विभिन्न पार्टी परित्याग गरी २५ जना नेता-कार्यकर्ता  नेकपामा प्रवेश

 काठमाडाैँ : क्रान्तिकारी ध्रुवीकरण देशैभरी तीव्र गतिमा भइरहेको बेला कैलालीमा विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टीमा २५ जना नेताकार्यकर्ता प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेहरुमा पूर्वमाओवादी केन्द्रबाट राजु चौधरी, मनोज चौधरी, रामभरोश चौधरी, दशिराम चौधरी, खड्क चौधरी, अनिस चौधरी, शेश चौधरी, रामदिन चौधरी, पशुपति चाैधरी, रमा चौधरी, नरेश चौधरी, इङ्गल्याण्ड चौधरी, बलबहादुर चौधरी, लखन चौधरी, शंकर चौधरी, कण्ृबहादुर चौधरी, लौटन चौधरी, छविलाल चौधरी, कृष्णा चौधरी, जगदिश चौधरी, अमर चौधरी, नेपाली कांग्रेसका शिकारी चौधरी, नयाँ शक्ति पार्टीका नरेश चौधरी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बलीचरण चौधरी गरी २५ जना नेताकार्यकर्ता नेकपा प्रवेश गरेका हुन् ।
यस्तै कैलाली जिल्लाको कैलारी गाउँपालिका (एरिया न.११) मा नेकपा कैलालीले एक भब्य कार्यक्रम गरी नरेश चौधरीको नेतृत्वमा १३ सदस्य गाउँ जनपरिसद (जनसरकार) घोषणा गरेको छ । एक अर्को कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनको एरिया भेलाले फलिराम चौधरीको नेतृत्व ९ सदस्य एरिया समिति पनि गठन गरेको छ ।

२०७५ असाेज  २९ गते  साेमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :