भारतीय माओवादीको भीषण आक्रमण

काठमाडौँ : भारतीय कम्युनिस्ट पार्टी माओवादीले चुनावको बहिस्कारको घोषणा गरिरहेको बेला चुनाव लक्षित गरेर सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो आक्रमणमा परी बोर्डर सेक्युरिटीका ६ जना गम्भीर घाइते भएका छन् ।

भारतको बीजापुर जिल्लामा मंगलबार बारुदी सुरुङ विष्फोट गरेका थिए । तीन दिनअघि आइतबारका मात्रै छत्तीसगढको कांकेर जिल्लामा माओवादीको आक्रमणमा परि एकजना सहायक सब इन्सपेक्टरको मृत्यु भएको थियो । छत्तीसगढ राज्य विधानसभाको चुनावलाई लक्षित गरेर पछिल्लो आक्रमण छैटौं हो ।

कतेकल्याण इलाकाको नयनार गाउँमा राखिएको मतदान बुथदेखि ७०० मिटर दुरीमा विष्फोट भएको गरिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । भारतीमा माओवादीले हालै मात्र पार्टीको महासचिवको जिम्मेवारी वरिष्ठ नेता तथा सैन्य विभाग प्रमुख बसबराजलाई दिएको छ । उमेरका कारण यसअघिका महासचिव गणपतिले विदा लिएपछि बसबराज उनको ठाउँमा आएका हुन् ।

२०७५ कात्तिक २८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :