नेकपा पूर्वी कमान्डले सम्पन्न गर्यो अभियानको समीक्षा, यस्ता भए उपलब्धिहरु

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको पूर्वी कमान्डले अभियान समीक्षा सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यक्रम अनुसार सम्पन्न २ महिने अभियान ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान–२’को समिक्षा सम्पन्न भएको हो ।

पार्टीको पूर्वी कमाण्ड प्रथम द्वैमासिक समीक्षा तथा विदाई कार्यक्रम चैत ८ गते जनकपुर ब्युरोमा सम्पन्न भएको नेकपा पुर्बी कमाण्डले जनाएको छ । समीक्षा कार्यक्रमका प्रमुख अथिति पूर्वी कमाण्ड इन्चार्ज अनिल विरहीले ‘अभियान–२’ ले पूर्वी कमान्डको सङ्गठन विस्तार र सुदृढीकरणलाई एक स्तरमा माथि उठाएको र एकीकृत जनक्रान्ति कार्यदिशालाई स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

समीक्षा कार्यक्रममा पार्टीकी पीवीएम तथा जनकपुर ब्युरो अन्तर्गत अभियानकी कमाण्डर उमा भुजेल ‘शिलु’ले अभियानले पार्टीलाई जनताको तल्लो स्तरसम्म स्थापित गरेको, पार्टीको कार्यदिशा जनस्तरमा स्थापित गरेको र आन्तरिक पङ्क्तिलाई सुदृढ तथा रुपान्तरण गरेको बताइन् ।

अभियानकी कमाण्डर शिलुका अनुसार– अभियान टोलीमा ८५ जना कार्यकर्ता परिचालन, टोलीको आवधिक समीक्षा ७ वटा, २ हजार ५ सय ७० जनालाई सदस्यता वितरण, जन वर्गीय सङ्गठन निर्माण २ सय ६१ वटा, पार्टी सेल समिति निर्माण २७ वटा, नारा लेखन (वालिङ) १ हजार ११ स्थानमा, पिंढीसभा–कोणसभा ३ सय ७५ वटा, पार्टीको अपील वितरण १३ हजार ५ सयप्रति, पूर्णकालीन कार्यकर्ता उत्पादन १४ जना, जनश्रमदान ८ वटा, उत्पादन कार्यमा रु. १ लाख २० हजार, रातोखबर वितरण ४ सयप्रति, माक्र्सवादी साहित्य वितरण ४५ हजार रुपैया बराबर र रातो सुखानी मासिक १ सयप्रति वितरण गरिएको थियो ।

मेची ब्युरोमा सामना परिवारसहित ८४ जना कार्यकर्ता परिचालन, श्रमदान २ वटा, पार्टीको अपील वितरण ५ हजारप्रति, नारा लेखन (वालिङ) १ सय स्थानमा, साँस्कृतिक कार्यक्रम १९ स्थानमा, पिंढीसभा–कोणसभा २२ वटा, सङ्गठन निर्माण १ सय ४४ वटा, पार्टी सेल समिति निर्माण १० वटा, पूर्णकालीन कार्यकर्ता उत्पादन २ जना, युवा कार्यकर्ता उत्पादन ८ जना, आवधिक समीक्षा ५ वटा, रातोखबर वितरण २ सयप्रति, रातो सुखानी वितरण २ सयप्रति, जनसभा ८ ठाउँमा भएको जानकारी अभियान टोली प्रमुख तथा पीवीएम निर्माणले दिएका छन् ।

कोसी ब्युरोमा ६१ जना कार्यकर्ता अभियानमा क्रियाशील, सङ्गठन निर्माण १ सय ४४ वटा, पूर्णकालीन कार्यकर्ता उत्पादन २ जना, पार्टीको अपील वितरण ५ हजारप्रति, नारा लेखन (वालिङ) १ सय स्थानमा, साँस्कृतिक सभा १८ स्थानमा, पिंढीसभा–कोणसभा १ सय १५ स्थानमा, आवधिक समीक्षा ४ वटा, रातोखबर वितरण २ सयप्रति, रातो सुखानी वितरण २ सय प्रति, जनसभा १२ स्थानमा भएको जानकारी अभियान टोली प्रमुख आधारले दिएका छन् ।

सगरमाथा ब्युरोमा पनि अभियान भब्य रुपले सम्पन्न भएको खबर प्राप्त भएको छ । अभियानको क्रममा सामाजिक दलाल फाँसीवादी सरकारले २५ जना कार्यकर्ता तथा अभियान टोली सदस्यलाई गिरफ्तार गरेर झुठ्ठा मुद्दा लगाएको थियो ।

कमान्ड स्तरीय समीक्षा कार्यक्रम सक्नु अघि चारवटै ब्युरोहरुमा २ महिने समीक्षा तथा समापन कार्यक्रम सम्पन्न भएको थियो । त्यसक्रममा चैत ४ गते चुलाचुली–६, फुङ्नाम, इलाममा मेची ब्युरोको समापन भयो ।

इलाम प्रहरीले फुङ्नाममा स्थानीय जनतालाई संकटकालमा झैं आक्रमण, तोडफोड गर्दै ३ वटा मोटरसाइकल लुटेको मेची ब्युरोका नेता ताराले बताएका छन् । त्यसैगरी कोसी ब्युरोको समीक्षा तथा समापन चैत्र ३ गते मिक्लाजुङ गाउँपालिका, वडा नं. १ मा सम्पन्न भएको थियो ।

समीक्षा कार्यक्रम सम्पन्न भएको २ दिनपछि सो स्थानमा प्रहरी पुगेर जनतालाई तर्साउने कार्य ग¥यो । त्यसैगरी चैत ३ गते जनकपुर ब्युरोको समीक्षा तथा विदाइ कार्यक्रम सम्पन्न भएको जानकारी अभियान टोली कमाण्डर तथा पीवीएम उमा भुजेल ‘शिलु’ ले दिएकी छन् ।

पूर्वी कमान्डको समीक्षा तथा विदाई कार्यक्रममा केन्द्रीय सदस्यहरु आधार, निर्मल, देवनारायण र वरिष्ठ ब्युरो सदस्यहरु तारा तथा पुस्करको उपस्थिति रहेको थियो ।

पूर्वी कमान्डको समीक्षात्मक बैठकमा सहभागीहरुले आ–आफ्नो कार्यक्षेत्रको प्रगति विवरण प्रस्तुत गरेका थिए । माघ १ गतेदेखि सञ्चालित सो अभियान २ महिनाभन्दा बढी तोकिएको स्थानमा सम्पन्न भएको थियो । अर्को थप दुई महिने अभियान तत्काल सुरु हुने नेकपाको पूर्वी कमान्डले जानकारी दिएको छ ।

२०७५ चैत ९ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :