सामाजिक असुरक्षा, भ्रष्टाचार, चर्को कर असुली तथा बेरोजगारका विरुद्ध कालीकोटमा युवाहरुको विरोध प्रदर्शन

 

कालीकोट : युवा सङ्गठन नेपाल कालीकोटले जिल्लाको सदरमुकाम मान्ममा प्रदर्शन गरको छ । हात हातमा रातो झण्डा र टाउकोमा रातो कफन बाधेका य्ुवाहरुले सदरमुकाममा चर्को नाराबाजी लगाउँदै सामाजिक असुरक्षा, भ्रष्टाचार, चर्को कर असुली तथा बेरोजगारका विरुद्ध युवाहरुको विरोध प्रदर्शनपछि प्रतिमाचोकमा कोणसभा गरि विरोध जनाएका हुन् ।

विरोध सभामा बोल्दै नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा युरो इन्चार्ज सितल विष्टले लामो समयपछिको संघर्षबाट नेपाली जनताले ल्याएको परिवर्तन बिचैमा तुवाएको भन्दै निश्चित मान्छेहरुको बलमा देश भष्टचारको दलदलमा फसेको बताएका छन् ।
विष्टले देशमा नेताहरुको जीवनमा मात्रै परिवर्तन आएको र गरिब निमुखा जनताको जीवनमा परिवर्तन नआएको र अब आफ्नो पार्टीले नयाँ जनवादी व्यावस्था ल्याएर जनताको सुव्यवस्था कायम गर्ने जिकिर गरेका छन् ।

युवा सङ्गठन नेपाल कालीकोटका अध्यक्ष सन्देश बिसीको अध्यक्षतामा सम्पन कार्यक्रमा नेकपाका नेता तथा कार्यक्रताको उपस्थिति रहेको थियो ।

२०७५ माघ ४ गते शुक्रबार प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :