ललितपुर, बागलुङलगायत ठाउँठाउँका एनसेल टावरमा शक्तिशाली बम विस्फोट

काठमाडौँ : सरकारलाई ७२ अर्बभन्दा बढी कर नतिर्ने निजी लगानीको दूरसञ्चार कम्पनी एनसेलको टावरमा शुक्रबार साँझ ठाउँठाउँमा विस्फोट गराइएको समाचार प्राप्त भएको छ । काठमाडौँ उपत्यकाको ललितपुर, बागलुङलगायत विभिन्न जिल्लाका विभिन्न ठाउँमा रहेका एनसेलका टावरमा साँझ परिचय नखुलेको शक्तिले बम विस्फोट गराउँदा कतिपय ठाउँमा टावरहरू ध्वस्त भएका छन् । ललतिपुरको भैँसेपाटीस्थित एनसेल टावरमा साँझ शक्तिशाली बम […]

गाउँ र सहरमा एकैचोटि क्रान्ति हुन्छ : असल

जाजरकोट : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य असल क्षत्रीले आफ्नो पार्टीको नेतृत्वमा हुने अबको जनक्रान्ति विगतको जनयुद्धजस्तो नहुने बताएका छन् । नेकपाको सङ्गठन सुदृढिकरण तथा विस्तार अभियान– २ अन्तरगत जाजरकोट छेडागाड नगरपालिका वडा नम्बर १३ गाँडेसालमा बिहबिर भएको कोणसभामा सम्बोधन गर्दै नेता क्षत्रीले गाउँ र सहरबाट एकैसाथ जनक्रान्ति हुने बताए । उनले अहिलेको पुरानो सत्तालाई ध्वस्त […]

नेकपामाथि राजनीतिक व्यवहार नगरिए छिट्टै विद्रोह हुन्छ – पौडेल

गुल्मी : नेपाल कम्युनिस्ट पार्टीको गुल्मी–अर्घाखाँचीमा सञ्चालित २ महिने सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानको समीक्षा गुल्मीको रेसुङ्गा नगरपालिका सिमीचौरमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा गुल्मी–अर्घाखाँची अभियानका इन्चार्ज सन्देश पौडेलले नेपालमा नेपाली जनताले ठूलो त्याग बलिदान गरेको भए पनि शासकहरूका कारण नेपालमा कुनै किसिमको परिवर्तन हुने नसकेको भन्दै वर्तमान सरकार र […]

अनुशासनहीन कार्यकर्तालाई नेकपाले गर्यो निष्कासन

ललितपुर : नेपाल कम्युनिस्ट पार्टी ललितपुरले सङ्गठनात्मक अनुशासनविपरीत काम गर्ने एक कार्यकर्तालाई कारबाही गरेको छ । नेकपा ललितपुर जिल्ला सचिवालय सदस्य बलराम रानाले पार्टीको सङ्गठनात्मक, सांस्कृतिक र आर्थिक अनुशासन एवम् मान्यताविपरीत कमजोरी गरेकाले कारबाही गरिएको पार्टीले जनाएको छ । नेकपाका ललितपुर जिल्ला सेक्रेटरी विपीनले बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै सचिवालय सदस्य बलराम रानालाई कारबाही गरेको जनाएका […]

क्रान्तिकारीले लगायो पशुपतिमा ताला

काठमाडौँ : नेकपा निकट अखिल (क्रान्तिकारी) पशुपति क्याम्पस समितिले क्याम्पस प्रशासनले आफ्ना माग पूरा नगरेको भन्दै क्याम्पस प्रमुख र उपप्रमुखको कार्यकक्षमा ताला लगाएको छ । क्रान्तिकारीले गत पुस १२ गते क्याम्पस प्रशासनसमक्ष विद्यार्थीको परिचयपत्र डिजिटल हुनुपर्ने, लामो समयदेखि रोकिएको छात्रवृत्ति निष्पक्ष ढङ्गले वितरण गर्नुपर्ने, स्ववियु तथा क्याम्पसको आयव्यय तत्काल सार्वजनिक गर्नुपर्ने, क्याम्पसमा राजनीतिक भागबन्डा बन्द गर्नुपर्ने, […]

दैलेखमा नेकपाको भव्य कार्यक्रम, ज्वाला सहिद स्मृति सांस्कृतिक परिवारको धमाका

दैलेख : नेकपाको पश्चिम कमान्डअन्तर्गत दैलेखमा भव्य रूपमा जनयुद्ध दिवस मनाइएको समाचार प्राप्त भएको छ । ढिला गरी प्राप्त समाचारअनुसार दैलेखमा नवगठित ज्वाला सहिद स्मृति सांस्कृतिक परिवारका कलाकारहरूको विशेष सांस्कृतिक कार्यक्रमसहित जनसभा सम्पन्न भएको हो । सभामा पश्चिम कमान्डअन्तर्गत कर्णाली ब्युरो सदस्य भीष्मकुमार शाही र सङ्गमले बोलेका थिए । वक्ताहरूले राज्यका राजनीतिक दलालहरूलाई खबरदारी गरेका […]

नेता रिहा भएपछि भव्य अभिनन्दन

गुल्मी : नेपाल कम्युनिस्ट पार्टीका गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहसहित चारजना नेतालाई बुधबार नेकपाले अभिनन्दन गरेको छ । नेकपा अर्घाखाँची–गुल्मी अभियान प्रमुख रहेका नेकपा केन्द्रीय सदस्य सन्देश पौडेलले रिहा भएका नेताहरूलाई अबिर लगाएर अभिनन्दन गरेका हुन् । अभिनन्दित हुनेमा नेकपा गुल्मी जिल्ला इन्चार्ज सिंह, सोही जिल्लाका सेक्रेटरी खिमबहादुर खड्का, अर्घाखाँची जिल्ला जनसरकार प्रमुख पिताम्बर पोख्रेल र […]

रगतको भेलबाट सिर्जित हाम्रो महान् सपना

२४ औँ जनयुद्ध दिवस र सहिद सप्ताह मनाउँदै गर्दा महान् वीर योद्धा, सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु हाम्रो कर्तव्य हुन आउँछ । आज देश लोकतान्त्रिक गणतन्त्र नामको ब्यानरसम्म पुगेको छ । कथित संविधानको एक खोस्टो पनि कागजमा देखिन्छ । यहाँसम्म आइपुग्दा शान्तिसम्झौता, अन्तरिम संविधान, गर्भमै तुहाइएको संविधानसभा हुँदै यहाँसम्म ल्याइपु¥याउने नेपाली जनता र जनयुद्धको समीक्षा […]

जनयुद्ध दिवसको महत्व र सान्दर्भिकता

२०५२ साल फागुन १ गते नेपालमा माओवादी जनयुद्ध सुरु भएको ऐतिहासिक महत्वको दिन हो । सर्वहारा वर्गले प्रतिक्रियावादी सत्तामाथि धावा बोलेको दिन । त्यस दिनलाई नेपालमा माओवाद मान्ने जनयुद्ध लडेका शक्तिहरूले धुमधामका साथ मनाए । यस दिनको ऐतिहासिकता र महत्व शुभकामना आदानप्रदान, खुसी साटासाट, भेटघाट र ठूलाठूला सभाहरू गरेर पनि यस दिनको स्मरण गर्ने काम […]

राष्ट्रिय क्याम्पस सुखडमा संगठन निर्माण

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले मङ्गलबार कैलालीकाे राष्ट्रिय क्याम्पस सुखडमा देबकीनाथको अध्यक्षतामा २१ जनाको इकाई समिति निर्माण गरेको छ । अखिल (क्रान्तिकारी)को सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ अन्तरगत सो समिति गठन भएको हो । राष्ट्रिय क्याम्पस सुखडमा निर्मित समितिलाई बधाई तथा शुभ कामना दिँदै अखिल (क्रान्तिकारी) कैलाली जिल्ला उपाध्यक्ष पदम […]