जनकपुरमा अभियानको दूरगामी प्रभाव

- देवनारायण शाह

गएको वर्ष माघ १ गतेदेखि पार्टीले ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ २ देशव्यापी सुरु गरेको थियो । जनकपुर क्षेत्रअन्तर्गत सिन्धुली जिल्लामा महाभारतको पखेटा (तल्लो भाग) को नेतृत्व नेकपाकी पीबीएम तथा प्रतिनिधिसभाकी अध्यक्ष उमा भुजेल ‘शिलु’ ले गर्नुभएको थियो । पार्टी सल्लाहकार समितिका अध्यक्ष असारे काकाको गाउँ सुनकोसी गाउँपालिका, नाङ्गेडाँडामा उक्त अभियानको उद्घाटन गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि पूर्वी कमान्ड इन्चार्ज अनिल विरही, विशेष अतिथि तथा वक्ता उमा भुजेल र कार्यक्रमको अध्यक्षता देवनारायण शाहले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथिले निर्मला हत्याकाण्डको जाँचबुझ गर्न गृहमन्त्री बादलका छोराको डीएनए परीक्षण गर्न माग गरेका थिए । शिलुले एकीकृत जनक्रान्ति कार्यदिशामार्फत वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरेरै छोड्ने र दलाल पुँजीवादी व्यवस्था विघटन गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले जनयुद्धको आधारक्षेत्रलाई ‘लाल सिन्धुली’ बनाउने प्रतिबद्धता गर्नुभएको थियो । कार्यक्रममा ५ सयभन्दा बढी नरनारीको उपस्थिति थियो ।

उद्घाटनपछि माघ २ गते अभियान कमान्डर शिलु र अभियानकर्ता टोलीबीच बैठक बसी सम्पूर्ण मजदुर, किसानको घरदैलोमा पुगी जनताको सत्ता जनतामा हुन पार्टीले लिएको कार्यदिशा एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना र व्यवस्थापनका निम्ति जनता नै सर्वशक्तिमान्, जनता नै गुरु तथा महान् र आमूल परिवर्तनका निम्ति अजेय शक्ति हो भनी उत्प्रेरणाका साथ पाँच टोली निर्माण गरी जनताको घरदैलोमा पुग्ने निर्णय निर्देशित भई सुनकोसी गाउँपालिका र गोलन्जर गाउँपालिकामा पुग्यौँ । समस्त श्रमजीवी जनताका बीचमा छिमेकी देश चीन तथा कमरेड माओको प्रभाव परेको र १० बर्से भीषण जनयुद्धमा कम्युनिस्ट व्यवस्थामा हुने कार्यशैली र अर्थ व्यवस्थापन, उद्योगहरूको राष्ट्रियकरण, सामन्ती अवशेषको निर्मूल, जमिनको राष्ट्रियकरण, सम्पत्तिमा सामूहिकीकरण, सम्पूर्ण श्रम देशका लागि, नेताहरूमा निजी सम्पत्ति नहुने, बेरोजगारीको अन्त्य, उत्पादनमा समान वितरणको प्रभाव परेको हुँदा नक्कली कम्युनिस्ट संशोधनवादी, सामाजिक दलाल संसदीय व्यवस्थाका नेता, पार्टी केपी वली प्रचण्डको कालो अनुहारलाई उदाङ्गो पार्ने, गालीगलौज गर्ने, अब जनतामा आए जुत्ताको माला लगाइदिने, लखेट्नेसम्मका वेदनाहरू पोखे । नक्कली कम्युनिस्टको सरकारले हालमा गरिब जनताले पाउने अधिकार कता हो कता उल्टै बाँच्नका निम्ति पालेका कुखुरा, बाख्रा, गाई, गोरु, झुप्रोसमेतमा कर बढाएको, जनताको ढाड सेक्ने गरी कर लगाएको कतिसम्म भने जन्मिँदा र मर्दासमेतको प्रमाण पुर्जा बनाउँदाको रूपैयाँ पैसा तिुर्नपर्ने, सिफारिसमा पाँच सयदेखि हजारसम्मको पैसा तिर्नुपर्ने, खोला, नाला बाटो, घाटो, बालुवा, गिट्टीको ठेकेदार स्थानीय जनप्रतिनिधि मेयर–उपमेयर, वडा अध्यक्षहरू नै रहेको विकास आयोजनामा ब्रह्मलुट, भ्रष्टाचार गरेको भनी जनगुनासो गरेको पाइयो ।

यता जनयुद्धको स्मरण गराउँदा दसबर्से जनयुद्धमा भएका महान् सहिदहरूको रगतमाथि होली खेलेको, सहिद परिवारहरूको बिचल्ली, अपाङ्ग, घाइते, बेपत्ता परिवारजनप्रति घोर अन्याय, अत्याचार भएको, जनमुक्ति सेनाको सङ्घर्षले राजतन्त्रको अन्त्य भएको र पछि अयोग्य भनी बहिर्गमन गरेको, उचाइ कम भएको, उमेर बढी भएको, अयोग्य मानिस भनी अपमान गरेको हुँदा गुनासो राख्दै प्रचण्ड, बाबुराम, बादलहरू कसरी योग्य भई प्रधानमन्त्री र मन्त्री भए ? त्यही नेताको निर्देशनमा लडेका जनमुक्ति सेना अयोग्य भए ? भन्ने गुनासो पुर्व जनमुक्ति सेनाका कमरेडहरूले गरे । अभियानकर्ताहरूको कार्यशैली कम्युनिस्ट व्यवहारको हुँदा आम घरपरिवारका सदस्यहरू बिरानोजस्तो नलागेको, आफ्नै दाजुभाइ, बहिनीहरू घरदैलोमा आएको भनी महसुस गर्थे । समग्र राजनीतिक विचारहरू गहन रूपमा सुन्ने गरे । कतिपय घरहरूमा विगत जनयुद्धमा पनि यस्तै गरी माओवादीहरू आउँथे । अब फेरि आउन थाल्नुभयो । फेरि त्यस्तै युद्धको सिर्जना भयो कि क्या हो भन्थे । अब पहिलेको जस्तो राजतन्त्र छैन । अब त्यस ठाउँमा जाली, दलाल, फटाहाहरू नेता– कार्यकर्ता भएका छन् । अब तिनीहरूलाई सिध्याऊँ, अनि मात्र जनताले सास फेर्न पाउँछन् भन्थे । पहिले एउटा डाँका–चोरले एकदुई घरमा चोरी गथ्र्यो । अहिले एउटै डाँका–चोरले लाखौँ घरहरूमा चोर ी–डकैती गर्छन् भनी अहिलेका सरकारी नेता–कार्यकर्ताहरूप्रति इशारा गर्थे । कतिसम्म भने प्रहरीहरूप्रति लक्षित गरी यिनीहरू पनि जनताकै करबाट केही सीमित रकम र ज्यालामा जागिर गरिरहेका छन् । घरपरिवार, छोराछोरीको पठनपाठन र स्वास्थ्यउपचारसमेत राम्रोसँग नपाउनेहरू पनि किन जालीफटाहा भ्रष्टाचारी नेता र तिनका कार्यकर्ताहरूको अघिपछि लागेको ? किन संरक्षण गरेको भनी व्यापक जनगुनासो गरेको पाइयो ।

जनताको घरदैलोमा जाने, घुम्ने, भेटघाट गर्ने, अधिकारका कुरा गर्न पाउने, फटाहा दलालहरूको भण्डाफोर गर्ने, जनकारबाही गर्न पाउने यो त राजनीतिक अधिकार नै हो । तपाईंहरू जस्ता महान् विचार बोकेको पार्टीका नेताहरूलाई जनतामा जान निषेध गर्नु, पक्राउ गर्नु, झूट्टा मुद्दा लगाई थुनामा राख्नु यो त साह्रै अन्याय भयो । यो त जनताले पाउने अधिकार रोक्ने र चेतनाको विकास नहोस् भनी राणाकाल र पञ्चायत शासनले गरेजस्तै हो । जनताले त्यस्तो व्यवस्थाको त अन्त्य ग¥यो । अब यी जाली, फटाहा र भ्रष्टाचारीको अन्त्यका निम्ति तपाईंहरू हाम्रो घर, आँगन र पँधेरीमा आउनुभएको छ । हामी विप्लवको पार्टीलाई साथ दिन्छौँ । हामी जनता जालीफटाहा र दलालहरूलाई साथ दिँदैनौँ । यसबाट हामी समग्र जनता पीडित छौँ भनी केपी वली र प्रचण्डप्रति इशारा गर्दै भन्थे । कतिपय घरपरिवारमा त काङ्ग्रेस पार्टीमा लाग्दा त्यहाँ पनि जालीफटाहा र दलालहरू नै छन् भनी पूर्वएमाले पार्टीमा प्रवेश गरे तर यसमा पनि जालीफटाहा दलालहरू भएको देखेर ०६४ सालमा माओवादीलाई भोट हाले । यो माओवादीमा पनि केही इमानदारहरू राम्रो कुरा गर्छन् । केही जालीफटाहाहरू नै देखेँ । प्रचण्ड–बाबुरामहरु पनि जनतालाई सडकमा छोडेर आफू अलिसान महलमा बसे र जीवन बिताइरहेका छन् । गरिब जनताका छोराछोरीहरूको रगत बग्यो । यो सबै कुरा मनमा सम्झिँदा कुनै पार्टीमा नलागी स्वतन्त्र भएर बसेँ । कोही काङ्ग्रेसका मान्छे आएर फकाउँछन् । कहिले पूर्वएमालेका मान्छेले अहिले त माओवादीहरू पनि एमालेमा विलय भएर आफूलाई कम्युनिस्ट भन्छन् । व्यवहार त जालीफटाहा र दलालजस्तै छ । हिजोको भन्दा कर बढाइएको छ । जनता झनै पीडित भएका छन् । खुसी लाग्यो । माओवादी जनयुद्धका होनहार इमानदार नेता–कार्यकर्ताहरू मिली एउटा सच्चा कम्युनिस्ट पार्टी गठन गर्नुभएको छ । जनताको घरदैलोमा पुगी दुःखसुखका कुराहरू गर्नुभएको छ । बिरामी लिएर काठमाडौँ जाँदा एकताका वीर अस्पतालकै छेउमा खुला मञ्चमा कमरेड विप्लवको भाषण सुन्दा म धेरै प्रभावित भएको थिएँ । त्यो भाषण सुनेर अब फटाहा, जाली र दलालहरूलाई अन्त्य गर्ने पार्टी गठन भएको महसुस गरेँ र विश्वास पनि लाग्यो । त्यही पार्टीका नेता–कार्यकर्ता आज मेरै घरआँगनमा आएको देख्दा मलाई ज्यादै खुसी लाग्यो म सम्पूर्ण परिवारले पनि सदस्यता लिन्छ र अरूलाई पनि लिन लगाउँछु भने त्यही अनुकूल रामबहादुर श्रेष्ठ सिम्लेबेसी गोलन्जर ३ काले लगभग ५० वटा घरधुरीमा लगी पर्चा वितरण गर्दै राम्रो पार्टीको अभियान हो । अब जाली, फटाहा दलालसँग डराउनु पर्दैन, सदस्यता लिनु भन्थे ।

अभियान कमान्डर पार्टी पीबीएम उमा भुजेलको असाध्यै मिहिन प्रत्यक्ष योजनाअनुसार अभियान टोलीमा हुने कुनै प्रकारको अवरोधबारे प्रत्यक्ष अवलोकन हुने गथ्र्यो जसबाट अभियान टोलीहरूले पनि ज्यादै उत्साहका साथ खाइनखाई, सुतीनसुती पर्चा वितरण, भित्तेलेखन, जवसको सदस्यता वितरण, पार्टी सेल समिति निर्माण, श्रमदान, कोणसभा, पिँढीसभा, माक्र्सवादी साहित्य वितरण, पूर्णकालीन कार्यकर्ता निर्माणबारे निर्देशित गरिरहनुभयो । उहाँले अभियानकर्ताहरूलाई जनताको घरपरिवारमा जाँदा कम्युनिस्ट विचार र व्यवहारबाट कुशल कार्यशैली अपनाउँदा कोही जनता पनि पार्टीबाट बेग्लै बस्नु हुन्न भनी निर्देशित गर्दै त्यसअनुकूल वास्तवमा गोलन्जर गाउँपालिका र सुनकोसी गाउँपालिकामा कोही जालीफटाहाबाहेक समस्त जनता पार्टीमा आबद्ध भए । त्यसैको निरन्तरतामा अन्य पार्टीबाट ध्रुवीकरण भई पार्टी प्रवेश गरिरहेका छन् । जालीफटाहा दलालहरू त्रसित भई अभियानका विरुद्ध पुलिस प्रशासनसमेत प्रयोग गर्न खोजे । त्यसको प्रतिवाद जनताले गरे । हाम्रो अभियानकर्ता जहाँ जान्थे जनतालाई अवगत हुन्थ्यो । पुलिसको भ्यान आउँदा जनताले अभियानकर्तालाई सूचना दिन्थे । कतिपय घरपरिवारका छोराहरू प्रहरी, सशस्त्र र नेपाली सेनामा कार्यरतलाई परिवारजनले फोन गर्थे । उनीहरूले पनि पार्टी राम्रो हो । सहयोग गर्नू भनी जबाफ फर्काउँथे । दलित बस्तीको घरदैलोमा जाँदा होनहार युवा, महिलाहरू ज्यादै खुसी हुन्थे । उनीहरू सचेततापूर्वक राजनीतिक बहस गर्थे । उनीहरूको भनाइमा अहिलेको वैज्ञानिक युगमा पनि मानिस– मानिसबीचको छुवाछूतको व्यवहार हुनु राज्यले कम्युनिस्टको सरकार भन्नु आध्यात्मिक संस्कृतिमा मन्त्री, प्रधानमन्त्री नेताहरू पूजापाठमा तल्लीन हुनु, धामी, झाँक्री, बोक्सीजस्ता विषयमा कुनै अङ्कुश नलगाउनु ब्राह्मणवाद भनी आध्यात्मिक संस्कृतिको प्रचारप्रसारमा लगानी गरी खर्च गर्नमा प्रोत्साहन दिनु यो नक्कली कम्युनिस्ट सरकारबाट दलित परिवारहरू दोहोरो अन्यायमा परेका छन् । यो मानवतामाथिको दोहोरो अन्यायका विरुद्ध असल कम्युनिस्ट पार्टीको नै आवश्यकता छ र त्यसले नै वर्गीय, जातीय विभेदको अन्त्य गर्नेछ भनी विश्वास लागेको छ । हामी दलित मुक्ति मोर्चा, पार्टीमा आबद्ध हुन्छौँ भनी सदस्यताहरू लिए ।

जनजातिहरूको घरदैलोमा अभियानकर्ता जाँदा परिवारजनका युवा, महिलाहरूले पनि पीडाका साथ गुनासो पोख्थे। काम गर्ने कालु मकै खाने भालु भन्ने उदाहरण दिन्थे । राणाशासन र पञ्चायती व्यवस्थाका विरुद्ध हामी जनजातिहरूले सङ्घर्ष ग¥यौँ । दसबर्से जनयुद्धमा हाम्रा दाजुभाइ, दिदीबहिनीहरू बलिदान भए तर दुईचारजना जनजातिलाई मन्त्रीको पद दिँदैमा सम्पूर्ण जनजातिहरू अधिकारबाट वञ्चित रहे । बच्चाहरू पढ्न जाँदा जान दुई घन्टा आउन दुई घन्टा पहाडको बाटो, अबोध बालबालिका पढ्न जान मान्दैन । हामी युवाहरू कक्षा ३ सम्म मात्र पढ्न सके स्वास्थ्य उपचारको व्यवस्था हुँदै अकालमै मर्नुपर्छ । यस्तो सम्झिँदा साह्रै दुःख लाग्छ । सरकार पनि दलाल र भ्रष्टाचारीहरूको छ । केही मुठीभर मान्छेहरूको जगजगी छ । हामी सबै जनजाति अन्यायमा नै परेका छौँ । नेतामार्फत विप्लवका लेख र भाषणहरू सुन्छौँ । राम्रो लाग्छ । कुनै बेला प्रचण्ड–बाबुरामजस्तै हुने हो कि भनी शङ्का लाग्छ । शङ्का मात्रै गरेर पनि हुँदैन । विश्वास पनि गर्नुपर्छ अब अहिलेको सरकारको विकल्पमा कमरेड विप्लवकै पार्टी हो भनी अधिकांश मान्छेको मुखबाट सुन्छौँ । तपाईंहरू घरआँगनमा आउनुभएको छ । विश्वास गरेर नै सदस्यता लिन्छौँ । सङ्घर्षमा जुट्छौँ भनी मगर मुक्ति मोर्चा, तामाङ मुक्ति मोर्चा र हायुहरूले सदस्यता लिए । बाहुन, क्षेत्रीको घरआँगनमा जाँदा सचेत युवा महिलाहरूले पनि केही मुठीभर बाहुनक्षत्रीहरू राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूमा समग्र बाहुनक्षत्रीको जनजीवन राम्रो छ । हामी पनि गरिब छौँ । दुःख र पीडा छन् । घाँसदाउराका भरमा बाँच्नुपरेको छ । नेकपाका महासचिव विप्लवका लेखहरू पढेको छु । राम्रो लागेको छ । विश्वास पनि छ । यस पार्टीमा आबद्ध हुन्छु भनी सदस्यता लिएका थिए । सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाहीका कपडा बेच्ने, माछा बेच्ने साधारण व्यापारीहरू भेट हुने गर्थे । उनीहरू अभियानकर्ताका विचारहरू सुनेर सीके राउत, उपेन्द्र यादव, राजेन्द्र महतोजस्ता मधेसीको नाम र टाउको देखाएर मधेसीलाई लुटिरहेका छन्, भ्रम दिइरहेका छन् । यिनीहरू पनि राजनीतिक दलालहरू नै हुन् । यस्तो अभियान मधेसी जनताको घरदैलो पनि पुग्नुपर्छ । हामी साथ दिन्छौँ भनेका थिए । यो अभियानले रोल्पाजस्तै सिन्धुलीमा जनआधार क्षेत्र बनेको छ जसमा दुईमहिने अभियानमा २८८ सङ्गठन निर्माण, श्रमदान ८ वटा १,०११ ठाउँमा नारा भित्तेलेखन, २,३७० जवसको सदस्यता वितरण, कोणसभा ३७५ ठाउँमा, १४ जना पूर्णकालीन सदस्य, १३,५०० पर्चा वितरण र माक्र्सवादी साहित्य वितरण भयो । अघिल्लो अभियान १ भन्दा पार्टीको दोस्रो अभियान माथिल्लो नेतृत्व र अनुकूल वस्तुगत अवस्थामा भएको थियो । पार्टी केन्द्रले पूर्वी कमान्डमा शक्ति केन्द्रित गरेर क्रान्ति र पार्टीको असन्तुलित विकास रोक्ने, पूर्वमा पार्टी विस्तार रोक्ने सरकारी षड्यन्त्रलाई असफल पार्ने रणनीति लिएको थियो । त्यसकारण अभियानको दूरगामी महत्व थियो । जनकपुरमा अभियानले प्रचारात्मकभन्दा सङ्गठन निर्माणमा मुख्य ध्यान केन्द्रित गरेर पार्टीको मूल मर्मलाई आत्मसात गरेको थियो ।

२०७६ जेठ २६ गते आइतबार प्रकाशित