मलेसियमा विप्लव नेतृत्वको नेकपाको सङ्गठन विस्तार हुँदै


मलेसिया : मलेसियामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सङ्गठन निर्माण भएको छ । सो पार्टीको प्रवास ब्युरो अन्तर्गत नेपाली जनप्रगतिशील मोर्चा मलेसियाको सक्रियतामा आइतबार मलेसियाको जोहोरबारुमा आयोजना गरिएको भेलाले सैलेश यादवको अध्यक्षतामा १४ सदस्य क्षेत्रीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा नैनबहादुर बुढा र गोपाल पोर्तेल महासचिवमा कैलाश कार्की प्रवक्तामा शिव ढकाल र कोषाध्यक्षमा प्रेमबहादरु शाही नियुक्त भएका छन् ।

यस्तै सदस्यहरुमा प्रेमबहादुर गुरुङ, कर्णबहादुर रोक्का, प्रेमबहादुर साउद, असोककुमार दर्जी, भरत ओली, सन्दीप फुयाल, जगत चौधरी, भिम राई, निर्वाचित भएका छन् । नेपाली जनप्रगतिशील मोर्चा मलेसियाका महासचिव सन्दीपले कार्यक्रम भव्य र उल्लास पुर्ण तरिकाले सम्पन्न भएको, संसारभरी छरिएका सम्पूर्ण क्रान्तिकारीहरु यसरी नै क्रान्ति र परिवर्तनको निम्ति एकताबद्ध भएर अगाडि बढ्नु आजको आवश्यकता भएको बताए । साथै सन्दीपले नेपालको दलाल राज्य सत्ताको विरुद्ध र नेपाल चलिरहेको चलिरहेको एकीकृत जनक्रान्तिको पक्षमा प्रवासबाट सम्पूर्ण प्रगतिशील क्रान्तिकारी युवाहरु एकजुट भएर जानुपर्ने बताए ।

त्यस्तै मोर्चाका पूर्व महासचिव अर्जुन सुवेदीले नवगठित समितिका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई दिदै सम्पूर्ण क्रान्तिकारीहरु एकजुट भएर अगाडि बढ्नुपर्ने वास्तविक स्वाधीन नेपाल निर्माणको निम्ति हामी सबै एकताबद्ध भएर मात्र सम्भव हुने बताए ।

मोर्चाले आउदो फेव्रुअरी ६ तारीखमा जनयुद्ध दिवस मनाउने निर्णय गरेको छ मोर्चाका पदाधिकारीहरुको आजै बसेको बैठकले नवनिर्वाचित समितिलाई बधाई तथा व्यक्त गर्दै जनयुद्ध दिवस भव्यरूपमा मनाउने निर्णय गरेको मलेशिया पार्टी संयोजक महेशकुमार ओलीले जानकारी दिएका छन् । जनयुद्ध दिवसकै दिन नवनिर्वाचित टोलीलाई सम्मान तथा अनुमोदन गर्ने मोर्चाका अध्यक्ष विस्फोटले बताए ।

२०७५ माघ २० गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :