पशुपति फुड आगनमा मजदुरको ताल्चा

 

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासङ्घ अन्तरगत रहेको पेशागत संगठन अखिल नेपाल क्रान्तिकारी होटल–रेष्टुरा मजदुर सङ्घले पशुपति फुड आगनमा ताल्चा लगाएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट रहेको उक्त सङ्घले बिनाकारण निस्कासित मजदुरलाई पुनर्बहालीको माग राख्दै आइतबार चेतावनी स्वरुप ताल्चा लगाएको जानकारी अखिल नेपाल क्रान्तिकारी होटल–रेष्टुरा मजदुर सङ्घका एक नेताले दिएका छन् । सङ्घले मजदुरलाई १० प्रतिशत सेवा सुविदा लागू गर्न पनि माग गरेको छ ।

सञ्चालक पक्ष र मजदुरबीच बारम्बार उक्त बिषयमा वार्ता निस्कर्स बिहीन भएपछि ६ वटैै शाखामा ताल्चा लगाएको बताइको छ ।

उक्त सङ्गठनले केही महिनादेखि मजदुरको पक्षमा माग राख्दै विभिन्न खालको आन्दोलन जारी राख्दै आएको छ ।

२०७५ माघ ६ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :