अखिल (क्रान्तिकारी) झापाको प्रशिक्षण कार्यक्रम

झापा : अखिल (क्रान्तिकारी) जिल्ला समिति झापाले कम्युनिस्ट विद्यार्थी प्रशिक्षण कार्यक्रम जिल्लाको कन्काई क्याम्पसमा सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि अखिल (क्रान्तिकारी)का महासचिव प्रकाश शाहिले प्रशिक्षण दिएका थिए । त्यसैगरी विशेष अथितीकोरुपमा झापा जिल्ला इन्चार्ज सौगात आचार्य, अखिल (क्रान्तिकारी)का कोषाध्यक्ष नरेन्द्र विक, झापा जिल्ला सेक्रेटरी सुमनसिंह पौडेल, केन्द्रीय सदस्य तथा मेची ब्युरो संयोजक गणेश […]

ताप्लेजुङमा समाजघर निर्माण हुँदै, संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद : विरही

  ताप्लेजुङ : नेपाल कम्युनिस्ट पार्टीका पूर्वी कमान्ड इन्चार्ज तथा पिबिएम अनिल विरहीले दलाल संसदीय व्यवस्था फालेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरेरै छाड्ने बताएका छन् । पूर्वको थबाङ भनेर परिचित ताप्लेजुङ जिल्लाको उत्तर–पूर्वमा रहेको ऐतिहासिक हिमाली गाउँ ‘हेल्लोक’ मा ‘हेल्लोक समाजघर’ शिलान्यास गर्दै नेता विरहीले दलाल संसदीय व्यवस्थाले देशलाई भयानक वर्वादीतिर धकेलेको, नागरिकलाई चरम आर्थिक […]

पार्टी पुनस्र्थापनाका चार वर्ष : सङ्क्षिप्त समीक्षा

क्रान्ति, प्रतिक्रान्ति र पुनः क्रान्तिको प्रक्रियामा विभिन्न चुनौती चक्रव्यूहहरूलाई पार गर्दै अगाडि बढिरहेको नेपाली कम्युनिस्ट आन्दोलन आज नितान्त नयाँ ठाउँमा उभिएको छ । २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी आफ्ना झन्डै ७० वर्षहरूमा थुप्रै सङ्घर्ष, बलिदान र आंशिक सुधारका बीचबाट आफूलाई इतिहास र आफ्नै शिक्षाहरूबाट प्रशिक्षित गर्दै अगाडि बढिरहेको छ । राजनीति विज्ञान, त्यसमा पनि […]

सार्भभौम सत्तामाथि बिदेशी हस्तक्षेप : नेता पुन

   काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी डडेलधुराको आयोजनामा मङ्सिर २९ गते शनिबार पर्शुराम नगरपालिकाको लालढुङ्गा बजारमा विशाल जनसभा सम्पन्न भएको छ । सामना सांस्कृतिक परिवारका कलाकारहरुको सहभागीता सहित सम्पन्न सभामा हजारौं स्थानीय सहभागी थिए । सभालाई सम्बोधन गर्दै नेकपाका पोलिट ब्युरो सदस्य ओमप्रकाश पुनले देशको मुल समस्या भनेको दलाल पुँजीवादी ब्यवस्था भएको र त्यसको आडमा […]

सबै उत्पीडनबाट मुक्त हुन वैज्ञानिक समाजवाद जरुरी छ : धर्मेन्द्र बास्तोला, स्थायी समिति सदस्य, नेपाल कम्युनिस्ट पार्टी

»» यहाँले अक्टोबर क्रान्तिलाई कसरी हेर्नुभएको छ ? अक्टोबर क्रान्ति मानव जातिको इतिहासमा महत्वपूर्ण घटना थियो । सर्वहारा वर्गले सत्ता प्राप्त गरेको थियो । लेनिनको नेतृत्वको बोल्सेबिक पार्टीको नेतृत्वमा, सर्वहारा वर्गको पार्टीको नेतृत्वमा भएको क्रान्ति थियो । माक्र्सवादी सिद्धान्तहरू स्थापित हुँदै जाने क्रममा सर्वहारा वर्गको पार्टीको नेतृत्वमा बुर्जुवा वर्गको हातबाट राजनीतिक सत्ता आफ्नो हातमा लिएर मानव […]

कसले चिनेको छैन र !

कविता बलिदानदेखि खुट्टा कमाएर भोगविलासमा ¥याल चुहाएर नैतिक मूल्यको पतनमा किनिएका तिम्रा वैभवहरू । कसले देखेको छैन र सहिदको रगतका फाल्साहरूलाई कालीन र गलैँचामा बदल्नेहरू घाइते, अपाङ्ग योद्धाको वीरतालाई सुनचाँदीमा बदल्नेहरू तिम्लाई कसले बुझेको छैन र ? आत्मसमर्पणबाट पाएको तिम्रो जीवनदान वर्गवैरीका टाङमुनि छिरेर पाएको मानसम्मान आफू हुर्केको झुपडीमा डोजर लगाएर गद्दारीको बदला पाएको महलमा […]

नेकपाको कार्यक्रममाथि प्रहरी हस्तक्षेप, इन्चार्जलाई प्रहरीको हातबाट कार्यकर्ताले खोसे

रोल्पा : नेपाल कम्युनिस्ट पार्टीले रोल्पा जिल्लामा आयोजना गरेको जनसभामा प्रहरीले हस्तक्षेप गरेको छ । सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत शनिबार ऊर्जामन्त्री वर्षमान पुनको छिमेकी गाउँ माडीचौरमा आयोजना गरिएको जनसभामाथि प्रहरीले हस्तक्षेप गरेको हो । सांस्कृतिक कार्यक्रमसहित जनसभा सुरु भएको केही समयमै प्रहरीले हस्तक्षेप गरेर बिथोल्न खोजेको नेकपा रोल्पाले जनाएको छ । मन्त्री पुनको […]

बझाङमा पुस ३ गते नेकपाको विशाल जनसभा हुने

बझाङ : बझाङमा नेपाल कम्युनिस्ट पार्टीले विशाल जनसभा चैनपुरको खुलामञ्चमा गर्ने भएकाे  छ । पुस ३ गते विप्लव नेतृत्वको नेकपा विशाल जनसभा जनघात, राष्ट्रघात र भ्रष्टाचार विरुद्ध प्रदर्शन गर्ने भएको जानकारी जिल्ला सचिवालय सदस्य जोग कठायतले दिएका छन् । यस जनसभामा प्रमुख अतिथि पार्टीका पोलिट ब्युारो सदस्य ओमप्रकाश पुन, विशिस्ट अतिथि सेती ब्युरो इन्चार्ज शंकर […]

पूर्वको थबाङ भनेर परिचित ताप्लेजुङको हेल्लोकमा नेकपाको प्रशिक्षण सम्पन्न

  काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको पूर्वी कमान्ड अन्तर्गत रहेको मेची ब्युराेको ताप्लेजुङ जिल्लाको हेल्लोकमा  जिल्ला स्तरीय अगुवा कार्यकर्ताहरुको राजनीतिक तथा वैचारिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । जसमा पार्टी कमान्डका इन्चार्ज अनिल विरहीको प्रमुख आतिथ्य रहनु भएकाे थियो भने अतिथि मेची ब्युरो इन्चार्न तथा पार्टीका केन्द्रीय समितिका सदस्य सुमन र अध्यक्ष तथा सञ्चालन जिल्ला इन्चार्ज […]

अखिल (क्रान्तिकारी) सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कडा चेतावनी

काठमाडौँ : सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्यमपसले शुक्रबार पुरानो करारको वैधानिक रुपमा अगाडि बढेको र मौखिक मात्रै बाकी रहेका कर्मचारीहरुको नियुक्ति पनि अवैधानिक रुपमा मौखिक नगरी नियुक्ति बाडेको र अन्य विभागमा पनि करारमा अवैधानिक नियुक्तिहरु घरमै गई वितरण गरेको अखिल (क्रान्तिकारी) सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समिति महेन्द्रनगरले आपत्ति जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिमाञ्चल […]