नेकपाको अभियानबाट सरकार अत्तालियो, अभियानकर्मी गिरफ्तार

जनकपुर : नेपाल कम्युनिस्ट पार्टीले भदौ १ गते सुरु गरेको ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ बाट केपी सरकार अत्तालिएको छ । देशव्यापी सञ्चालित अभियान जनकपुरमा पनि भव्य रूपमा चलिरहेको समयमा जनकपुर ब्युरोका सदस्य तथा ३ नं. टोलीका उपप्रमुख शशी राई, एएम राई र सर्वसाधारण बिस्ट कान्छालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई स्थानीय निरञ्जन हमालको सुराकीमा बिहीबार बिहान १० बजे प्रहरीले गिरफ्तार गरेको नेकपा जनकपुरले जनाएको छ ।

प्रहरीको आक्रमणमा परी नेकपा निकट मगर मुक्ति मोर्चाका ३ नं. टोलीका सदस्य भीम आले गम्भीर घाइते भएका छन् । उक्त स्थानबाट मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का दुईजना कार्यकर्तालाई पनि प्रहरीले गिरफ्तार गरेको छ । आफ्ना कार्यकर्तालाई बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै नेकपा जनकपुर ब्युरो इन्चार्ज अरुणले तत्काल रिहा नगरे कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

२०७५ असाेज ५ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :