जनस्वास्थ्यकर्मी महासङ्घले दियो यस्तो चेतावनी

Image may contain: 1 person, closeupकाठमाडाैं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ नेपालले सङ्गठनबाट कारबाहीमा परिसकेका व्यक्तिहरूले समानान्तर सङ्गठनका नाममा गलत प्रचार गरेको र अनर्गल हल्ला फैलाएको भन्दै यस्ता गतिविधि नगर्न चेतावनी दिएको छ । महासङ्घका अध्यक्ष टीका कँडेलले प्रेसविज्ञप्ति जारी गरी पार्टी नेताहरूको नाम दुरुपयोग गरी समानान्तर कमिटी बनाएको भनेर हल्ला गरेको भन्दै भ्रममा नपर्न आम जनसमुदायमा आग्रह गरेका छन् । आफू अध्यक्ष हुँ भनेर हल्ला गरिरहेका प्रमोद योगी नाम गरेका व्यक्ति पार्टी र सङ्गठनको कारबाहीमा परिसकेकाले भ्रममा नपर्न अध्यक्ष कँडेलले स्पष्ट पारेका छन् ।
              विज्ञप्तिमा ‘पार्टी र सङ्गठनले कारबाही गरिसकेका प्रमोद योगीलगायतलाई मुठीभर अराजक, पार्टी अनुशासनमा नरहेका, गुटबन्दी गर्न रमाउने, आर्थिक पारदर्शी तथा निहित स्वार्थ बोकेका व्यक्ति’ भन्ने उल्लेख छ ।
योगीसहितका व्यक्तिले बाहिरका केही व्यक्तिको उक्साहटमा भ्रम छर्ने प्रयास गरेको भन्दै महासङ्घले आपत्ति जनाएको छ । महासङ्घको मङ्सिर १० गते काठमाडौँमा भएको तेस्रो राष्ट्रिय भेलाले टीका कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । पार्टी स्थायी समिति सदस्य तथा मध्य कमान्ड इन्चार्ज सुदशन, पोलिटब्युरो सदस्य अनिल शर्मा विरही, ओमप्रकाश पुन, जबस ब्युरो इन्चार्ज जीवन्तलगायतको उपस्थितिमा भेला सम्पन्न भएकाे थियो ।

विज्ञप्तिको पूर्ण विवरण यसप्रकार रहेको छ : 

२०७५ मंसिर २३ गते अाइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :