विप्लवको घरमा पुनः पुर्जी टाँस

काठमाडौँ : नेपाल कम्युस्टि पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र पोलिट ब्युरो सदस्य चन्द्रबहादुर चन्द ‘वीरजंग’को कपिलबस्तुस्थित शिवराज नगरपालिका—९ मा रहेको घरमा माघ ५ गते शनिबारका दिन पुर्जी टाँस गरेको छ ।
उक्त पुर्जीमा बुटवलस्थित जितगढमा भारतले निर्माण गर्न लागेको भारतीय गोरखा सैनिक पेन्सिन क्याम्पमा विस्फोट गराएको आरोप लगाइएको छ ।

यसअघि विप्लव, प्रकाण्ड, धर्मेन्द्र वास्तोलालगायतका नेताहरुका घरमा पनि वारेन्ट जारी गरी पुर्जी टाँसिएको थियो । त्यसको लगतै प्रकाण्ड लगायतका ११ जना केन्द्रीय नेताहरु गिरफ्तारीमा परेका थिए । तर सबै नेताहरुलाई अदालतले बिना कारण गिरफ्तार गरेको भन्दै रिहा गर्ने आदेश दिएको थियो ।

अहिले फेरि केपी सरकारले नेकपाका नेता र कार्यकर्ताका नाममा वारेन्ट जारी गर्ने, पुर्जी टाँस्ने, गिरफ्तार गर्ने क्रमलाई तीव्र पारेको थियो ।

२०७५ माघ ६ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :