नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलको अधिवेशन डिसेम्वर २ मा हुने

पोर्चुगल : नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जनप्रगतिशील मोर्चा, पोर्चुगलको बैठक ३० अगष्ट बिहीबार सम्पन्न भएको छ । नेपाली जनप्रगतिशील मोर्चा, युरोपका अध्यक्ष विष्णु भुजेलको प्रमुख आतिथ्य र संगठनका संयोजक इन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको बैठकले संगठनको अधिवेशन आउदो डिसेम्बर २ तारिखमा सम्पन्न गर्ने निर्णय गरेको छ ।  महान सहिदहरुको सम्मानमा एक मिनेट मौनधारण गरी शुरु गरिएको बैठकले निम्न निर्णयहरु गरेको छ ।

१) नेपालमा सामाजिक फासीवादी सरकारले क. विप्लवको नेतृत्वमा रहेको नेकपाका नेता तथा कार्यकर्ताहरुमाथि गरेको दमन तथा धरपकडको भ्रत्र्सना ग¥यो । बैठकले प्रहरी हिराशतमा रहेको नेकपाका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड, पोलिटब्युरो सदस्यहरु पदम राई, ओम प्रकाश पुन, उमा भुजेल, मोहन कार्की, कृष्ण धमला केन्द्रीय सदस्य लगायत सयौँ नेता–कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न सरकारलाई आह्वान समेत गरेको छ ।

२) सरकार तथा प्रशासनका व्यक्तिहरुकै मिलेमतोमा भएका बलत्कार तथा हत्याका घटनाहरुमा दोषीलाई कारबाही गर्नाको सट्टा सफाइ दिने सरकारी रवैयाको भ्रत्र्सना ग¥यो ।

३) विभिन्न तवरबाट पोर्चुगलमा आइपुगेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले भोगीरहेका समस्याहरुलाई अध्ययन गर्ने, विभिन्न प्रलोभनमा परेर उत्पीडित भएका दाजुभाइ तथा दिदीबहिनीहरुको समस्या सामाधानमा सहजीकरण गर्न पहल गर्ने निर्णय ग¥यो ।

४) मोर्चाको अधिवेशन २ डिसेम्वर २०१८ आइतबार भव्यताका साथ सम्पन्न गर्नको लागि निम्नानुसारको अधिवेशन आयोजक समिति निर्माण गरिएको छ ।

१ संयोजक —इन्द्र न्यौपाने
२ सचिव —पुर्ण वहादुर विश्वकर्मा
सदस्यहरु— मिङमार लामा, टंक खड्का, अंशु थापा, धर्म क्षेत्री, भुवन सिंखडा, चयन मगर, गोविन्द थापा, हिक्मत विक, केपि काफ्ले, सौगात विष्ट, अनिल ठाकुर, अजित पुन, गंगाथापा न्यौपाने, छविलाल विक, योगेन्द्र थापा, आशिष न्युरे,कमानसिंह रोकामगर, अनन्त तिवारी, बाबुराम तुम्बापो, प्रकाश बस्याल ।

२०७५ भदौ १५ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :