सुकुमबासी नेता गिरफ्तार, देशव्यापी सङ्घर्ष गर्ने चेतावनी

काठामाडौँ : अखिल नेपाल भूमिहीन सुकुमबासी सङ्घका केन्द्रीय सदस्य तथा मेची ब्युरो संयोजक चमनलाल माझी प्रहरीले बिहीबार झापाको झापागउँपालिकाबाट गिरफ्तार गरेको छ । सङ्गठनको काममा क्रियाशीलरहेका सङ्गठनका नेतालाई बिनाकारण गिरफ्तार गरिएको भन्दै सङ्घका अध्यक्षसमेत रहेको नेकपाका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले तत्काल रिहा नगरिएकोमा देशव्यापी सङ्घर्ष गर्ने चेतावनीपूर्ण विज्ञप्ति प्रकाशित गरेका छन् ।

अध्यक्ष पुनले आफ्नो सङ्गठनका केन्द्रीय सदस्य तथा भेरी–कर्णाली संयोजक प्रकाश आचार्यलगायत चारजना नेता अहिले पनि बाँकेको जेलमा बन्दी जीवन बिताइरहेको स्मरण गराउँदैविज्ञप्तिमा लेखेका छन्, ‘कथित कम्युनिस्ट नाममात्रको दलाल सामाजिक फासिवादी सरकारले अहिले देशका विभिन्न ठाउँमा सुकुमबासीबस्तीहरू उजाड गर्दै गरेको विरोधमा हाम्रो सङ्गठनले सशक्त विरोध र सङ्घर्ष गर्दै आएको छ । त्यसबाट अत्तालिएर दलाल सरकारले हाम्रो सङ्गठनका धेरै नेता–कार्यकर्तालाई बिनाकारण झूट्टा मुद्दा लगाएर जेल र हिरासतमा राख्दै आएको छ ।’

विज्ञप्तिमाचमनलाल माझीको गिरफ्तारीले सङ्गठनलाई थप आक्रोशित पारेको र गिरफ्तार व्यक्तिहरूलाई बिनासर्त रिहानगरे हामी सङ्गठनको तर्फबाट देशव्यापी सङ्घर्षगर्न बाध्य हुने जनाइएको छ । यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयम् सरकार हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

२०७५ मङ्सिर २७ बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :