नेपाली जनप्रगतिशील मोर्चा साउदीले नेपाली दूतावासलाई बुझायो ज्ञापन पत्र 

 

साउदी अरब, रियाद : नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जनप्रगतिशील मोर्चाले साउदीको रियादस्थित नेपाली दूतावास लाई ज्ञापन पत्र बुझाएको छ । उक्त मोर्चाका अधक्ष्य भानु प्रदेशिको निर्देशनमा उपाध्यक्ष युवाराज कार्कीको नेतृत्वमा गएको टालीले राजदुत महामहिम श्री महेन्द्रप्रसाद सिंहलाई सुक्रबारको दिन ज्ञापन पत्र बुझाएको हो भने मोर्चा महासचिव टिकाराम वलीले उक्त पत्र बाचन गरेका थिए ।

वैदेशिक रोजगारको नाम देखिएको तमाम समस्या मेनपावर व्यावसायि तथा एजेन्टहरुको मजदुरमारा गतिविधि तथा साउदीमा कार्यरत नेपाली मजदुरहरुको समस्यामा केन्दित रहेर उक्त मोर्चाले नेपाली दूतावास लाई ज्ञापनपत्र बुझाएको हो ।

उक्त पत्र बुझाउने क्रममा नियोग उपप्रमुख श्री आनन्दप्रसाद शर्मा, श्रम सचिव, अमिकाप्रसाद शर्मा ज्यू र मोर्चाको केन्द्रीय सल्लाहकारद्वय दिल सुब्बा र तिर्थ पाख्रिन केन्द्रीय सदस्य बिस्नु विक रियाद क्षेतृय कमिति विच अन्तक्र्रिया पनि भएको थियो ।

नेपाली दुतावासको शाखा साउदीका अन्य ठाउँमा खोल्नु पर्ने दुतावासलाई ध्यानाकर्षण गराउदै नेपाली चेलिबेटीलाई भारत हुँदै साउदीको हाउसमा पसुसरहको ब्यवाहार गर्न पठाउने गिरोही(दलाली)लाई साउदी दूतावासले आधिकारिक प्रमाण जुटाइ साउदी अरबबाटै निलम्बन गर्ने गरि कारबाही गर्नुपर्ने साउदी देश र नेपाल देशमा नीति नियम काम कार्य भेशभुसा बोलिचाली हरेक रहन सहन फर्क भएको हुदा साउदीमा कार्यरत मजदुरलाई पठाउदा मेनपावर ब्यबसायले सामान्य भयपनी आबस्यक ज्ञान सीप शिकाएर मात्रै खाडिमुलुकमा पठाउनको लागि दूतावासलाई जोडदार अपिल गरिइएको मोर्चाका प्रबक्ता सेते घर्तिले बताएका छन् । महामहिम राजदुतले ग्यापन पत्रको प्रसंशा गर्दै मोर्चासँग आउदो दिनमा हातेमालो गर्ने प्रतिबद्दता व्यक्त गरिएको छ ।
२०७५ भदौ २४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :