नेकपामाथि राजनीतिक व्यवहार नगरिए छिट्टै विद्रोह हुन्छ – पौडेल


गुल्मी : नेपाल कम्युनिस्ट पार्टीको गुल्मी–अर्घाखाँचीमा सञ्चालित २ महिने सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानको समीक्षा गुल्मीको रेसुङ्गा नगरपालिका सिमीचौरमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा गुल्मी–अर्घाखाँची अभियानका इन्चार्ज सन्देश पौडेलले नेपालमा नेपाली जनताले ठूलो त्याग बलिदान गरेको भए पनि शासकहरूका कारण नेपालमा कुनै किसिमको परिवर्तन हुने नसकेको भन्दै वर्तमान सरकार र व्यवस्थाको नेतृत्व गर्ने केपी–प्रचण्ड–शेरबहादुरहरू भ्रष्ट र दलाल भएको बताए । उनले वास्तविक जनताको सत्ता स्थापना गर्नका लागि आफूहरू निरन्तर जनताको बीचबाट सङ्घर्ष गर्ने बताए ।

सर्वहारा उत्पीडित जनताको सत्ता ल्याउनका लागि आफूहरूले निरन्तर गाउँबस्तीमा अभियान सञ्चालन गरिरहेको तर दलाल र कमिसनखोरहरूले नेपालमा जनताको सत्ता आउन नदिन ठूलो चलखेल गरी नेकपालाई कार्यक्रमसमेत गर्न नदिएको उनले बताए । यस्ता किसिमका हर्कत तुरुन्त बन्द नगरे आफूहरूले हतियारसहित प्रतिरोध गर्ने चेतावनी उनले दिए । पौडेलले जनताको वास्तविक पार्टी र क्रान्तिको मुख्य हिस्सेदार नेकपा रहेको प्रस्ट पारे ।

आफू निरन्तर रूपमा पार्टीमा लाग्ने गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका कमल परियारले बताए । नेकपाले आफ्ना गतिविधिलाई चौतर्फी रूपमा अगाडि बढाउन पूर्णबहादुर सिंह, कमल केसी, सामना, धु्रव, सुनिल र खेम खड्काको नेतृत्वमा ६ वटा समूह गठन गरी अभियान सञ्चालन गरिरहेको छ । त्यसबाट जनतामा क्रान्तिप्रति आशा बढ्दै गएपछि केही फटाहाहरू गाउँ छोडी अयन्त्र लागेको र यस्ता गतिविधि देखी प्रहरी प्रशासन आत्तिएर उल्टै जनता र नेकपा नेतालाई आतङ्कित पार्ने प्रयास गरे पनि सरकारका यस्ता हर्कतबाट आफूहरू पछि नहट्ने नेकपाका नेताहरूले बताएका छन् ।

नेकपाले गाउँगाउँमा अन्तरक्रिया, पर्चा वितरण, वालपेन्टिङलगायत जनजागरणका काम र सङ्गठन निर्माण गरिरहेको छ । सहिद परिवारलाई दिनहुँ भेटघाट गरी नेपाली भूमिमा परिवर्तनका लागि योद्धाहरूले बगाएको रगत खेर जान नदिने उद्घोष नेकपाले नेताहरूले गरेका छन् । गुल्मी जिल्लाको भगवती माध्यमिक विद्यालयमा शिक्षक तथा विद्यार्थीको बीचमा नेकपाले गरेको अन्तरक्रियामा हस्तक्षेप गरी सशस्त्र प्रहरीले आतङ्क उत्पन्न गरेको भए पनि सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान लिएर पार्टी नेता–कार्यकर्ताहरू निरन्तर जनताको बीचमा पुगेको गुल्मीबाट प्राप्त समाचारमा जनाइउको छ ।

२०७५ फागुन १० गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :