विकास निर्माणका काममा नेकपा

जाजरकोट : नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले स्थानीय जनताका लागि खानेपानीको धारा निर्माण गरेको छ । नलगाड नगरपालिका वडा नम्बर ५ सिर्के जिउलामा उक्त धारा निर्माण गरिएको हो ।

नेकपाका जिल्ला इन्चार्ज प्रकाश वली ‘धमिल’ ले धारा निर्माणकार्यको शिलान्यास कात्तिक २५ गते गरेका थिए । जिल्ला समिति सदस्य प्रेम शाहीकी आमाको सम्झनामा अनुमानित ५ लाखको लागतमा निर्माणकार्य भैरहेको छ । धमिलका अनुसार उक्त धारा निर्माणकार्यमा स्थानीय जनताको पनि विशेष सहभागिता थियो

सत्तारुढ नेकपाले जनतासँग कर उठाउँदै महँगी, भ्रष्टाचार, कालोबजारी, कमिसन खानेजस्ता कार्य गरेर जनतालाई दुःख दिने काम गरिरहेको बेला विप्लव नेतृत्वको नेकपा भने सत्तारुढ नेकपाले गरेको कार्यको भण्डाफोर गर्दै स्थानीय तहमा विभिन्न ठाउँमा विकास निर्माणका कामहरु गरिरहेको छ ।

यस्तै नेकपाले कालीकोटमा सडक निर्माण गर्नुका साथै सर्लाहीको हजारियामा उक्त पार्टीका केन्द्रीय सल्लाहकार समितिका सचिव चित्रबहादुर आलेको घर निर्माण गरेको छ । यसअघि रोल्पाको थबाङमा सहिद स्मृति भवन निर्माण गरिसकेको छ ।

 

२०७५ कात्तिक २७ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :