ्र्यौं होला, सहिद पनि हुन्थ्यौँ होला । कम्तीमा दलालहरूको, दलाल पुँजीवादअन्तर्गत गएर बस्नुपर्ने स्थिति त आउँदैनथ्यो, यो पक्का हो । प्रचण्डजीहरूले यो बाटो नलिएको भए धेरै इमानदार साथीहरू कहाँसम्म भने प्रभाकरजीहरू, सुरेशसिंहजीहरू छन् नि त थुप्रैथुप्रै, अब नाम नलिऊँ, थुप्रै साथीहरू हामीसँगै लडाइँमा हिँडेको हो नि । हामी हिउँमा पुरिँदाखेरि पनि सँगै पुरिएका साथी हौँ । हामी कठ्याङ्ग्रिने नदीमा, साउनको भेलमा तर्दाखेरि सँगै तरेकै साथीहरू हौँ । हामीले एउटै खाल्डोमा दर्जनौँ कमरेडहरूलाई पुरेर आँसु पुछ्दै हामी सँगै हिँडेका हौँ । रगत पनि हामीले सँगै पुछेका हौँ । त्यो भन्दाखेरि कस्तो लाग्छ भने यी साथीहरूले के हामीलाई साँच्चिकै दमन गरेरै सिध्याउलान् त ? तिनको मनले के भन्छ त ? त्यहाँ कमान्डरहरू पनि गएका छन्, नेताहरू पनि गएका छन् । हामीले के गलत बाटो लिएका छौँ त ? ल उनीहरूले प्रचण्डसँग विद्रोह गर्न सकेनन्, त्यो गलत बाटोसँग लड्न सकेनन् तर उनीहरूलाई के लाग्छ त ? हामी नेकपामा लागेर जुन विद्रोह गरिरहेका छौँ, लडिरहेका छौँ, हामी खतमै हौँ त ? यिनलाई सिध्याइदिएर मात्रै शान्ति हुन्छ भन्ने सोच्लान् त ? कहिलेकहीँ लाग्छ– नसोच्लान् । त्यहीँबाट गर्ने सहयोग पनि साथीहरूले गर्लान् नि ? गर्नुपर्छ होला नि ? जानुभयो ल पछिपछि लागेर, चिर्न नसकेर, आन्दोलन गर्न नसकेर गए तर ती साथीहरूले सकारात्मक कुरा पनि त सोच्न सक्लान् नि भन्ने पनि एउटा भावनाको कुरा हो । अलिअलि साथीहरूले गर्छन् भन्ने कुरा सुन्दाखेरि खुसी नै लाग्छ । अलिकति सन्तुष्टि पनि मिल्छ । अहिले खुलेआम प्रतिबन्धका बारेमा त साथीहरूले बोलेका पनि छन् अथवा उनीहरूलाई लाग्दो होला पनि केही साथीभाइहरू, सबै त्यसै त देखिन्नन् नि । यो अर्को भावनाको कुरा हो । जहाँसम्म विचारको कुरा हो यो हाम्रा सहपाठीसँगको लडाइँ त होइन, यो प्रचण्डजीसँगको लडाइँ पनि होइन । अहिले भइराखेका मन्त्रीहरूसँगको लडाइँ पनि होइन । यो कुनै अधिकृत सदस्यहरूसँगको लडाइँ होइन । यो त पुँजीवादी व्यवस्था जो नेपाली समाजका लागि दुर्भाग्य बनेर बसेको छ यसलाई फाल्ने लडाइँ हो नि । त्यो लडाइँ लड्दाखेरि उहाँहरू नै अगाडि आउनुहुन्छ भने हामी त लड्न तयारै भइहाल्यौँ नि । हामी त जुनसुकै मूल्य चुकाउनका लागि पनि तयार भएर हिँडेका छौँ भने । उहाँहरू नै अगाडि आउनुहुन्छ भने हामीले त्यो सबै मूल्य चुक्ता गर्ने भनेर उत्रेका मान्छेहरूका लागि स्वाभाविक नै हुन्छ । तर त्यो हामी पचाउँछौँ । पचाउने कुरा नै भइहाल्छ । यो त सिद्धान्तको कुरा हो । सिद्धान्तमा पुँजीवादसँग लड्दाखेरि जुन जोजति सबै अवरोधक बनेर आउँछन् त्यलाई साफ गर्दै जाने क्रान्तिको नियम हो । यो विचारको पाटो हो । त्यसैले यसमा प्रतिकूलता पनि छन् । सायद एउटा समय आउँछ, केही अनुकूलता पनि आउला । यसरी पनि सोचौँ । सबै साथीहरूले सोच्नुस् । जहाँ गए पनि, जहाँ भए पनि हामी कम्युनिस्ट, मानव जातिलाई एउटा मुक्त दुनियाँमा पु¥याउन चाहने कम्युनिस्ट, हामीले कहिल्यै पनि दलालहरूको हतियार भएर त्यो महान् आदर्शका विरुद्धमा घात गर्नु हुँदैन । यस्तो अनुभूति हुन्छ ।

यसै सन्दर्भमा केही समय अगाडि प्रचण्डले खुला कार्यक्रममै ‘ विप्लवले मलाई मार्ने योजना बनाए’ भनेर सार्वजनिक रूपले बोल्नुभयो । के हो त यो ? वास्तवमा नेताहरू मार्ने योजना बनेकै हो त ?

यो धेरै नै गम्भीर विषय हो । यति सजिलै टेलिभिजनमा कराउने, विलाप गर्ने वा आक्रोश पोख्ने विषय होइन । मान्छेको निजी जीवनसँग सम्बन्धित विषय धेरै नै गम्भीर विषय हो । त्यसैले हामीलाई के लाग्छ भने उहाँले जसरी यसलाई बाहिर ल्याउनुभयो, यो आफँैमा रहस्यमय विषय छ । प्रचण्डजीले सहिद सप्ताह सकिएपछि, सहिदहरूका परिवारहरूलाई जम्मा पारेर यो कुरा सार्वजनिक गर्नुभयो । मलाई कस्तो लाग्छ भने यो आफँैमा रहस्यमय कुरा छ । हामीलाई प्रतिबन्ध लगाउने अनि त्यो कुरा भन्ने ? यो के कुरा हो ? फागुन २८ गते हामीलाई प्रतिबन्ध लगाउने, २९ गते आएर यो कुरा भन्ने ? यो त बडो रहस्यमय छ । अन्तै पनि नभन्ने फेरि सहिद परिवारहरूलाई जम्मा पारेर भन्ने जुन कुरा छ, यो त गम्भीर विषय छ । त्यसैले यस्तो नगरौँ भन्ने मेरो आग्रह छ । यस्तो संवेदनशील विषयलाई प्रतिशोध साध्ने वा आफ्नो गलत राजनीतिक विचलनलाई ढाकछोप गर्नका लागि वा छोप्ने गरी उठाउने विषय एकदम गम्भीर विषय छ । त्यसमा केपीको पनि नाम आएको छ । शेरबहादुरको पनि छ । यो गम्भीर विषय हो । यस्तो विषयलाई जसरी बाहिर ल्याइएको छ यो जनताको विद्रोह, क्रान्तिकारी आन्दोलन, धारा, विचार, देशको स्वाधीनता, देशभक्तहरूलाई दमन गर्ने एउटा आशय नियतसँग जोडिएको विषय हो भन्ने देखिन खोज्छ । जहाँसम्म ठ्याक्कै निर्णयको कुरा के हो भने त्यो कुरा सत्य होइन । सत्य के हो भने हाम्रो पार्टीका नेताहरूलाई इन्काउन्टर गर्ने भन्ने प्रचार व्यापक भयो । यो सबैले सुनेकै कुरा हो । अहिले त उहाँहरूले खुलेआम नै भन्नुभो नि– घुँडाभन्दा तल गोली हान्ने आदेश प्रहरीलाई दिएर पठाइएको छ । के भनेको त्यो ? प्रहरी र हामीलाई भिडाएर आफ्नो स्वार्थ पूरा गर्ने, सेनालाई उतारेर हामीसँग भिडाएर आफ्नो स्वार्थ पूरा गर्ने, एकदम जनविरोधी राजनीतिक स्वार्थ पूरा गर्न खोज्ने यो गलत कुरा हो । त्यो त होहल्ला गर्नका लागि यस्तो कुरा ल्याइएको हो । बरु सत्य कुरा के हो भने अहिले पनि देशैभरि के भनेर तर्साइएको देखिन्छ भने अब इन्काउन्टर गरिन्छ, अप्ठ्यारो तरिकाले हल गरिन्छ, सिध्याइन्छ । अरे बाबा विद्रोहमा त सिद्धिन्छ, सिध्याइन्छ, यो सबै हुन्छ त । स्पार्टाकसहरू मारिए, के विद्रोह रोकियो ? जर्मनका गल्लीहरूमा रोजाहरूको लासहरू फ्याँकियो, के विद्रोह रोकियो ? अक्टोबर क्रान्तिअगाडि थुप्रैपटक दमन भयो । लेनिनले भाग्नुप¥यो तर के त्यहाँ विद्रोह भएन ? त्यसो त हुन्न नि त । नेपालमै पनि एकदुईचोटि त्यस्तो भएको छ । त्यसकारण यस्तो तरिकाले सोच्ने जुन कुरा छ यो जनता र राष्ट्रको नेतृत्व गर्ने कोण र प्रवृत्ति होइन । त्यसलाई दमन गरेर स्वार्थ पूरा गर्छु भन्ने निरङ्कुशतावादी प्रवृत्ति हो । त्यसो गर्नु हुँदैन । त्यही अथवा कुनै प्रसङ्गमा छलफल हुँदाखेरि विभिन्न ढङ्गले ती नामहरू कोही टिपेका, यताउता छलफल भएका कुराहरू हुन सक्लान् डायरीमा । त्यसलाई लगेर मलाई मार्न थाले भन्नेसँग लगेर जोड्ने ? त्यस्तो संवेदनशील विषयलाई लिएर अनधिकृत रूपमा बाहिर ल्याएर अनि जनतालाई अलमल पार्न खोजियो । यो क्रान्तिलाई सेबोटेज गर्ने, ध्वंस गर्ने नियतसँग जोडिएको विषय हो । त्यसरी भ्रम छर्नु हुँदैन । बरु हामी के ठान्छौँ भने अब इन्काउन्टर गर्छु, यहाँ गर्छु, त्यहाँ गर्छु भनेर सोच्ने हो भने हाम्रो भनाइ के छ भने पुलिससँग हामी किन लड्ने ? सेनासँग हामी किन लड्ने उसो भए ? उहाँहरूले राजनीतिक विषयलाई हामी केही नेताहरूसँग जोडेर, पार्टीका कार्यकर्ताहरूसँग जोडेर अनि सफाया गरेर सिध्याइदिन्छु भनेर सोच्ने हो भने स्वतः एउटा प्रतिरोधको विचार के आउँछ भने उसो भए हामी तल चौकीमा बस्ने पुलिससँग किन लड्ने ? सामान्य जागिर खाने व्यावसायीक सेनासँग किन लड्ने भन्ने कुरा त स्वतः आउँछ नि । देश बेचेर खाने, जनतालाई दमन गर्ने, अधिकार खोस्ने अनि हामीलाई लडाएर आफ्नो सत्ता सुरक्षित गर्न खोज्ने हो भने त स्वतः त्यहाँसम्म छलफल हुने कुरा त भइहाल्छ नि । त्यसैले हामीले संयमपूर्वक त्यो विषयलाई राख्नुपर्छ, बुझ्नुपर्छ, छलफल गर्नुपर्छ र उहाँहरूलाई त्यस्तो अलमल भएको हो भने त्यो डायरीमा नाम परेको कुरा के हो भनेर हामीसँग छलफल पो गर्नुपर्छ त ! एकदम संवेदनशीलतासँग खेल्ने हो भने यो षड्यन्त्रजस्तो हो नि ! त्यही भएर जनतालाई हामी स्पष्ट गर्न चाहन्छौँ– दमन भएपछि प्रतिरोध हुन्छ । त्यो प्रस्ट कुरा हो तर सुरुमा नै हामीले गर्ने कुरा सत्य होइन ।

जसरी यो सत्ता र सरकारका विरुद्ध जनतामा परिरहेको छ, यस बेला कुनै राजनीतिक शक्तिहरूसँग सहकार्य भएको छ कि ? कसरी जाने हो त अब ?

अहिले त हामीले खुलेआम के भनेका भने अब जो हामीमाथिको प्रतिबन्धको दमन छ, यो भनेको राजनीतिक विचार, प्रवृत्ति र धारसँगैको लडाइँ हो । यो कसैको हितमा छैन । एमाले– माकेभित्रकै कुरा गर्दा केपी वलीजी र त्यहाँ मन्त्री भएका मान्छेबाहेकको हितमा छैन यो । यो एकदम प्रस्टसँग बुझ्नुपर्छ । यो प्रवृत्तिले के गर्छ भने बाहिर होइन, त्यसले भित्र पनि दमन गर्ने हो । भित्र पनि सिध्याउने हो । त्यसैले के देखिन्छ भने फासिवाद भनेको बाहिर मात्र हैन, भित्रै पनि बज्रिने हो । त्यसैले त्यहाँ पनि, त्योभन्दा बाहिर काङ्ग्रेस पनि, त्योभन्दा बाहिर कम्युनिस्ट शक्तिहरू, क्रान्तिकारी शक्तिहरू, त्योभन्दा बाहिर वामपन्थी, देशभक्त शक्तिहरू सबैले यस्तो खालको फासिवादी निरङ् कुशतावादी प्रवृत्तिको प्रतिरोध गर्नुपर्छ, गरौँ भन्ने हाम्रो आग्रह छ । त्यलाई के ठान्नु हुँदैन भने यो पार्टीलाई अप्ठ्यारो परेछ, त्यसैले यस्तो भन्यो भन्ने ठान्नु हुँदैन । एउटा दृष्टिकोणको कुरा हो । हामीले त के भनेका छौँ भने हामी सत्तामा आयौँ भने स्वतन्त्रतालाई सुनिश्चित गर्छौं । राजनीतिक स्वतन्त्रता सुनिश्चित गर्छौँ तर वर्गशोषणको अन्त्य गर्छौं । हामीले भनेको त त्यो हो नि । त्यो के गलत छ ? कसैका विरुद्ध छ त्यो ? काङ्ग्रेसका विरुद्ध हो त्यो ? केपी वलीका विरुद्ध हो ? जनतामाथि हुने शोषणको अन्त्य गर्छौं हामी । हामीलाई त्यो विश्वास छ । हामीमा साँच्चै नै त्यो गर्ने विचार छ । त्यो हामी गछौँ तर राजनीतिक अधिकार र प्रतिस्पर्धाको अधिकार हामी सुनिश्चित गर्छौं ।

भनेपछि बहुदलीय व्यवस्थाचाहिँ हुन्छ ?

बहुदलीय व्यवस्था पनि नभनौँ तर प्रतिस्पर्धात्मक, जनताको व्यवस्थाको हामी सुनिश्चित गछौँ । त्यसो गर्दाखेरि त हामीले भन्ने नै भयौँ आउनुस्, त्यो वातावरणका लागि लडौँ । केपी–प्रचण्डको अहिलेको साँठगाँठ र दमनले त त्यो भन्दैन त ! यहाँ त के देखिन्छ भने सबै ‘मेरो’ तिर गइसक्यो त । मेरो सरकार, मेरो देश, मेरो पार्टी अरू सब भ्रम अथवा सब खतम, अरू सब केही होइनन् । अरू सबलाई दमन । यसो भनेपछि यो त हिटलरको भन्दा नि चरमतिर जान्छ । त्यसैले कुरा के देखिन्छ भने यो हुने कुरा होइन । यसलाई प्रतिरोध गरौँ भन्ने कुरा हाम्रो प्रस्ट छ । त्यसैले हामीले भनेका छौँ– सहकार्य गरौँ । छलफल गरौँ । यसरी ने जाने हो भने यसका विरुद्धमा विद्रोह सङ्गठित गरौँ । जनताको अर्को नयाँ व्यवस्था निर्माण गरौँ । त्यो हामीले भनेका छौँ । त्यसकारण एउटा राम्रो कुरा के हो भने कमरेड किरण, कमरेड गोपाल खम्बु, कमरेड ऋषि कट्टेलसहित एउटा छलफल चलिरहेको छ राम्रै । उहाँहरूसँग सहकार्य भइराखेको छ । खासगरी देशको राष्ट्रियताका विषयमा, जनअधिकारका विषयमा सहकार्य भइराखेको छ । त्यो राम्रो कुरा हो । काङ्ग्रेससँग पनि कैयौँ ठाउँमा हाम्रा विद्यार्थी, मजदुरहरू सँगै बसेर प्रदर्शनहरू गरिरहनुभएको छ । त्यो राम्रै कुरा हो । लाज मान्नुपर्छ अब के । भन्न त प्रचण्डजी कस्तो पनि तर्क गर्ने मान्छे हो भने देख्यौ ? ऊ काङ्ग्रेससँग गयो । देख्यौ ? राजावादीहरूसँग गए भन्न पनि बेर लगाउँदैनन् । यस्तो पनि भन्लान्। त्यो त उहाँहरूको आफ्नो कुरा हो । के लाज मान्नुप¥यो भने काङ्ग्रेस, देशभक्त शक्तिहरू, त्यसपछि गएर अरू कम्युनिस्टहरूले चाहिँ राजनीतिक स्वतन्त्रता हुनुपर्छ भनेर लड्नुपर्ने अनि कम्युनिस्ट हौँ भन्ने सरकारमा गएका पार्टीका मान्छेहरूले चाहिँ सबलाई सिध्याइदिन्छौँ, दमन गर्छौं भन्ने ! सोच्नुपर्ने भयो । उहाँले पो लाज मान्नुपर्ने कुरा हो यो त । केपीजीले लाज मान्नु पर्दैन ? १४ वर्ष स्वतन्त्रताका लागि जेल परेँ भन्ने मान्छेले हाम्रो पार्टीलाई प्रतिबन्ध लगाउँदा उहाँलाई लागेको त्यतिबेलाको प्रतिबन्ध के हो त ? उहाँलाई लगाइएको प्रतिबन्धचाहिँ फासिवादी, निरङ्कुशवादी हुने, आज हामीले जनताका पक्षमा कारबाही गर्दा हामीलाई प्रतिबन्ध ? उहाँले झापामा सामान्य नारा लाएको भरमा प्रतिबन्ध लाग्यो । त्योभन्दा त नालायक प्रतिबन्ध हामीलाई ? हामीले त कारबाही गरेका छौँ नि । हामीले के जनतालाई कारबाही गरेका छौँ ? हामीले कारबाही के कुनै राजनीतिक पार्टीलाई गरेका छौँ ? हामीले कारबाही त तस्करहरूलाई गरेका छौँ । हामीले कारबाही त बोक्सीको आरोप लगाउने फटाहाहरूलाई गरेका छौँ । दिदीबहिनीहरूलाई बोक्सीको आरोप लाउनेहरूलाई, बलात्कार गर्नेहरूलाई गरेका छौँ । अनि त्यसपछि कमिसन खाने एनसेललाई गरेका छौँ । त्यसो गर्दा त यो सरकार खुसी पो हुनुपर्छ त । ठीक भयो, हामीले सरकारबाट गर्न सकेका थिएनौँ, विद्रोही शक्तिले ग¥यो, मिलेर गरौँ भन्नेतिर आउनुको सट्टा दलालहरूलाई कारबाही गर्दा प्रतिबन्ध लगाइन्छ भनेपछि यो त त्यतिबेला पञ्चायतले केपीलाई लगाएको प्रतिबन्धभन्दा पनि घटिया प्रतिबन्ध भयो नि । निकृष्ट खालको प्रतिबन्ध भएन यो ? त्यसैले हामी के देख्छौँ भने यो देशका लागि चुनौतीपूर्ण कुरा हो । त्यसका निम्ति सबै पार्टीहरू, बुद्धिजीवीहरू मिलेर सङ्घर्ष गरौँ भन्ने हाम्रो भनाइ छ । केही सकारात्मक प्रतिक्रियाहरू पनि देखापरेका छन् । त्यसलाई हामीले स्विकारेका छौँ ।

वास्तवमा तपाईंको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीले गर्न खोजेको क्रान्ति कस्तो हो ? एकीकृत जनक्रान्ति भनेको के हो ? भन्ने बहस छ । खास के हो त ?

यो ठीक विषय हो । तर यो विषय अलिकति भ्रम पारिएको विषय पनि हो । किनकि मैले हेरेँ । त्यो भ्रम पनि कहाँ छ भने धेरै लेखकहरूकहाँ छ । त्यो चैतन्य मिश्रजीकोमा छ । अरूमा पनि छ । के हो भन्न खोजेको भन्ने पनि छ । मलाई लाग्छ, उहाँले पढ्नु पनि भएको छ । पुरुषोत्तमजीले त लेखी पनि सक्नुभएछ । अरू थुप्रैले लेखिसक्नुभएको छ । के हो भन्नेबारेमा उहाँहरूले प्रश्न उठाउन खोज्नुभएको छ । सायद बुझ्नु पनि भएको छ । अब सीधा हेर्दाखेरि हामी प्रचण्डजीहरूलाई छोडेर बाहिर निस्कियौँ । प्रचण्डजीहरू त्यहाँ जानुभयो, हामी निस्कियौँ । हामीले पार्टी निर्माण ग¥यौँ । त्यसपछि गएर हामीले काङ्ग्रेस–एमालेहरूलाई पनि भन्यौँ । हामी बाहिर आयौँ । हामी आउँदा के भन्यौँ भने राजनीतिक दृष्टिले हामी संसदीय व्यवस्था मान्दैनौँ । यो बल र पैसाले किनिएको चुनावभित्र गरिने प्रतिस्पर्धाबाट जनताको अधिकार प्राप्त हुन्छ भन्नेमा हामीलाई विश्वास छैन । जति भने पनि पञ्चायतले पनि त्यही चुनावकै कुरा गरेर जनतालाई ठगे । नारा थियो नि त पञ्चायतमा पनि– तपाईं चुनाव लड्नुस् न, केही छ भने जितेर आउनुस् भन्ने थियो त्यतिबेला पनि । भएन त त्यो । पञ्चायत व्यवस्था नै फाल्नुप¥यो । अन्तर्राष्ट्रिय अनुभवमा पनि देखिँदैन । संसदीय व्यवस्था, पुँजीवादमा के देखियो भने पैसा भएकै मान्छेले चुनाव जित्यो । नेपालमा कतिसम्म विकृति आयो भने तीन करोड रुपैयाँ दिएर सांसद किन्ने । यही भयो त । मान्छेहरूले ठाडै भने नि । त्यो त हामीले भनेको होइन । त्यो त काङ्ग्रेसका गगन थापाले भन्नुभयो– हाम्रा सभासद्हरू पैसाका पसल छन् । सभासद् पसलमा राखिएको छ, त्यहाँ गएर किन्नुस् भन्ने कुरा त काङ्ग्रेसले नै भन्यो त । माकेकै साथीहरूले भन्नुभयो नि चुनाव लड्न सकिँदैन । करोड पैसा नभएका साथीहरू चुनावमा नउठ्नुस् भनेर त माकेकै पार्टीभित्र बहस भयो । एमालेभित्रै बहस भयो नि, अहिले पनि बहस जारी छ । खुलमखुला त्यो राज्यमा पुग्ने पार्टीहरू, नेता– कार्यकर्ताहरूमा त्यो छ भने यहाँभित्र कति होला ? त्यसैले हामीले के भन्यौँ भने पैसा र बलद्वारा लादिएको प्रजातन्त्र भनिने व्यवस्थाभित्र किसान, मजदुर, महिलाको मुक्ति सम्भव छैन । त्यसैले वैज्ञानिक समाजवाद हुनुपर्छ भनेर हामीले भनेको त प्रस्टै छ । अझै मूर्त गर्दा, अझ ठोस गर्दा हामीले के भन्यौँ भने अब जमिनदारको सम्पत्ति त प्रचण्डजीहरूले बेचेर सिध्याउनुभयो । कमिसन त माकेका केही साथीहरूले खाए । केही मुठीभर साथीहरूले अहिले जमिनदारहरूसँग मिलेर जग्गा प्लटिङ गरेर, सूदखोर भएर गए । नाङ्गै छ त्यो त । हामीले के भन्यौँ भने भूमिसम्बन्धी नीति नयाँ बनाउनुप¥यो । नेपालको भूमि जनताको हातमा रहने कानुन बनाउनुप¥यो । व्यवस्था बनाउनुप¥यो । हल भएनन् त अहिलेसम्म पनि । कम्तीमा राजा महेन्द्रले समेत के भनेका थिए भने भूमिसुधार भएर मात्रै किसानका लागि गाँसबासको ग्यारेन्टी हुन्छ । एमाले आफू सत्तामा नपुग्दासम्म नारा नै त्यही दियो । प्रचण्डजीहरूको नारा नै त्यही थियो, खै त आज भूमिसम्बन्धी दृष्टिकोण ? आज त के भयो भने जनताको हातबाट सस्तोमा जमिन खोस्ने अनि सूदखोर र दलालहरूको हातमा जमिन केन्द्रित गर्ने र हिजो जमिनदारले खोसेको भन्दा निर्ममतापूर्वक लुटेर जनतालाई सडकमा फाल्ने काम त दलाल पुँजीवादी व्यवस्थाले गर्न थाल्यो नि । सूदखोरहरूले त्यो गर्न थाले नि त जमिनदारको नामबाट । अहिले त के देखिन्छ भने दलाल पुँजीपति रातारात पैदा भएका, जन्मिएकाहरूले जमिन त पूरै कब्जा गरेका छन् नि । एउटैको नाममा हजारौँहजार रोपनी जमिन छ यिनीहरूको । खै त राज्यले व्यवस्थापन गरेको ? त्यसकारण हामीले के भन्यौँ भने जमिन जनताको हातमा रहने, उत्पादन वृद्धि गर्ने एउटा भूमिनीति हामीलाई चाहिएको छ भनेर हामीले भनेकै छौँ नि । हामीले त ठोस गरेकै छौँ । हामीले अर्को पुँजीको कुरा ग¥यौँ । नेपालमा अर्को पुँजीको कुरा गर्दा हात थापेर खाने पुँजी हुँदैन, पुँजीको अभिवृद्धि गर्ने अर्थप्रणाली चाहियो । त्यो भनेको राज्यभित्र स्वाधीन, औद्योगिक, आत्मनिर्भर अर्थप्रणाली चाहियो भनेर हामीले भनेका छौँ । छ्याङ्गै छ त । यहाँ त अहिले एनसेलका कुरा गर्न थाले । अझ अस्ति एमालेले के नारा दियो भने हिजोका एमाले नेता, अहिलेको केपी के भन्न थाल्नुभयो भने विदेशी आऊ, नेपालमा पैसा लगानी गर । फाइदा लिएर जाऊ, केही रोकतोक छैन । अनि समृद्धि हुन्छ नेपालको ? यस्तो हुन्छ यो दुनियाँमा ? चाइनाले समेत एउटा निश्चित क्षेत्र बनाएर नाफाको एउटा निश्चित हिसाब, फाइदाको निश्चित प्रतिशत चीनमै लगानी गर्नुपर्ने कानुन बनाए मात्रै सम्भव भयो । यहाँ त त्यो पनि छैन । यो त सीधै नेपाललाई बेचेर खाने, नेपाली जनतालाई बेचेर खाने दृष्टिकोण भयो । त्यसकारण यसखालको दलाल र सूदखोर पुँजीको अन्त्य गर्नुप¥यो भनेर हाम्रो स्पष्ट दृष्टिकोण छ । त्यसपछि हामीले महिलाको कुरा ग¥यौँ, मजदुरको कुरा ग¥यौँ । महिलाको कुरा गर्दा महिलाहरूलाई पुरुषसरह अधिकार सुनिश्चित हुनुप¥यो । त्यो पहिला अर्थमा हुनुप¥यो । आर्थिक क्षेत्रमा हुनुप¥यो । उत्पादनमा हुनुप¥यो । उत्पादन कार्यमा हुनुप¥यो । अर्थसम्बन्धमा हुनुप¥यो के । त्यसपछि मात्रै राजनीतिमा र अन्यत्र पनि हुन्छ । राजनीतिबाट त्यो पनि गर्न सकिन्छ तर अहिले नेपाली समाजले के भन्यो भने त्यसबाट होइन, पहिला अर्थतन्त्रमा, आर्थिक सम्बन्धमा महिलाहरूको समान अधिकार, त्यसपछि मात्रै अरू कुरा भन्ने देखियो । नत्र यहाँ त महिलाहरूको कति बिजोग छ भन्नु त । कहिल्यै रुट नखुलेको देश बर्माबाटसमेत हजारौँ महिलाहरूको तस्करी भइरहेको छ । कति बाध्यता छ ? दिदीबहिनीहरूलाई फकाएर लुट्नुसम्म लुटेर गिद्दले लुछेको जस्तो लुछेर सडकमा लगेर फालिदिने गरेको देखिन्छ अहिले । यसको अन्त्य हुनुपर्छ । कम्युनिस्ट सरकार भन्ने छ । मान्छे बेचेर खान्छ । अब बेश्यालय खोल्ने कुरा गरेको छ । अरे बाबा यो त हददर्जाको कुरा भयो । कम्युनिस्टले वेश्यालय खोलेर दिदीबहिनीको शरीर बेचेर खाने कुरा गर्छ भने योभन्दा अर्को अनैतिकता के हुन्छ ? तेही भएर नेपालका युवाहरूले कति सहलान् ? कसरी सहन सक्लान् भन्ने लाग्छ मलाई । त्यसकारण हाम्रो दृष्टिकोण यो हो । त्यो मात्र होइन, हामीले भन्यौँ– नेपालका असमान सन्धिसम्झौता खारेज गरिनुपर्छ तर अझ उल्टै थपिराखेको छ । यहाँ त कतिसम्म भने अरुण त बेचेबेचे, कर्णाली पनि बेचे । अहिले त बूढीगण्डकीमा फेरि भारतको हस्तक्षेपबाट जनताको आँखा अर्कोतिर मोड्नका लागि चीनको एउटा कम्पनीलाई बिनाटेन्डर दिइयो । त्यो के हो ? षड्यन्त्र हो यो सरकारको । भारतसँगको विवादलाई मत्थर पार्ने । ओझेलमा पार्नका लागि गरेको खेल हो यो । त्यसैले हामीले के देख्छौँ भने दर्दनाक स्थिति छ । एनसेलकै कुरा गर्नुस् । एनसेलले यत्रो खर्बौं पैसा पलायन गरेको छ । न्यायाधीशको त्यो ताल छ । प्रधानन्यायाधीशले गरेको फैसला, कर तिर भनेर गरेको फैसला अर्को न्यायाधीशले फेरि उल्ट्याउँछ । के उल्ट्याएको त्यो न्यायाधीशले ? त्यो अधिकार छ उसलाई ? नेपाली नागरिकले सहन मिल्छ यो कुरा ? अनि तिनको थाप्लोमा कारबाही नगरेर कहाँ गर्ने ? यो त कमिसनको खेल हो नि । किन एमाले बोल्दैन, किन हिजोको माके बोल्दैन ? देशको यत्रो पैसा हिनामिना हुँदा किन बोल्दैन ? हो, यसले के देखाउँछ भने हाम्रो दृष्टिकोण भनेको यो हो । अर्थतन्त्रमा आएको दलाल र दलालीकरण अन्त्य गर्ने हो । महिलाहरूको अधिकार सुनिश्चित गर्ने हो । दलितहरूलाई मानवीय जीवन सुनिश्चित गर्ने हो । सत्ता नपाएका सबै जनतालाई सत्ताको मालिक बनाउने हो । यो हाम्रो दृष्टिकोण हो । अरू थुप्रै कुराहरू छन् । शिक्षामा छ, स्वास्थ्यमा छ । व्यापारीकरणको कुरा छ । यसलाई त फेरि एउटा पद्धतिमा लगेर गरौँ भनेर हामीले भनेका छौँ । हाम्रो दस्ताबेजमा पनि छ । हामी अझै प्रस्ट गरौँला । भिडियाे पनि हेनुस्….

२०७६ जेठ १९ गते आइतबार प्रकाशित