तेस्रो विश्वयुद्धको नयाँ रूप : युद्धको निरन्तरतामा

भेनेजुएलामाथि अमेरिकी फौजी आक्रमणको सम्भावना

- धर्मेन्द्र बास्तोला

२६ जनवरी २०१९ मा ल्याटिन अमेरिकी देश भनेजुएलामा राजनीतिक सङ्कट चुलिँदै गएपछि त्यहाँका राष्ट्रपति निकोलस मडुरो (Nicolas Maduro) अवैधानिक भएको र नेसनल एसेम्बलीका नेता ज्वान ग्वाइदो (Juan Guaidó) वैधानिक राष्ट्रपति भएको भन्दै आफैँलाई अन्त्यरिम राष्ट्रपति घोषणा गरेपछि भएको राजनीतिक विकासप्रति हाम्रो पार्टीले एउटा वक्तव्य प्रकाशित गरी सामान्य प्रतिक्रिया र पार्टीको दृष्टिकोण स्पष्ट ग¥यो । त्यो वक्तव्यमा भनिएको थियो, ‘गत शुक्रबार, २३ जनवरी २०१९ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोका विरुद्ध अमेरिकी जासुस संस्था सीआईए समर्थित जुवान गाइदोले आफैँलाई अन्त्यरिम राष्ट्रपति घोषणा गरे । वामपन्थी देखिने सरकार र समाजवादको सुषुप्त गन्ध आउने राजनीतिक व्यवस्था, बृहत् जनसमुदायको हितमा हुने कुनै पनि सरकारको पहल र एकाधिकारवादी निगम पुँजीका विरुद्ध हुने जनमतलाई किञ्चित सहन नसक्ने संयुक्त राज्य अमेरिकी निगम पुँजीका विश्वठेकेदार हरूको प्रतिनिधित्व गर्ने साम्राज्यवादी सरकारले भेनेजुएलाको वामपन्थी सुधारवादी सरकारलाई सही रहेको थिएन ।

विगत लामो समयदेखि सुधारवादी सरकारबाट हुन सक्ने भेनेजुएलाको अर्थतन्त्रमा सुधारको प्रयत्न, राष्ट्रिय पुँजीको विकास गर्ने सरकारी नीति, देशका खनिजहरू : तेलखानी र कृषि उत्पादनलाई बृहत् भेनेजुएली जनताको हितमा प्रयोेग गर्ने भेनेजुएलाका पूर्वराष्ट्रपति ह्युगो चाभेज र उनको जीवनपर्यन्त राष्ट्रपति बनेका निकोलस मडुरोविरुद्ध अमेरिकी साम्राज्यवादले बारम्बार आक्रमण गर्दै आइरहेको थियो । भेनेजुएलामाथि अमेरिकी साम्राज्यवाद समर्थित एकाधिकारवादी पुँजीवादीहरूको प्रयोग गर्दै पछिल्लो चरणमा अमेरिकी साम्राज्यवादी कठपुतलीका रूपमा खडा गरिएका जुवान गाइदो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा स्वघोषित अन्त्यरिम राष्ट्रपतिको घोषणा गर्न पुगेका छन् । हाम्रो पार्टी कुनै पनि देशको सार्वभौमिकता, जनताको स्वाधीनता र आन्तरिक मामिलामाथि हस्तक्षेप गर्ने अमेरिकी साम्राज्यवादी नीतिको भत्र्सना गर्दछ र यसप्रकारको हस्तक्षेप कुनै पनि देशले कुनै पनि देशमाथि गर्ने नीतिको विरोध गर्दछ ।’ वक्तव्यमा अगडि भनिएको छ, ‘हामी यो पनि स्पष्ट गर्न चाहन्छौँ– देशको अर्थतन्त्रमा जरा गरेको एकाधिकारवादी निगम पुँजीवादका सम्पूर्ण जराहरू समाप्त पार्ने र उत्पादनका साधनहरू पूर्ण रूपले जनताको अधीनस्थ हुने उत्पादन सम्बन्धको स्थापना नगरीकन सुधारवादी प्रक्रियाले कुनै पनि वामपन्थी सरकार साम्राज्यवादी एकाधिकारवादी निगम पुँजीवादको सिकार हुनबाट बच्न सक्दैन र आमूल परिवर्तनबिनाको सुधारवादी अर्थव्यवस्थाबाट जनताको जीवनस्तरमा परिवर्तन आउन सक्दैन । यो तथ्य भेनेजुएलाको ‘वामपन्थी’ सरकारमाथि बारम्बार भएको अमेरिकी आक्रमण, जननिर्वाचित सरकार र भेनेजुएलाको बृहत् बहुमतले अनुमोदन गरेको ‘समाजवादी व्यवस्था’ का विरुद्ध भएको पुँजीवादी साम्राज्यवाद समर्थित विद्रोहबाट प्रस्ट भएको छ ।’ हाम्रो पार्टीको दृष्टिकोण स्पष्ट गर्ने गरी यो वक्तव्य प्रकाशित गरिएको थियो । भेनेजुएलामा जुन राजनीतिक घटनाक्रमहरू बढिरहेका छन् तिनले अहिलेको विश्वको राजनीतिक, प्रवृत्तिलाई कसरी प्रतिनिधित्व गरिरहेका छन् ? त्यहाँ भैरहेको के छ र त्यसको विश्वमा पर्नसक्ने प्रभाव के हो ? त्यसको प्रभाव नेपालमा के पर्न सक्छ र हामी कम्युनिस्टहरूले लिनुपर्ने पहलकदमी के हुनसक्छ ? यी विषयहरूमा हामी कम्युनिस्टहरूले छलफल गर्नु आवश्यक छ । यिनै तथ्यहरूलाई ध्यानमा राख्दै यो आलेख तयार गर्न खोजिएको छ । भेनेजुएलामा भएको घटनाक्रम र विश्व– प्रतिक्रियाहरू जनवरी २३ मा भेनेजुएलाको नेसनल एसेम्बलीका नेता ख्वन ग्वाइडोले आफू अन्त्यरिम राष्ट्रपति भएको घोषणा गर्दै राष्ट्रपति निकोलस मडुरो अपदस्थ भएको घोषणा गरे । यद्यपि यो घटना अकस्मात्को विषय थिएन । त्यहाँको लामो शक्तिसङ्घर्ष र अमेरिकी साम्राज्यवादले निरन्तर रूपमा ल्याटिन अमेरिकी जनतामाथि थोपरेको युद्ध, अपमान, तिरस्कार, म्यानुभरिङको परिणाम थियो ।

यसमा अमेरिकी साम्राज्यवादी शासकहरूको कुरा मात्र होइन, गार्डियन पत्रिकाका सहसम्पादक ज्याक्सनले भनेजस्तै ‘संयुक्त राज्य अमेरिकाको नेतृत्वबिना ल्याटिन अमेरिकी देशहरूमा समस्या समाधान गर्न नसक्ने बानी परेका ल्याटिन अमेरिकी’ शासकहरू पनि उत्तिकै जिम्मेवार रहेको देखापर्छ । यो घटनाले ल्याटिन अमेरिकी देशहरूमा मात्र होइन, त्यसले विश्वभर प्रतिक्रिया पैदा ग¥यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घन्टा पनि बित्न नपाउँदै ग्वाइडो नै वैधानिक राष्ट्रपति भएको घोषणा गरे । अमेरिकी साम्राज्यवादको पछि लाग्ने केही देशहरूले तुरुन्तै प्रतिक्रया दिँदै ग्वाइडोलाई समर्थन गर्ने घोषणा गरे । भेनेजुएलाका ल्याटिन अमेरिकी छिमेकी देशहरू अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, कोस्टारिका, चिली, गुएना, गुवाटेमाला, होन्डुरस, पानामा, पारागुये, पेरू र उत्तरअमेरिकाको क्यानाडासमेतले ग्वाइडो वैधानिक राष्ट्रपति भएको घोषणा गरे । अमेरिकी साम्राज्यवादी नीति पछ्याउने केही साम्राज्यवादी देशहरूले राष्ट्रपति निकोलस मडुरोलाई तुरुन्त चुनाब घोषणा गर्न भने र साथै के पनि धम्की दिए भने चुनाव नगरेको खण्डमा ग्वाइडोलाई नै औपचारिक राष्ट्रपति भएको स्वीकार गरिनेछ । केही देशहरूले अमेरिकाको विरोध गरेनन् तर उनीहरूले निकोलस मडुरोलाई समर्थन जनाए । यसप्रकारका देशहरूमा दक्षिणअफ्रिका, इजिप्ट, टर्की, भारत, अजरबैजान, बेलरुस र कतार रहे । रुस, चीन र इरानले अमेरिकी कदमको खुलेर विरोध गरे र अमेरिकाको कारबाही भेनेजुएलाको सार्वभौम सत्तामाथिको हस्तक्षेप भएको बताए । त्यति मात्र होइन, यी देशहरूले अमेरिकाको आलोचना के कारणले पनि गरे भने विगतमा विभिन्न देशहरूमा जस्तो ‘रेजिम चेन्ज’ अथवा सरकार परिवर्तनको नारामा भेनेजुएलाको सरकार अपदस्थ गर्न खोजिरहेको छ र जो आफैँमा अप्रजातान्त्रिक हो । विश्वभरि कम्युनिस्ट पार्टीहरू, विभिन्न पार्टीहरूले पनि त्यसमा प्रतिक्रिया दिए र अमेरिकी साम्राज्यवादी नीतिको विरोध गरे ।

नेपालमा कतिपय पार्टीहरूले यो राजनीतिक घटानाप्रति आफ्नो प्रतिक्रिया दिए । विश्व राजनीतिक ध्रुवीकरणको यो जटिल राजनीतिप्रति हाम्रो पार्टीले पनि आफ्नो वैचारिक राजनीतिक दृष्टिकोण स्पष्ट ग¥यो । घटनाक्रमको विकास ख्वान ग्वाइडो आफूलाई राष्ट्रपति घोषणा गर्दा ह्युगो चाभेजले घोषणा गरेको संविधानको प्रावधानमा उभिएको भनियो । भेनेजुएली संविधानको प्रावधानमा भनिएको छ, ‘त्यतिबेला नेसनल एसेम्बलीको प्रमुख कार्यकारीको भूमिका निर्वाह गर्न सत्तारोहण हुनेछ जब परिस्थिति राष्ट्रपति पद खाली भएको अवस्थामा पुग्नेछ ।’ भेनेजुएलामा यसपटक गत डिसेम्बरमा भएको चुनाव जितेको घोषणा गरी शपथ लिइसकेका मडुरोको राष्ट्रिपति पद कसरी खाली भयो ? गत मे महिनामा भएको चुनावको परिणामस्वरूप राष्ट्रपति मडुरो पुनः विजयी भएको भनिएको थियो । डिसेम्बरमा मडुरो राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरीएको थियो र २०१९ को जनवरी १० मा शपथग्रहण गर्ने कार्यक्रम तोकिएको थियो । तर अमेरिकाले क्यानाडाको नेतृत्वमा लिमा समूह गठन गरी भेनेजुएलामाथि ल्याटिन अमेरिकी देशहरूको दबाब बनाइरहेको थियो । यो समूह ११ अगस्त २०१७ मा ल्याटिन अमेरिकी देशहरू र क्यानाडासहित भएर गठन गरिएको थियो जसले भेनेजुएलामा प्रजातन्त्र बहाली गर्नका लागि भेनेजुएलामाथि दबाब दिँदै आएका थिए ।

पश्चिमा पत्रपत्रिकाहरूमा भनिएको छ, ‘ट्रम्प प्रशासनले लिमा ग्रुपलाई प्रोत्साहित ग¥यो तर आफैँ सहभागी भएन ।’ गत वर्षको मे महिनामा मडुरोले चुनाव गराएपछि यो लिमा समूह उपायहरूको खोजी गर्न गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घमा बसेको थियो । त्यसमा क्यानाडाको समर्थनमा पानामाले एउटा प्रस्ताव अगाडि सा¥यो । त्यसमा जनवरी १० लाई नै सङ्घर्षको मोर्चा बनाउन सकिने निक्र्योल गरियो र मडुरोको शपथ कार्यक्रमलाई सङ्घर्षको उथलपुथलतिर तान्ने बिन्दु बनाउने योजना तयार गरियो । लिमा समूहले जनवरी ४ मा एउटा वक्तव्य जारी गर्दै भनेको थियो, त्यो समूहका सदस्यहरूले मडुरोको नयाँ अवधिलाई वैधानिक मान्दैन । देखवटी रूपमा ल्याटिन अमेरिका पछाडि हटेको नीति अख्तियार गरेको अमेरिकाले बाहिर तटस्थजस्तो देखाए पनि भित्री रूपमा लिमा समूहमार्फत भेनेजुएलामाथि उथलपुथल गर्ने र आफ्नो कठपुतली पैदा गर्ने षड्यन्त्र गरिरहेको थियो । अमेरिकाको योजना, भित्री पहलकदमी, सीआईएको परिचालनमार्फत पुनः ल्याटिन अमेरिकी देशहरूमा सैनिक हस्तक्षेप गर्ने योजना थियो । अमेरिकी साम्राज्यवादको भित्री पहलकदमी र बाहिर भेनेजुएलाका छिमेकी राष्ट्रहरूका दक्षिणपन्थी शासकहरूको क्रियाशीलताका कारण लामो समयदेखि असङ्गठित भेनेजुएलाका विपक्षी दलहरू एकजुट भैसकेका थिए । जब अमेरिका, लिमा समूह र विपक्षीहरूको संयोजनमा अब उथलपुथल गर्न सकिन्छ भन्ने आकलन गरियो । नेसनल एसेम्बलीका सदस्यहरू ख्वान ग्वाइदो विद्रोही नेताका रूपमा तयार गरिए । सबै नयाँ रणनीतिको वरिपरि जम्मा हुन पुगे र राष्ट्रपतिको पद खाली भएको घोषणा गर्दै ग्वाइदोलाई अन्त्यरिम राष्ट्रपतिको घोषणा गरे । चाभेज–मडुरो सरकार अमेरिकालाई कबाफमा हड्डी भेनेजुएला क्यारेबियन सागरको छेउमा छ जसको सिमाना कोलम्बिया, ब्राजिल, गुएनासँग रहेको छ । यो पानामाको नजिक र पूर्वमा डोमिनीकन रिपब्लिक र क्युबाको बीचमा रहेको छ । विश्वको अहिलेसम्म प्रमाणित ठूलो तेल भण्डार र विविध खानीहरूले भरिपूर्ण भेनेजुएलालाई अमेरिका आफ्नो लूटको स्रोत बनाउन चाहन्थ्यो । तर भेनेजुएलामा १९९० को दशकदेखि पुँजीवादको विकृत धार संशोधनवाद हाबी हुन पुग्यो र समाजवाद, जनसरकारका नामामा संशोधनवादी, ट्रेड युनियनवादी नेताहरू ‘वामपन्थी’ खोलबाट निर्वाचित हुन पुगे । ह्युगो चाभेजको विजय र त्यसपछि मडुरोको विजयसम्म आउँदा अमेरिकाका लागि भेनेजुएला कबाफमा हड्डी साबित भैसकेको थियो ।

किनभने वामपन्थीहरूले सरकारमा जित हासिल गरेको देश भेनेजुएला मात्र थिएन, ल्याटिन अमेरिकाका विभिन्न देशहरूमा पनि वामपन्थीहरूले विजय हासिल गरेका थिए । तर पछिल्ला चुनावहरूमा त्यहाँका वामपन्थीहरूलाई बढार्न अमेरिका सफल भयो र ‘डेमोक्रेटिक तरिका’ ले त्यहाँ धमाधम ‘रेजिम चेन्ज’ भए । तर भेनेजुएलामा सन् १९९८ देखि २०१८ सम्म भएका १५ चुनावहरूका १२ चुनाव चाभेज–मडुरोको समाजवादी पार्टीले जितेको थियो । चाभेज–मडुरोको समाजवादी पार्टीले चुनाव जित्ने मात्र काम गरेन, त्यो सरकारले ल्याटिन अमेरिकामा भैहरको अमेरिकी दबदबाका विरुद्ध वैकल्पिक बाटोहरू खोज्न थाल्यो । यो अमेरिकाका लागि सहिसक्ने कुरा थिएन । यसको परिणाम प्रजातन्त्रको मसिहा बताउने अमेरिकाले प्रजातन्त्रको स्थापना गर्न भन्दै भेनेजुएलाको आर्थिक, राजनीतिक र सामाजिक व्यवस्था खलबल्याउन षड्न्त्रपूर्ण कामहरू भित्रभित्रै गर्दै गयो । जुन कुरा पश्चिमा पत्रपत्रिकाहरू र सूचनाहरू एकत्रित गर्ने लेखकहरूले प्रस्ट गरेका छन् । राजनीतिक हिसाबले भेनेजुएलामा २०१८ को चुनावको परिणामलाई ल्याटिन अमेरिकी देशहरूबाट अस्वीकार गर्ने बनाइयो । भेनेजुएलामाथि विरोधीमाथिको दमन, मानवअधिकारको उल्लङ्घन, आर्थिक सङ्कट, देशभित्र अत्यधिक अभाव सिर्जना र व्यापक भ्रष्टाचारका मुद्दाहरू उठे । त्यसमा भेनेजुएलाका तमाम नागरिकहरू ल्याटिन अमेरिकी देशहरूमा आप्रवासन हुनु र शरणार्थी भएर प्रवेश गर्नुले त्यहाँको आर्थिक सन्तुलन र राजनीतिक तनाव पैदा गर्ने भनियो ।

अमेरिकी बुद्धिजीवीहरू, पत्रकार र विश्लेषकहरू मान्छन्, पश्चिम गोलाद्र्धका शासकहरूसँग कूटनीतिक सम्बन्धमा अमिलोपन आएपछि मडुरोको सम्बन्ध पूर्वी गोलाद्र्धका देशहरूसँग बढी विकसित हुन पुग्यो । यसको परिणाम राजनीतिक सङ्कटमा परेको भेनेजुएलालाई आर्थिक सहयोग गर्दै भेनेजुएलामा आफ्नो आर्थिक स्वार्थ पूरा गर्ने उद्देश्यमा लागेको देखाप¥यो । कतिपय देशहरूले भेनेजुएलाको ‘वामपन्थी’ बाटो समातेको सरकार भएको कारण पनि वैचारिक निकटता पनि प्रदर्शन गरे जसको परिणाम त्यो मडुरोको सरकारलाई अन्तर्राष्ट्रिय वैधता दिने गरे । यद्यपि पूर्वी गोलाद्र्धका देशहरू रुस, चीन र इरानसँग मडुरोको सम्बन्ध भए पनि विविधतालाई एक ठाउँमा ल्याउन सक्ने मडुरोको प्रखर क्षमताले व्यक्तिगत सम्बन्ध, आर्थिक प्रलोभन र वैचारिक आवरणको कूटनीतिमार्फत एक ठाउँमा ल्याएको पश्चिमाहरूले मान्ने गरेका छन् जसका कारण देशमा आवश्यक पर्ने नगद प्रवाह गर्न सकियो र देशभित्र र बाहिरको राजनीतिमा समेत परिचालन गर्न सकियोस् । भेनेजुएलाको आर्थिक सम्बन्ध भेनेजुएलामा ‘वामपन्थी सरकार’ बनेपछि अमेरिकी देशहरूमा अमेरिका एक्लिँदै गएको स्पष्ट थियो । उसले एकपछि अर्को गरी देशहरूलाई आर्थिक एवम् राजनीतिक क्षेत्रमा आफ्नो नियन्त्रणमा राख्ने गरेको अवस्थामा चाभेज–मडुरो सरकारले अमेरिकाभन्दा बहिर आफ्नो आर्थिक सम्बन्ध विस्तार गरे । विश्वकै सबैभन्दा ठूलो तेल खानी अमेरिकी बजारको एकलौटी हुन नदिने र विश्वका बजारमा पु¥याउन त्यो सरकारले पहल ग¥यो जसको परिणाम विश्वका विभिन्न देशहरूसँग महत्वपूर्ण व्यापारिक सम्झौताहरू गरिए ।

भेनेजुएलामा अमेरिकी साम्राज्यवादबाट बारम्बार राजनीतिक अस्थिरता सिर्जना गर्ने, आर्थिक नाकाबन्दी लगाउँदै जाने र जनजीवन अस्तव्यस्त पार्ने सम्भावनाले लगानीमा रिस्क (चुनौती) भए पनि संसारमै प्रमाणित भएको सबैभन्दा ठूलो तेलखानी भएका कारण, संसारका व्यापारीहरूका लागि साझेदारी गर्ने आकर्षक देश बन्यो । तेल, ग्याँस र अन्य प्राकृतिक स्रोतहरू जस्तो सुन, कोइला र कम्साइट भएको कारण भेनेजुएलाले आर्थिक प्रयोजनका लागि धेरैलाई आमन्त्रित ग¥यो । यो सम्पदाबाट बढी फाइदा लिने देश भनेको चीन र रुस बनेका छन् । जतिबेला साउदी अरबसहित तेल उत्पादक देशहरूले निर्यातका लागि उत्पादनलाई कटौती गरेका थिए, त्यो समयमा रुस र चीनलाई तेल निर्यात गर्ने देश भेनेजुएला बनेको थियो । अमेरिकी कम्पनीहरूले यहाँको प्राकृतिक स्रोतमा चासो दिएका थिएनन् किनभने उनीहरूले आफ्ना सहयोगी देशहरूले पहिले त्यहाँको शासन व्यवस्था परिवर्तन पर्खिरहेका थिए । यी देशहरूले परम्परागत साझेदारसँगको सम्बन्धलाई कम गर्ने र बजारलाई परिवर्तित गर्ने सम्भावना हेरिरहेका थिए । ती कम्पनीहरूले भेनेजुएलामाथि नाकाबन्दी पर्खिरहेका थिए र नाकाबन्दी हुने डरले लगानी नगर्ने बताउँथे तर आफ्ना उत्पादित सामानहरू खपत गर्ने भेनेजुएलाको आन्तरिक बजारमा लगानी गर्ने पक्षमा देखिन्थे । अमेरिका सम्बद्ध लगानीकर्ताहरूको पर्खाईका बाबजुद भेनेजुएलाले अरू देशहरूसँग महत्वपूर्ण व्यापार सम्झौता गर्दै गयो जसमा भारत एउटा देश हो जसले यी प्राकृतिक स्रोतहरूबाट फाइदा लिन चाहन्थ्यो । भारतका लागि कच्चा तेल निर्यात गर्ने दश प्रमुख देशहरूभित्र भेनेजुएला पर्छ । भारतले भेनेजुएलाबाट कच्च तेल सन् २०१७–१८ मा ५.८ अर्ब अमेरिकी डलरको आयात गरेको थियो र ४.६ अर्ब डलरबराबरको तेल २०१८ को अप्रिलदेखि अक्टोबरसम्ममा आयात गरेको थयो । भारतीय अधिकारीहरू भेनेजुएलाको बजारबाट तेल आयात गर्न र अफ्ना सामान बिक्री गर्नु निकै महत्वपूर्ण हुने मान्छन् । भारत सरकारले भेनेजुएलाको व्यापारमा हुने भुक्तानीको आधार डलरमा नभएर भारतीय रूपैयाँमा गर्न खोजिरहेको छ । सन् २०१८ को मार्च १५ मा प्रकाशित ग्लोबल रिसर्चका अनुसार भेनेजुएलाका विदेशमन्त्री ≈वर हेर्रे आथा (व्यचनभ ब्चचभबशब) ले आफ्नो ल्याटिन अमेरिकी देश भारतसँगको व्यापार तथा नगदी आदानप्रदानमा अमेरिकी डलरको सट्टा भारतीय राष्ट्रिय मुद्राको प्रयोग गर्न इच्छुक भएको बताएका थिए ।

भारतीय दैनिक पत्रिका टाइम्स अफ इन्डियाले भनेअनुसार हेर्रे आथाले भनेका थिए, ‘हामी डलरको प्रयोग एकरत्ति पनि गर्न चाहँदैनौँ ।’ उनले भनेका थिए, ‘हामी प्रविधि, खाद्य उत्पादन, यन्त्रहरू भारतीय रूपैयाँमा भुक्तानी गर्न चाहन्छौँ । भारतले पनि हामीलाई अमेरिकी डलरमा होइन, भारतीय रूपैयाँमा नै भुक्तानी देओस् भन्ने चाहन्छौँ ।’ पश्चिमा विज्ञहरू बताउँछन्– भेनेजुएला सङ्कटमा परेको कारण मोदी सरकार भेनेजुएलासँग तेलको मोलतोल गर्न सुविधाजनक अवस्थामा हुनेछन् र भारत यो अवस्थालाई गुमाउन चाहँदैन । अमेरिकी हस्तक्षेप र अपहेलनाको सिकार बनेको भारतका सत्ताप्रमुखहरूमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि हुन् जसले भेनेजुएलासँग आर्थिकभन्दा बाहिर तमाम विषयमा साझेदारी गर्न चाहन्छन् । पश्चिमा देशसँग सम्बन्ध बनाउने प्रयत्न गर्नुका बाबजुद मोदी सरकार मडुरोसँग द्विपक्षीय राजनीतिक र आर्थिक सम्बन्ध विकास गर्न चाहन्छन् । ल्याटिन अमेरिकामा बलियो पाइला राख्ने अवसर खोजेको भारतले तेलको धनी भेनेजुएलासँग बलियो सम्बन्ध बनाउन चाहन्छ । भारत पश्चिमा देशहरू खासगरी अमेरिकी आह्वानको अस्वीकार गर्दै ग्वाइडोलाई राष्ट्रपति मान्न तयार भएन । उसले त्यहाँको राजनीतिक समस्या आपसी वार्ताका माध्यमबाट समाधान होस् भन्ने प्रतिक्रिया दियो । त्यस्तै कतारले पनि पश्चिमा आह्वानलाई स्वीकार गरेन र घटनाक्रमहरूलाई गम्भीर तरिकाले हेरिरहेका छन् र अहिले मडुरोलाई नै समर्थन गरिरहेका छन् । त्यस्तै इजिप्ट सरकारले पनि भेनेजुएलासँग व्यापारका अन्य क्षेत्रहरूको अतिरिक्त ऊर्जा क्षेत्रमा सम्बन्ध बनायो । त्यसमा भेनेजुएलासँग बृहत् आर्थिक साझेदारी गर्ने, दुई देशबीच लगानी गर्ने सहमति इजिप्ट र भेनेजुएलाले गरे ।

भेनेजुएलासँग व्यापक आर्थिक साझेदारी गर्ने देश टर्की हो । टर्कीले सन् २०१८ मा भेनेजुएलाबाट ९० करोड अमेरिकी डलरको सुन खरिद गरेको थियो जसको तौल २३.६ टन थियो । त्यस्तै भेनेजुएलाले टर्कीमा आफ्ना अधिकारीहरू पठाएको थियो जसले त्यस्ता लगानीकर्ताहरूलाई आकर्षित गरून् जसलाई सुन प्रशोधनका लागि अनुमतिपत्र दिन सकियोस् । टर्कीको व्यापार भेनेजुएलासँग धेरै ठूलो भएको देखिन्छ । एउटा तथ्याङ्कअनुसार २०१३ देखि २०१७ सम्म ५ वर्षको अवधिमा भेनेजुएला र टर्कीका बीचको व्यापार ८० करोड ३६ लाख अमेरिकी डलरबराबर थियो, त्यो २०१८ को पहिलो ५ महिनामा मात्र ८९ करोड २४ लाख डलरबराबर पुग्यो । भेनेजुएलामा टर्कीको निर्यात सन् २०१६ को तुलनामा २०१७ मा १०८ प्रतिशतले बढेर ३ करोड ७५ लाख अमेरिकी डलर पुग्यो । यो सङ्ख्या २०१८ मा अझ बढेर निर्यात ५ करोड ४२ लाख पुग्यो भने आयात ८३ करोड ४२ लाख पुग्यो । टर्कीका राष्ट्रपति रेसप ताई एर्दगानले २०१८ को डिसेम्बरमा काराकस पुगेको समयमा भनेका थिए, ‘भेनेजुएलालाई आवश्यक पर्ने बहुसङ्ख्यक सामानहरू टर्कीले पूरा गरिदिनेछ ।’ एउटा तथ्याङ्कअनुसार भेनेजुएलाका लागि आवश्यक पर्ने खाद्य कार्यक्रमको ६९ प्रतिशत सामानहरू टर्कीले निर्यात गरेको थियो । अरू देशका हवाईउडानहरू काराकासको आकाशमा बन्द गरिँदा टर्कीका राष्ट्रिय ध्वजावाहक विमान तुर्किस एयरलाइन्सले उडान भरेको छ । आर्थिक लगानीका क्षेत्रमा भारत, टर्की इजिप्टलगायत अरू देशहरूले पनि हात बढाएका छन् । भेनेजुएलासँग यसप्रकारको हात बढाउने मध्यपूर्वको देश कतार पनि हो । आर्थिक क्षेत्रमा परस्पर सहयोग र ऊर्जाको विषयमा छलफल गर्न मडुरोले २०१५ र १६ मा दोहाको भ्रमण गरेका थिए । भेनेजुएलाको सरकारी पेट्रोलिएम कम्पनी पीडीभीडीएसएले ऊर्जाका विषयमा कतारको ऊर्जा कम्पनीसँग धेरैपटक वार्ता गरेको छ जसमा कतारले भेनेजुएलामा ७ अर्ब डलर लगानी गर्ने सहमति जनाएको थियो । यसैगरी बेलारुसले पनि भेनेजुएलामा लगानी गर्ने र भेनेजुएलाले बेलारुससँग विभिन्न आर्थिक सम्झौता गर्ने सहमति गरेका छन् । …….. (क्रमशः)

२०७५ चैत ११ गते सोमबार प्रकाशित