नेकपाका केन्द्रीय नेता असललाई अदालत ल्याइयो, हिरासतमा अमानवीय यातना दिइएको नेता असलको बयान

बुटवल : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’ लाई रूपन्देही जिल्ला अदालतमा उपस्थित गराइएको छ । न्यायाधीश हिमलाल बेल्वासेको इजलास नं ५ मा भएको बहसमा खड्काले सरकारले आफूमाथि राजनीतिक पूर्वाग्रहका आधारमा अभियोग लगाएको बताएका छन् । अहिलेसम्म झूट्टा अभियोगपत्रमा हस्ताक्षर नगरेको र आफू निर्दोष रहेको उनले बताएका छन् । आफूलाई हिरासतभित्र अमानवीय यातनासमेत दिइएको उनले बताए । उनले आफू जिम्मेवार पार्टीको जिम्मेवार व्यक्ति भएकाले राजनीतिक व्यवहार गर्न सरकारसँग मागसमेत गरे । उनले नेकपाका नेता–कार्यकर्ताको दमन, हस्तक्षेप र गिरफ्तार तत्काल बन्द गर्न तथा झूट्टा मुद्दा फिर्ता गर्न सरकारसँग हिरासतभित्रैबाट आग्रह गर्दै आएका छन् ।
नेता खड्कालाई भदौ ५ गते काठमाडौँ जाँदै गर्दा धादिङको नौबिसेबाट सादा पोसाकका प्रहरीले गिरफ्तार गरी बुटवलको इलाका प्रहरी कार्यालय हिरासतमा राख्दै आएको छ । उनलाई गिरफ्तार गरेको दुई दिनपछि मात्र बुद्ध एयरबाट बुटवल ल्याइएको थियो ।
नेता खड्कालाई बुटवलको एक भारतीय कार्यालय परिसरमा साउन २९ गते बम विस्फोट गरेर क्षति पु¥याएको झूट्टा अभियोग लगाइएको छ । उक्त दिन साउन २२ मा नेकपाका प्रवक्ता प्रकाण्डलाई बिनाकारण गिरफ्तार गरेर सरकारले झुठा मुद्दा लगाएको विरोधमा नेकपाले नेपाल बन्द घोषणा गरेको थियो ।
२०७५ असोज ४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :