अन्तर्राष्ट्रिय उत्पादन सङ्गठन र नयाँ— साम्राज्यवादको उदय : गुणराज लोहनी

साम्राज्यवाद त्यही ठाउँ र पुरानै चरित्रमा सीमित हुन पुगेको छैन भन्ने कुरा छर्लङ्ग भैसकेको छ । यसका केही विशेषताहरू बदलिएको कुरा सही हो । साम्राज्यवादको राज्य—एकाधिकार—पुँजीवादबाट सङ्गठन (निगम) एकाधिकारमा पुगेको छ । विज्ञान—प्रविधिको साम्राज्यवादबाट भएको भरपूर उपयोग र उत्पादनको साधन बन्दै गर्दा उत्पादनका सम्बन्धमा पनि फेरबदल भएको छ र यसले गर्दा उसले उत्पादनका सङ्गठनहरूमा व्यापक […]

नयाँ— साम्राज्यवादी देशहरूको उदयको आधारभूत रूप : गुणराज लोहनी

नेपाल कम्युनिस्ट पार्टीले उसको आठौँ महाधिवेशनमा विश्व साम्राज्यवादी व्यवस्थामा फेरबदल भएको निष्कर्ष निकालेको थियो । उसले वर्तमान साम्राज्यवाद लेनिनको पालाको जस्तो मात्र नभएको भनेको छ । साम्राज्यवाद अहिले पनि ज्युँदो रहेको छ जब कि लेनिनले मरणासन्न भन्नुभएको थियो । लेनिनले साम्राज्यवादको गहिरो अध्ययन गरी चित्रण गरेको एक सय वर्ष पूरा भएको छ । साम्राज्यवादको मूल […]

नयाँ—साम्राज्यवादी देशहरूको उदय, विकसित आर्थिक र वित्तीय संकट : गुणराज लोहनी

दोस्रो विश्वयुद्धको समापनदेखि अति महाशक्तिशाली देशहरू मूलरूपमा पूर्व सोभियत संघ र संयुक्त राज्य अमेरिकाका ध्रुवमा विश्व विभाजित भएको थियो । सोभियत संघले समाजवादी खेमाको नेतृत्व गरेको थियो भने अमेरिकाले अन्य साम्राज्यवादी र पुँजीवादी देशहरूको नेतृत्व गरेको थियो । सोभियत संघमा ख्रुश्चेवी संशोधनवाद हावी भएपछि कमरेड माओको नेतृत्वमा चिनियाँ जनवादी क्रान्ति सफलसँगै समाजवादमा प्रवेश गरी समाजवादी […]

केपी सरकारको बजेटमा समाजवादको हौवा / यो बजेट पुरानै दलाल संसदीय व्यवस्थाको नीति तथा कार्यक्रम र सरकारी योजना भन्दा फरक हुन सकेको छैन – विप्लव

काठमाडाैं : केपी ओली सरकारले मधुमास पूरा गरेको छ । ओली सरकारका अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ गते आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गरेका छन् । गत जेठ १० गते राष्ट्रपतिद्वारा केपी सरकारको नीति तथा कार्यक्रम पेस गरिएको थियो । यो नीति तथा कार्यक्रम र वार्षिक बजेटमा ‘समाजवाद उन्मुख कार्यक्रम लागू गर्ने’ भनिएको थियो […]

सुदुरपश्चिमाञ्चलका कञ्चनपुरलगायतका जिल्लाहरुमा एक दिने शैक्षिक आम हड्ताल सम्पन्न

पदमराज उपाध्याय / कञ्चनपुर : अखिल (क्रान्तिकारी)का महासचिव दीपेन्द्र चलाउनेलगायतका नेताकार्यकर्तालाई केपी सरकारले अपहरण शैलीमा गिरफ्तारका विरुद्ध गरिएको शैक्षिक हड्तालका कारण कञ्चनपुरका सबै शिक्षण संस्थाहरु बन्द भएका छन् । विद्यार्थी नेता बिरेन्द्र साहकाअनुसार सुदुरपश्चिमका सबै ठाउँमा बन्दलाई समर्थन गरेको बताएका छ्न् । २०७४ फागुन २० गते साँझ ६ : ३६ मा प्रकाशित

शीतलहरका कारण आलुखेती नष्ट

काठमाडौं : सुनसरीकाे सदरमुकाम इनरुवासहित दक्षिणवर्ती क्षेत्रका  किसानले लगाएको आलु बालीमा रोग किरा लागेपछि आलुखेती नष्ट हुन थालेको छ । जिल्लाको हरिनगरा, देवानगञ्ज, रामनगरभुटहा, गौतमपुर, कप्तानगञ्जलगायतका क्षेत्रमा कृषकले सघनरुपमा गरेको आलुखेतीमा चिसोका कारण डढुवा रोग लागेको छ । लगानीअनुसारको प्रतिफल नआउने भएपछि किसान समस्यामा परेको स्थानीयवासी मुस्ताक अन्सारीले बताएका छन् ।  किसानले ऋण काढेर लगाएको आलुखेतीमा पुसको […]

चन्दा आतङ्कले व्यवसायी पलायन

काठमाडौं : स्थानीय तहको चार चरणको चुनावमा ठूलो रकम उम्मेदवार र उनीहरू सम्बद्ध दलहरूलाई चन्दा दिएका व्यवसायीहरू तुरुन्तै प्रदेश र प्रतिनिधी सभाको चुनावका लागि दिनहुँ दर्जनौं दल र उम्मेदवार चन्दा माग्न आउन थालेपछि चुनावसम्मका लागि देशबाटै पलायन भएका छन् । केही दलाल सञ्चार माध्यमले नेकपाले चन्दा मागेर व्यापारी, उद्यमीलाई दुःख दिएको पित–पत्रकारिता गरिरहेको बेला वास्तविक […]

काठमाडौं मेयरको चर्तिकला

काठमाडौं : विकास र समृद्धिको नारा दिएर चुनाव जितेका मेयर विद्यासुन्दर शाक्यले अरू त के काठमाडौँको फोहोरसम्म उठाउन सकेका छैनन् । बरु आफ्नो टोलीलाई खुसी पारेर चुनाव खर्च उठाउन महंगा मोबाइल किन्न हतारिए । महंगो सवारी साधन किन्न हतारो गरे । उनले झण्डै तीन महिनामा सिन्कोसमेत भाँचेको देखिन्न । धुलो, धुवाँ धरापसरी खाल्डा, ट्राफिक जाम […]

धानमा रोग लागेपछि किसान चिन्तित

काठमाडौं / साउन १४ : भर्खरै रोपेको धानमा विभिन्न रोग देखिन थालेपछि बागलुङको गलकोट क्षेत्रका किसान चिन्तित भएका छन् । धान रोपेर झार गोड्ने समय हुनै लाग्दा धानको फेद कुहिने, पातमा धब्बा बस्नेलगायतका समस्या देखिन थालेपछि किसान चिन्तित भएका हुन् । अनुकूल मौसम परेकाले समयमै धान रोप्न पाएपछि किसान हर्षित भएका थिए । उत्पादन बढ्नेमा […]

उत्तर कोरियाको आर्थिक वृद्धि १७ वर्षकै उच्च

एजेन्सी /प्योङयाङ, साउन ९ : यस वर्षमा उत्तर कोरियाको अर्थतन्त्र १७ वर्षकै उचाइमा पुगेको उत्तर कोरियाली केन्द्रीय बैंकले बताएको छ । आणविक हतियारसम्बन्धी खोजका लागि अन्तर्राष्ट्रिय क्षेत्रले उत्तर कोरियामाथि लगाएको प्रतिबन्धले पनि उसको आर्थिक वृद्धिलाई रोक्न नसकेको बताइएको छ । गत वर्ष उत्तर कोरियाको कुल गार्हस्थ्य उत्पादन अघिल्लो वर्षको तुलनामा ३ दशमलव ९ प्रतिशतले बढेको […]