राष्ट्रिय क्याम्पस सुखडमा संगठन निर्माण


कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले मङ्गलबार कैलालीकाे राष्ट्रिय क्याम्पस सुखडमा देबकीनाथको अध्यक्षतामा २१ जनाको इकाई समिति निर्माण गरेको छ । अखिल (क्रान्तिकारी)को सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ अन्तरगत सो समिति गठन भएको हो ।

राष्ट्रिय क्याम्पस सुखडमा निर्मित समितिलाई बधाई तथा शुभ कामना दिँदै अखिल (क्रान्तिकारी) कैलाली जिल्ला उपाध्यक्ष पदम काफ्ले शिक्षा क्षेत्रमा भएको नीजिकरण, व्यापारीकरण र दलालीकरणका विरुद्ध सशक्त आन्दोलनको सृजना अखिल (क्रान्तिकारी)ले गर्ने बताएका छन् । अखिल (क्रान्तिकारी)ले देशैभरी संगठन सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्दै आइरहेको छ ।

२०७५ फागुन ८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :