बंगलादेशमाथि नेपालको शानदार जित, सेमिफाइनलमा प्रवेश

बंगलादेश : आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–० गोल अन्तरले हराएको हो । अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३–० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न नेपाललाई जित चाहिएको थियो भने बंगलादेशलाई बराबरी भए पुग्थ्यो […]

साफ च्याम्पियनसिपको दोस्रो खेलमा भुटानविरुद्ध नेपालको शानदार जित

काठमाडाैँ : बंगलादेशमा जारी  साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४–० को जित हात पारेको छ । पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएको नेपालले बिहीबार भुटानलाई खेलभर दबावमा राखेको थियो । खेलको २१ औं मिनेटमा नै अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालका लागि ७० औँ मिनेटमा सुनिल बलले दोस्रो गोल गरेका थिए । भुटानी […]

एसिया कप छनौट क्रिकेटमा नेपालको पहिलो जित

काठमाडौँ : एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । लगातार दुई खेल गुमाएको नेपालले शनिबार मलेसियालाई १९ रनले हराएको हो । जितका लागि नेपालका बसन्त रेग्मीले ह्याट्रिक गरेका छन् । त्यस्तै सन्दिप लामिछाने र सोमपाल कामी एक्लैले दुई दुई विकेट लिए । नेपालले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याइएको मलेशियाले […]

एसियाली खेलकुदको पाराग्लाइडिङमा नेपाललाई दोस्रो रजत

काठमाडौँ : १८ औं एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङतर्फको पुरुष क्रस कन्ट्रीमा रजत पदक जितेको छ । नेपाल स्वर्ण पदक जित्नबाट जापानसँग २७ अंकले पछि पर्दै रजत पदक जितेको हो । नेपालले कुल ११ हजार ३६४ अंक ल्याउन सफल भयो भने पहिलो भएको जापानले ११ हजार ३९१ अंक प्राप्त गरेको हो । क्रस कन्ट्री इभेन्टमा खेलिरहेका […]

पहिलाे दिनकाे खेल ब्याडमिन्टनमा नेपाल क्वार्टरफाइनलमा

काठमाडौं : इण्डोनेसियाको जाकर्तामा जारी एशियाली खेलकुद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टरफाइनल पुगेको छ।आइतबार भएको समूह चरणको खेलमा पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै नेपाल क्वार्टरफाइनल प्रवेश गरेको जाकर्ताबाट ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योन्जनले जानकारी दिए । नेपाली पुरुष ब्याडमिन्टन टोलीमा रत्नजित तामाङ, दीपेश धामी, विकास श्रेष्ठ र नवीन श्रेष्ठ रहेका छन् । […]

एसियाली खेलकुद शुरु, पदकको लागि नेपाललाई तेक्वान्दोबाट आश 

काठमाडौं : एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सव इण्डोनेसियाको जार्कातास्थित गेलोरा बुङ कार्नो रङ्गशालामा  अाजबाट शुरु भएको छ । शनिबार बेलुका खेलको उद्घाटन त्यहाँका राष्ट्रपति जोको विडोडोले गरेका छन् । उद्घाटन समारोहमा इण्डोनेसियाका चर्चित कलाकारहरू अन्गुन, राइसा, टुलुस, इडो कोण्डोलोगिट लगायतले आफ्नो प्रस्तुति दिए । उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी […]

नेपालको पहिलो पटक एकदिवसीय क्रिकेटमा शान्दार जित

काठमाडौँ : रोमाञ्चक खेलमा नेदरल्याड्सलाई एक रनले हराउँदै नेपालले एकदिवसीय क्रिकेटमा पहिलो  जित हात पारेको छ । २१७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ९ विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा नेदरल्याण्डसलाई मात्र ६ रन चाहिएको थियो । कप्तान पारसले पहिलो बलमा एक रन दिए । दोस्रो बलमा दिएनन् तर, तेस्रो बलमा […]

फ्रान्स बन्यो विश्वकप विजेता

काठमाडौँ :  रुसको राजधानी मस्कोमा जारी विश्वकप फुटबलको फाईनल खेलमा फ्रान्सले ४-२ गोलको अन्तरले जित हासिल गरेको छ । फ्रान्सले खेलको अठारौँ मिनेटमा पहिलो गोल गर्यो । गोल गरे भने त्यसको दश मिनेटमा क्रोसियाका इभान पेरिसिकले गोल फर्काएर बराबरीमा पुर्याए । त्यसको १० मिनेटपछि फ्रान्न्सले अर्को गोल हान्यो । फ्रान्सले पेनाल्टी पायो र पाएको पेनाल्टीलाई […]

विश्वकप फुटबलको तेस्रोको प्लेअफका लागि बेल्जियम र इङ्ल्यान्ड भिड्दै

काठमाडौं : रुसमा जारी विश्वकप फुटबलको तेस्रो स्थानको प्लेअफका लागि आज बेल्जियम र इङ्ल्यान्ड भिड्दै छन् । नेपाली समयअनुसार आज साँझ पौने ८ बजे सेन्टर पिटर्सबर्ग रंगशालामा दुई टोलीबीच प्रतिस्पर्धा हुँनेछ । मंगलबार भएको खेलमा बेल्जियम फ्रान्ससँग पराजित भएपछि फाइनल प्रवेश गर्न सकेको थिएन भने बुधबार भएको खेलमा क्रोएसियासँग पराजित भएपछि इङ्ल्यान्डले पनि तेस्रो स्थानका […]

रुसी खेलाडी राष्ट्रनायक हो – राष्ट्रपति पुटिन

काठमाडौँ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका खेलाडीले सेमीफाइनलमा हारेपनि ‘राष्ट्रनायक’ भएको बताएका छन् । शनबिार राति भएको खेलमा क्रोएसियासँग पेनाल्टीमा ४–३ गोलबाट रुस पराजित भएपनि खेलाडीहरुको प्रशंसा भइरहेको बेला पुटिनले यस्तो प्रतिक्रिया दिएका हुन् । यो हारसँगै रुसको विश्वकप ब्रेक लागेको छ । तरपनि खेलाडीले प्रदर्शन गरेका कुशलताले देशकै इज्जत बढाएको भन्दै रुसभरी […]