सर्लाहीमा जनयुद्ध दिवससँगै मधेसी मोर्चाको सम्मेलन


सर्लाही: नेपाल कम्युनिस्ट पार्टीले सर्लाहीको ईश्वरपुर नगरपालिका ६ बयसबासमा जनयुद्ध दिवसका अवसरमा जनसभा सम्पन्न गरेको छ । सभालाई नेकपाका केन्द्रीय सदस्य देवनारायण शाहले सम्बोधन गरेका थिए ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवम् मधेसी राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष देवनारायण शाहले दलाल संसदीय व्यवस्थाबाट देश र जनताका समस्या समाधान नहुने बताए । उनले एकीकृत जनक्रान्तिमार्फत स्थापना हुने वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र सबैका समस्या समाधान हुने धारणा पनि व्यक्त गरे ।

जनसभामा विशेष अतिथि नेकपाका केन्द्रीय सदस्य निर्मलले प्रचण्ड–बाबुरामले अलपत्र छोडेको अधुरो क्रान्ति पूरा गर्न नेकपाको नेतृत्वमा एकीकृत जनक्रान्तिको कार्यदिशासहित सडकबाट क्रान्तिको झन्डा बोकेर क्रान्तिको यात्रामा अघि बढेको बताए । निर्मलले जनताको आफ्नै सत्ता वैज्ञानिक समाजवाद लागू नभएसम्म जनता र राष्ट्रको मुक्ति हुन नसक्ने बताए ।

जनसभालाई अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय सदस्य प्रमिला थिङले स्वागत गरेकी थिइन् भने सञ्चालन पदम सुनवारले गरेका थिए । जनताको व्यापक सहभागितामा ¥यालीपछि सभा भएको थियो । यसैबीच मधेसी राष्ट्रिय मुक्ति मोर्चाको सर्लाही जिल्ला कार्यसमिति चयन भएको छ । बुधबार सम्पन्न भेलाले ३५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको जानकारी दिइएको छ ।

२०७५ फागुन २ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :