पहिरोको कारण २ को मृत्यु , ३ घाइते

जाजरकोट  : अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाउँपालिका ६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेका २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मृत्युहुनेमा ५५ वर्षीया लली बुढा र उनकै नातिनी नौ वर्षीया सिर्जना बुढा छन् ।

घरमुली भक्तबहादुर बुढाको बिहीबार राति ११ बजेतिर सुतिरहेको अवस्थामा घरमाथिबाट एक्कासि पहिरो आउँदा उक्त घटना भएको हो ।

घरमुली भक्तबहादुर, उनकै नाति १३ वर्षीय पारस बुढा र सात वर्षीया नातिनी खिमा बुढा घाइते भएका छन् । घाइतेमध्ये अन्यको अवस्था सामान्य भए पनि खिमाको अवस्था गम्भीर छन्
२०७५ साउन दिउँसो ३: ०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :