सिन्धुलीको मुल्कोटमा बस दुर्घटना हुँदा मृत्यू हुनेको संख्या ३ पुग्यो

काठमाडौँ : सिन्धुलीको मुल्कोटमा बस दुर्घटनामा परी मृत्यू हुनेको संख्या तीन पुगेको छ । चार जना गम्भीर घाइते भएका छन् । जिल्लाको मरिण गाँउपालिकाबाट काठमाडौँतर्फ जाँदै गरेको सुनकोशी गाउँपालिका ५ स्थित मुलकोटमा बस दुर्घटना भएको हो ।
मृत्यू हुनेमा सिन्धुली जिल्ला मरिण गाँउपालिक.वडा न.७ बस्ने बर्ष २८ को सोही बसको चालक राज कुमार लामा, सोहीठाउ बस्ने बर्ष २३ को अमित लामा र सिन्धुपाल्चोक जिल्ला सुनकोशि गाउँपालिका वडा न.८ बस्ने अन्दाजी २८र२९ बर्षको रबि खड्का रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घाईते हरुमा सिन्धुपाल्चोक जिल्ला बलेफि गाउँपालिका ८ बस्ने बर्ष १८ को रोहन पराजुली, गोर्खा जिल्ला ताल्ची बजार बस्ने बर्ष ३५ को हरि दाहाल, रामेछाप जिल्ला खाडादेबि गाउँपालिका ५ बस्ने बर्ष २५ को दिर्ग राज मोक्तान र सिन्धुली मरिण गाउँपालिका बस्ने बर्ष ३० को आशिष लामा रहेका छन ।
ना.६ ख ९१२ नम्बरको सुपर बासुकीको र काठमाडौंबाट सिन्धुलीको खुर्कोटतर्फ आँउदै गरेको बा.९९ प २५९७ नम्बरको मोटरसाइकल शुक्रबार ठोक्कीदा बस सडकबाट अन्दाजी ५०० मिटर तल सुनकोसी नदीमा खसेको थियो । घाईतेहरुको उपचार धुलिखेल अस्पतालमा भइरहेएको जनाएको छ ।
२०७५ असोज २७ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :