सरकारी कोषको बचत गर्दै पाकिस्तानी प्रधानमन्त्री

काठमाडाैं : चर्चित पाकिस्तानी पूर्व क्रिकेट खेलाडि  इमरान खान त्यँहाको प्रधानमन्त्री बनेसँगै लोकप्रिय काम गर्ने काेसीस गरेका छन् । प्रधानमन्त्री बनेपछि खानले नयाँ प्रधानमन्त्रीले प्रयोग गर्ने भब्य सरकारी निवास प्रयोग नगर्ने निर्णय गरेका छन् । खान प्रधानमन्त्री निवासको भब्य सुविधा छोडेर सामान्य घरमा बस्न लागेका छन् । उनले आफूसँग सैन्य सुरक्षाका साथै दुई कामदार राखेका छन् ।

प्रधानमन्त्री निवासमा अन्य सुबिधा त हुने नै भयो त्यँहा कर्मचारी मात्र ५२४ जना छन्। सरकारी खर्च कम गर्ने आफ्नो पूर्व योजना अनुसार नै खानले प्रधानमन्त्री निवासमा नबस्ने निर्णय लिएका हुन् । खान बानागालास्थित आफ्नै घरमा बस्न चाहेका थिए । तर, सुरक्षा एजेन्सीहरुले त्यहाँ सुरक्षा खतरा रहेको बताएपछि सैन्य सुरक्षा भएको घरमा बस्न थालेका हुन् ।

‘म त बानागाला छाड्न चाहन्नथेँ’ खानले भनेका छन्, ‘तर, यसका लागि बाध्य भएँ ।’ प्रधानमन्त्रीका लागि ३३ वटा वुलेटप्रुफ कार थियो । खानले भने २ वटा मात्र प्रयोग गर्ने भएका छन् । बाँकी कार छिट्टै लिलामी गर्ने योजना अघि सारेका छन् । यसबाट आएको रकम राज्यकोषमा जम्मा हुनेछ । साथै सरकारी खर्च कटौतीका लागि डा। इस्रत हसनीको नेतृत्वमा समिति नै बनाउने प्रधानमन्त्री खानले बताएका छन् ।

२०७५ भदाै ५ गते प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :