मदन स्मारक माविको अध्यक्षमा तामाङ

 

ललितपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) को मूल एकाइ समिति गठन गरिएको छ । ललितपुर जिल्लाको मदन स्मारक माध्यमिक विद्यालय पुल्चोकमा रिना तामाङको अध्यक्षतामा २१ सदस्यीय एकाइ समिति सोमबार गठन गरिएको छ । समितिको उपाध्यक्षमा दीपेश अधिकारी, सचिवमा सुरज पौडेल, सहसचिवमा लक्ष्मी गजुरेल, कोषाध्यक्षमा उत्सव घले रहेका छन् । नवनिर्वाचित पदाधिकारीले शिक्षामा देखिएका सम्पूर्ण समस्या हल गर्न आफ्नो तहबाट आवश्यक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि अखिल (क्रान्तिकारी)  ललितपुर जिल्ला समितिका अध्यक्ष विनोद लुइँटेल र अतिथि सहसचिव ललितजङ्ग बम रहेका थिए । प्रमुख अतिथि लुइँटेलले नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गरे । उनले जारी विद्यार्थी आन्दोलनमा सङ्गठनको महत्वपूर्ण भूमिका रहेको बताए । कार्यक्रमको अध्यक्षता विनोद लुइँटेल र सञ्चालन ललितजङ्ग बमले गरेका थिए ।

२०७५ कात्तिक २० गते  प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :