कथित प्रतिबन्धको परिणाम : गुणात्मक क्रान्तिको धरातल निर्माण

- मोहलाल चन्द ‘आधार’


श्रमजीवी जनसमुदायको आस्थाको केन्द्र नेपाल कम्युनिस्टको आठौँमहाधिवेशनले आफ्नो गौरवमय तीन वर्ष पूरा गर्दैछ । काठमाडौँको खुलामञ्चमा भव्यतम् रूपमा उद्घाटन गरेर ऐतिहासिक आस्थाको गाउँ थबाङमा जननिर्मित सहिद स्मृति हलमा सच्चा कम्युनिस्ट महाधिवेशन सम्पन्न भएकोसर्वत्र ताजै छ । ऐतिहासिक आठौँ महाधिवेशनले मालेमावाद रकम्युनिस्ट क्रान्तिमा नयाँ र विकसित निकास दिएको कुरा छोटै अवधिमा पुष्टि भैरहेकोछ । एकीकृत जनक्रान्तिनामक कार्यदिशाको अन्तर्वस्तु ‘केही महत्वपुर्ण सैद्धान्तिक विषयहरू’ महाधिवेशनद्वारा एकमतले पास भएका छन् । दर्शनको विषय, साम्राज्यवादको नयाँ चरित्र,कार्यदिशाको प्रश्न,कम्युनिस्ट पार्टी सञ्चालनको विषय,कम्युनिस्ट आर्थिक प्रणालीको विषय, राजनीतिक कार्यक्रमको विषय,जातीय मुक्तिको प्रश्न, पार्टी नामका विषयमा नयाँ अवधारणा अघि सारिएकोछ । यो बाह्यजगत्का लागि बहसको विषय हुन सक्ला तरसच्चा कम्युनिस्ट,उत्पीडित वर्ग,राष्ट्र,समुदाय र लैङ्गिक जगत्का लागि क्रान्तिको नयाँ जीवनशैली नै हो। यही नयाँ जीवनशैलीसहित नेपाल कम्युनिस्ट पार्टीको समग्र साङ्गठनिक परिवार साथै क्रान्तिप्रेमी,सहयोगी, शुभचिन्तक,एकीकृत जनक्रान्तिको प्रवाहमा हेलिँदा हलचल पैदाहुन पुगेको कुरा कतै छिपेको छैन ।अर्कोतिरदेशभक्त,राष्ट्रवादी, वामपन्थी, बुटिजीवी, कलाकर्मी,नागरिक समाज,मानवअधिकारवादी आफ्नो स्वाभिमानमा अडिग भएर सामाजिक फासिवादी सरकारको अत्याचारका विरुद्ध मुखरित हुन पुगेको कुरा पनि सर्वविदितै छ । दलालहरूका हलाल सपनाविरुद्ध नयाँ छनक देखिएपछि सामाजिक दलाल सरकारका नाइकेहरू अत्तालिन पुगे । नेपाली क्रान्तिले जरुर पूर्णता पाउँछ,आफ्नो स्वर्गीय ऐयासी भताभुङ्ग हुन्छ भन्ने पुरानै विक्षिप्त मनोरोगका कारण प्रतिबन्ध जस्तो अलोकतान्त्रिक कदम चालियो। प्रतिबन्धको आधारभूत परिवेशलाई फर्केर हेर्यो भने एकातिर नक्कली कम्युनिस्टको शान्ति रसमृद्धिका भोजभतेरहरू सरकारी रबाफका साथ ठेक्कापट्टामा चलिरहेका थिए। अर्कोतिर सच्चा कम्युनिस्ट पहिचान दिन जनसमुदायमा फर्क अभियान चलेको थियो जसको नाम सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान थियो । राजनीतिक संस्कारले ओतप्रोतभएर जनमितेरीद्वारा भ्रान्ति साफ पारेर जनसेवासहित जनदिशामा राजनीतिलाई फर्काउनु सर्वथा सुल्टो पक्ष थियो । आजका मितिसम्म जनसमुदाय विशेषतः केही युवापिँढीको दिमागमा निरपेक्ष रूपमा राजनीति भनेको फोहोरी खेल हो भन्ने भ्रम परेको छ र पारिएको छ । यतिमात्र कहाँ हो र ! हाम्रो देशका सर्वाधिक असफल संसद्वादी दलका विचारहीन नकच्चरा नेताहरूको कथनी र करणीबीचको भङ्गाले अन्तर साथै गुटीय स्वार्थपूर्ण राजनीतिको दाउपेच र संसद्वादी रकमी शैलीले क्षमता,प्रतिभालाई किचिमिची पारिदिएको छ। रेमिट्यान्समा र्याल चुहाउँदैयुवकयुवतीहरूलाई दलालहरूमार्फत विदेशतिर लखेटिएको छ । रङ्गीचङ्गी सपनामा बिक्रीवितरण गरिएको छ । यो उत्तरसाम्राज्यवादी चाल नै हो । एनजीओ/आईएनजीओमार्फत यो चाल चालिएको छ । यी राष्ट्रघाती,जनघाती गैरसरकारी संस्थाका सञ्चालक को हुन् ? कहाँबाट परिचालित छन् ? झन्झन् भ्रष्टाचार किन मौलाइरहेको छ ? बेलगाम हत्याहिंसा किन भैरहेको छ ? यौनहिंसाका सिकार किन भैरहेका छन् महिलाहरू ? महँगीले दिन दुईगुना, रात चौगुना किन आकासिँदो रूप धारण गरिरहेको छ? तस्करहरूले किन पुलिस प्रशासनलाई हाँक दिइरहेकाछन्? कथितजनप्रतिनिधिहरूले आफैँले संविधानविरुद्धको कानुन बनाई किन जागिर खान्छन् र लाजको दुर्गन्धले सर्वोच्चको समेत नाकै फुटाउँदा खारेज गर्नुपर्छ? के सङ्घीयता भनेको कर्मचारी तन्त्र हो ? यस्तो जोक त मात्र जोक्करहरूले गर्छन् ? राजनीतिशास्त्रको कखरा बुझ्ने जोकोहीलाई लज्जास्पद समयको फन्दाले केकति बेचैनीमा पुर्याएको होला ? हिजो कथित दुई ढुङ्गाको तरुलनामक नेपाल सामन्तवादको ताउलोमा जलिरहेको थियो । आजस्वाधीन,मुक्त र समृद्ध नेपाल राष्ट्र कहलिनुको साटो चौबाटोको देश बन्न बाध्य छ । चौबाटोको खेलमा परेको देश कुन बाटोको शक्तिकेन्द्रले आफ्नो शकुनीपाशमा पार्ने भन्ने अस्वस्थ प्रतिस्पर्धाको सिकार बनिरहेको छ । यहाँका शासकप्रशासकहरू चार भागमा विभाजित भएका छन् । अमेरिकी हिन्द–प्रशान्त नामको सैन्य रणनीति, पुरोपियन युनियनको सङ्घीयता र क्रिस्चियन धर्म रणनीति, भारतको हिन्दुवादी राष्ट्र चाल, चीनको बीआरआई अर्थात् आर्थिक रणनीति (विश्व मानव समृद्धि) । यी रणनीति एकआपसमा टकराइरहेका छन् । यसै रणनीतिको भुमरीमा नेपाली दलाल र सामाजिक दलाल पुँजीजीवी वर्गीय स्वार्थमा आधारित लोकतान्त्रिक गणतन्त्रनामक संसदीय व्यवस्थाको थोत्रे भाँडो चक्कराइरहेको छ । दुईतिहाइको सरकार पनि केपीका उखानटुक्कामा चचहुई गर्दै रोटेपिङजस्तै चक्कराइरहेको छ। चारवटा साँचोमा चक्कराइरहेको र टक्कराइरहेको दलाल पुँजीवादी संसदीय व्यवस्था र सामाजिक फासिवादी सरकार चार टुक्रामा विभाजित हुन अनिवार्य छ ।चौदुवाको देशलाई अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको पोल्टोमा सुम्पेर थोत्रे कुर्सी अँठ्याउनु मात्रको धन्दामा फसिरहेको छ सरकारी नेकपा । दुईचार पैसाको लोभमा झुक्किएर ‘नहुनु मामाभन्दा..मामा सही’ भन्दैचुके नेपालको जनसङ्ख्याको अल्पमत मतदाता जनसमुदायहरू । आज दुईतिहाइ मतले मैमत्त बन्यो दलाल पुँजीवाद र सामाजिक दलाल पुँजीवादको रक्षार्थ सामाजिक फासिवाद । यिनै यक्ष विषय वस्तुहरूमा अन्तरक्रिया,छलफल, बहससाथै कम्युनिस्ट समुदाय निर्माणको महायात्राको थालनी थियो अभियान । त्यसैबाट अत्तालिएर प्रभुहरूको सामुको वाचाबन्धनका कारण कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेझैँआफ्नै संविधान,नियम, कानुन, राज्यका मूल्य,मान्यता कुल्चेर संसद्ले समेत अस्वीकृत गर्ने परिणति थाहा हुँँदाहुँदै सामाजिक दलाल सरकारले क्षेत्राधिकार मिचेर नेकपामाथि प्रतिबन्ध लगाउनु भनेको जनआधिकारमाथि नै प्रतिबन्ध लगाई निरङ्कुशता लाद्नुशिवाय अरू केही होइन । कोठे र ओठेजबाफबाहेक सर्वग्राह्य कारणसहित हालसम्म प्रतिबन्धको पुष्टि गर्न सकिरहेको छैन कम्युनिस्टको कलङ्क सरकारले । कुमार पौडेलको हत्याप्रकरण, गिरफ्तारीको झूट्टा पुलिन्दा र अदालतको सफाइले के कुरा पुष्टि गर्यो भने नेकपामाथि प्रतिबन्धको निहुँमा सामाजिक फासिवादी सर्वसत्तावाद लाद्न अग्रसर भयोकेपी–पीकेमण्डली । निरङ्कुशताचाहिँ राणा, पन्चे बाउबाजेको वंशाणुगत रोगको अभिव्यक्ति नै हो भनेर ठोकुवा गर्न सकिन्छ ।

तर नामधारी कम्युनिस्ट महाशयहरूलाई प्रतिबन्धको परिणाम केलाउने फुर्सद छ कि छैन कुन्नि ? शान्ति–दमन–प्रतिरोध–विस्फोट–क्रान्ति । स्याबास् केपी–पीकेमण्डली । सामाजिक फासिवादी कुबुद्धिको कदम फेक‘विप्लव समूह’ लाई हवाला दिँदै राष्ट्रवादी सेना–प्रहरीको इन्कारीबाहेक सीआईडी र सीआईबीलाई उक्साएर उहीँ जनयुद्धकन सरकारी रबैया गाउँसहर खन्याइदिँदा छोटै समयमा सचेत, जुझारु,गतिशील सङ्गठनको वातावरण तयार भयो । नेपाल कम्युनिस्ट पार्टीको उद्देश्यमा नकारको भूमिकाले सकार पैदा गरिदिनुभएकोमा यहाँहरूलाई साधुवाद नै दिऔँ । तर सर्वथा झूटको पेटारोमा कोचिएको यस्तै रवैया हो भने तस्कर, व्यभिचारी, भ्रष्ट, दलालहरूको झन्झन् निद्राहराम हुने दिन जरुर आइरहनेछन् । राष्ट्रघाती,जनघातीहरूको सक्कली चेहरा दुनियाँले छर्लङ्गै देख्नेछन् ।अझै बुर्कुसी मार्नोस् । सुझबुझपूर्ण रूपमा चेतनशील मानिसहरूले नमात्तिनुहोस्भन्दा मान्नुहुन्न घुम्ने कुर्चीमाथिका अन्धा मानिसहरू । गर्नोस्, जेजे गर्न मन छयता भने कम्युनिस्ट पार्टी शुद्धीकृत र सुदृढीकृत भैरहेको छ ।विकलाङ्ग स्टेफन हकिङको नयाँ खोज सापेक्षतावाद र अनिश्चयतावादबराबरएकीकृत भौतिकी सिद्धान्तमा पलपल सन्तुष्ट भैरहेकाछन् नवपिँढीहरू । नामधारी कम्युनिस्ट महाशयहरूले कष्ट गरी समाज विज्ञानमा नयाँ खोज गरिदिएको भए जयजयकार गर्नेको लावालस्कर लाग्थ्यो होला तर झन्झट गर्ने फुर्सद भएन क्यारे महाशयहरूलाई । क्रान्तिप्रेमी, राष्ट्रवादी,स्वच्छ छविका जनप्रिय युवानेता, श्रमजीवी जनसमुदायको आँखाको नानी तर साम्राज्यवादी,उत्तरसाम्राज्यवादी, दलालर सामाजिक दलाल पुँजीवादी नाइकेहरूको आँखाको कसिङ्गर उही विप्लव सफल क्रान्तिका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा लीन हुनुभयो । माओको मृत्युपछि अधिभूतवादी आदर्शवादको झूटले छोपेको समाज विज्ञानको गहिराइमा पुगेर द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको उत्तरोत्तर विकासका लागि नौलो आयामका जीवनबुटी सँगाल्दा तपाईंहरूलाई औडाहा भयो हैन त ? समाज विज्ञानमा नयाँ खोज एकीकृत जनक्रान्तिको बहुआयामिकता बुझ्ने अनि मौलिक र विकसित विचारको अङ्कुरले मनै हररर हुनुको साटो औडाहाले जल्नुले तपाईंहरूनक्कली कम्युनिस्ट,खसीको टाउको झुन्ड्याएर बौलाहा कुकुरको मासु बेच्ने ठग व्यापारी भएकै पुष्टि भयो भनिरहेका छन् सच्चा माक्र्सवादी जानिफकारहरू । सत्य कुरा के हो भने सबै सर्वसाधारणहरु, विवेकशीलहरुका सही दृष्टिकोणमा विप्लवप्रतिबद्ध देखिनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘भौतिक विज्ञानमा सत्य बोलेबापत पुरष्कृत हुने अवस्था त आइसक्यो तर समाज विज्ञानमा सत्य पत्ता लगाएबापत दण्डित हुनुपर्ने,बलिदान बेहोर्नुपर्ने अवस्था छ ।’ ‘लखन थापालाई मारिदिएपछि चिहानमा विद्रोह खडा भैराख्यो । बाँचेको भए के हुन्थ्यो भन्न सकिन्न ।’ ‘सतहमा बसेका झूटले गहिराइमा भएका सत्य छोप्छन् ।’ महान् माओका अनुसार पनि ‘जसले क्रान्तिको बाटो छेक्छऊ आफैँ सङ्कटमा जाकिन्छ।’

ए, केपी–पीके नामका राष्ट्रका कुलङ्घारहरू हो, एकपटक आफैँलाई ऐनामा हेरेर आत्मसमीक्षा गर त ?! तिमीहरूको आदेशात्मक अत्याचारी श्वेतआतङ्क र नेकपाको योजनाबद्धता र सचेत पहलकदमीपूर्ण गतिशीलताको परिणाम जनक्रान्तिका खजाना सचेत,जुझारु, गतिशील र वैचारिक पार्टी सङ्गठनलाई नै जन्म दियो । सिस्टम र अनुशासन व्यवहारको आरनमा अर्जापिरहेका छन् । वैचारिक,राजनीतिक,सङ्गठनात्मक,आर्थिक सङ्घर्ष, विज्ञानप्रविधिमा गुणात्मकताले सफल क्रन्तिको सन्देश प्रवाह गरिरहेको छ । प्रतिक्रान्तिले पैदा गरेको अविश्वासको कालो बादल निलेर नवीन विचारको आलोक आत्मविश्वास,जनविश्वासका रूपमा झलमलाइरहेको छ । दिनदुईगुणा रात चौगुना जनक्रान्तिको बौद्धिक–भौतिक ताकत निर्माण भैरहेको छ । गाउँसहर र बस्तीहरू थोकमा सङ्गठित भैरहेकाछन् । जनसमुदायको सहृदयी वर्गीय माया अनि उत्प्रेरणा नवीन खालको नै लाग्छ । घरघरमार पौरखी जनसमुदायको उन्नयन र स्वदेशप्रति चिन्ता र चासो देखिन्छ ।जोक्कर शासक र प्रशासकको लाजमर्दो बेथितिबारे व्यङ्ग्यवाण हाँसोमादलाल राज्यप्रतिको घृणा प्रकट भैरहेको छ । नयाँ विकल्पबारे गहन छलफल, सरसल्लाह, सिर्जनशील उपायको खोजी पनि अलि सुझबुझपूर्णतवरमा नै भैरहेको छ । समाज विज्ञानको जटिल अन्तरविरोधको अध्ययन, प्रभावकारी समाधानको खोजमा रम्नु र गम्नुको आनन्द सर्वोत्कृष्ट नै हुँदोरहेछ । तर तिमीहरूको जनक्रान्ति रोक्न खोज्ने हर्कतको भुमरीमा मात्र तिमीहरूकै थोत्रे संसदीय व्यवस्थाको जहाज जाक्किन पुगेको कुरा अब छिप्नै सक्दैन । यतिबेला महासङ्कट र महापतनको यात्रामा तिमीहरू नै छौ महाशय । उत्पीडित वर्ग, राष्ट्र, समुदाय र लैङ्गिक क्षेत्र,वामपन्थी, श्रमिक वर्ग,देशभक्त, राष्ट्रवादी, सच्चा लोकतन्त्रवादी नयाँ खोजमा र वैज्ञानिक निकास,विकास,अधिकार सम्पन्न शान्ति,उत्पादनशील र आत्मनिर्भर समृद्धिको समुच्चय जनक्रान्तिमा अग्रसर छन् । बौद्धिक–भौतिक क्रान्तिको परिणाम पूर्ण जनवाद अर्थात्वैज्ञानिक समाजवाद– साम्यवाद । यही हो नवयुगको आवश्यकता र वैज्ञानिक युगका चेतनशील मानिसको चाहना ।