रवी लामिछानेले कमिसन खान नपाएपछि नेकपालाई बदनाम गराएको खुलासा

काठमाडौँ : न्युज -24 का रवी लामिछानेले मिति २०७५ असोज २५ गते जनतासँग सिधा कुरा भन्ने कार्यक्रम मार्फत् नियोजित तरिकाले विदेशबाट नेपाल फर्किएका पीडितहरुबाट कमिसन खान नपाएपछि नेपाल कम्युनिस्ट पार्टीलाई बदनाम गराउन खोजेको अखिल नेपाल क्रान्तिकारी संघसस्था श्रमिक संघले बताएको छ ।
उक्त संघका केन्द्रीय अध्यक्ष इश्वर बुढाथोकीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त खुलासा गरेका हुन् ।

आफुलाई न्युज -24 नेपालको रिपोर्टर बताउने शालिग्राम पुडाशैनी नाम गरेका एक जनाले दुबईबाट नेपाल फर्किएका दुई जना पीडित र ट्राभलको बीचमा वकिलको रहोबरमा गरिएको तम्सुक च्यात्न दबाब दिई ट्राभलमा गएर पीडितको पैसा मलाई दिनुस् भनेर आफ्ना भाई उमेश पुडाशैनीलाई पठाएपछि नेकपाका नेता ईश्वर बुढाथोकीले त्यो मान्छे शंकास्पद छ उसको अफिसमा गएर मात्र पैसा बुझाउनु भनेपछि त्यो कुरा सुनेर आगो बनेका रवी लामिछानेले जनतासँग सिधा कुरा कार्यक्रममा पार्टीलाई जोडेर नियोजित तरिकाले अफवाह भैलाएको बताएका छन् ।

नेपाली श्रमिक जनतालाई अखिल नेपाल क्रान्तिकारी संघसस्था श्रमिक सँघबाट भ्रम सिर्जना गरिएको र त्यस्ता दलाल, जनविरोधी प्रवृति बिरुद्ध शसक्त प्रतिवाद गरिने चेतावनी समेत दिएको छ । त्यस्तै घटनाको तथ्य तथा गहिराईमा नपुगी झुट्टा तथा तथ्यहीन समाचार प्रसारण नगर्न समाचार माध्यमहरुलाई आग्रह समेत गरेको छ ।

विज्ञप्तिसहित

विदितै छ, देशै भरी हामी प्रगतीशील, देशभक्त र क्रान्तिकारी श्रमिक मजदुरहरुसँग नजिक भइरहँदा मुट्ठी भरुका दलाल, भ्रष्टाचारी, तस्कर र राष्ट्रघाती जनविरोधीहरुसँग अन्तरविरोध बढ्दै गएको छ । आम श्रमिक मजदुरहरुको आँखामा हाम्रो संगठन आँखाको केन्द्र विन्दु बन्दै गइरहेको छ । यस बीचमा नाटकिय शैलीमा मिति २०७५ असोज २५ गते का दिन साँझ न्युज -24 टिभी मार्फत् प्रसारण भएको जनतासँग सिधा कुरा कार्यक्रम सेगमेण्टबाट हाम्रो संगठनलाई दलालहरुको पक्षधर र श्रमिकहरुको विरोधी को रुपमा चित्रण गरि प्रचार गरिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

सिंगो मुलुकभर पान पसल देखि ट्राभलले कानुन बमोजिम कार्य गरिरहेको तथ्य जिम्मेवार सञ्चारकर्मीहरु माझ नयाँ विषय हो जस्ता हामीलाई लाग्दैन । त्यसो त विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट ट्रेड युनियन संगठन प्रति प्रोभेकेट गर्नुलाई कति उचित कति अपेक्षित र कति न्यायोचित मान्न सकिन्छ, निक्र्योल यसपछिको आवश्यक कुरा हो । सीमा शाहीले आफ्नो ट्राभल मार्फत् दुई जना युवालाई कामका लागि विदेश पठाएको र उनीहरु फर्कि सालिग्राम पुडाशैनीसँग अफिसमा आई रकम फिर्ताको लागि कागज गरेको र उक्त व्याक्तिको परिचय शंकास्पद भएकाले शंका लागि उनकै अफिसमा गई रकम बुझाउनु माञ इश्वर बुढाथोकीले भनेको तथ्य सबैको अगाडि छर्लङ्ग छ ।

आफुलाई न्युज – 24 को रिपोर्टर बताउने शालिगा्रम पुडाशैनीले क्षेत्राधिकारबाट बाहिर गएर उक्त सम्झौतासँग सम्बन्धित विभिन्न पक्षसँग शंकास्पद एवम् अपारदर्शी शैलीमा सम्बन्ध बढाउन खोज्नु, स्पष्ट जिम्मेवारी नखुल्ने आफ्नो भाई उमेश पुडाशैनीलाई आर्थिक लेनदेन कार्यमा संलग्न गराउँनु जस्ता हर्कत मार्फत् एकातिर अनर्गल प्रचारमा मात्र जोड दिन खोजेको देखिन्छ । अर्कोतिर अखिल नेपाल क्रान्तिकारी संघसस्था श्रमिक संघका केन्द्रीय अध्यक्ष ईश्वर बुढाथोकी माथि लान्छना लगाउने, गैरकानुनी ढंगले कलकपोट गर्ने, धम्की दिएको आरोप लगाउने र कार्यक्रम प्रस्तोतता स्वंयमबाट रतीभर पुनरविचार नगरी सनसनी फैलाउनुको उदेश्य कसरी पीडित र श्रमिक पक्षीय कार्य हुन सक्छ ?

सस्तो लोकप्रियताका निम्ती पीडित पक्षसँग कथित सामिप्यता देखाउँदै, अखिल नेपाल क्रान्तिकारी संघसस्था श्रमिक संघमार्फत् हालसम्म बैदेशिक रोजगारीको क्षेत्रमा पीडित श्रमिकसँग संगठनले कायम गरेको निशर्त सहकार्य, महत्वपुर्ण र गौरबमय योगदानको ईतिहासबाट आतंकित भएर हामी र हाम्रो संगठनलाई श्रमिक जनताको बीचबाट कटाएर गरिएको जनतामा भ्रम छर्ने कार्य नेपाली श्रमिक वर्गको निम्ती कदापी स्वीकार्य हुन सक्दैन । अखिल नेपाल क्रान्तिकारी संघसस्था श्रमिक सँघ यसको शसक्त रुपले प्रतिवाद गर्दछ ।

नेपाली श्रमिक मजदुरहरुको बीचबाट हामीलाई कटाएर बुझ्न र बुझाउन खोजे अखिल नेपाल क्रान्तिकारी संघसस्था श्रमिक संघ हदैसम्मको चुनौती सामना गर्न तयार बन्दै, श्रमिकको पक्षमा उभिने र दलाल जनविरोधी प्रवृति विरुद्ध निर्मम रुपमा उत्रने व्योहोरा जानकारी गराउँदै यस विज्ञप्ति मार्फत् विभिन्न सञ्चार माध्यमहरुलाई सत्य तथ्य समाचार र त्यसको गहिराईमा पुगि समाचार सम्प्रेषण गर्न हार्दिक अनुरोध गर्दछौँ।
२०७५ असोज २८ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :