मङ्सिर ८ को जनप्रदर्शन र जनसभा तयारीका लागि विद्यार्थी सडकमा,अखिल (क्रान्तिकारी)को जागरण सभा सम्पन्न

 

         
काठमाडौँ : नेकपाका भ्रातृ संगठनहरुले मंसिर ८ गते पार्टी पुनर्गठनका अवसरमा काठमाडौँमा हुने जनसभाको प्रचारप्रसारका लागि जागरण सभा तीव्र पारेका छन् । यसै सिलसिलामा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले उपत्यकाका तीनै जिल्लामा जागरण सभा सम्पन्न गरेको छ ।
सोमबार काठमाडौँको शान्तिावाटिका र ललितपुरको लगनखेलमा कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँमा आयोजित सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आजादले एकीकृत जनक्रान्तिको जनलहरले सरकार अत्तालिएको बताए ।

उनले यसैको प्रतिफलस्वरुप सरकारले गोरखाका इन्चार्जलगायतलाई गिरफ्तार गरेको भन्दै घोर आपत्ति प्रकट गरे । एकीकृत जनक्रान्तिले मात्र युवा विद्यार्थीको हकअधिकार पूरा गर्ने भएकाले सम्पूर्ण देशभक्त युवा विद्यार्थीलाई संघर्षमा होमिन उनले आह्वान पनि गरे ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले समान, अनिवार्य र वैज्ञानिक शिक्षा वैज्ञानिक समाजवादमा मात्र प्राप्त हुने बताए । उनले सम्पूर्ण विद्यार्थीलाई एकीकृत जनक्रान्तिको कार्यदिशामा गोलबन्द हुन अपिल गर्दै मंसिर ८ गते हुने बृहत् जनसभामा सहभागी हुन आग्रह गरे । कार्यक्रमको सञ्चालन दर्शन नेपालीले गरेका थिए ।
त्यस्तै ललितपुरमा आयोजित सभामा सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का महासचिव प्रकाश शाहीले एकीकृत जनक्रान्ति पूरा गर्ने जिम्मा विद्यार्थीको काँधमा आएको बताए । वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका निम्ति सम्पूर्ण देशभक्त विद्यार्थीलाई संगठित हुन उनले आह्वान गरे ।कार्यक्रमको सञ्चालन विनोद लुइँटेलले गरेका थिए । त्यस्तै नेकपा भक्तपुरले जिल्लाको दुधपाटीदेखि पाँचतलेसम्म र्याली प्रदर्शन तथा जागरण सभा सम्मपन्न गरेको भक्तपुर सम्वादताले बताएका छन् ।

कार्यक्रममा नेकपाका इन्चार्ज आजाद केसी, अत्रिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकले सभालाई सम्बोधन गरेको बताइएको छ ।

२०७५ मङ्सिर ३ गते प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :